काठमाडौं ।

दुई बर्षअघि नेपालमाथि नाकाबन्दी लगाएको भारतले त्यस्तै झझल्को दिनेगरि नेपाल र भारतबीचको एक महत्वपूर्ण सीमा नाका सुनौलीमा अवरोध गर्न थालेको छ ।

भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने नाममा नेपाल आयात हुने सामान तथा इन्धनमा अवरोध गर्न थालेपछि आयात तथा निर्यात प्रभावित हुन थालेको छ ।

व्यवसायीहरुका अनुसार नेपाली तथा भारतीय अधिकारीहरुलाई उक्त समस्याबारे पटकपटक ध्यानाकर्षण गराइसकिएको छ । नेपाल पक्षका अधिकारीहरुले यसबारे भारतीय पक्षलाई भनेपनि आश्वासन दिने तर समस्या समाधान नहुनेगरेको बताएका छन् ।

सीमा पारी करिब २५ किलोमिटरसम्म मालबाहक ट्रकको लाइन लाग्न थालेको छ । भारतीय सिमा सुरक्षाबल एसएसबीले भारतबाट आउने तरकारी लगायत चाँडै विग्रने सामान बोकेका गाडी सहज रुपमा नेपाल पठाउने र अन्य सामानका गाडी प्रवेशमा भने अनेक बहाना बनाउँदै अवरोध गर्न थालेको छ ।

हाल सुनौली नाकाबाट सामान नेपाल ढुवानी गर्न लामो समय लाग्ने र खर्च बढ्ने डरले भारतीय यातायात व्यवसायी पनि तर्कन थालेको नेपाली व्यवसायीहरुले गुनासो गरेका छन् ।

नेपाल सरकारले यस विषयमा सम्बन्धित भारतीय पक्षसंग कुराकानी गरेर ठोस समस्या समाधानको लागि पहल गर्नुपर्ने भएपछि नेपाल सरकारले यसमा तदारुकता नदेखाएको देखिएको छ

18.12¡ÆC