नेपाली जनसम्पर्क समिति जापानमा उमेद्वारको बिरोधमा दाबी बिरोध

३ भदौ, टोकियो ।
नेपाली जनसम्पर्क समिती जापानमा उमेदवारको बिरोधमा दाबी बिरोध परेको छ ।

तोकीएको समय भित्र समयमा रकम भुक्तान नगरेको भन्दै कान्तो सभापती यदुराम सापकोटाले दाबी बिरोध गरेका हुन् ।

केही उमेदवारहरुले एकमुष्ट रकम खातामा जम्मा गरेको तर १० हजार एन प्राप्त नभएको तर निर्वाचन कमिटीले रकम भुक्तान नहुनेको पनि उमेदवार नामावलीमा नाम निकालेको दावी सापकोटाको रहेको छ ।

डिपी कंडेल प्यानलबाट उमेदवारी दर्ता गराउने २९ जनाले नै छुट्टा छुट्टै रकम खातामा जम्मा गरेकोले रकम पुरै भुक्तान नगर्ने रोशन केसी प्यानल बाट भएको आंशका गरिएको समेत सापकोटाले बताए ।

सापकोटाले रकम भुक्तान कसको नभएको हो पहिचान गरि तुरुन्त सोही उमेदवारको नामावली लिस्टबाट खारेज गर्न निर्वाचन कमिटी समक्ष आग्रह गरेका छन् ।

नेपाली जनसम्पर्क समिती जापानको नँया नेत्रित्व चयन का लागि जापान का ९ वटा क्षेत्र मा आईतबार मतदान हुदै छ ।

नँया नेतृत्वका लागि डिपी कंडेल र रोशन केसी २ वटा प्यानल बनाएर चुनाबी मैदानमा होमिएका छन् । चुनाबी मैदानमा रहेका दुवै पक्षले आफ्नो जित निश्चित रहेको दावी गर्दै आएका छन् ।

डिपी कंडेल नेतृत्वको प्यानल लाई सहयोग गर्न अपिल गर्दै ५ वटा क्षेत्र का सभापतीले संयुक्त बिज्ञप्ती निकाल्ने तयारी गरिरहेको बताइएको छ ।

नेपाली जनसम्पर्क समिति जापानको चुनावी मैदान, उमेद्वार, उमेद्वारको चुनावी अवस्था आदिका बारेमा विश्लेषणात्मक समाचार हामी भोली प्रकाशीत गर्दैछौं । अवश्य हेर्नुहोला ।
सम्पादकीय

माधव नेपाल बोल्दा ओलीको निहुरीमुन्टी

काठमाडौं,भदौं ३ । ओली बढी जान्ने हुँदा खादा खाँदैको गाँस नै छाडनुप¥यो यो सजिलो विषय नै होइन । तर, जे हुनु भयो । आगामी दिनमा पार्टी रहे न राजनीतिक गर्ने होला नी भन्दै नेपालले धुवाधार रुपमा ओलीविरुद्ध प्रस्तुत भएपछि ओली भने कुरै नसुनी निहुरीमुन्टी न गरेर बसेका थिए ।

हुँदा खादाको प्रधानमन्त्री पदबाट नराम्ररी हात धुनुपरेपछि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई पार्टीभित्रैबाट खेद्ने क्रम सुरु भएको छ । ओलीका कारण माओवादीसँगको गठबन्धन टुटेको, गठबन्धन जोगाउन कुनै प्रयास नगरेको तथा गर्न सकिने पनि काम नगरेर केवल उखान टुक्का मात्रै सुनाउँदै हिँडेको भन्दै नेपाल पक्षका नेताहरुले बैठक बस्यो कि ओलीलाई ठोक्ने रणनीति लिएका छन् । प्रसंग हो, साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकको ।

बैठक प्रारम्भ हुने बित्तिकै केपी ओलीले नेपाल पक्षका नेतालाई बोल्न दिए । नेपाल पक्षले सल्लाहअनुसार नै ओलीलाई पूर्ण रुपमा ठोक्ने लक्ष्य निर्धारण गरेका थिए । नेपाल पक्षले अर्याल होटल बानेश्वरमा बसेर आवश्यक नीति तथा योजना बनाएका थिए । सोही योजनाअनुसार नै स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले धारणा राखे ।

उनले भने– ‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’

अलिक फरक रुपमा प्रस्तुत भएका नेपालले बुँदागत रुपमा ओली विरुद्ध प्रहार मात्रै गरेरनन् उखानका आधारमा चल्ने भए गठबन्धन किन नजोगाएको, प्रधानमन्त्री बनिरहन त सरकारमा सहभागी भएका अन्य दलको पनि भावना बुझ्नपर्ने थियो होला नी । सत्य निरुपण तथा मेलमिलापमा काँग्रेसका मान्छे प्रमुख छन् । सरोकार भएको पक्ष माओवादी छ, समन्वय गरेको भए राम्रै काम हुन्थ्यो, त्यसो किन नगरेको ?

राजनीतिक शक्तिका रुपमा पटक–पटक साथ लगाएर हिँडेको माओवादीलाई विश्वासमा लिन गाह्रो थिएन तर मुद्दा मामिला लगाएर बिच्क्याउन त अग्नी खरेल नै प्रयोग गरियो । लौ न बाबा तिनलाई नियुक्त नगर भन्दा भन्दै सुवोध प्याकुरेलहरुलाई कुन जस्केलाबाट छिराइयो, मैले राम्रैसँग थाहा पाएको छु । एनजिओ उचाल्ने, अनावश्यक बखेडा झिक्ने र साझेदारसँग निहु खोज्ने काम माधव नेपालले गरेको छैन । ओली पार्टी अध्यक्ष हुन् कि गुटको नेता मैले आजसम्म थाहा पाउन सकेको छैन । नेपाल पड्कदै गए ।

उनले भने लौ माओवादीले सरकार नै छाड्ने नै भयो, विगतमा किन सहमति गरेको, तीन बुँदे भद्र सहमतिमा त नेतृृत्वको विषयमा प्रष्ट व्यवस्था थियो । बजेट पारित भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने, वामदेव जी यही हुनुहुन्छ । झलनाथ जी पनि सहभागी हुनुभएको हो । भीम रावललाई पनि थाहा नै छ । विष्णु पौडेल पनि त्यसको जानकार हुनुहुन्छ ।

आफ्नै पार्टीलाई मिलाउन नसक्नेले कसरी मिलाओस अरुलाई नेपाल थप कडा रुपमा प्रस्तुत भए । संसद्मा सामान्य रुपमा सरकार गठन र विघटन हुन जान्छ । नेपालको प्रक्रिया र राजनीतिक सिष्टम पनि विचित्रको छ । राष्ट्रपतिय प्रणालीमा जाने भनेर गरेको सहमति नमानेको कसले हो ? लौ भएन कार्यकारी प्रधानमन्त्री नै भएपनि प्रत्यक्ष निर्वाचित हुने प्रावधन राखौ भन्दा नमानेको कस्ले हो ?

जो आज पार्टी अध्यक्षका रुपमा विराजमान हुनुहुन्छ । हिजो माओवादीको एजेण्डा बोक्न नहुने प्रत्यक्ष निर्वाचितको विषय राखियो भने त बर्बाद नै हुन्छ जसरी प्रस्तुत हुने त पार्टी अध्यक्ष नै हो क्यार ? माधव नेपाल थप सत्य बोल्दै गए । माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो । माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

को–को थपिए सहिदको सूचीमा ? (सूचीसहित)

काठमाडौं,भदौं ३ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो । सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैयाा दिने निर्णय गरिसकेको छ । सरकारले कैलाली घटनामा मारिएका ११ प्रहरीलाई पनि सहिद घोषणा गरेको छ । मधेस आन्दोलन तथा सीमांकनको विषयमा भएका आन्दोलनका क्रममा मारिएका सर्वसाधारण ४१ र प्रहरी ११ गरी ५२ जनालाई सरकारले सहिद घोषणा गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मोर्चाद्वारा सहिद घोषणा गर्न ६८ जनाको सूची

मधेसी मोर्चाले सहिद घोषणाको माग गर्दै सरकारसमक्ष यसअघि ६८ जनाको सूची बुझाएको थियो । मोर्चाले केही दिनअघि मात्रै गृहमन्त्री विमलेन्द्र निधिलाई ६८ जनाको सूची बुझाउादै उनीहरूलाई सहिद घोषणा गर्न माग गरेको थियो । तर, गृह मन्त्रालयले ५२ जनालाई मात्रै सहिद घोषणा गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको हो ।

आन्दोलनकारी को–को भए सहिद ?

राजेन्द्र (राजीव) राउत (सप्तरी), दुर्गेश यादव (भैरहवा), राजकिशोर ठाकुर (रौतहट), धर्मराज सिंह (वीरगञ्ज), दीनानाथ साह (वीरगन्ज), भोला साह (वीरगन्ज), हिफाजत मियाा (बारा), रामकृष्ण राउत (सप्तरी), रोहन चौधरी (महोत्तरी), रामविवेक यादव (महोत्तरी), अमित कापर (महोत्तरी), वीरेन्द्र बिच्छा (महोत्तरी), रामशिला मण्डल (महोत्तरी), गणेश चौधरी (महोत्तरी), नितु यादव (जनकपुर), सञ्जयकुमार चौधरी (जनकपुर), दिलीप यादव (जनकपुर), चन्दन पटेल (रुपन्देही), रञ्जना क्षेत्री (रुपन्देही), राजकुमार बरई (रुपन्देही), बिन्दु भन्ने विनोद लाकोल (रुपन्देही), नन्दनी पाण्डेय (रुपन्देही), सौमती मुराव (रुपन्देही), शत्रुधन पटेल (पर्सा), वीरेन्द्र राम (सप्तरी), नागेश्वर यादव (सप्तरी), दिलीप साह (सप्तरी), प्रमोद गुप्ता (बारा), मो. मेहरुद्दिन (रौतहट), शेष तवरेज आलम (रौतहट), द्रोपदी धानुक चौधरी (रंगेली), महादेव ऋषिदेव (रंगेली), शिवु माझी (रंगेली), राजाराम झा, यमबहादुर बिसी (सुर्खेत), टीकाराम गौतम (सुर्खेत), गोपालसिंह रजवार (सुर्खत), हरि कुँवर (जुम्ला), टेकबहादुर सावद (कैलाली), करण सिंह (बाँके) र जयप्रकाश शाह (बारा)

सुरक्षाकर्मी सहिद

एसएसपी लक्ष्मण न्यौपाने (कैलाली), इन्स्पेक्टर बलराम विष्ट (कैलाली), केशवराज बोहरा (कैलाली), लोकेन्द्र चन्द (कैलाली), रामबिहारी ठाकुर (कैलाली), ललित साउद (कैलाली), बमनबहादुर विक (महोत्तरी), जनक नेगी (कैलाली), काशीराम कामी (कैलाली), देवबहादुर पाण्डे (कैलाली) र करण सिंह (बाँके) ,।

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक बिदा

३ भदौ, काठमाडौं ।
परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज काठमाडौं उपत्यका सहित देशका विभिन्न भागमा मनाईदैछ ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने पर्व विशेष रुपमा उपत्यकाभित्र मनाउने गरिन्छ ।

आजका वर्षदिन भित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना नगर क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहि आएको छ ।

विशेषगरि नेवारी समूदायले मनाउने गाईजात्रा पर्वमा गाई जस्तै बनाएर वा गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुने जनविश्वास छ । नेपाली धर्म अनुसार गाईको पुच्छरमा समाएर मृत्यु भएका व्यक्तिहरु स्वर्ग पुग्नको लागि वैतरणी पार गर्नुपर्ने उल्लेख छ ।

ऐतिहाँसिक घटनासँग समेत जोगिएको गाईजात्रा राजा प्रताप मल्लले पुत्रशोकले बिह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू” भनी आज्ञा दिएपछि सुरु भएको हो ।

सो क्रममा जाईजात्राले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गराउँदा रानी हाँसेको जनश्रृति रहि आएको छ ।

प्रताप मल्लको बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा आज पनि जारी रहेको छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

पछिल्लो समय सडकमा सांस्कृतिक रुपमा गाईजात्रा मनाउने चलन रहि आएको छ भने विभिन्न स्थानमा केहीदिसम्म समाजका हरेक क्षेत्रलाई व्यंग्य गरेर हाँस्य व्यङ्ग्य प्रहसनहरु हुँदै आएका छन् ।

गाईजात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिने गरिन्छ ।

गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा मात्र सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
यद्यपी गाईजात्रा काठमाडौं सहित, धुलिखेल, पनौती, नुवाकोट, चितवन, पोखरा, मोरंग, भोजपुर, तनहुँ लगायतका ठाउँहरुमा विशेषगरि नेवारी समुदाय रहेको ठाउँमा सांस्कृतिक रुपमा मनाईदै आएको छ ।

लोडसेडिङ दैनिक ७ घन्टा मात्रै

३ भदौ, काठमाडौं ।
चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा एक सय ८५ मेगावाट बिजुली थपिने भएको छ ।

निजी  प्रवर्तकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिणामको बिजुली थपिने देखिएको खबर आजको नागरिकमा छापिएको छ ।

प्राधिकरणको केन्द्रीय प्रणालीमा थगत आवमा जम्मा ३०।९७ मेगावाट बिजुली थपिएको थियो ।

प्राधिकरणले निर्माण गरेका १४ मेगावाटको कुलेखानी तेस्रो, ३० मेगावाटको चमेलिया, ६० मेगावाटको माथिल्लो त्रिशूली९३ ए र ३२ मेगावाटको राहुघाट लामो समयदेखि निर्माणाधीन छन्। तर, ती आयोजना चालु आवमा पूरा हुने अवस्था छैन ।

चिनको सहयोगमा भन्सारमा ‘कन्टेनर स्क्यानर’

३ भदौ, काठमाडौं ।
भन्सार विभागले चीन सरकाको सहयोगमा ९७ प्रतिशतभन्दा बढी व्यापार हुने १० मुख्य भन्सार कार्यालयमा कन्टेनर स्क्यानर एक्सरे मेसिन राख्ने तयारी गरेको छ।

भन्सार जाँचपासलाई छिटोछरितो बनाउन तथा राजश्व छली र निषेधित बस्तु रोक्नका लागि मुख्य १० भन्सार कार्यालयमा स्क्यानर मेसिन राख्न लागिएको विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सुख्खा बन्दरगाहमा भएका स्क्यानर मेसिन विग्रिएकाले मर्मत गर्नसमेत चीनसँग आग्रह गरिएको खबर आजको कारोबार दैनिकमा छापिएको छ।

एक स्क्यान मेसिनको झन्डै १५ करोड रुपैयाँ लाग्छ ।

कर्के नजर लगाएको भन्दै युवतीहरुको ग्याङ फाइट

३ भदौ, काठमाडौं ।
युवाको आपसी झगडामा ज्यान गुमेको क्षेत्रपाटीको घटना सेलाउन नपाउँदै कपनमा तीनजना युवतीले अर्की युवतीलाई कुटेर गम्भीर घाइते बनाएका छन्।

काठमाडौंका युवामा बढ्दै गरेको ‘ग्याङ फाईट’ 'सामुहिक झगडा' को प्रभाव यतिबेला युवतीमा समेत सरेको अनुमान प्रहरीले गरेको छ। प्रहरीले कपन साततले चोकमा कुटपिट गरेको आरोपमा तीनजना युवतीलाई पक्राउ गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

आफूलाई कर्के आँखाले हेरेको विषयमा तीनजना युवती मिलेर अर्की युवतीलाई कुटेको प्रहरीको भनाइ छ। महानगरीय प्रहरी प्रभाग कपनले १५ वर्षीय अस्मिता राई कुटपिट गरेको आरोपमा १९ वर्षीया सितल गुरूङ र मनता शाही तथा १६ वर्षीया एन्जुम शेर्पालाई बुधबार पक्राउ गरेको हो।

प्रभागका इन्चार्ज फडिन्द्र रानाभाटका अनुसार कुटपिटमा संलग्न तीनैजना युवती साततलेमा रहेको पसलमा बस्ने र अस्मिता सोही बाटो भएर हिँडडुल गर्दा कर्के नजरले हेर्ने गरेको विवादमा घटना भएको हो।

बुधबार साँझ तीनैजना पसलमा रहेका समय अस्मितालाई आउदै गरेको देखेपछि उनीहरुले फिल्मी शैलीमा अस्मितालाई कुटपिट गरेका थिए। कुटपिट गर्दा घाइते भएकी राईलाई उपचारको लागि हेल्पिङ ह्याण्ड अस्पताल चावहिल लगिएकोमा अस्पतालले थप उपचारका लागि दीर्घायु अस्पताल मित्रपार्कमा रेफर गरेको थियो। अस्मिताको टाउकोमा चोट लागेको छ।

प्रभागले बुधबार नियन्त्रणमा लिएका तीनैजना र घाइतेका परिवारको आपसी सहमतिमा बिहीबार घटना मेलमिलापमा टुङगाएको छ। प्रहरी निरीक्षक रानाभाटका अनुसार घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्ने र अब मिलेर बस्ने दुवै पक्षबीच सहमति भएको छ ।

रुट नलिगि बस चलाउँदा यात्रुले पाए सास्ती

३ भदौ, काभ्रे ।

रुट परमिट नभएका सबै ग्रामिण भेग जाने बसलाई काभ्रे प्रहरीले फिर्ता गरेको छ।

प्रहरीले बिहीबार बीपी राजमार्गमा चलेका ठूला गाडीलाई भकुण्डेबाट फिर्ता गरेको थियो। भकुण्डेसम्म मात्रै परमिट भएकाले रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले जानकारी दिएको खबर आजको कान्तिपुरमा नगेन्द्र अधिकारीले लेखेका छन्।

बीपी राजमार्ग पूर्णतया संचालनमा आए पनि सरकारले रुट परमिट जारी गरेको छैन। हिमाल–तराई यातायात सेवा समितिका अध्यक्ष आत्माराम थापाले ३ पटक निवेदन दिदा पनि सरकारले परमिट नदिएको बताए।

उक्त रुटमा हिमाल–तराई यातायात, बीपी राजमार्ग यातायात, कमलामाई लगायत विभिन्न ४० समितिले सेवा संचालन गरिरहेका छन् ।

रुट परमिट नभएका क्षेत्रमा गाडी संचालन हुँदा दुर्घटना भएको र बिमाको समेत व्यवस्था नभएको भन्दै प्रहरी प्रशासनले रोक लगाउन थालेको हो। जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकदेव खनालका अनुसार बिहीकार ६२ वटा बिना रुट परमिटका सवारी फिर्ता भएका छन्। सवार फिर्ता भएसँगै याुहरू बिचल्लीमा परेका छन्।

चीनले सीमासम्म सडक बनायो, नेपाल तर्फ गोरेटो बाटो मात्रै

३ भदौ, गोरखा ।
तिब्बतको रुइढाक्यामा तीनदिने ब्रत पूजामा सहभागी हुन गएका गोरखा सामा गाउँका बासिन्दा पूजा सकेर गाडी चढी फर्किए ।

तिब्बती क्यालेन्डर अनुसार ६ महिनाको ४ गतेका दिन आयोजना भएको व्रत र पूजामा सहभागी हुन गएका स्थानीय ३० जना साभा गाउँका बासिन्दा ट्रक चढेर गाउँको सीमाको ३५ नम्बर पिल्लरसम्म आउन पाउँदा खुसीको सीमा नरहेको खबर आजको अन्नपूर्णमा शिबप्रसाद उप्रेतीले खबर लेखेका छन्।

‘गाउँका मान्छे पहिलोपटक गाउँमै मोटर चढ्न पाउँदा धेरै खुसी भए,’ साम्दोका निमा दोजीले भने, ‘गाउँमै यसी गाडी चढ्न पाइएला भनेर कसैले सोचेका थिएन। तर, चीन सरकारले गाउँको सीमासम्म मोटर बाटो बनाएर गाडी कुदायो।’

उनीहरु रुईढाप्कादेखि सामा गाउँ र तिव्वतको सीमामा रहेको ३५ नम्बर पिलरसम्म गाडी चढेर आएका हुन्। गत वैशाखमा सडक निर्माण सम्पन्न भएको त्यहाँसम्म अहिले ट्रक, जिप, मोटरसाइकल चल्ने गर्छन्।

मोदीले यसरी लगाए नेपाली चेलीको हातबाट राखी

३ भदौ, एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन्।

आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरूङ  र मिनाक्षीको हातबाट राखी बाँधेका हुन्।

उनीहरूले मोदीलाई राखी बाध्ने कार्यक्रम तय भएको थियो। तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उनीहरूलेसमेत नेपाली चेलीको हातबाट राखी बाँधेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

भाजपा कार्यालयका अनुसार अध्यक्ष अमित साह, नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशी, राजनाथ सिंहलगायतले पनि नेपाली चेलीको हातबाट राखी बााधेका थिए।

बैंक अध्यक्ष र सञ्चालकको विवाद अर्थमन्त्रीको भरमा

३ भदौ, काठमाडौं ।
बैंक अध्यक्ष र सञ्चालकहरूको स्वार्थले विवादित बनेको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनलाई अब कस्तो रूप दिने भन्ने जिम्मेवारी नयाँ सरकारका अर्थमन्त्रीको काँधमा पुगेको छ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ (बाफिया) मा विगतमा भएको चलखेल दोहोरिन नदिन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थसमितिको बैठकमा राख्ने अडानले महत्वपूर्ण अर्थ राख्ने सरोकारवालाहरू बताउँछन्। समितिले अर्थमन्त्री असहमत हुने गरी निर्णय नगर्ने भएकाले पनि धेरैको ध्यान महरातर्फ केन्द्रित छ, आजको कारोबार दैनिकमा आषिश ज्ञवालीले खबर लेखेका छन्।

एमाले नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको समयमा बनेको बाफिया संविधानसभा विघटन भएपछि सदनबाट स्वतः फिर्ता आएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि पुन विधेयकलाई तत्कालीन अर्थमन्त्री डा। रामशरण महतले व्यवस्थापिका संसद्मा पेस गरेका थिए । विष्णु पौडेल अर्थमन्त्री भएको समयमा बाफियामा संसदीय समितिमा छलफल भएको थियो ।

अहिलेसम्म ६ वटा मन्त्री तथा त्यति नै संख्यामा सचिव र सहसचिव बाफियाको निर्माणमा संलग्न भएका छन् । राष्ट्र बैंकमा भने एक गभर्नर तथा दुई डेपुटी गभर्नरसहित केही पदाधिकारी छलफलको क्रममा परिवर्तन भएका छन् ।

“संसदीय समितिमा छलफल हुँदा अर्थमन्त्रीले लिने अडानले विधेयक निर्माणमा सहज हुन्छ, पूर्वअर्थमन्त्री पौडेलले बल्ल विधेयकका विषय बुझ्दै हुनुहुन्थ्यो । अब नयाँ मन्त्रीलाई बुझाउन कति समय लाग्ने हो भन्ने टुंगो छैन,” राष्ट्र बैंकका एक अधिकारीले भने ।

बाफियामा प्रत्यक्ष र अप्रत्यक्ष गरेर अहिलेसम्म ६ मन्त्री संलग्न भएको भन्दै उनले मन्त्रीअनुसार विधेयकको प्राविधिक पक्ष बुझाउन कठिनाइ हुने गरेको अनुभव सुनाए ।

अहिले सरकार परिवर्तनको कारण अर्थसमितिमा बाफियाको छलफलमा ढिलाइ भएको छ । अर्थ समितिमा बैंक अध्यक्ष रहेका सांसद्ले आफू अनुकूल ऐन बनाएपछि विवादमा परेको बाफियालाई व्यवस्थापिका संसद्को पूर्ण बैठकले समितिमा फर्कादिएको थियो । नेपालको संसदीय इतिहासमा संसदीय समितिले निर्माण गरेको विधेयक पूर्ण समितिले फर्काइदिएको पहिलो पटक थियो ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अन्तरराष्ट्रिय मापदण्डअनुसार बैंकिङ कानुन निर्माण गर्ने भन्दै अर्थसमितिमा विधेयक फिर्ता लैजाने बताएका थिए । संसद्ले आठवटा विषयमा पुनः छलफल गर्न समितिलाई निर्देशन दिएको थियो ।

तत्कालीन अर्थमन्त्री  पौडेलले अर्थसमितिले विधेयक फिर्ता गराएपछि सांसद्हरूले मन्त्रीसँग असन्तुष्टि जनाएका थिए । बाफिया अर्थसमितिमा फिर्ता आएपछि तत्कालीन अर्थमन्त्री पौडेलले समितिको बैठकमा विधेयक जनताका लागि बनेको भन्दै अर्थ मन्त्रालय र राष्ट्रबैंकले तयार पारेअनुसार नै विधेयक पास गर्न सांसद्हरूलाई विशेष अनुरोध गरेका थिए ।

“विधेयक फिर्ता आएपछि तत्कालीन अर्थमन्त्री पौडेलले जस्तो अडान लिएमा बाफियामा अनियमिता हुँदैन । यो जिम्मा नयाँ मन्त्री महराको जिम्मामा छ ।” बाफियामा संलग्न राष्ट्रबैंकका एक अधिकारीले भने ।

चितवनमा मदिरा पिएर सवारी चलाउने २२ सय १० जनाबाट २२ लाख जरिवाना

३ भदौ, चितवन ।
जिल्लामा गत आव २०७२/७३ मा चितवन जिल्लामा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार २१० जना कारबाहीमा परेका छन् ।

मापसे गर्नेबाट रु २२ लाख २२ हजार राजस्व सङ्कलन गरिएको छ । दुर्घटनामा कमी नआए पनि दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्यामा भने कमी आएको छ ।

आव २०७१/७२ मा मादक पदार्थ सेवन गरेका एक हजार १६८ जनालाई कारबाही गरी रु ११ लाख ६८ हजार राजस्व सङ्कलन गरिएको थियो ।

आव २०७१/७२ मा अधिकांश मोटरसाइकल चालकको मात्रै मापसे चेकजाँच गरिएको थियो भने आव २०७२/७३ मा मोटरसाइकलसहित कार, जिपलगायतका सबै प्रकारका सवारीमा मापसे चेकजाँच गरिएको थियो ।

गत आवमा एक हजार ८७४ मोटरसाइकल चालक र २३५ अन्य सवारी चालकलाई चेकजाँच गरिएको थियो । अघिल्लो आवमा एक हजार चारवटा मोटरसाइकल र ७९ वटा अन्य सवारीमा मापसे चेकजाँच गरिएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७२/७३ मा २३० वटा दुर्घटना हुँदा ७५ जनाको मृत्यु भएको थियो भने ११४ जना गम्भीर घाइते भएका प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिनुभयो ।

अघिल्लो आवमा १९६ वटा दुर्घटनामा ८३ जनाको मृत्यु भएको थियो भने ११६ जना घाइते भएका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web