२७ चैत, काठमाडौं ।
नामिबिया क्रिकेट एशोसिएसनले औपचारिक कार्यक्रम गरेर नेपालसँग खेल्ने टोलीको औपचारिक विदाइ गरेकोछ ।
नामिबिया क्रिकेट एशोसिएसनले औपचारिक कार्यक्रम गरेर नेपालसँग खेल्ने टोलीको औपचारिक विदाइ गरेको हो ।
त्यही कार्यक्रममा नामिबिया क्रिकेटका सीइओ डा. डोनोभान जिल्याण्डले कडा भाषण गरे, जुन सामाजिक सञ्जालमा छाएको छ ।
द नामिबियाका अनुसार जिल्याण्डले नामिबियाले काठमाडौंमा गएर घरेलु टोलीविरुद्ध जित्ने मात्र दाबी गरेनन्, नेपाली टोलीलाई पाठ पढाउने दाबी गरे ।
नेपालले सँधै ठूलो टिमसँग खेल्न चाहेको बताउने गरेको भन्दै उनले भनेका छन्-‘हामी उनीहरुलाई देखाइदिउँ कि ठूलो टिमसँग खेल्न कस्तो हुन्छ ।’
नेपाल आउनु अघि नामिबियाले इन्टरकन्टिनेन्टल कपमा अफगानिस्तानसँग चार दिवसीय क्रिकेट खेल्नेछ ।
टोलीका कप्तान स्टफेन बार्डले आफ्नो टोलीको तयारी राम्रो भएको बताएका छन् ।
द नामिबियनले आफ्नो समाचारमा नेपाल अफगानिस्तान जत्तिकै बलियो नभएको बताएको छ ।
तर, कीर्तिपुरमा हुने खेल हेर्न २५ हजार बढी दर्शक आउने र उनीहरुको कट्टर समर्थनका बीच नेपाललाई हराउन सजिलो नरहने बताएको छ ।
काठमाडौं,चैत २३ । गुण्डानाइके दिनेश अधिकारी चरी मारिएपछि एकाएक चर्चामा आएकी खुस्बु ओली फेरि एकपटक चर्चामा छिन् । अहिले उनी चरीका कारणले भन्दा पनि एउटा नियुक्तिका कारणले चर्चामा आएकी हुन् । चरी प्रहरी इन्काउन्टरमा मारिएपछि बेपत्ता भएकी खुस्बु केपी ओली प्रधानमन्त्री भएपछि नेपाल भित्रिएकी थिइन् । झापा घर भएकी खुस्बु र प्रधानमन्त्री ओलीबीच पारिवारिक सम्बन्ध रहेको उनी निकट स्रोत बताउँछ । तिनै खुस्बुलाई उपप्रधान तथा समाजकल्याण मन्त्री सिपी मैनालीले समाज कल्याण परिषद्को उपाध्यक्ष बनाउन लागेका छन् ।
परिषद्का सदस्य तथा माले कार्यकर्ता निलमणि बरालको नाम उपाध्यक्षमा लिइएपनि एकाएक खुस्बुलाई अगाडि सारिएको छ । खुस्बुको नाम परिषद् उपाध्यक्षमा आएपछि मन्त्रिपरिषद्को बैठकमा एमाओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अछामका झंकर साउदको नाम अगाडि सारेका थिए ।
‘परिषद्मा हाम्रो पार्टीका पनि एकजना पदाधिकारी हुनुपर्छ भन्दै रायमाझीले साउदको नाम अघि सारेपछि नियुक्तिको निर्णय हुन सकेको छैन । झापा नै घर भएका मैनाली पनि खुस्बुको परिवारसँग निकट मन्त्री हुन् । परिषद्को सदस्य सचिवमा अमेरिकी डिभीधारी नकुल बानियाँको पनि नाम छ । तर, खुस्बु ओलीको नाममा विवद भएपछि नियुक्ति प्रक्रिया पनि रोकिएको छ भनेर आजको दृष्टि साप्ताहिकमा खबर छ ।
२९ चैत, टोकियो ।
जापानी वायु सेनाको जेट विमान दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ । बिमानमा रहेका चालकदलका सदस्य सहित सबै सैनिकको मृत्यु भएको जापानी जलसेनाले पुष्टि गरेको छ ।
कुनै बाह्य कारण नभई जापानको दक्षिण पश्चिमस्थित कागोसिमा हिमालमा बिमान दुर्घटना भएको र यसको अनुसन्धान भइरहेको जापानी अधिकारीहरुले बताएका छन् ।
वायु सेनाको वोइड विमानमा मुत्यु भएका मध्ये चार जनाको शव विहीबार र दुई जनाको शव शुक्रबार भेटिएको छ ।
जापनका रक्षा मन्त्री गेन नाकातानीले विमानमा कार्यरत सबै कर्मचारीको मृत्यु भएको पुष्टि गरेका छन् ।
मुत्यु हुनेमा ४६ वर्षीय विमान चालक माज मासुरी हिरोकी, ३४ वर्षीय सहायक विमान चालक टिसुकासा हारागुची, ५२ वर्षीय प्राविधिक हिरोक्की सिरातोरी, २७ वर्षीय कर्मचारी युटा किकिमा, ४३ वर्षीय इको वातानाकी, ३४ वर्षीय तेपी योनिजावा रहेको मन्त्रालयले जनाएको छ ।
दुर्घटनाग्रस्त विमानका टुक्राहरु २००० देखि ३००० मिटरको उर्चाइमा टाकाकुमा हिमाल नजिक भेटिएका बताईएको छ ।
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अझै नभेटिएको र बिमान दुर्घटनाको ठोस कारण समेत पत्ता नलागिसकेको भन्दै जापानी रक्षा मन्त्रालयले ब्ल्याक बक्स भेटिएपछि दुर्घटनाको स्पष्ट कारण बताउन सकिने जानकारी दिएको छ ।
काठमाडौं,चैत २३ । द्धन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा दिइएको जाहेरीअनुरुप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ।
रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। अब यो विवाद प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले हेर्नेछ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएपछि २०६८ सालमा मृतक लामामी पत्नी पूर्णीमायाले नैतिक र कानुनी प्रशन उब्जाउँदै सर्वोचकै परमादेशअनुरुप मुद्दा नचलाइको दाबी निवेदकको थियो। यस्तै सापकोटालाई मन्त्री पदबाट हटाउन माग गर्दै त्यतिबेला पत्रकार कनकमणि दीक्षितले पनि भन्नै रिट दायर गरेका थिए। दुवै रिटलाई सुनुवाइकालागि संबैधानिक इजलासमा पठाइएको हो।
एमाले स्थानीय नेता रहेका लामाको माओवादी समूहबाट २०६१ सालमा अपहरणपछि एकमहिनासम्म बेपत्ता बनाएर हत्या गरिएको आरोप पीडित पक्षको छ। उक्त प्रकरणमा सापकोटालाई मुछिएको छ।
२७ चैत, काठमाडौं । शनिबार साँझ गएको भूकम्पबाट राजधानीमा १० जना घाइते भएका छन् । मेट्रो प्रहरीका इन्सपेक्टर सुरेश सिंह तिमल्सिनाका अनुसार अहिले सम्म ललितपुरमा ५ जना, भक्तपुरमा १ जना र काठमाडौंमा ४ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर तिमल्सिनाले बताए । उनीहरु मध्ये धेरैको खुट्टा र हात भाँचिएको र अन्य सामान्य घाइते भएको प्रहरीको भनाई छ । भूकम्प आउादा घर बाहिर भाग्दै गर्दा उनीहरु घाइते भएका हुन् । भूकम्पबाट घाइते भएकाहरुको थप विवरण संकलन भइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सााझ ७ बजेर ५ मिनेटमा ललितपुरको भैंसेपाटीलाई केन्द्रविन्दू बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
काठमाडौं,चैत २६ । नेपाली कांग्रेसका नेता एवं पूर्वराज्यमन्त्री कमलेशकुमार शर्मा गाडीको च्यासिस फेर्ने अवैध धन्धामा संलग्न रहेको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शर्माको टोयोटा ल्याण्ड क्रुजर बा २ ख ९९५५ नम्बरको गाडीमाथि शंका लागेर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
गाडी बनाउने मेकानिकले सडकमा टेस्ट ड्राइभ गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले दरवारमार्गबाट नियन्त्रणमा लिएको हो । उक्त गाडी नम्बर शर्माको नाममा दर्ता छ ।
गाडीको च्यासिस नम्बर काटिएको छ । सक्कली गाडी भए च्यासिस नम्बर काट्नु नपर्ने बुझाइ ट्राफिक प्रहरीको छ । ट्राफिक प्रहरीले गाडीका चालकबाट शर्माको नाममा जारी ब्लुबुकसमे बरामद गरेको छ । ब्लुबुकमा ‘सांसदको प्रयोजनका लागि’ लेखिएको छ ।
२०५४ जेठ १९ गते बागमती अञ्चल कार्यालयमा दर्ता गरिएको शर्माकै नाममा रहेको ब्लुबुकमा प्रज्ञापनपत्र नम्बर ६७०८ र रजिष्ट्रेशन नम्बर ५६३६६ उल्लेख छ । कानुनतः कुनै पनि सवारीसाधनको इन्धन र च्यासिस नम्बर दर्ता कितावमा जे छ त्यहि उल्लेख हुनुपर्छ ।
पूर्वमन्त्रीको गाडी नम्बर अर्कै गाडी खरिद गरेर च्यासिस नम्बर टास्न लागिएको पाइएपछि अनुसन्धानमा संलग्न ट्राफिक प्रहरी अचम्मित बनेका छन् । कपिलवस्तु तौलिहवाका शर्मा नेपाली कांग्रेसको हालै सम्पन्न १३ औं महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य लडेर हारेका थिए ।
२८ चैत, टोकियो ।
सुपरहिट नेपाली चलचित्र ड्रिम्स जापानमा आज प्रदर्शन हुँदैछ । चलचित्र ड्रिम्स आज साँझ ५ बजे टोकियो नाकानो जेरो हलमा प्रदर्शन हुन लागेको हो ।
जापानमा बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको ड्रिम्स प्रदर्शन हुने भएपछि जापानमा रहेका नेपालीहरु आज उत्साहित देखिएका छन्।
मात्र ३ हजार ऐन टिकटदर राखिएको चलचित्र ड्रिम्स प्रदर्शन नेपाली नयाँ बर्ष २०७३ को संघारमा गर्न लागिएकाले चलचित्रको अधिकाशं टिकट प्रदर्शन हुनु अघि विक्रि भइसकेको व्यवस्थापनले जनाएको छ ।
चलचित्र ड्रिम्स साँझ प्रदर्शन हुने भएकाले दिउँसो हुने बुद्ध नेपालमा जन्मिएका हुन् भनि निकाल्न लागिएको शान्ति पदयात्रामा पनि जापानमा रहेका सबै नेपालीलाई सहभागीता जनाइदिनुहुन चलचित्र विक्रिको एकाअधिकार पाउनुभएका सफल व्यवसायी तथा समाजसेवी प्रल्हादसिंह महतले आग्रह गर्नुभएको छ ।
आज अपरान्ह १ बजे भारतले बुद्ध भारतमा जन्मीएको भन्दै गरिरहेको गलत प्रचार चिर्न र केही जापानीमा बुद्ध भारतमा जन्मीएको भनि परेको गलत सन्देश हटाउन शान्ति पदयात्रा गरिँदैछ ।
पदयात्रामा बुद्ध नेपालमा जन्मिएका हुन्, नेपाल जापान सम्वन्ध लगायतका विषयका प्लेकार्ड र व्यानर सहित जापानमा रहेका हजारौं नेपालीले आफ्नो राष्टिय पोशाक सहित सहभागीता जनाउँदैछन् ।
यो पनि पढ्नुहोस् ।
जापान ड्रिम्स पर्खाइ सकियो, टोकियो नाकानो जेरो हलमा १० तारिखमा पदर्शन
जापान १० तारिख -अपरान्ह शान्ति पदयात्रा, साँझ लामो पर्खाइपछिको 'ड्रिम्स'
काठमाडौं,चैत २८ । ९ ड्याङगाउँमा एक संस्थाले सोलार बिजुली बाड्यो । ४० घरपरिवारका सदस्य बिजुली बत्तीको उपकरण लिन उपस्थित भए । संस्थाले बुझिलिएको भर्पाई गराउँदा चालिसै घरका सदस्यले ल्याप्चे सही गरे । ‘हाम्रो गाउँको सबैले ल्याप्चे गरे, मलाई साह्रै लाजमर्दो भयो,’ अघिल्लो साता भएको कार्यक्रमबारे स्थानीय बिही युवा मैत्री क्लबका सल्लाहाकार नवीन गुरुङले भने, ‘गाउँमा विद्यालय छैन, त्यसैले कसैले पनि पढ्न पाएनन् ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – बिही गाविसका नौवटै वडामा विद्यालय नभएको उनले बताए । गाउँका केही युवा पढ्न काठमाडौं र सदरमुकाम गोरखा गएका छन् । उनीहरु गाउँ फर्कन मान्दैनन् ।
पप्पु गुरुङ्, १, बैशाख / दोधारा चाँदनी, कञ्चनपुर । कञ्चनपुरको दोधारा र चाँदनी क्षेत्रमा प्रहरीले लाउड स्पिकर बजाउनमा रोक लगाएको छ । अबेर सम्म लाउड स्पिकर र साउन्ड सिस्टमको चर्को आवाजका कारण चोरी, डकैती लगाएतका घटना हुन सक्ने भन्दै प्रहरीले राति १२ बजे पछिको समयमा बजाउनमा रोक लगाएको हो । प्रहरीले तोकिएको समय भन्दा बढी अटेर गरी कसैले त्यस्ता गतिविधि गरेमा पक्राउ गर्ने जनाएको छ । लाउड स्पिकरले गर्दा शान्ति सुरक्षामा खलल पर्ने भएकाले बजाउनमा रोक लगाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । विवाह, व्रतबन्ध, जन्मदिन, पूजाआजा लगाएतको कार्यका लागि राति १२ बजे सम्म मात्रै लाउड स्पिकर बजाउन अनुमती दिइने गरी व्यवस्था मिलाएको र राति १० बजे पछि लाउड स्पिकर बजाउनु पर्ने भए स्थानीय प्रशासनको अनुमति लिनुपर्ने गरी नियम समेत बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र विर बिश्वकर्मा ले जानकारी दिएका छन् ।
काठमाडौं,चैत २५ । नेपाली कांग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिको शुक्रबार हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । नेपाली कांग्रेसको २२ सदस्यीय संसदीय दल कार्यसमितिका लागि हुन लागेको निर्वाचनमा ४२ जनाको मनोनयन दर्ता भएको छ । शुक्रबार हुने निर्वाचनमा उम्मेदवारी दिएकाहरुको प्रथम नामावली प्रकाशित भएको छ ।
संसदीय दल कार्यसमितिमा सात प्रदेशबाट सात जना, जनजाति चार, मधेसी तीन, खस आर्य तीन, दलित दुई तथा मुस्लिम, थारु र पिछडिएको क्षेत्रबाट एक(एक जनाका लागि शुक्रबार निर्वाचन हुँदैछ ।
पिछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए।
प्रदेश नं १ बाट दीपक खड्का र तारामान गुरुङ, प्रदेश नं २ बाट प्रेम किशोरप्रसाद साह तेली र तेजुलाल चौधरी, प्रदेश नं ३ बाट ध्यानगोविन्द रञ्जित र रामेश्वरप्रसाद ढुङ्गेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै प्रदेश नं ४ बाट कमलप्रसाद पङ्गेनी र रामचन्द्र पोखरेल, प्रदेश नं ५ बाट विक्रम खनाल र सञ्जयकुमार गौतम, प्रदेश नं ६ बाट तप्तबहादुर विष्ट र रीता शाही र प्रदेश नं ७ बाट दीर्घराज भाट र भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, समावेशीतर्फ आदिवासी÷जनजाति पुरुषतर्फ दुई पदका लागि आङ्टावा शेर्पा, तीर्थबहादुर लामा, झुलबहादुर आले र कञ्चनचन्द्र वादेको उम्मेदवारी परेको छ । आदिवासी जनजाति महिलातर्फ दुई पदका लागि ज्ञानकुमारी छन्त्याल, उषा गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ र पुष्पलता लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
खसआर्य पुरुषतर्फ एक पदका लागि बुद्धिराम भन्डारी र राजेन्द्रकुमार केसी, खसआर्य महिलातर्फ दुई पदका लागि मधु शाही ठकुरी, गीता वाग्ले, चन्द्रादेवी जोशी र सारदा पौडेलले उम्मेदवारी दिएका छन् ।
मधेसी पुरुषतर्फ एक पदका लागि राम अयोध्याप्रसाद यादव, लालबाबु सिंह भुइहार, मधेसी महिलातर्फ दुई पदका लागि रश्मी ठाकुर, प्रमिलादेवी दास र कविताकुमारी सरदारले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, थारुतर्फ एक पदका लागि भुटनीदेवी खवास र बुद्धिसागर चौधरी, मुस्लिमतर्फ एक पदका लागि अब्दुल रज्जाक र अब्दुल हमिद सिद्धिकी, दलित पुरुषतर्फ एक पदका लागि नरभान कामी र खड्गबहादुर बस्याल, दलित महिलातर्फ एक पदका लागि आषा विक र कल्पना सोपले उम्मेदवारी दिएका छन् । कांग्रेस संसदीय दल कार्यसमितिको निर्वाचन विद्युतीय मतदानबाट हुने तय भएको छ । त्यसका लागि आजै उक्त विद्युतीय भोटिङ मेसिनको निर्माणकर्ता राम÷लक्ष्मण रिमालले कांग्रेस सांसदहरुलाई मतदान गर्ने तरिकाका बारेमा जानकारी गराए ।
निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि बिहिबार बिहान ११ देखि अपराह्न १ बजेसम्म समय निर्धारण गरेको थियो । समितिका उम्मेदवारीको अन्तिम नामावली चैत २५ गते अपराह्न ५:३० बजे प्रकाशन गरिनेछ । कार्यसमितिको निर्वाचन शुक्रबार बिहान ९ देखि दिउँसो १२ बजेसम्म हुने समितिले जनाएको छ । दलको सबै निर्वाचन कार्यक्रम पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा हुँदैछ ।
कार्यसमितिमा २२ पदको निर्वाचनसँगै कम्तीमा तीन महिलासहित नौजना मनोनीत हुने दलको विधानमा व्यवस्था छ । त्यसबाहेक समितिमा संसदीय दलको नेता र उपनेतासहित महामन्त्री, प्रमुख सचेतक, सचेतक र पार्टी सरकारमा भएको अवस्थामा कानुनमन्त्री पदेन सदस्य हुने प्रावधान छ ।
२१ चैत, रामेछाप ।
रामेछाप जिल्लाको खिम्ती गाविस वार्ड नं. २ का एकै घरका २ जना दाजुभाईको तामाकोशी नदिमा डुबेर मृत्यु भएको छ ।
स्थानीय तामाकोशी जनजागृती उमाविमा कक्षा ९ को जाँच दिएर तामाकोशीमा नुहाउन पसेका १४ बर्षिया कमल कार्कीलाई नदिले बगाएपछि भाइलाई बचाउन नदिमा पसेका १६ बर्षिय उनका दाजु मिन बहादुर कार्की सहित दुवैलाई नदिले बगाउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
१ बैशाख, विदुर ।
नुवाकोटको पूर्वी भेगस्थित समुन्द्रटारको कुनाखोलामा मिनिट्रक दुर्घटना हुँदा एक जनाको मुत्यु हुनुका साथै ६ जना घाइते भएका छन् ।
सडक बाट ३० मिटर तल पुगेको मिनीट्रक र त्यसमा रहेको निर्माण सामाग्रिले च्यापिएर स्थानिय बुद्धबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खरानीटारका प्रहरी निरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।
दुर्घटनामा एक बालिका सहित ६ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय युवा शशी प्रसाद आचार्यले जानकारी दिएका छन् ।
घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली र काठमाडौ ल्याइएको छ । दुर्घटना पछि गाडी चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।