सोलुखुम्बु ।

सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते हुनु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ गार्मा नाजिङका ३५ बर्षिया टीकाबहादुुर लामिछाने भालुको आक्रमणबाट घाईते हुनुभएको हो ।

लामिछानेलाई बिहीबार अपरान्ह दुई ओटा भालुले एकै पटक आक्रमण गरेको थियोे । जङ्गलमा सोतर सोर्ने क्रममा उहाँलाई भालुले आक्रमण गरेको बताइएको छ । घाइते लामिछानेको घाँटी, आँखा र खुट्टाको फिलामा गम्भिर चोट लागेको स्थानीय पासाङकाजी शेर्पाले जानकारी दिनुभयो ।

घाइतेको जिल्ला अस्पताल फाप्लुमा उचार भईरहेको छ भने थप उपचारका लागि राजधानी लैजाने तयारी भइरहेको छ । यसअघि पनि सोलुखुम्बुमा भालुको आक्रमणबाट वर्षेनि केही व्यक्ति घाईते हुने गरेका छन् ।

जिल्लाको नगरपालिका तथा आसपासका क्षेत्रमा भालुको आतंक बढ्दै गएपछि स्थानीयमा त्रास छाएको छ । स्थानीयहरुले भालुको आतंक बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकामा निवेदन समेत दिने गरेका छन् ।

18.12¡ÆC