राष्ट्रिय फुटबल टोली नेपाल फर्कियो,अब घरेलु प्रतियोगितामै व्यस्त

बैशाख १८, २०७३ मा प्रकाशित | 1027 views

काठमाडौं,चैत १६ । मलेसियासँग भएको मैत्रीपूर्ण  फुटवल खेल बराबरीमा रोकिएको नेपाली टोली नेपाल फर्किएको छ्र । अन्तिम तीन मिनेट जोगाउन नसक्दा   १–१ गोलको बराबरीमा चित्त बुझाएको नेपाली टोली  मंगलवार बिहान नेपाल वायुसेवा निगमको विमानबाट नेपाल फर्किएको हो । पहिलो हाफमा आक्रमक खेलेको नेपाली टीमका लागि भरत खवासले खेलको ३६ औं मिनेट गोल गरेका थिए ।

दोस्रो हाफको अन्तिम १० मिनेटसम्म अग्रता कायमै राखेको नेपालले ८६ औं मिनेटमा गोल खान पुगेको थियो । फुटवल टोली अब घरेलु प्रतियोगितामा व्यस्त रहने छन् ।  चैत्र १८ गतेदेखि झापा गोल्ड कप सुरु हुदैंछ भने चैत्र २९ गतेदेखि पोखरामा मनकामना गोल्ड कप हुने कार्यक्रम तय गरिएको छ्र । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web