
काठमाडौँ । सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा तीन हजार चार सय रुपैयाँले बढेर तोलाको दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको २ लाख ५८ हजार तीन सय रुपैयाँ थियो । यसअघि मङ्सिर २९ गते सुनको भाउ २ लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज एकैदिन एक सय ३० रुपैयाँले बढेर तोलाको चार हजार दुई सय ३५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको चार हजार एक सय पाँच रुपैयाँ थियो ।
17.12C