पाल्पामा चुनावी चहलपहल बढ्यो

कार्तिक २३, २०७४ मा प्रकाशित | 880 views

पाल्पा ।

आगामी मंसिर २१ गते हुने प्रनितिधिसभा र प्रदेशसभा निर्वाचनले पाल्पामा चहलपहल बढ्न थालेको छ । विकास र समृद्धिका नारा बोकेर दलहरु गाउँ केन्द्रित भएपछि चुनावी चहलपहल बढेको छ ।

भोट आफुनो पक्षमा पार्न दलहरु चुनावी कसरतमा जुटका छन् । यतिबेला पाल्पामा दलहरु सभा, पार्टी कार्यालय स्थापना देखि घरदैलो अभियान र  प्रचारप्रसार गर्ने कार्य तीव गतिमा अघि बढेका हुन । दलका नेता तथा कार्यकर्ताहरु गाउँ पसेर पार्टी बैठक, चुनावी कार्यालय स्थापना र कोणसभामा जुटिरहेका छन् ।

भोट माग्न हुल भएर दल आएपछि चुनावी गतिविधि शहरमा भन्दा गाउघरतिर बढी चहलपहल भएको मतदाताहरु बताउँछन् । दलका उम्मेदवार सहित वडा, गाउपालिका, निर्वाचन र जिल्ला तहका नेता तथा कार्यकर्ताहरु भोट माग्न पसेपछि बस्तीहरु चुनावी चहलपहल देखिन थालेको हो ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी जिल्लाका सवै तहमा चुनावी प्रचारमा जुटेपनि साना दलहरु समेत चुनावी चिन्ह, झण्डा र प्रचार साम्रगी बोकेर गाउ पसेका छन् । नौ दलले चुनावी मैदानमा होमिएपछि यतिबेला गाउघरमा चुनावी गतिविधि बढेको स्थानीयबासिन्दा बताउछन् ।

नेपाली काँग्रेस जिल्ला सचिव झपिन्द्र गहिरेका अनुसार गाउतहमा बैठक, कोणसभा, पार्टी कार्यालय स्थापना, घरदैलो कार्यक्रम भइरहेको र पार्टी सचिव अजय कम्रचार्यको नेतृत्वमा प्रसारप्रसार समिति गठन, अर्का सचिव गहिरेको नेतृत्वमा अनुगमन समिति गठन गरी काम अघि बढेको बताउनुभयो । बाम गठबन्धनका निर्वाचन प्रचारप्रसार समितिका उपसंयोजक तथा माओवादी नेता राजेन्द्र विश्वकर्माले संयुक्त कार्यकर्ता भेला, बैठक, कार्यालय स्थापना गरी जनतासँग घरदैलो अभियान चलिरहेको बताउनुभयो ।

नेपाली काँग्रेसका निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा उम्मेदवार विजयराज घिमिरे, निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभाका उम्मेदवार हरि प्रसाद नेपाल र विजयराज घिमिरे बाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभाका उम्मेदवार दलबहादुर राना र निर्वाचन क्षेत्र २ मा सोमप्रसाद पाण्डेय जिल्ला, निर्वाचन क्षेत्र, गाउँपालिका र वडास्तरमा पार्टी कार्यकर्ताका साथ चुनावी मैदानमा होमिएका छन् । पाल्पामा लोकतान्त्रिक गठबन्धनका तर्फ नेपाली काँग्रेस र बाम गठबन्धनतर्फबाट कडा प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web