
३ भदौ, सप्तरी ।
गत बुधबार सप्तरीबाट अपहरणमा परेकी एक बालिकालाई सप्तरी प्रहरीले बिस घण्टा नबित्दै उद्धार गर्न सफल भएको छ ।
गाविस नर्घो–६ निवासी लक्ष्मण मण्डलको ७ वर्षीय छोरी संतोषी मण्डललाई घर नजिकै खेली रहेको अवस्थामा हिजो दिउँसो ४ बजेतिर अपरिचित एक व्यक्तिले ललाई–फकाई अपहरण गरी लगेको थियो ।
बालिका अपहरणमा परेको थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय राजविराज, इलाका प्रहरी कार्यालय र प्रहरी चौकी झुटकीका संयुक्त टोलीले भारत मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत करियौतबाट आज बिहान सकुशल उद्धार गरेको प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिनु भयो ।
अपहरणकारीको पहिचान भई सकेको हुँदा चाँडै नियन्त्रणमा लिई थप कार्वाही प्रक्रिया अगाडी बढाउँने उपरीक्षक ढकालले बताउनु भयो ।