काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका कारण सूर्य चिह्न भएको स्थानको मतपत्रमा माओवादी केन्द्रको चुनाव चिह्न गोलकारभित्रको हँसिया हथौडा छैन भने हँसिया हथौडा भएको मतपत्रमा सूर्य चुनाव चिह्न छैन ।

अघिल्ला निर्वाचनमा पट्यारलाग्दो लामो मतपत्रमा छाप लगाएका मतदाताका लागि अबको निर्वाचन मतपत्रका दृष्टिकोणले निकै सहज हुने आयोगको भनाइ छ ।

मनाङ र मुस्ताङको प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि ती क्षेत्रका मतपत्रमा कांग्रेस र एमालेका मात्र चुनाव चिह्न राखिएको छ ।

निर्वाचन आयोगले मतदातालाई तीन मतपत्र एकसाथ नदिने भएको छ।

यसपटकको निर्वाचनमा तीन मतपत्र प्रयोग हुँदैछ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एउटा, प्रदेशको प्रत्यक्षतर्फ अर्को र समानुपातिक निर्वाचन प्रणालीका लागि एउटा गरी तीन मतत्रपको व्यवस्था आयोगले गरेको छ।

सबैभन्दा पहिला मतदाताले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्। मतपत्र बाकसमा खोलेपछि कर्मचारीले अर्को मतपत्र हातमा दिनेछन्। त्यो मतपत्र प्रदेश सभाको प्रत्यक्ष तर्फको हुनेछ।

प्रदेश सभाको मत खसाले लगत्तै तेश्रो मतपत्र मतदाताले पाउनेछन्। तेश्रो मतपत्र समानुपातिक तर्फको हुनेछ।

समानुपातिक तर्फको प्रतिनिधि सभा र प्रदेश सभाको एउटै मतपत्र भएकाले त्यसमा भने दुई छाप लगाउनु पर्नेछ।

माथिल्लोपट्टिको मत प्रतिनिधिसभाको समानुपातिक तर्फ गणना हुनेछ। तल्लो मत भने प्रदेश सभामा समानुपातिक तर्फ गणना हुनेछ। आयोगले तीन मतपत्र दिन छुट्टा छुट्टै कर्मचारीको व्यवस्था गर्नेछ। यसअघि दुई मतपत्र मतदातालाई दिने गरि आयोगले ‘डिजाइन’ गरेको थियो।

तर तीन कर्मचारी हुने भएपछि आयोगले थप एक जना कर्मचारी खटाउने छ। सबै मतपत्रमा हस्ताक्षर भने एउटै मतदान अधिकृतको हुनेछ। सर्वोच्चको आदेशपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीन मत्रपत हुने भएपछि निर्वाचन आयोगले झण्डै २० हजार थप कर्मचारी मतदान केन्द्रमा परिचालन गर्ने भएको छ।

आयोगले देशभरमा १९ हजार ८ सय ९ मतदान केन्द्रको व्यवस्था गरेको छ। मतदाताको संख्या हेरेर निर्वाचन आयोगले एउटा मतदान केन्द्रमा ५ देखि १५ जनासम्म कर्मचारी खटाउँछ। तर तीन मतपत्रको व्यवस्था पछि १९ हजार ८ सय ९ मतदान केन्द्रमा नै थप एक जना कर्मचारी खटाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।

ती खटाइएका कर्मचारीले मतपत्र मतदातालाई दिने काम गर्नेछन्। मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नुपर्छ। र, स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ।

उनका अनुसार मसी लतपतिएमा मत बदर हुन्छ। स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरीपरीको घेरा छोएमा भने बदर हुन्छ। कोठा बाहिर छाप लगाएमा, दुई कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ।

त्यसैले, आफ्नो मत बदर हुनबाट बचाउन आफूले छाप लगाउन चाहेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी र वरीपरीको रेखालाई नछुने गरी छाप लगाउनुपर्छ। कहिलेकाहीँ मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्न सक्छ। त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिएर सहि तरिकाले पट्याउनु पर्ने ढकालले बताए।

आयोगले सार्वजनिक गरेको पहिलो चरणको निर्वाचनको नमुना मतपत्रमा बाजुरा र मुगुको मतपत्र पनि निकै नै छोटो छ । यी दुई जिल्लाको प्रतिनिधिसभातर्फको मतपत्रमा ‘रूख, सूर्य र आँखा गरी तीन वटा मात्र चुनाव चिह्न छन्, ।’ प्रनिनिधिसभातर्फ सबैभन्दा ठूलो मतपत्र दोलखाको छ । दोलखाको मतपत्रमा १५ वटा चुनाव चिह्न छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ को मतपत्र मध्यम खालको छ । त्यस क्षेत्रको मतपत्रमा प्रतिनिधिसभातर्फ ९ वटा चुनाव चिह्न छन् । त्यसैगरी संखुवासभामा ११, खोटाङमा १०, रसुवामा ११, धादिङ २ मा ११, सिन्धुपाल्चोक १ मा १३, रामेछापमा १२, लमजुङमा ११ चुनाव चिह्नको मतपत्र बनेको छ ।

खोटाङ र सिन्धुपाल्चोक क्षेत्र २ को मतपत्रमा पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का मतदाता झुक्किने स्थितिमा छन् । ती क्षेत्रको मतपत्रमा ठीक तलमाथि गोलाकारभित्र हलो र आयातकारभित्र हलो चुनाव चिह्न छन् । राणा नेतृत्वको राप्रपाको चुनाव चिह्न गोलकारभित्र हलो र लोहनी नेतृत्वको राप्रपाको चुनाव चिह्न आयातकारभित्र हलो भएकाले मतदातालाई आफ्नो चिह्न छुट्याउन गाह्रो हुने देखिन्छ ।

प्रदेशसभा प्रत्यक्षतर्फ पनि मनाङका दुवै क्षेत्रको मतपत्र सबैभन्दा सानो छ । मनाङको प्रदेशसभा १ र २ को मतपत्रमा २÷२ वटा मात्र चुनाव चिह्न छन् । मनाङको प्रदेशसभा २ को मतपत्रमा रूख र स्वतन्त्र उम्मेदवारको बालक चुनाव चिह्न छन् । मुस्ताङको प्रदेशसभा १ मा दुई वटा मात्र चुनाव चिह्न छन् भने प्रदेशसभा २ को मतपत्रमा भने ४ वटा चुनाव चिह्न छन् ।

प्रदेशसभातर्फ बाजुराका दुवै प्रदेशसभामा ४-४ वटा चुनाव चिह्न छन् । प्रतिनिधिसभातर्फ ७ वटा चुनाव चिह्नको मतपत्र बनेको म्याग्दीको प्रदेश १ को मतपत्र पनि निकै छोटो छ । यो क्षेत्रको मतपत्रमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा र राप्रपाको गाई मात्र चुनाव चिह्न छन् ।

डोल्पाको प्रदेश १ र पूर्वीरुकुम जिल्लाको प्रदेश २, बैतडीको प्रदेश २ को मतपत्रमा पनि २ वटा मात्र चुनाव चिह्न छन् । प्रदेशसभातर्फ धादिङको प्रदेशसभा १ को मतपत्र सबैभन्दा ठूलो १७ चुनाव चिह्न समेटिएका छन् ।

काठमाडौं । प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन्। दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ। प्रमुख दल र क्षेत्रीयस्तरका दलले जित्न सकिने निर्वाचन क्षेत्रको पहिचान गरेका छन्।

संविधानसभाको ठूलो दल कांग्रेसले एक सयभन्दा बढी सिट जितेर फेरि पनि ठूलो दल बन्ने दाबी गरेको छ। उता, माओवादीसँग गठबन्धन गरेको एमालेले प्रत्यक्षतर्फ एक्लै स्पष्ट बहुमत ल्याउने दाबी गरेको छ। प्रतिनिधिसभाका १६५ मध्ये ९६ सिटमा मात्रै उम्मेदवारी दिएको एमालेले करिब ९० सिट जित्ने दाबी गरेको छ। माओवादी, फोरम र राजपालगायतले आन्तरिक सर्वेक्षण गर्दै छन्।

१०० सिट कटाउने कांग्रेस दाबी

कांग्रेसको आन्तरिक सर्वेक्षणले सयभन्दा बढी सिटमा जित हुने देखाएको छ। ६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। ‘प्रत्यक्षतर्फ कम्तीमा सय स्थानमा जित्ने देखिएको छ,’ तथ्यांक संकलन समितिका संयोजकसमेत रहेका मुख्यसचिव पौडेलले भने, ‘६० स्थानमा जित पक्का रहेको र बाँकी ५० स्थानमा प्रयास गरे जित्न सक्ने देखिएको छ।’ १६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ।

८७ सिट जित्ने एमाले दाबी

एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ। ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ। पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका स्थानको ९० प्रतिशत जित्ने गरी रणनीति बनाएर पार्टी अघि बढिरहेको बताए। ‘प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ९० प्रतिशत स्थानमा हाम्रो पक्षमा नतिजा आउँछ,’ श्रेष्ठले भने, ‘हामी त्यसभन्दा बढी कसरी जितिन्छ भन्ने रणनीति बनाउन व्यस्त छौँ।’ वाम गठबन्धनका माओवादीले ६२ स्थान उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन्।

आन्तरिक रिपोर्ट पर्खंदै माओवादी

माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कति स्थानमा जित्छ भन्ने आकलन गरिनसकेको जनाएको छ। प्रवक्ता पम्फा भुसालले टिकट लिएर उम्मेदवारी दर्ता गरेका नेताहरू नफर्किएकाले वस्तुस्थिति पार्टीले बुझ्न नपाएको बताइन्। ‘अहिलेसम्म कति स्थानमा जितिन्छ भन्ने आकलन गरिसकेका छैनौँ,’ भुसालले भनिन्, ‘टिकट लिएर उम्मेदवारी दर्ता गर्न गएका साथीहरू फर्कनुभएको छैन। उहाँहरू एकपटक फर्केपछि वस्तुस्थिति बुझेर आकलन गर्छौँ।’ एमालेसँग संयुक्त घोषणापत्र नै जारी गरेर चुनावी अभियानमा लागेको माओवादीले प्रतिनिधिसभामा ६२ स्थानमा उम्मेदवारी दिएको छ।

स्थानीय चुनावभन्दा सुधार : राप्रपा

स्थानीय निर्वाचनको असफलता र पार्टी विभाजनको पीडालाई सुुधार्ने रणनीति राप्रपाको छ। सहप्रवक्ता मोहन श्रेष्ठले अहिले पार्टीको अवस्था सुधारेर चमत्कार देखाउने गरी आफूहरू लागिरहेको बताए। ‘हामी पार्टी विभाजन र स्थानीय तह निर्वाचनमा व्यहोरेको पराजयलाई बिर्साउने नतिजा ल्याउने गरी अघि बढिरहेका छाँै,’ श्रेष्ठले भने, ‘स्थानीय निर्वाचनमा भन्दा चामत्कारिक नतिजा ल्याउँछौँ भन्नेमा हामी आशावादी छौँ, तयारी पनि त्यहीअनुसारको गरिरहेका छौँ।’

२ नं. प्रदेशमा बहुमत ल्याउने फोरमको दाबी

तराई–मधेस र पूर्वी पहाडी जिल्लामा पकड रहेको संघीय समाजवादी फोरम तेस्रो शक्ति बन्ने गरी रणनीति बनाएर चुनाव प्रचारप्रसारमा लागिरहेको छ। पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जितिने सिट संख्या तोकेरै भन्न नसके पनि तेस्रो शक्ति बन्ने रणनीतिका साथ प्रचारप्रसार गरिरहेको बताए। ‘प्रदेश नम्बर २ मा सरकार निर्माण गर्न बहुमत पु¥याउने र मुलुकभर प्रतिनिधिसभामा तेस्रो शक्ति हुने रणनीतिका साथ हामी प्रचारमा छौँ,’ श्रेष्ठले भने, ‘ठ्याक्कै यति सिट जित्छौँ त भन्न सकिन्न। तर, स्थानीय तहमा भन्दा नतिजा सुधारेर पार्टीलाई थप सशक्त बनाउने हाम्रो रणनीति हो।’ फोरमले १७ र राजपाले १५ सिट लिने गरी प्रदेश नं. २ मा दुवै पार्टीले तालमेल गरेका छन्।

आकलन गर्दै राजपा

मधेसकेन्द्रित दल राजपाले अहिलेसम्म पार्टीले जित्न सक्ने निर्वाचन क्षेत्र कति हुन् भनेर लिस्टिङ गर्न नभ्याएको बताएको छ। पार्टी महासचिव केशव झाले निर्वाचनको प्रचारप्रसारमा दौडिनुपर्ने भएकाले प्राविधिक रूपमा पार्टीको कुन क्षेत्रमा राम्रो छ, कस्तो प्रयास गरे जित्न सकिन्छ भन्ने प्रतिवेदन तयार पार्न नभ्याएको जानकारी दिए। ‘अहिलेसम्म उम्मेदवारी दर्ता र प्रचारप्रसारका जिल्लाजिल्लामा रहेकाले उम्मेदवारको लिस्टिङ र पार्टीले जित्न सक्ने स्थानको पहिचान गर्न भ्याएका छैनौँ,’ झाले भने, ‘केही दिनमा त्यो आकलन गरेर, त्यसैअनुरूप रणनीति बनाउँछौँ।’ प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमले तालमेलमा उम्मेदवार उठाएका छन् भने राजपाले एक्लै अन्य प्रदेशका मधेसका जिल्लामा उम्मेदवार उठाएको छ।

उम्मेदवारी दिएका सबै अर्थात् ४ सिट जित्ने राप्रपा प्रजातान्त्रिकको दाबी

पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले प्रतिनिधिसभामा उम्मेदवारी दिएका चार स्थानमा शतप्रतिशत नतिजा ल्याउने बताएको छ। प्रवक्ता राजेन्द्र गुरुङले उम्मेदवारी दिएको शतप्रतिशत स्थानमा जित्ने सुनिश्चित रहेको जानकारी दिए। कांग्रेससँग तालमेल गरेको राप्रपा प्रजातान्त्रिकले सिन्धुपाल्चोक १, चितवन ३, रुपन्देही ३ र धनकुटामा उम्मेदवार बनाएको छ। नयाँपत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाकोको चुनाव मंसिर १० र २१ गते हुँदैछ। पहिलो चरणको चुनाव हिमाली र पहाडी ३२ जिल्लामा १० गते चुनाव हुँदैछ भने त्यस्तै, बाँकी ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रमा २१ गते चुनाव हुनेछ। आसन्न चुनावलाई लिएर दल र तिनका नेता तीव्र प्रचारप्रसारमा छन्। वरिष्ठदेखि कनिष्ठ नेतासम्म मतदातालाई फकाउन र लोभ्याउन व्यस्त देखिन्छन्। कतिपय पार्टीका प्रमुखहरू निर्वाचन क्षेत्रमा खटिएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर संयुक्त र सहमतिमा उम्मेदवारी दिएका छन्। नेपाल लोकतान्त्रिक फोरमसँगको एकतापछि कांग्रेस केही ठाउँमा थप बलियो देखिएको छ। त्यस्तै, मधेस केन्द्रित राजनीति गरिरहेका दुई दल संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको तालमेलले उनीहरूको पनि मनोबल बढेको छ।

भट्टराई कति सुरक्षित

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई भट्टराईलाई टाउको दुखाई बनेको छन् माओवादी केन्द्रको नेता नारायणकाजी । उनीहरु बीच गोरखा(२ बाट प्रतिस्पर्धा हुदैछ । बाबुरामलाई चुनावी मैदानमा नेपाली कांग्रेसले साथ दिएको छ। उनी पहिलो संविधानसभाको चुनावमा गोरखा–२ र दोस्रो चुनावमा गोरखा–१ बाट विजयी भएका थिए।

दोस्रो संविधानसभाको चुनावमा उनी रुपन्देही–४ मा भने तेस्रा भए। भट्टराईले ती सबै चुनाव माओवादीको उम्मेदवारका रुपमा लडेका थिए। तर, अहिले उनी नयाँ शक्तिको उम्मेदवारका रुपमा माओवादीसँगै प्रतिस्पर्धामा उत्रिएका छन्।

यहाँबाट वामपन्थी गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ भट्टराईसँग मुख्य प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका, अजिरकोट गाउँपालिका र गोरखा नगरपालिकाका वडा नम्बर ८ देखि १४ सम्म पर्छन्।

गोरखा नगरपालिकाका वडाहरुलाई छाडेर बाँकी ४ वटा तहमध्ये ३ मा कांग्रेस र एकमा माओवादीले जितेको थियो। दुवै दलले एकअर्कालाई पछ्याएका थिए। गोरखा नगरपालिकाका ८ देखि १४ सम्मका ७ वटा वडामा एमालेले २ वटा वडा अध्यक्ष जितेको थियो। त्यस्तै, कांग्रेसले ४ र माओवादीले १ वटा वडा अध्यक्षमा जितेको थियो। ४ वटा स्थानीय तह र गोरखा नगरपालिकाका वडाको मत जोड्दा माओवादी बलियो हुन आउँछ। उसले कुल १७ हजार ७ सय ९४ मत पाएको देखिन्छ। त्यस्तै, कांग्रेसले १७ हजार ७०, नयाँ शक्तिले ७ हजार ४ सय १६ र एमालेले ७ हजार १ सय ७२ मत पाएका छन्।

स्थानीय तहमा खसेकै मत अनुसार उम्मेदवारले मत पाउने हो भने वामपन्थी गठबन्धनका उम्मेदवार श्रेष्ठले २४ हजार ९ सय भन्दा बढी मत पाउँछन्। जबकि, लोकतान्त्रिक गठबन्धनका भट्टराईले २४ हजार ४ सयभन्दा केही बढी मात्र मत पाउँछन्। उनीहरु बीच लगभग ५ सयको अन्तर देखिन्छ।

काठमाडौं । क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ। उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो। केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ।

विभागका निर्देशक डा. भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन तयार गरेको क्यान्सर उपचार कार्यविधि पठाइएको बताए। उनका अनुसार उक्त कार्यविधिले गरिब, विपन्न वर्गका बिरामीलाई ठूलो राहत पुग्नेछ। अब क्यान्सरका बिरामीको उपचार गर्दा चिकित्सकहरूले आफूअनुकूल औषधि चलाउन पाउनेछैनन्। तिंकरीले भने, ‘स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि लागू भएसँगै बिरामीले सस्तोमा एकै प्रकारको उपचार सेवा पाउनेछन्।’ सुरुमै रेडियोथेरापी लिनुनपर्ने तिंकरीका अनुसार अब क्यान्सर उपचार हुने सबै अस्पतालमा बिरामीले विगतमा जस्तो एकैपटक महँगो शल्यक्रिया, औषधि र रेडियोथेरापी लिनुपर्दैन।

बिरामीले जुन अस्पताल गए पनि एकै प्रकारको क्यान्सर रोगको उपचार पाउनेछन्। कार्यविधिमा स्तन, पाठेघर, रगत, फोक्सोलगायत १३ थरीको क्यान्सरका बिरामीले जुन अस्पतालमा गए पनि एक लाखबराबरको एकै खालको उपचार सेवा पाउने उल्लेख छ। ‘उपचार कार्यविधि लागू भएसँगै गुणस्तरीय र सस्तो औषधि प्रदान गर्नुका साथै सबै बिरामीलाई एकै प्रकारको उपचार सेवा दिनुपर्ने स्पष्ट व्याख्या गरिएको छ,’ तिंकरीले भने, ‘आफूखुसी बिरामीलाई उपचार गर्दा अत्यधिक महँगो पर्न गयो। क्यान्सरका बिरामीको उपचारमा १० हजार लाग्ने ठाउँमा ५० हजारसम्म लिएको पाएपछि कार्यविधिको आवश्यक परेको हो।’ उनले उपचारका नाममा हुने ब्रह्मलुट रोक्न क्यान्सर उपचार कार्यविधि अभिन्न अंग भएको जिकिर पनि गरे। नागरिकको स्वास्थ्य अधिकारका लागि : गगन थापा क्यान्सर उपचारका क्रममा अस्पतालहरूमा आफूखुसी शुल्क लिने र महँगा औषधि चलाउने गरेको गुनासो आएपछि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सर उपचारका विषयमा अध्ययन गरेका थिए। लामो समयको अध्ययन अनुसन्धानले क्यान्सरका बिरामीको उपचार चिकित्सक र अस्पतालपिच्छे फरक–फरक पाइएपछि एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि ल्याइएको थियो।

थापाले भने, ‘क्यान्सरका बिरामीहरूले सामान्य उपचार गराउँदा पनि महँगो रकम असुल्ने गरेको पाइयो। यसले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार हनन हुने भएपछि मैले उपचारमा भएको मनपरी रोक्न क्यान्सर उपचार कार्यविधि ल्याएको हुँ।’ अस्पताल र चिकित्सकले मनलाग्दी औषधि र रेडियोथेरापी लिन लगाउँदा सरकारले उपलब्ध गराउँदै आएको एक लाख रुपैयाँले कुनै काम नगरेको उनले बताए। उनले क्यान्सर उपचार कार्यविधि लागू भएसँगै अब सरकारले उपलब्ध गराउने एक लाखमा ८० प्रतिशत उपचार हुने तर्क गरे। आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

काठमाडौं । भारत सरकारले पाँच सय र हजार दरका भारु नोटमा प्रतिबन्ध लगाएको एक वर्ष बित्दासमेत नेपाल सरकारसँग रहेको करिब १३ करोड रुपैयाँ बराबरको भारु (करिब २१ करोड नेपाली रुपैयाँ) साटिदिएको छैन। नेपाली सर्वसाधारणसँग पनि सटही गर्न नपाएको भारु निकै हुन सक्ने अनुमान गरिए पनि यकिन तथ्यांक छैन।

भारतले आफ्ना नागरिक र भुटानमा रहेका सबै प्रतिबन्धित भारु भने साटिसकेको छ। पटक–पटक पहल गर्दा पनि भारतीय पक्षले चासो नदिएपछि सटही हुन नसकेका करोडौं भारु नोट ‘कागज पल्टिने’ हुन् कि भन्ने चिन्ता सरोकारवालाले व्यक्त गर्न थालेका छन्। भारत सरकारले ०७३ कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो। त्यसयता नोट सटहीका लागि नेपाल सरकार र राष्ट्र बैंकमार्फत पटक–पटक प्रयास भए पनि भारतीय पक्षले चासो नदिएको हो। पछिल्ला दिनमा भारतीय पक्षले यससम्बन्धी कुरै सुन्न छाडेकाले नेपालमा रहेका भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना न्यून बन्दै गएको जानकारहरूको भनाइ छ। सरकारले प्राथमिकताका राखेर गम्भीर पहल नगरेको र राष्ट्र बैंकको अक्षमताका कारण वैधानिक रूपमा रहेका भारुसमेत साट्न नसकिएको उनीहरूको भनाइ छ।

‘हामीले हदैसम्म प्रयास गरेका छांै,’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने, ‘भारतीय पक्षले चासो दिएको छैन। यो स्थिति जति लम्बिँदै जान्छ, नोट साटिने सम्भावना पनि कम हुँदै जान्छ।’ भारतले प्रतिबन्ध लगाएदेखि नेपालमा पनि भारु पाँच सय र हजार दरका नोट चलेका छैनन्। राष्ट्र बैंकका अनुसार पाँच सय र हजारका गरी ७ करोड ८५ लाख भारु नोट छन्। यसबाहेक सर्वसाधारणसँग भएको प्रतिबन्धित भारुको यकिन तथ्यांक नभएको राष्ट्र बैंकले जनाएको छ। भुटानका नोट सटही भइसक्दा पनि नेपालमा रहेको नोट साट्न नमानेकाले नसाटिने शंका बढदै गएको स्रोतको भनाइ छ। भारत सरकारले प्रतिव्यक्ति २५ हजारका दरले भुटानमा रहेको भारु पाँच सय र हजार दरका नोट सटही गरिदिएको हो।

खुला सीमाका कारण धेरै नेपाली भारतमा काम गर्न जान्छन् भने वैदेशिक व्यापारको ठूलो हिस्सा भारतसँग हँुदै आएको छ। एक वर्षसम्म पनि भारु नसाटिँदा सर्वसाधारण र व्यापारी मर्कामा छन्। भारतमा पाँच सय र हजार दरका नोट प्रतिबन्ध भएपछि धार्मिक तथा पारिवारिक भ्रमणका लागि बर्सेनि ठूलो संख्यामा नेपाल आउने भारतीय पर्यटकको संख्यामा पनि कमी आएको सम्बन्धित क्षेत्रको भनाइ छ। नोट सटहीका लागि छलफल गर्न पछिल्लो पटक नेपाल आएको भारतीय रिर्जभ बैंक (आरबीआई) को टोलीले गरेको प्रतिबद्धता पूरा नगरेको सिवाकोटीले बताए। ‘टोलीले बैंकिङ प्रणालीमा रहेको नोट संकलन गरी जानकारी दिन भनेको थियो,’ उनले भने, ‘नोट संकलन गरी सटहीका लागि पटक–पटक पत्राचार गरिसकेका छौं, तर भारतीय पक्षबाट जवाफसमेत आइरहेको छैन।’

भारतले प्रतिबन्ध लगाएको भोलिपल्टै राष्ट्र बैंकले ती दरका नोट चलनचल्तीमा नल्याउन निर्देशन दिएको थियो। यसपछि नोट सटहीका लागि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग, तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय वित्तमन्त्री अरुण जेटलीसँग फोनमार्फत पटक–पटक कुराकानी गरेका थिए। गभर्नर चिरञ्जीवी नेपालले पनि भारतीय समकक्षीसँग फोनमार्फत निरन्तर आग्रह गरेका थिए। तर ती सबै प्रयास विफल भए। नोट सटहीकै लागि नेपाली टोली भारत पनि गएको थियो भने भारतीय टोली दुई पटक आएर वस्तुस्थिति बुझेको छ। पछिल्लो पटक नेपाल आएको भारतीय टोलीले बैंकिङ प्रणालीमा रहेका सबै र प्रतिव्यक्ति साढे ४ हजारका दरले सर्वसाधारणसँग रहेको भारु साट्न सकिने प्रस्ताव गरेको थियो।

सर्वसाधारणलाई प्रतिव्यक्ति भारु २५ हजारसम्म सटही सुविधा रहेकाले त्यति नै भारु साटिदिनुपर्ने अडान त्यतिबेला राष्ट्र बैंकले राखेको थियो। आरबीआईले राष्ट्र बैंकको प्रस्ताव अस्वीकार गर्दै साढे ४ हजारका दरले साट्न मन्जुर भए जानकारी पठाउनु भन्दै फिर्ता भएको थियो। त्यसपछि राष्ट्र बैंकले प्रतिव्यक्ति साढे ४ हजारका दरले नोट सटहीको अनुमति माग्दै सरकारलाई पत्र पठायो।

भारतीय पक्षले जवाफ पठाउन दिएको मिति सकिएपछि मात्र सरकारले अनुमति दियो। सरकारबाट अनुमति आएपछि राष्ट्र बैंकले फेरि भारतलाई पत्र पठायो। निर्धारित समयमा जवाफ नआएको भन्दै भारतले हालसम्म पनि उत्तर पठाएको छैन। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

काठमाडौं ।

विवेकशिल साझा पार्टीमा संयोजक रविन्द्र मिश्रको उम्मेद्धारीले पछिल्लो समय चर्चा र लोकप्रियता पाउन थालेपछि बाम गठबन्धनका उम्मेद्धार भन्दा मिश्रमाथि खनिन थालेका काठमाडौं क्षेत्र नम्वर १ का काँग्रेस उम्मेद्धार प्रकाशमान सिंहले आफ्नो शक्ति र पदको शक्ति प्रदर्शन गर्न थालेका छन् ।

निर्वाचन प्रचारका क्रममा पिता गणेशमानको पुत्र तथा जेल नेल र दुई दशक लामो राजनीति गरेको भाषण गर्ने गरेका सिंहले हालका दिनमा भने आफु जिते प्रधानमन्त्री र पार्टीको सभापती सम्म हुनसक्ने बताउन थालेका हुन् ।

चुनावी अभियानका क्रममा बुधबार बुद्धनगरमा आयोजित काँग्रेस सभामा आफ्ना प्रतिवद्धता र भावि योजना राख्ने भन्दा पनि सिंहले वाम गठबन्धन र विवेकशील साझा पार्टीका उम्मेद्धार मिश्रको आलोचना गर्न मात्र समय खर्चिए ।

सिंहले दोस्रो पटक चुनाव जितेपछि सम्पर्क कार्यालय स्थापना गरेर विकास मात्र होइन, जागिर तथा सरुवाका लागि भनसुनसम्म गरेको फेहरिस्त सुनाए ।

जनताले जे कुराको बिरोध र नागरिकले नेताहमाथि आरोप लगाएका छन् त्यही कुरालाई गर्व गर्दै सिंहले कार्यकर्तालाई जागिर लगाइदिएको तथा भनेको ठाउँमा सुरुवा र भनसुन गरिदिएको बताएका हुन् ।

सिंहले भने पार्टी उपसभापति भएँ, पटकपटक मन्त्री र उपप्रधानमन्त्री भइसकेँ । अब फेरि चुनेर पठाउनु भयो भने के हुने सम्भावना छ तपाईहरु आफैं विचार गर्नुस् ।’

आफूलाई फेरि जिताएर पठाए भोलि कांग्रेस पार्टीको सभापति र प्रधानमन्त्री हुन सक्ने व्यक्ति भएको भन्दै आफ्नै तारिफ गर्दै सिंहले मतदातालाई आफुलाई जिताएर गौरव गर्न समेत सुझाव दिए ।

विवेकशिल साझा पार्टी तर्फ ईंगित गर्दै सिंहले भर्खर खोलेका च्याउ जस्ता दलले केही गर्न नसक्ने भन्दै आफुले जितेमा सो क्षेत्रको बिकासमा कायापलट गर्ने दाबी गरेका थिए ।

तुलसीपुर ।

आफ्नै झट्केली छोरीलाई बलात्कार गर्ने व्यक्ति लाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

बंगालाचुली गाउँपालिका वडा नं.५ साकिने बस्ने बर्ष ३२ क भिम बहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै झट्केली १४ बर्षकी छोरी लाई डर त्रास तथा धाक धम्की समेत दिई पटक पटक जबरजस्ती करणी गर्दै आएको भनी यस कार्यालयमा सुचना जाहेरी पर्न आएकोले प्रहरी टोली खटि गई गिरीलाई पक्राउ गरीएको हो ।

उनलाई जबरजस्ती करणी शिर्षक अन्तरगत मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

बनेपा ।

काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक नाबालकको मृत्यु भएको छ ।

बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

दुर्घटनामा संलग्न गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ ।

मध्यपुरथिमी ।

भक्तपुरको मध्यपुरथिमी नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

बा १ ज १०४० नंको ट्याक्सीमा अन्दाजी ४० बर्षका पुरुषको सब टयाक्सीको पछाडि सिटमा रोखेको अबस्थामा फेला परेको महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

सनाखत हुन नसक्ने गरि हत्या गरेको अबस्थामा शब फेला परेको जानकारी दिदै उहांले अनुसन्धान जारी रहेको बताउनु भयो ।

काठमाडौं ।

क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

यो सँगै नेपालको कुटनीतिक सम्बन्ध विश्वका १सय ५३ देशसँग कायम भएको छ ।

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र बहामाजका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गर्नुभयो ।

काठमाडौं ।

यस्तै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालले आज चुनाबी घोषणा पत्र जारी गरी नेपाल–भारत खुला सिमानाको नियन्त्रण र नियमन गरिनुपर्नेमा जोड दिएको छ ।

घोषणापत्रमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत सम्पूर्ण असमान सन्धि सम्झौताहरू खारेज गर्ने , अन्तर्रा्ष्ट्रिय कानुनअनुसार समुद्री मार्गसम्मको पहुँच र पारवहनको सुनिश्चितताका लागि पहल गर्ने उल्लेख छ ।

यसैगरी, चीन र भारतबीच भएको व्यापारिक सम्झौतामा नेपालको लिपु लेकलाई भारतीय भू–भागको रूपमा उल्लेख गरिएकाले त्यसको खारेज गर्ने र भारतद्वारा अतिक्रमित भू–भाग फिर्ता गर्न पहल गर्ने लगायतका विषय घोषणापत्रमा समावेश गरिएको छ ।

भ्रष्टाचार विरोधी सशक्त कानून बनाउने , भ्रष्टाचारीलाई सशक्त कानुनी कारबार्हीे र भ्रष्टाचारलाई अन्त्य गर्ने कार्यमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता सो पार्टीले व्यक्त गरेको छ ।

शिक्षा र स्वास्थ्यलाई पूर्णरूपले राज्यको दायित्वअन्तर्गत राख्ने, सामन्ती भू–स्वामित्वको अन्त्य गरी वैज्ञानिक र क्रान्तिकारी भूमिसुधारको व्यवस्था गर्ने अठोट पनि मोर्चाले घोषणा पत्रमा गरेको छ ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले आफूहरू वैकल्पिक शक्ति भएको र सोहीअनुरुप जनताले आफूहरूलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति अवलम्बन गरिएअनुसार आफूहरू निर्वाचनमा सहभागी हुन लागेको अध्यक्ष गजुरेलले जानकारी दिनुभयो ।

मोर्चाले प्रतिनिधिसभाका ९२ क्षेत्रमा र प्रदेशसभाको २०१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

Nepal and the Bahamas have established diplomatic relations today.

Permanent Representative of Nepal to the United Nations, Ambassador Durga Prasad Bhattarai, and Permanent Representative of The Bahamas to the United Nations Ambassador Sheila Carey signed an instrument to this effect at a brief ceremony in New York.

According to the Permanent Mission of Nepal to the United Nations, New York.
, the two Ambassadors explored possible areas of cooperation at bilateral and multilateral levels, including climate change and natural disasters as well as tourism cooperation.

They also resolved to continue working together at the United Nations in pursuit of peace, development and common prosperity ahead.

Ambassador Bhattarai also expressed heartfelt sympathy and solidarity of the Government and people of Nepal to the Government and people of the Bahamas for the devastation that the Bahamas has had to endure last month and wished a resilient rebuilding of the nation.