
३ भदौ, उदयपुर ।
विद्युत लाईन मर्मतको क्रममा एक्कासी प्रशारण केन्द्रबाट लाईन प्रवाह हुदा बिहिबार उदयपुरमा एकको ज्यान गएको छ भने एक घाइते भएका छन ।
ज्यान जानेमा कटारी नगरपालीका वडा न ८ का बर्ष ३५ को बिद्युत मर्मतकता सुबास राइ रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख नरबहादुर केसीले जानकारी दिनुभयो ।
करेन्ट लागी घाइते भएका राइको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयले बताएका छन ।
यस्तै राइ संगौ करेन्टलागी सोही ठाँउका ३५ बार्षीय रन्जित सदा घाइते भएका छन । सदाको हाल कटारी अस्पतामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।