सुनको भाउमा फेरि कीर्तिमान

मंसिर २९, २०८२ मा प्रकाशित
Published at मंसिर २९, २०८२

107 views

काठमाडौँ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर तोलाको २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउले कीर्तिमान बनाएको हो । हिजो पनि सुनको भाउले कीर्तिमान कायम गर्दै तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web