कञ्चनपुरमा कार्यालय प्रमुखनै ६ लाख घुससहित पक्राउ

कञ्चनपुर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले आज जिल्ला प्राविधिक कार्यालयका प्रमुख डिई केदार शर्मालाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

प्रमुख शर्माको निवासबाट उनीसहित प्राविधिक कार्यालयका सव इन्जिनियर डण्डीराज पाण्डेयलाई समेत नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट नगद ६ लाख रुपैयाँसहित १४ लाखको चेक समेत नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश नं ७ को सम्पर्क कार्यालय भीमदत्तनगरले जनाएको छ ।

उक्त चेक नेपाल बंगलादेश बैंकको नाममा रहेको अख्तियारले जनाएको छ ।

बैतडी मदिरा निषेधित क्षेत्र घोषणा

बैतडी । आगामी निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर बैतडीलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

आगामी मंसिर ५ गतेदेखि मतगणना नसकुन्जेल सम्मका लागि जिल्लालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

मंसिर ५ गतेदेखि जिल्लाभरि नै मदिराको कारोबारमा रोक लगाइने उहाँले बताउनुभयो ।

आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई कारवाही

भक्तपुर । मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समाचार सम्प्रेषण गर्दा आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई कारवाही गरिने भएको छ ।

आज भक्तपुरमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको संयोजकत्वमा मुख्य निर्वाचन तथा निर्वाचन अधिकृतले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनमा पालना गर्नुपर्ने पत्रकार आचारसंहिताबारे जानकारी दिँदै आचारसंहिता उल्लंघन हुने कुनै पनि समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभयो ।

आइतबारदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन हुने

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिरमा हुने निर्वाचनका लागि भोलिदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्ने भएको छ ।

मतदाता शिक्षा कार्यकर्ताले प्रत्येक मतदाताको घरघरमा पुगेर मतदातालाई मत संकेत गर्न सिकाउने छन् ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचन शिक्षा कार्यकर्ताले मतदातालाई मतदान केन्द्रको तयारी, समानुपातिकतर्फ एउटा मतपत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई मतदान गर्ने र प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि छुट्टै र प्रदेशसभाका लागि छुट्टै मतपत्रमा मत संकेत गर्ने तरिका सिकाउने छन् ।

यसका लाग निर्वाचन अवधिभर २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने आयोगले जनाएको छ ।

हतियार र गोली सहित जना पक्राउ

धनुषा । धनुषा जिल्लामा प्रहरीले चुनाव लक्षित सुरक्षा व्यवस्था कडा बनाउने क्रममा चेकजाँच गर्दा २ जनालाई कटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित पक्राउ गरेर आज पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।

विशेष सुराकीको आधारमा धनुषा जिल्लाको सबैला नगरपालिकाका अनिल पासवान र सकुर मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीषक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

यसैगरी, १० किलोग्राम गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेर सोही पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।

धनुषा जिल्लाको भारतसँग सीमाना जोडिएका ठाउँहरुमा सुरक्षा जाँच बढाउनुको साथै जिल्लाभर नै चेकजाँच गर्ने क्रम बढाएको प्रहरीले जनाएको छ ।

मन्त्री जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार

रुकुम । नेकपा माओवादीका नेता तथा रुकुम प्रतिनिधिसभाका उम्मेदवार एवं बिना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीमा बम प्रहार भएपनि मानवीय क्षति भने भएको छैन ।

आज चौरजहारी नगरपालिका ८, गोईरीमा चुनावी प्रचारको क्रममा नेता शर्मा चढेको गाडीलाई लक्षित गरेर बम प्रहार  भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रमुख राजेन्द्र प्रसाद धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरक्षाकर्मी र कार्यकर्ताहरुको उच्च सजगताका कारण कुनै मानवीय क्षति भने भएको छैन ।

बम कुन व्यक्ति वा समूहले प्रहार गरेको हो भन्ने कुनै एकिन नभएपनि निर्वाचन बिथोल्न खोज्ने समूहबाट त्यस्तो गतिविधि भएको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

एमालेद्वारा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावकारी रुपले सम्पन्न गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

पार्टी अध्यक्ष ओलीको निवासमा आज बसेको बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा २७ सदस्यीय कमिटी गठन गरेको पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमालले जानकारी दिनुभयो ।

अस्वाभाविक खर्चको अनुगमन गर्न प्रमुख आयुक्तको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा राजनीतिक दल र उम्मेदवारबाट भइरहेको अस्वाभाविक खर्चको अनुगमन गर्न सम्बद्ध सरकारी निकायसँग आग्रह गर्नुभएको छ ।

निर्वाचन आयोगमा आज निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहितासम्बन्धी उद्योग वाणिज्य क्षेत्रका सरकारी पदाधिकारी तथा उद्योगी व्यवसायीसँगको छलफलमा उहाँले निर्वाचनमा दल र उम्मेदवारबाट भएको अधिक नगद प्रवाहको अनुगमन गर्न नेपाल राष्ट्र बैंक तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान र आन्तरिक राजश्व विभागलाई आग्रह गर्नुभयो ।

प्रमुख आयुक्त डा. यादवले दल तथा उम्मेदवारले आफ्नो सिद्धान्त र घोषणापत्रका आधारमा जनताको मन जित्नुपर्नेमा पैसाका आधारमा निर्वाचन जित्छु भन्ने सोचलाई निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले उद्योगी व्यवसायीले दल र उम्मेदवारका चुनाव चिह्न अंकित टिसर्ट, गञ्जीजस्ता सामग्रीको उत्पादन र वितरणमा आयोगले रोक लगाइसकेकाले आफू मातहतका संस्थालाई त्यस्ता सामग्रीको उत्पादन नगर्न नगराउनका लागि तत्काल निर्देशन दिन आग्रह गर्नुभयो । अर्का आयुक्त सुधीरकुमार शाहले राजनीतिक दल तथा उम्मेदवारलाई आर्थिक सहयोग बैंकमार्फत दिन आग्रह गर्नुभयो ।

छलफलमा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिले दल तथा उम्मेदवारलाई बैंकमार्फत सहयोग गर्न आफूहरू तयार रहेको तर त्यसरी दिइएको रकममा कर छुटको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।

आर्थिक सामाजिक रुपान्तरणले मूर्तरुप पाउनेः राष्ट्रपति

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालको आर्थिक सामाजिक रुपान्तरणले मूर्त रुप पाउने बताउनुभएको छ ।

ऐतिहासिक सिन्धुली गढीको २५० औँ विजय उत्सवको अवसरमा ठूलो गढीमा झण्डोत्तोलनपछि राष्ट्रपति भण्डारीले अबको प्रतिनिधिसभा र प्रदेशसभाको सफल निर्वाचनपछि आर्थिक सामाजिक रुपान्तरणले मूर्त रुप पाउने बताउनुभयो ।

संविधानले निर्दिष्ट गरेअनुरुप संघीय संसद र प्रदेश स्तरमा निकट भविष्यमा हुन लागेको निर्वाचनमा सबैको उत्साहपूर्वक सहभागिता र सक्रिय सहयोगको आफूले अपेक्षा गरेको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

निर्वाचनको सफल सञ्चालनले देशमा राजनीतिक स्थायित्व सुदृढ पार्नुका साथै आम जनताको जीवनस्तर दु्रतगतिमा अघि बढ्ने विश्वास लिएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा. डा. गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गर्नुभएको थियो ।

अस्थाइ शिक्षकलाई स्थायि गर्नेगरि ल्याइएको शिक्षा ऐन आरक्षणविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं ।

सरकारले ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट अस्थाई शिक्षकलाई स्थायि गर्नेगरि ल्याएको  शिक्षा ऐनको नवौं संशोधनको व्यवस्था खारेजी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धा हुँदा दक्ष स्थायी अध्यापन अनुमती पत्र लिई बसेका सात लाख बढी योग्य उम्मेदवारहरु बञ्चित हुने भन्दै सो व्यवस्था खारेज गर्न रिटमा माग गरिएको छ ।

साथै आठौं संशोधनद्वारा कायम गरिएको ०७२ असोज २ को मिति र नवौं संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था असमान, विभेदपूर्ण र सामाजिक न्यायको समेत विपरित भएकाले खारेज गरी योग्य उम्मेदवार सबैले प्रतिस्पर्धा गर्न पाउने गरी कानुनी व्यवस्था गर्न नवबुद्ध नगरपालिकाका शिवप्रसाद पाण्डेले सर्वोच्चमा रिट हालेका हुन् ।

शिक्षक सेवा आयोगले पदपूर्तिका लागि मंसिर ३ गतेभित्र दरखास्त आह्वान गरेको छ । परीक्षा मिति भने पछि प्रकाशित हुने आयोगले जनाएको छ ।

प्राथमिक र निम्न माध्यमिक तहका लागि ०६१ साउन २१ गतेसम्म रिक्त रहेको पदमा ०४९ पुस २० गतेभन्दा अघि स्थायी नियुक्ति पाई ०७३ असार १५ गतेसम्म अविछिन्न रुपमा कार्यरत शिक्षकहरु परीक्षामा सहभागी हुन पाउनेछन् ।

यसैगरी माध्यमिक तहका लागि ०६१ साउन २१ गतेसम्म रिक्त रहेको पदमा ०४९ पुस २० गतेभन्दा अघि अस्थायी नियुक्ति पाई २०७३ असार १५ गतेसम्म अविछिन्न रुपमा कार्यरत हुनुपर्ने छ ।

संशोधनमा ०७२ असोज भन्दा पछाडिकालाई परीक्षामा बन्चित गराइएकाले पनि अहिले तोकिएको परीक्षा रद्द गर्न माग गरिएको छ ।

अस्थायी शिक्षकहरुले आन्दोलन गरी दवाव दिएपछि आठौं संशोधनमा व्यवस्था गरिएको ४९ प्रतिशतको व्यवस्थालाई नवौं संशोधनले ७५ प्रतिशत पुर्‍याएको थियो ।

रिटमा मन्त्रिपरिषदसहित, शिक्षा मन्त्रालय, शिक्षा, विभाग, शिक्षक सेवा आयोग र नेपाल शिक्षक महासंघलाई विपक्षी बनाइएको छ ।

नाकाबन्दी झल्काउनेगरि सुनौली नाकामा भारतीय अवरोध

काठमाडौं ।

दुई बर्षअघि नेपालमाथि नाकाबन्दी लगाएको भारतले त्यस्तै झझल्को दिनेगरि नेपाल र भारतबीचको एक महत्वपूर्ण सीमा नाका सुनौलीमा अवरोध गर्न थालेको छ ।

भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने नाममा नेपाल आयात हुने सामान तथा इन्धनमा अवरोध गर्न थालेपछि आयात तथा निर्यात प्रभावित हुन थालेको छ ।

व्यवसायीहरुका अनुसार नेपाली तथा भारतीय अधिकारीहरुलाई उक्त समस्याबारे पटकपटक ध्यानाकर्षण गराइसकिएको छ । नेपाल पक्षका अधिकारीहरुले यसबारे भारतीय पक्षलाई भनेपनि आश्वासन दिने तर समस्या समाधान नहुनेगरेको बताएका छन् ।

सीमा पारी करिब २५ किलोमिटरसम्म मालबाहक ट्रकको लाइन लाग्न थालेको छ । भारतीय सिमा सुरक्षाबल एसएसबीले भारतबाट आउने तरकारी लगायत चाँडै विग्रने सामान बोकेका गाडी सहज रुपमा नेपाल पठाउने र अन्य सामानका गाडी प्रवेशमा भने अनेक बहाना बनाउँदै अवरोध गर्न थालेको छ ।

हाल सुनौली नाकाबाट सामान नेपाल ढुवानी गर्न लामो समय लाग्ने र खर्च बढ्ने डरले भारतीय यातायात व्यवसायी पनि तर्कन थालेको नेपाली व्यवसायीहरुले गुनासो गरेका छन् ।

नेपाल सरकारले यस विषयमा सम्बन्धित भारतीय पक्षसंग कुराकानी गरेर ठोस समस्या समाधानको लागि पहल गर्नुपर्ने भएपछि नेपाल सरकारले यसमा तदारुकता नदेखाएको देखिएको छ

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web