राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण

पुस ३, २०८२ मा प्रकाशित
Published at पुस ३, २०८२

96 views

काठमाडौँ । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । हिजो सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको आयोगका प्रवक्ता एवम् सह–सचिव नारायणप्रसाद भट्टराईले जानकारी दिर्नुभयो ।

आयोगले सातवटै प्रदेश राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी ठाउँ तोकिसकेको र तोकिएका मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरका लागि तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.