लामा हत्या प्रकरणको मुद्दामा फेरि तानिए बनमन्त्री

बैशाख १९, २०७३ मा प्रकाशित | 459 views

काठमाडौं,चैत २३  । द्धन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा दिइएको जाहेरीअनुरुप मन्त्री अग्नि सापकोटामाथि मुद्दा नचलाइएको भन्दै पीडितका तर्फबाट दिइएको सुनुवाइ गर्न संवैधानिक इजलासमा पठाइएको छ।
 
रिटमा सोमबार भएको सुनुवाइपछि न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। अब यो विवाद प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न संवैधानिक इजलासले हेर्नेछ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 
सापकोटा सूचना तथा सञ्चारमन्त्रीमा नियुक्त भएपछि २०६८ सालमा मृतक लामामी पत्नी पूर्णीमायाले नैतिक र कानुनी प्रशन उब्जाउँदै सर्वोचकै परमादेशअनुरुप मुद्दा नचलाइको दाबी निवेदकको थियो। यस्तै सापकोटालाई मन्त्री पदबाट हटाउन माग गर्दै त्यतिबेला पत्रकार कनकमणि दीक्षितले पनि भन्नै रिट दायर गरेका थिए। दुवै रिटलाई सुनुवाइकालागि संबैधानिक इजलासमा पठाइएको हो।
 
एमाले स्थानीय नेता रहेका लामाको माओवादी समूहबाट २०६१ सालमा अपहरणपछि एकमहिनासम्म बेपत्ता बनाएर हत्या गरिएको आरोप पीडित पक्षको छ। उक्त प्रकरणमा सापकोटालाई मुछिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web