टी–२० विश्वकप: युवराज सिंहलाई टोलीबाट हटाइयो 

बैशाख १८, २०७३ मा प्रकाशित | 1305 views

एजेन्सी,चैत १६ । भारतीय क्रिकेट टोलीका भरपर्दा खेलाडी युवराज सिंह टी–२० विश्वप सेमिफाइनल खेल्नबाट बञ्चित हुने लगभग निश्चित भएको छ।  अष्ट्रेलियासँगको खेलमा घाइते भएका सिंहलाई टोलीबाट हटाइएको हो।  घाइते भए लगत्तै युवराज सिंहको एमआरआई स्क्यान गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
डाक्टरहरूका अनुसार उनले सेमिफाइनल खेन्ने नखेल्ने निश्चित छैन। यसैबीच बीसीसीआई स्रोतलाई उल्लेख गर्दै भारतीय मिडियाले जनाए अनुसार उनको स्थानमा मनीष पाण्डेलाई खेलाउने भएको छ।
कप्तान महेन्द्र सिंह धोनीले खेलाडी परिवर्तन आवश्यक भए त्यो गर्न आफू तयार रहेको उल्लेख गरे। युवराजको चोटलाई लिएर उनले यस्तो प्रतिक्रिया दिएका हुन्। टी–२० विश्वकपको आयोजक भारतको मुकाबिला सेमिफाइनलमा वेस्ट इण्डिटजसँग हुँदैछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web