काठमाडौं,चैत २४ । नेपाल बक्सिङ संघले दुई अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा प्रशिक्षकलाई उपचारार्थ आर्थिक सहयोग गर्ने भएको छ । पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी तथा आठौं सागका काश्य विजेता इन्द्र बहादुर राना मगर र पूर्व खेलाडी तथा प्रशिक्षक दीपक राईलाई जनही २५÷२५ हजार रुपैयाँ उपचारका लागि खर्च उपलब्ध गराउने निर्णय गरेको संघका अध्यक्ष राजीव श्रेष्ठले बताए ।
रानामगर आन्द्राको क्यान्सर र फोक्सोको उपचार गराइरहेका छन् भने दीपकले भारतमा क्यान्सरको उपचार गराइरहेका छन् । रानामगर २०५२ देखि २०५५ साल सम्म राष्ट्रिय च्याम्पियन समेत हुन् । संघले राष्ट्रिय खेलकुद परिषद्लगायत अन्य निकायलाई समेत आफ्ना पूर्व खेलाडी तथा प्रशिक्षकको उपचारका लागि सहयोग उपलब्ध गराइदिन अनुरोध गरेको छ । संघले यस अघि पनि पूर्व खेलाडी तथा प्रशिक्षकलाई उपचारका लागि सहयोग जुटाउँदै आएको छ । संघले यस अघि कृष्ममान, किशोर थापालगायतलाई उपचारका लागि सहयोग गरेको थियो ।
काठमाडौं,चैत २४ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन पुरा गर अभ्यासरत १७ चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलले निलम्बन गरेको छ । प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदले गरेको छानबिन क्रममा नक्कली प्रमाणपत्र भेटिएका चिकित्सकलाई अनुसन्धानपछि अदालती कारबाही जारी रहँदा काउन्सिलले निलम्बन गरेको आजको नागरिक दैनिकमा समाचार छ ।
निलम्बनमा परेका १७ जना काउन्सिलमा स्थायी र अस्थायी प्रमाणपत्र लिएर अभ्यास गरिरहेका चिकित्सक हुन् । काउन्सिलद्वारा जारी सूचनाअनुसार निलम्बित हुनेमा बिनिता यादव, सुजितकुमार श्रेष्ठ, राजेन्ऽप्रसाद दास, रामबाबु गिरी, तुलसीकुमार महतो, भगवान केबट सल्लाह, सन्तोषकुमार यादवलगात छन् ।
काउन्सिल प्रवक्ता डा. कृष्ण अधिकारीले उनीहरुको शैक्षिक प्रमाणपत्रबारे प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दासमेत दायर गरिसकेकाले अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको हो । उनले नक्कली प्रमाणपत्र पेस गरेर पढेको पुष्टि भइसकेका चिकित्सकले व्यक्तिसमेत मुद्दाको अन्तिम किनारा नलाग्दासम्म काउन्सिल दर्ता प्रमाणपत्र परीक्षामा सहभागी हुन नपाउने निर्णयसमेत काउन्सिलले गरेको छ ।
निलम्बनमा परेका व्यक्तिले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर एमबिबिएस लगायत अध्ययन पूरा गरे पनि काउन्सिल दर्ता भएर प्रमाणपत्रसमेत लिएर अभ्यास गर्दै आएका थिए ।
२६ चैत, धनुषा ।
जिल्ला अदालत धनुषाले नेकपा 'एमाले' बैकल्पिक पोलिटव्युरो सदस्य तथा पूर्वसांसद योगनारायण यादवलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
एक वर्षअघि पूर्वी धनुषाको सबैला गाउँस्थित मदनआश्रित निमावि व्यवस्थापन समिति चयनका लागि भएको विवादमा दुई जनाको ज्यान गएको र केही घाइते भएको घटनाका मुख्य योजनाकार मानिएका यादवमाथि कर्तव्यज्यान तथा ज्यान मार्ने उद्योग मुद्दामा फैसला भएको हो ।
यादवमाथि जिल्ला अदालतमा रहेका तीनवटा छुट्टाछुट्टै मुद्दामध्ये हातहतियार तथा खरखजना मुद्दाको वहस भने जारी रहेको छ ।
घटनामा सबैलाका रामप्रकाश यादवको गोली प्रहारबाट मृत्यु भएको र रामसेवक गोडरी कुटपिटबाट घाइते भएका थिए ।
२६ चैत, इलाम ।
पत्रकार आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाले प्रत्येक वर्ष प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार यो वर्ष पत्रकार भीम चापागाईंलाई प्रदान गर्ने निर्णय गरेको छ ।
रेडियो नेपालका तत्कालिन स्थानिय सम्वाददाता स्व राईको १२औँ स्मृति दिवसको अवसर पारेर आगामी वैशाख १ गते पुरस्कार वितरण गरिने छ ।
२७ चैत, काठमाडौं ।
मोफसलको सर्वा्धिक पुरस्कार राशिको झापा गोल्ड कपको उपधिका लागि शनिबार नेपाल आर्मी र झापा ११ प्रतिष्पर्धा गर्दै छन् ।
प्रतियोगिताको विजेताले छ लाख र उपविजेताले तीन लाख पाउनेछ ।
मोफसलको सर्वा्धिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले छ लाख र उपविजेताले तीन लाख पाउनेछ ।
मनाङ–मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गर्दै नेपाल आर्मी झापा गोल्डकपको फाइनल प्रवेश गरेको हो भने थ्री स्टार क्लबलाई टाइब्रेकरमा हराउँदै झापा ११ फाइनलमा स्थान बनाउन सफल भएको हो ।
काठमाडौं,चैत १६ । मलेसियासँग भएको मैत्रीपूर्ण फुटवल खेल बराबरीमा रोकिएको नेपाली टोली नेपाल फर्किएको छ्र । अन्तिम तीन मिनेट जोगाउन नसक्दा १–१ गोलको बराबरीमा चित्त बुझाएको नेपाली टोली मंगलवार बिहान नेपाल वायुसेवा निगमको विमानबाट नेपाल फर्किएको हो । पहिलो हाफमा आक्रमक खेलेको नेपाली टीमका लागि भरत खवासले खेलको ३६ औं मिनेट गोल गरेका थिए ।
दोस्रो हाफको अन्तिम १० मिनेटसम्म अग्रता कायमै राखेको नेपालले ८६ औं मिनेटमा गोल खान पुगेको थियो । फुटवल टोली अब घरेलु प्रतियोगितामा व्यस्त रहने छन् । चैत्र १८ गतेदेखि झापा गोल्ड कप सुरु हुदैंछ भने चैत्र २९ गतेदेखि पोखरामा मनकामना गोल्ड कप हुने कार्यक्रम तय गरिएको छ्र ।
एजेन्सी,चैत १६ । भारतीय क्रिकेट टोलीका भरपर्दा खेलाडी युवराज सिंह टी–२० विश्वप सेमिफाइनल खेल्नबाट बञ्चित हुने लगभग निश्चित भएको छ। अष्ट्रेलियासँगको खेलमा घाइते भएका सिंहलाई टोलीबाट हटाइएको हो। घाइते भए लगत्तै युवराज सिंहको एमआरआई स्क्यान गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
डाक्टरहरूका अनुसार उनले सेमिफाइनल खेन्ने नखेल्ने निश्चित छैन। यसैबीच बीसीसीआई स्रोतलाई उल्लेख गर्दै भारतीय मिडियाले जनाए अनुसार उनको स्थानमा मनीष पाण्डेलाई खेलाउने भएको छ।
कप्तान महेन्द्र सिंह धोनीले खेलाडी परिवर्तन आवश्यक भए त्यो गर्न आफू तयार रहेको उल्लेख गरे। युवराजको चोटलाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन्। टी–२० विश्वकपको आयोजक भारतको मुकाबिला सेमिफाइनलमा वेस्ट इण्डिटजसँग हुँदैछ।
एजेन्सी,चैत २१ । आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेटको फाइनलमा आइतबार इंग्ल्याण्ड र वेष्ट इन्डिजबिच प्रतिस्पर्धा हुँदैछ । कोलकाताको इडन गार्डेन मैदानमा बेलुका सवा सात बजेसुरु हुने खेलमा यी दुवै टोली दोस्रोपटक च्याम्पियन बन्ने होडमा मैदान उत्रदैछन् । इंग्ल्याण्ड र वेष्ट इन्डिज दुवैले यसअघि एक एक पटक ट्वेन्टी–ट्वेन्टी विश्वकपको उपाधि जितेका छन् ।
इंग्ल्याण्ड सेमिफाइनलमा न्युजिल्याण्डलाई सात विकेटले हराएर फाइलनमा आइपुगेको हो । यस्तै वेष्ट इन्डिजले आयोजक भारतलाई सात विकेटले नै हराएर फाइनलमा स्थान बनाएको हो । इंग्ल्याण्डले सन् २०१० मा वेष्ट इन्डिजमा भएको खेलमा अस्ट्रेलियालाई सात विकेटले हराएर उपाधि उचालेको थियो । यस्तै वेष्ट इन्डिजले सन् २०१२ मा श्रीलंकामा भएको खेलमा घरेलु टोलीलाई ३६ रनले हराएर उपाधि जितेको थियो ।
आइतबार गेलको आँखा ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी १ सय छक्का प्रहार गर्ने पहिलो खेलाडी बन्नेमा पनि छ। जारी प्रतियोगितगामा ११ छक्का प्रहार गरिसकेका उनले ९८ छक्का प्रहार गरिसकेका छन्। त्यस्तै प्रतियोगितामा इङ्ल्यान्डले ३४ छक्का प्रहार गरिसकेको छ। जुन संख्या अन्य टोलीको भन्दा धेरै हो। त्यसैले पनि दुई टोलीबीचको प्रतिस्पर्धा निकै रोमान्चक हुने अनुमान गरिएको छ।
इंग्ल्याण्ड र वेष्ट इन्डिज दुवै टोली यो पटक उपाधि उचाल्दै ट्वेन्टी–ट्वेन्टी विश्वकपमा दुई पटक उपाधि जित्ने पहिलो टोली बन्ने लक्ष्यका साथ मैदान उत्रने छन् । इंग्ल्याण्ड इओन मोर्गान तथा वेष्ट इन्डिज डरेन सामीको कप्तानीमा मैदान उत्रने छ ।
झापा,चैत २७ । मोफसलकै सर्वाधिक पुरस्कार राशिरहेको झापा गोल्ड कप फुटबलको उपाधि नेपाल आर्मी क्बलले जितेको छ। नवयुग श्रेष्ठको गोलमा आयोजक झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको हो । नेपाल आर्मीले यो सिजन उचालेको यो पहिलो उपाधि हो। आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । उपाधिसँगै आर्मी ६ लाख रुपैयाँ नगद हात पारेको छ।
एजेन्सी,चैत २१ । आइसीसी विश्वकप टि–ट्वेन्टी क्रिकेट महिला तर्फको उपाधि वेष्ट इन्डिजले जितेको छ । अष्ट्रेलियालाई ८ विकेटले हराउँदै वेष्ट इन्डिज उपाधि हात पारेको हो । कोलकातास्थित इडेन गार्डेन क्रिकेट मैदानमा वेष्ट इन्डिज ३ बल खेल्न बाँकी छँदै वेष्ट इन्डिज पहिलो पटक विश्व च्याम्पियन बनेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले दिएको एक सय ४९ रनको चुनौती वेष्ट इन्डिजले १९ ओभर ३ बलमा २ विकेट गुमाउँदै पार गरेको हो । यसअघि, अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो ।
एजेन्सी,बैशाख २ । च्याम्पियन्स लिग फुटबलको उपाधि भित्राउने बार्सिलोना सपनामा क्वाटरफाइनलबाटै टुंगिएको छ । बुधबार राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २–० ले पराजित भएको ला लिगा लिडर बार्सिलोना समग्रमा ३–२ को हारसहित प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा लिएको २–१ को अग्रता जोगाउन नसक्दा बार्सिलोना अप्रत्यासित रुपमा क्वाटरफाइनलबाटै बाहिरिएको हो । एथ्लेटिको मड्रिडले खेलको ३६ औँ मिनेटमा एन्टोनीयो ग्रिजम्यानको गोलबाट सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको एथ्लेटिकोले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ८८ औँ मिनेटमा एथ्लेटिकोले पेनान्टी पायो र त्यसमा ग्रिजम्यान चुकेनन्।
काठमाडौं,चैत २४ । हङ्गकङ्गमा सम्पन्न हङ्गकङ्ग टप माउन्टेन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त खेलाडी मेलिसा खड्गीलाई बुधबार नेवा दिवसको उपलक्षमा सम्मान गरिएको छ ।
उनलाई खड्गी समाज समितिका अध्यक्ष मनोज नेवाः खड्गीले प्रशंसा पत्र र ट्रफी प्रदान गरि सम्मान गरे । फ्रेब्रुअरी २८ र २९ तारिखमा आयोजित च्याम्पियनसिपमा ११ बर्षिय मेलिसाले पुम्से तर्फ स्वर्ण पदक प्राप्त गरेकी थिईन् ।