चौथो राष्ट्रिय खुला रेन्बुकाइ कराते: बालाजुलाई तीन स्वर्ण

काठमाडौं, भदौ ३  ।  बालाजु एकेडेमीले चौथो राष्ट्रिय खुला रेन्बुकाइ कराते प्रतियोगिताको पहिलो दिन शुक्रबार तीन स्वर्ण जितेको छ । नेपाल रेन्बुकाइ कराते डो संघ, महांकाल डोजोद्वारा आयोजित प्रतियोगिताको पुरुष २५ केजीमा अन्जन थापा मगर र ३० केजीमा मनीष श्रेष्ठ तथा महिला २५ केजीमा प्रनिशासिंह ठकुरीले बालाजुलाई स्वर्ण दिलाए ।

फाइनलमा अन्जनले बालाजुकै कमल श्रीपाली, मनीषले सामाखुशीका सन्दिप लामा तथा प्रनिशाले भक्तपुरकी जुनु लामालाई पराजित गरे । कपनस्थित लिटिल मुन स्कुलमा भएको प्रतियोगिताको पुरुष २० केजीमा मनमैजुका साहिल गोल पहिलो भए । उनले फाइनलमा भक्तपुरका सुवास परियारलाई हराए । महिला २० केजीको उपाधि भिडन्तमा मनकामनाकी सुस्मिता श्रेष्ठले मनमैजुकी एन्जिला राईको चुनौती पन्छ्याउदै स्वर्ण चुमिन् ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक कार्यक्रमबीच उद्घाटन गरे ।  सो अवसरमा नेपाल सितोरियो कराते डो संघ, उत्तरी शाखा प्रमुख डोजो बुढानीलकण्ठका अध्यक्ष बालकृष्ण श्रेष्ठ, बुढानीलकण्ठ नगर खेलकुद विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठलगायतलाई आयोजकले कदरपत्रद्वारा सम्मान गरेको थियो । शनिबार सम्पन्न हुने प्रतियोगितामा ४ सय खेलाडीले एकल कातासहित विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

उपप्रधानमन्त्री निधिले भारतीय विदेशमन्त्री स्वराजलाई भेटे

३ भदौ, नयाँदिल्ली ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत जानुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री निधिले आजै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गर्नुभएको थियो ।

उहाँले आजै भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भोलि बिहान प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटघाट गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि हिजो भारत प्रस्थान गर्नुभएको हो ।

‘संविधान संशोधन पछि मात्रै स्थानिय चुनाव, सिंहदरवारबाटै सबै अनुगमन गर्छु’-प्रधानमन्त्री

३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सिन्धुलीका टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले वर्तमान सरकारले संविधान संशोधन गरी निर्वाचनको प्रक्रियामा जाने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले औपचारिक कार्यक्रममा धेरै सहभागी नभई सिंहदरबारभित्र बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको बताउनु भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

मित्रराष्ट्र चीन र भारतसित सन्तुलित कूटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियता बलियो पार्नु आफ्नो दायित्व भएको बताउनुभएको बताउनुभयो ।

नेकपा 'माओवादी केन्द्र' का हरिबोल गजुरेलसहित गएको टोलीले सिन्धुलीको टोलीले भूकम्पपीडितको  राहत रकम वृद्धि गर्न माग गरेको छ ।

‘Our journey to ICC World Cup Selection match is not over yet’

The National Cricket Team which had been to the Netherlands to play in the ICC World Cricket League has returned home this morning.

The team had played two matches with Netherlands in the fourth round of the ongoing League.

It had won in one match against Namibia and faced seven-wicket defeat against the host country in another.

NAC rescumes Kathmandu-Dubai direct Flight

The Nepal Airlines Corporation (NAC) has resumed Kathmandu-Dubai direct flight after a gap of around four years. Earlier the service was halted due to a lack of aircraft.

The service formally resumed when an aircraft belonging to the national flag-carrier with 158 passengers onboard took off for Dubai at 11:20 pm, the NAC Corporate Director and Spokesperson Ram Hari Sharma said.

The plane landed at the Tribhuvan International Airport at 10:25 today morning on its return journey from Dubai, he said.

Citizens should have easy access to information : PM Prachanda

Prime Minister Pushpa Kamal Dahal has said the citizens should have easy access to information.

In a message given on the occasion of start of a decade of implementation of the Right to Information legislation in the country, PM Dahal stressed on providing easy access to the citizens to information of public importance in line with the Right to Information Act.

The Prime Minister stated in the message that the celebration of the National Information Day would hold meaning only when the government, along with all the public bodies, express commitment and carry out works towards respecting the citizens' right to information.

PRIME MINISTER TO MONITOR GOVERNMENT'S WORKS FROM SINGHA DURBAR

Prime Minister Pushpa Kamal Dahal has said that he would inspect and monitor the functioning of the government by staying inside the administrative building Singha Durbar instead of attending formal programmes frequently.

The PM said his move aims to get effective results from the works of the government.
The PM shared his view with a team from Sindhuli, who reached the PM residence in Baluwatar today to congratulate and extend best wishes to him.

During the meeting, PM Dahal told the delegation that the government is creating an environment of elections through an amendment to the constitution, said that the PM Secretariat.

Prime Minister Dahal expressed belief that holding of the local body elections would help the country pursue political stability.
Saying that high level envoys were sent to neighbours China and India to maintain balanced diplomatic ties with them, he said it is his responsibility to consolidate internal and external nationality of the country.
During the meeting with the PM, the delegation including CPN (Maoist Centre) leader Haribol Gajurel drew the attention of the PM, demanding that relief amounts the government has announced to the victims of the earthquake on April 25, 2015 from Sindhuli be increased.

पिस प्वाइन्ट सेमिफाइनलमा

काठमाडौं, भदौ ३  । आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुल प्रथम पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

सानोगौचरणमा भएको पहिलो क्वाटरफाइनलमा पिस प्वाइन्टले रिलायन्स रेसिडेन्सियललाई ४–१ गोलअन्तरले पराजित ग¥यो । विजयी टिमका लागि अर्विन राय, सुशील भण्डारी, रवि भुजेल र कार्साङ लामाले १–१ गोल योगदान गरे । रिलायन्सका सुजल राईले सान्त्वना गोल गरे । रिलायन्सका फिलिप कुँवर ‘म्यान अफ द म्याच’ चुनिए ।

अन्य खेलमा जित हात पार्दै चाल्र्स डार्विन, सेवा सदन र ल्यान्डमार्कले पनि सेमिफाइनलमा स्थान पक्का गरे ।

चाल्र्स डार्विनले विद्याकुञ्जलाई ३–१ ले हरायो । विजेताका ‘म्यान अफ द म्याच’ घोषित दीपराज चौलागाईंले २ तथा अरुण सिंहले १ गोल गरे । विद्याकुञ्जका नेश सवालले १ गोल फर्काए ।

सेवा सदनले एप्पलमाथि ३–० को जित दर्ता ग¥यो । तीनै गोल ‘म्यान अफ म्याच’ दोर्जे लामाबाट सम्भव भयो । अंकुर विरुद्धको खेलमा ल्यान्डमार्क २–१ ले विजयी भयो । ल्यान्डमार्कका अभिनाश गुरुङले २ तथा अंकुरका सचिन लुगनले १ गोल गरे । अंकुरका मन्दिप भुजेल ‘म्यान अफ द म्याच’ बने ।

शनिबार हुने सेमिफाइनलमा पिस प्वाइन्टको भेट सेवा सदनसंग हुनेछ भने चाल्र्स डार्विनले ल्यान्डमार्क विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

NC to finalise names of minister till 21st Aug.

Nepali Congress leader Ramhari Khatiwada has said the party would finalise the names of people to represent the party in the government as ministers by coming Sunday (August 21).

Speaking at the face-to-face programme organised by Reporters' Club Nepal today, the NC lawmaker Khatiwada said although there was delay in giving the list of names for appointment as ministers due to the general convention of the Nepal Students Union, the issue would be finalised by Sunday.

Mr. Khatiwada suggested that the UML should not become an obstruction to nation building.

New Govt a lure fixed by power Centres :UML

The UML leaders have said the new coalition was a mere lure fixed by various power centres.

During the party meeting being held since Sunday, the leaders came up with such views while evaluating the current national politics and party's role.

Although the CPN-UML had tried to keep intact the UML-Maoist coalition, Chairman of the CPN (Maoist-Centre) was badly lured by various power centres, which finally collapsed the UML-led government, the party claimed.

During the meeting today, leaders Bishnu Poudel, Subash Nembang and Chhabi Lal Bishwokarma expressed their views, said Party Secretary Yogesh Bhattarai in a press release.

The press release further stated that the party played a leading role in constitution writing; worked for the people and the country; brought the foreign relations in right track, and instilled confidence among people on economic prosperity.

Even the party's flaws were discussed and correction measure sought during the meeting.

Gaijatra Festival Today

The traditional festival of Gaijatra or the 'cow festival' is being observed from today in the three cities of Kathmandu Valley and some other places in the country amidst fun, gaiety, humor, satire and entertainment.

The festival, beginning on the first day of the waning moon in the month of Bhadra as per the lunar calendar, lasts for a week.

During this time-honored tradition, people of all ages in the guise of cows and lunatics go around the city, wearing odd costumes to commemorate those who died during the past year.

The bereaved families offer fruits, bread, beaten rice, curd and money to those participating in the procession including the cows.

The day is a public holiday in Kathmandu Valley.

उदयपुरमा करेन्ट लाग्दा एकको ज्यान गयो एक घाइते

३ भदौ, उदयपुर ।
विद्युत लाईन मर्मतको क्रममा एक्कासी प्रशारण केन्द्रबाट लाईन प्रवाह हुदा  बिहिबार उदयपुरमा एकको ज्यान गएको छ भने एक घाइते भएका छन ।

ज्यान जानेमा कटारी नगरपालीका वडा न ८ का बर्ष ३५ को बिद्युत मर्मतकता सुबास राइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख नरबहादुर केसीले जानकारी दिनुभयो ।

करेन्ट लागी घाइते भएका राइको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयले बताएका छन ।

यस्तै राइ संगौ करेन्टलागी सोही ठाँउका ३५ बार्षीय रन्जित सदा घाइते भएका छन । सदाको हाल कटारी अस्पतामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।

जापानमा रहेका पाल्पालीहरु जुटे, पाल्पा सेवा समाज नेतृत्वमा निरञ्जन गैरे

३ भदौ, टोकियो ।
जापानमा रहेका पाल्पा जिल्लाका नेपालीहरु जिल्लागत आधारमा संगठित भएका छन् ।

अध्ययन, रोजगारी, व्यवसाय आदि कारणले जापानमा बसोबास गर्दै आएका पाल्पालीहरुले पाल्पा सेवा समाज जापान गठन गरेर एकजुट भएका हुन् ।

राजधानी टोकियोको शिन ओकुबोमा बसोको पाल्पालीहरुको एक बैठकले निरन्जन गैरेको नेतृत्वमा पाल्पा सेवा समाज जापान गठन गर्ने निर्णय गरेको हो ।

जापानमा रहेका पाल्पालीहरुलाई संगठित गर्दै, आपसी सहयोग आदान प्रदान र पाल्पा जिल्लाको वृहत्तर विकासमा योगदान सहित सामाजिक काम गर्ने उदेश्य सहित समाज गठन गरिएको अध्यक्ष गैरेले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

गैरेको नेतृत्वमा गठित पाल्पा समाज जापानको उपाध्यक्षमा भरत ज्ञवाली, महासचिवमा राजन गैरे, कोषाध्यक्षमा भोजराज न्यौपाने ‘सुमन’ रहनुभएको छ । यसैगरि सचिवमा सुभास बस्याल रहनुभएको छ भने युवराज गैरे संरक्षक रहनुभएको छ ।

यस्तै समाजको सल्लाहकारहरुमा तोयनाथ पोख्रेल, मेघराज नेपाल, राजु गौचन, प्रकाश तिमिल्सिना र जोन छन्त्याल रहनुभएको छ ।

समाजको सदस्यहरुमा हरी पाण्डे र शान्ति न्यौपाने, टिकाराम गैरे, ठाकुर बस्याल, बालकृष्ण अर्याल, प्रेमराज न्यौपाने, श्रवणकुमार न्यौपाने, बसन्त पौड्याल, गुरु बस्याल, सुरेन्द्र गैरे, सुदर्शन मुडभरी, विष्णु पाण्डे, नबिन न्यौपाने, चुडा रायमाझी, बिजन कोइराला, लक्ष्मण न्यौपाने, दुर्गा प्रसाद न्यौपाने, देवराज न्यौपाने, सुदिप सुवेदी, ज्ञानबहादुर मगर, कल्पना न्यौपाने, इन्दिरा क्षेत्री, मधुसुदन अर्याल, सुस्मिता मुडभरी, अंकित सारु मगर, अमृत राक्से, सिता बस्याल, सुवास घिमिरे, मोहन बस्याल, अनिसा ठकुरी, नारायण बङ्सी, बिकास गैरे, राधिका गैरे, महेश गैरे, राधिका भट्टराई, अभिनाश गौतम, सञ्जीव राना, एमएस ठकुरी, सुमनसिंह ठकुरी, पदम सिग्देन, मदन थापा रहनुभएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web