सर्पदंशले दुईको मृत्यु

३ भदौ, महोत्तरी ।

महोत्तरीमा सर्पदंशका कारण एक गर्भवती महिलासहित दुई जनाको मृत्यु भएको छ ।

आफ्नै खेतमा काम गर्ने क्रममा आज बिहान सर्पले डस्दा एकडारा गाविस–१ का ५५ वर्षीय हरिनारायण मण्डलको मृत्यु भएको हो ।

त्यस्तै घरमै सुतिरहेका अवस्थामा महोत्तरी धमौरा गाविस वडा नं १ अध्ययनपुरकी २२ वर्षीय महबुदा खातुनको गएराति सर्पले डस्दा मृत्यु भएको छ ।

सर्पले टोकेपछि उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रममा खातुनको बाटोमै मृत्यु भएको स्थानीय रोशन साहले जानकारी दिनुभयो ।

विद्यार्थी संगठन जताततै विवाद । अनेरास्ववियुको विवाद मिलाउने जिम्मा अधिकारीलाई

३ भदौ, काठमाडौं ।
महाधिवेशन उद्घाटन भएको १३ दिनपछि नेतृत्व छानेर अकर्मण्य युवा नेतृत्वको उदाहरण पेश गरेको काँग्रेस भातृसंस्था नेविसंघको घटना देखिरहँदा फेरी एमाले युवा संगठनको विवाद छताछुल्ल भएको छ ।

नेकपा ९एमाले० निकट अनेरास्ववियुको विवाद चरमोत्कर्षमा पुगेपछि त्यसलाई मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिइएको छ ।

अनेरास्ववियुका महासचिव ऐन महरले सचिवालयको कार्य विभाजनबारे देखिएको विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज अधिकारीलाई दिएको जानकारी गराउनुभयो ।

अध्यक्ष नवीना लामा र महासचिव महरबीचमा सचिवालय सदस्यको कार्य विभाजनबारे विवाद हुँदै आएको छ ।

विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्जलाई दिएपछि आगामी शनिबार महासचिव महरले बोलाएको भेला समेत स्थगित गरिएको छ ।

नेकपा एमालेको हरेक भातृसंगठनमा नेपाली काँग्रेसको शेरबहादुर र रामचन्द्र पौडेल खेमा भनेजस्तै अध्यक्ष केपी ओली र माधव कुमार नेपालका छुट्टा छुट्टै गुटहरु रहनेगरेको छ ।

अपहरीत बालिकाको सकुशल उद्दार

३ भदौ, सप्तरी ।
गत बुधबार सप्तरीबाट अपहरणमा परेकी एक बालिकालाई सप्तरी प्रहरीले बिस घण्टा नबित्दै उद्धार गर्न सफल भएको छ ।

गाविस नर्घो–६ निवासी लक्ष्मण मण्डलको ७ वर्षीय छोरी संतोषी मण्डललाई घर नजिकै खेली रहेको अवस्थामा हिजो दिउँसो ४ बजेतिर अपरिचित एक व्यक्तिले ललाई–फकाई अपहरण गरी लगेको थियो ।

बालिका अपहरणमा परेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय राजविराज, इलाका प्रहरी कार्यालय र प्रहरी चौकी झुटकीका संयुक्त टोलीले भारत मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत करियौतबाट आज बिहान सकुशल उद्धार गरेको प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनु भयो  ।

अपहरणकारीको पहिचान भई सकेको हुँदा चाँडै नियन्त्रणमा लिई थप कार्वाही प्रक्रिया अगाडी बढाउँने उपरीक्षक ढकालले बताउनु भयो ।

मोरङ जिल्लामा सौर्य उर्जावत्ती जडान

३ भदौ, विराटनगर ।
वढदो लोडसेडिङको अन्त्य गर्न मोरंङ जिल्लाका विभिन्न स्थानमा उर्जावत्ती जडान गर्न थालिएको छ  ।

जिल्ला विकास समिति मोरंङको  वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत  नगरपालिका, गाउँ विकास समितिका मुुख्य सडक तथा महत्वपूर्ण स्थानहरुमा धमाधम उर्जा वत्ती जडान भइरहेका छन  ।

सासदंकोष, नगरपालिका तथा उर्जा कार्यक्रमको सहयोगमा रंगेली नगरपालिका, हातीमुुढा तथा तेतरिया गाउ विकास समिति उर्जावत्ती जडानभइ संचालनमा  आइ सकेको छ ।

‘स्थानीय निकायको चुनाव चैतमा’

३ भदौ, काठमाडौं ।
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आगामी चैतमा स्थानीय निकायको निर्वाचन हुने बताएका छन् ।

पाण्डेसँग बिहिबार भएको साक्षात्कारमा उनले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव अत्यावश्यक रहेकाले असोज मसान्तसम्म सम्पूर्ण स्थानीय निकायको प्रतिवेदन प्राप्त भएपछि चैतमा चुनाव हुने बताए ।

मन्त्री पाण्डेले “सबै राजनीतिक दलको सहमतिबिना चुनाव सम्भव नभएकाले सबैलाई चुनावमा सहभागी गराउन विभिन्न तहमा छलफल भइरहेको जानकारी दिए ।

छोरा(रमेश) को अन्तिम पटक मुख हेर्ने बुवा आमाको ईच्छा पुरा गर्न आर्थिक सहयोग जुट्दै

३ भदौ, जापान ।
बुढेसकालको सहारा बन्ला भनेर सुनौलो भविष्यको सपनामा श्रण गरेर अध्ययनको पठाएको छोरा रमेश तामाङको निधनपछि उनको परिवार पाँचदिनदेखी शोकमा छ ।

मृत्यु भएपनि छोराको अन्तिमपटक मुख हेर्ने ईच्छा परिवारले गरेपछि जापानमा रहेको नेपाली समुदाय अहिले रमेशका बुवा आमाको ईच्छा पुरा गरिदिन एकजुन बनेको छ ।

आफ्नो छोराको अनुहार अन्तिम पटक हेर्ने बुबा आमाको इच्छा अनुसार तामाङको पार्थिब शरीर लाई नेपाल लैजानको लागि नेपाल तामाङ समाज जापानले आर्थिक सहयोग संकलन थालेको छ ।

यो अभियानमा जापानमा रहेका सयौं व्यक्तिले व्यक्तिगत सहयोग गरिरहेका छन् भने विभिन्न राजनीतिक दल आवद्ध संगठन सहित संघसंस्थाहरुले समेत सहयोग गरेका छन् ।

यसै क्रममा तामाङ समाजका अध्यक्ष कर्मा वाङ्गेल लामाको सम्वन्यमा नेपाली राजदुताबास जापानका कार्यबाहक राजदुत श्री कृष्णचन्द्र अर्याल र जापानमा रहेको बिभिन्न संघ सस्थाहरूको प्रधिनिधिहरूको उपस्थितिमा स्व. रमेश तामाङको पार्थिब शरिर नेपाल सम्म पठाउने व्यवस्था मिलाइएको छ ।

यसको लागि जापानिज् कम्पनी सान्तोकु फुनरल पार्लर कम्पनी लिमिटेडसँग सहमति गरिएको छ । सहमतिपछि जापानिज कम्पनी सान्तोकुले रमेशको शव नेपालसम्म लैजाने भएको छ ।

तामाङको पार्थिब शरीरलाई २३ तरिख टोक्योबाट लगिने र २४ तरिखमा नेपाल पुर्याउने भएको छ ।

तामाङको आर्थिक अवस्था कमजोर भएका कारण शव लैजानको लागि भने आर्थिक खर्च धेरै लाग्ने भएकाले जापानवासी नेपालीहरुलाई सहयोग गरिदिनुहुन समाजले आग्रह गरेको छ ।

२२ तारिख अपरान्ह १२ बजेसम्ममा नेपाल तामाङ समाज जापानको खाता नम्वर १०११० ७८७६३५११ मा सहयोग रकम पठाइदिनुहुन अनुरोध गरिएको छ ।

प्राप्त रकम सार्वजनिक सँगै सम्पूर्ण रकम स्वर्गित रमेशका परिवारजनलाई बुझाइने संस्थाले स्पष्ट पारेको छ ।

यसैबिच बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ती पार्टीको जापान भात्री संगठनले सोमवार निधन भएका रमेश तामाङको शव नेपाल पठाउन को लागि आर्थिक सहयोग गरेको छ ।

अन्तरराष्ट्रिय नेपाली समाज जापान नाम दिइएको नयाँ शक्ति आवद्ध संगठनले २ मान ३ हजार जापानी एेन आर्थिक सहयोग गरेको हो ।

समाजका संयोजक पदम सिंह ठगुना तथा आर्थिक संयोजक सरिता ढकाल लगायतको टोलिले संयुक्त रुपमा एभरेष्ट फुजी अनलाईनका सम्पादक प्रेमिला गौचनलाई सो रकम हस्तान्तरण गरेको हो ।

प्राप्त सहयोग रकममा गौचनले थप १ मान आफ्नो तर्फवाट सहयोग गरि कुल ३४ हज़ार  ८९  रुपैयाँ नेपाली बराबरको जापानी एने नेपाल तामाङ समाज जापानका अध्यक्ष तथा सहयोग समितीका संयोजक कर्म वाङगेललामा लाई हस्तान्तरण गर्नुभएको छ ।

जानकारी अनुसार स्वर्गिय रमेश तामाङको बैंक खातामा रहेको र काम गरेको ठाउँमा लिन बाँकी समेतगरि करिव ३० मान संकलन हुने भएको छ ।

बुधवार सम्ममा विभिन्न संघसंस्था र व्यक्तिगत सहयोग समेतगरि १५ मान बढी संकलन भएको र यो क्रम बढीरहेको भन्दै आवश्यक पर्ने करिव १ सय २० मान संकलनमा जापानमा रहेका सबै नेपालीहरुलाई जेपी बैंकको खाता नम्बर १०११० ७८७६ ३५११ मा आर्थिक सहयोग रकम राखिदिनुहुन तामाङ समाज जापानले हार्दिक आग्रह गरेको छ ।

यस्तै गैर आवासिय नेपाली संघ जापानले पनि मृतक तामाङको शव नेपाल लैजानको लागि सहयोग गर्न जापानमा रहेका सबै नेपालीहरुसँग आग्रह गरेको छ ।

मिलनसार र हँसिला स्वभावका रमेश दुई बर्षअघि मात्र अध्ययनका लागि जापान आएका थिए भने उनको उच्च रक्तचापका कारण मृत्यु भएको हो ।

यो पढ्न छुटाउनुभयो कि ?

जापानमा निधन भएका रमेश तस्विर र भिडियोमा

नेपाली विद्यार्थीको जापानमा आकस्मिक निधन

विशेष आर्थिक क्षेत्रमा पान मसाला देखी सुनका उद्योग खोलिंदै

२ भदौ, रुपन्देही ।

रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र(सेज)मा उद्योग सञ्चालनका लागि अनुमति पाएका ११ उद्योगीसगँ पहिलो चरणमा जग्गाको पल्ट लिजमा दिने विषयमा सम्झौता हुने भएको छ  ।

सेजमा निर्यातमुखी उद्योग सञ्चालनका लागि प्रस्तावित २३ वटा औद्योगिक प्रतिष्ठानहरु मध्ये ११ वटा उद्योगीसँग सोमवारबाट सम्झौता हुने तयारी भएको विशेष आर्थिक क्षेत्र विकास समितिका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले जानकारी दिनु भयो ।

५२ बिगाहा क्षेत्रफलमा फैलिएको सेजमा प्रस्ताव गरिएका उद्योगहरुमा पान मसालादेखि सुनका गरगहना बनाउने उद्योगसम्म रहेका छन् ।

सेजमा उद्योग सञ्चालनका लागी अन्तिम स्विकृती पाएका औद्योगिक तथा प्रतिष्ठानहरु सिद्धार्थ गु्रप, गोल्छा समुह, अरुणखोला बहुउद्देशिय सहकारी संस्था, चेतनशिल मल्टीप्रपोज प्रालि, सुगम नानो हर्वल, गोल्डस्टारसुज, वर्न गार्मेन्ट, जगदम्बा समुह, लोहिया गु्रप रहेको समितिले जनाएको छ ।

स्विकृत पाएका ११ उद्योगले ३० वटा प्लट लिएका छन्, ६९ वटा प्लट मध्ये २१ प्लट बाँकी रहने छन् । विशेष आर्थिक क्षेत्रभित्र उद्योग स्थापनाका लागि विद्युत बाहेकका सबै पूर्वाधार तयारी अवस्थामा रहेको सेजका इन्जिनियर लक्ष्मण भट्टराईले बताउनु भयो ।

जापानकी काओरी कुस्तीमा चार स्वर्ण जित्ने पहिलो महिला खेलाडी (ओलम्पिक विशेष)

२ भदौ, एजेन्सी ।
ब्राजिलमा जारी रियो ओलम्पिकमा जापानकी कुस्ती खेलाडी काओरी ईको लगातार चार वटा आलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने पहिलो महिला बनेकी छिन् ।

रियो दि जेनेरियो शहरमा बुधबार राती सम्पन्न ५८ केजी तौल समूहको फ्रि स्टाईल कुस्तीमा ईको ले रुषकी भलेरिया कोबलोभालाई पराजित गरेकी थिईन् ।

यो स्वर्ण संगै दश पटक विश्व विजयी भएकी ३२ वर्षीय ईकोले आफ्नो १३ वर्षिय अविजित यात्रालाई पनि निरन्तर्ता दिएकी छिन् ।

यसै स्पर्धामा भारतकी साक्षी मल्लिकले भारतका लागि पहिलो काँस्य पदक जितेकी थिईन् ।

साक्षी ओलम्पिकमा भारतका लागि पदक प्राप्त गर्ने प्रथम महिला बनेकी छिन् भने दक्षिण एशियाली खेलकुदको माहारथी भारतको रियो ओलम्पिकमा यो नै पहिलो पदक पनि हो ।

बुधबार राती नै भएको पुरुष फुटबलको पहिलो सेमिफाईनलमा ब्राजिलका फुटबल हस्ती नेमारले अ‍ेलम्पिक ईतिहासमा सबै भन्दा चाँडो गोल गर्ने नँया कीर्तिमान रचेका छन् ।

नेमारले खेल शुरुभएको १४ सेकेण्डस्मा गोल गर्दै यसै रियो ओलम्पिकको महिला छनोट चरणमा क्यानडाकी जेनि बेकरले अष्ट्रेलिया बिरुद्धको खेलमा २० सेकेण्डस्मा गोल गर्दै बनाएको कीर्तिमान भङ्ग गरेका थिए ।

यो पहिलो सेमिफाईनलमा ब्रजिलले होन्डुरसलाई ६/० गोलको विशाल अन्तरले पराजित गर्दै फाईनलमा स्थान बनाएको थियो ।

दोस्रो सेमिफाईनलमा जमर्नीले नाईजेरियालाई २/० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो ।

चिनले बुधबार राती सम्पन्न टेबल टेनिसको टिम ईभेन्टस्मा स्वर्ण जिते संगै रिओ ओलम्पिकमा टेबल टेनिसको सबै ४ वटा स्वर्ण हात पारेको छ ।

सन् १९८८ को शिओल आलम्पिकमा टेबल टेनिस समावेश गरिए देखि चिनले अहिले सम्मको ओलम्पिकमा भएका कुल ३२ वटा फाईनलमा २८ मा स्वर्ण पदक हात पारेको छ ।

जमाईकाकी धाविका यलेन थोम्पशनले २ सय मिटर्स दौडमा स्वर्ण जितिन् ।

थोम्पशनले यसै ओलम्पिको १ सय मिटर्स दौडमा पनि स्वर्ण हात पारेकी थिईन् ।

बिहिबार बिहानको खेल सम्पन्न हुँदा सम्म अमेरिका ३० स्वर्ण पदकका साथ शीर्ष स्थानमा कायमै रहेको छ ।

यसैगरि १९/१९ स्वर्ण पदकका साथ बेलायत र चिन क्रमस दोस्रो र तेस्रो स्थानमा रहेका छन् भने १२/१२ स्वर्ण पदकका साथ रुष र जर्मनी क्रमस चौथो र पाँचौ स्थानमा रहेका छन् ।

मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

२ भदौ, काठमाडौं ।
रक्षाबन्धन एवम् जनैपूर्णिमा नयाँ यज्ञोपवीत धारण र डोरो बाँधेर आज मनाइएको छ ।

आजका दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाएको क्वाँटी दान गर्ने र पकाएर खाने गरिन्छ ।

यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइएको छ ।

यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्ने सामाजिक मान्यता छ ।

यस अवसरमा आज काठमाडाँैको पशुपतिलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लागेको थियो ।

साझा बसको सेवा प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

२ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले साझा यातायात सेवालाई यात्रुमैत्री बनाउन निर्देशन दिनुभएको
छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साझाका पदाधिकारीलाई आज बोलाएर प्रधानमन्त्रीले उपत्यकामा यात्रुले पाएको सास्तीलाई मध्यनजर गरी साझाको बस सेवालाई विस्तार गर्न आग्रह गर्नुभयो ।

पछिल्लो समय साझा यातायातले मुलुकमा आइपर्ने विभिन्न कठिनाइकाबीच पनि यात्रुलाई पु¥याइरहेको सेवाप्रति सराहना गर्दै प्रधानमन्त्री दाहालले साझाको महत्व र सेवाग्राहीको चाहना अनुरुप सेवा विविधिकरण र गुणस्तरीय बनाउन आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीका विशेष दूत बनेर उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधि भारत उडे

२ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गर्नुभएको छ ।

नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि भारत प्रस्थान गर्नुभएको हो ।

प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री निधिले आफ्नो भ्रमण प्रमुख रुपमा नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको विषयमा केन्द्रित रहने बताउनुभयो ।

मन्त्री निधीले आफ्नो भारत भ्रमणको प्रमुख उद्देश्य नेपालका राष्ट्रपतिका तर्फबाट भारतका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निम्ता दिने र नेपाल भ्रमणको शीघ्र मिति तय गर्न आग्रह गर्ने रहेको बताउनसभयो ।

त्यस्तै नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीले भारत भ्रमणको लागि निम्ता गर्नुभएको र त्यसको तयारी सम्बन्धी छलफल तथा नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपाल–भारतका बीचमा हुने छलफलका विषयको प्रारम्भिक तयारी गर्ने रहेको उपप्रधानमन्त्री निधिले जानकारी
दिनुभयो ।

उपप्रधानमन्त्री निधिले नेपालको राष्ट्रिय हित र परिवर्तनका पक्षमा भारत सरकार र त्यहाँका जनताको साथ रहने अपेक्षा गर्नुभयो ।

गृहमन्त्री निधिले नयाँदिल्लीमा रहँदा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्रीलगायत त्यहाँका राजनीतिक पार्टी र उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुने छ ।

मन्त्रीपरिषद निर्णय-‘तराईमा मारिएका भारतीयलाई पनि १० लाख’

२ भदौ, काठमाडौं ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले भारतले लगाएको नाकाबन्दीमा सघाउनेगरि मधेशी मोर्चाले गरेको तोडफोडमा संलग्नहुँदा प्रहरी कारवाहीमा मारिएको भारतीयलाई पनि १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले तराई आन्दोलनमा मारिएको भन्दै आत्महत्या, कालगतिले मरेका भनिएका समेतको गरि ५२ जनाका परिवारलाई राज्य ढुकुटीबाट १० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बैठकले तराई मधेश आन्दोलका क्रममा शहादत प्राप्त गरेको व्याख्या गर्दै ५२ जनाका परिवारलाई प्रतिपरिवार १० लाख रुपिया उपलव्ध गराउने निर्णय गरेको छ ।

यसैगरि आन्दोलनका क्रममा भएको तोडफोड र नोक्सानीको तथ्य संकलन गर्न पूर्ब न्यायधिस गिरिसचन्द्र लाल दिक्षितको संयोजकत्वमा सात सदस्यीय आयोग गठन गर्ने निर्णय भएको सुचना तथा संचार मन्त्री एबं नेपाल सरकारका प्रबक्ता सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

बैठकले काबुल बम आक्रमणमा परि निधन भएका नेपालीहरुको शब नेपाल ल्याउन खर्च भएको करिब ९१ लाख रुपैया स्विकृत गरेको छ ।

यसैगरि बैठकले तराईमा स्थानिय तहको निर्बाचन सम्बन्धि बिधेयक तर्जुमा गर्न सैद्धान्तिक स्विकृती प्रदान गरेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web