धनुषा । धनुषा जिल्लामा प्रहरीले चुनाव लक्षित सुरक्षा व्यवस्था कडा बनाउने क्रममा चेकजाँच गर्दा २ जनालाई कटुवा पेस्तोल र ३ राउण्ड गोलीसहित पक्राउ गरेर आज पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।

विशेष सुराकीको आधारमा धनुषा जिल्लाको सबैला नगरपालिकाका अनिल पासवान र सकुर मियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी उपरीषक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

यसैगरी, १० किलोग्राम गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेर सोही पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।

धनुषा जिल्लाको भारतसँग सीमाना जोडिएका ठाउँहरुमा सुरक्षा जाँच बढाउनुको साथै जिल्लाभर नै चेकजाँच गर्ने क्रम बढाएको प्रहरीले जनाएको छ ।

19.12¡ÆC