
३ भदौ, विराटनगर ।
वढदो लोडसेडिङको अन्त्य गर्न मोरंङ जिल्लाका विभिन्न स्थानमा उर्जावत्ती जडान गर्न थालिएको छ ।
जिल्ला विकास समिति मोरंङको वैकल्पिक उर्जा कार्यक्रम अन्तर्गत नगरपालिका, गाउँ विकास समितिका मुुख्य सडक तथा महत्वपूर्ण स्थानहरुमा धमाधम उर्जा वत्ती जडान भइरहेका छन ।
सासदंकोष, नगरपालिका तथा उर्जा कार्यक्रमको सहयोगमा रंगेली नगरपालिका, हातीमुुढा तथा तेतरिया गाउ विकास समिति उर्जावत्ती जडानभइ संचालनमा आइ सकेको छ ।