सुर्यज्योति लाइफ इन्स्योरेन्सको सहयोगमा निःशुल्क विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न

पुस २, २०८२ मा प्रकाशित | 368 views

सुर्यज्योति लाइफ इन्स्योरेन्सको सहयोगमा निःशुल्क विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सम्पन्न

नुवाकोट । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहयोग तथा नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा पुस १ र २ गते त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, त्रिशुलीमा निःशुल्क विद्यालय आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ।

कार्यक्रम अन्तर्गत ८७८ जना विद्यार्थीको दृष्टि तथा आँखा जाँच गरिएको थियो भने जाँचमा ११४ जनामा दृष्टिदोष पत्ता लागेको थियो। दृष्टिदोष भएका विद्यार्थीहरूलाई आवश्यक चस्मा निःशुल्क प्रदान गरिएको छ।

विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाडीले भन्नुभयो, “विद्यार्थीहरूको आँखाको स्वास्थ्य सुधार गर्न यस्तो कार्यक्रम अत्यन्तै आवश्यक छ। सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगले निःशुल्क चस्मा प्रदान गरिएपछि विद्यार्थीहरूले राम्रोसँग पढ्न पाउनेछन्। यो प्रकारको सहयोगले विद्यार्थीहरूको शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास छ।”

कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्य सुधारसँगै उनीहरूको अध्ययन क्षमतामा पनि सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web