
२ भदौ, काठमाडौं ।
रक्षाबन्धन एवम् जनैपूर्णिमा नयाँ यज्ञोपवीत धारण र डोरो बाँधेर आज मनाइएको छ ।
आजका दिन एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी बनाएको क्वाँटी दान गर्ने र पकाएर खाने गरिन्छ ।
यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।
नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइएको छ ।
यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्ने सामाजिक मान्यता छ ।
यस अवसरमा आज काठमाडाँैको पशुपतिलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लागेको थियो ।