पूर्वराजाको सक्रियताले ठूला दलहरु सशंकित,प्रचण्डलाई पसिना

काठमाडौं, मंसिर ६ । केही हप्ता अघि सिंगापुर पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले गुमेको सत्ता फर्काएन चीन र भारतसँग कूटनीतिक संवाद अघि बढाएपछि नेपालका ठूला दलहरु सशंकित बनेका छन् । नेपाल चीन, भारत, युरोप र अमेरिकाको रणनीतिक महत्वको क्षेत्र बन्दै गएको देखिन्छ । नेपाली राजनीतिमा बढेको तरलता, अस्थिरता र अन्यौलको फाइदा उठाएर उनीहरुले विभिन्न दल मार्फत आफ्ना कामहरु गरिरहेको खुल्ला किताव बनेर आएको अवस्था छ ।

१० वर्ष पहिला गद्दीच्युत भएका राजा ज्ञानेन्द्र आप्mनो गुमेको राज्यसत्ता फिर्ता गर्न अहिले विभिन्न कूटनीतिक प्रयत्नमा रहेको खबरले आउँदा दिनहरुमा राजनीतिक दलहरुभित्र बढ्ने ध्रुविकरण र राजसंस्थाप्रति विदेशी कूटनीतिज्ञहरुको चासोले केही प्रश्नहरु खडा भएको छ ।

दलहरु मार्फत नै आआफ्नो स्वार्र्थ पूरा गर्न सक्ने अवस्था देखेका विदेशी शक्तिले वैकल्पिक शक्तिका रुपमा राजसंस्थाको भूमिकालाई अध्ययन गर्न थालेका छन् । एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा सिंगापुर पुगेर मंगलबार चीन भ्रमणमा गएको र चिनियाँ सेनासँग समेत वार्ता गरेको वताउँदै काठमाडौंस्थित चिनियाँ राजदूतसँग सरकारले यसबारेमा स्पष्टिकरण सोध्न चुनौति दिएका छन् ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा सिंगापुरबाट बाहिर गएको तर मलेसिया वा चीन कहाँ गए भनेर पत्तो नपाएको बताएका छन् । पूर्वराजाका निकट नातेदार र सहयोगीहरु भने पूर्वराजा सिंगापुरमै रहेको दावी गर्छन ।

नेपाली राजनीतिलाई प्रभावित पार्न सक्ने क्षमता भएपनि राजतन्त्रवादीहरुको बलियो संगठन र लोकप्रियता नभएका कारण पूर्वराजा कुण्ठित भएको कतिपयको विश्लेषण छ । पूर्वराजाका सचिवहरु फणिराज पाठक, सागरप्रसाद तिमल्सिना र पशुपतिभक्त महर्जन जस्ता व्यक्तिले क्षमतावान र योग्य व्यक्तिहरुलाई टाढै राखेर चाकडीवाजहरुलाई मात्रै काखी च्यापेर ज्ञानेन्द्रको सम्पर्कमा पुर्याउने हुँदा राजतन्त्र समर्थक योग्य र अनुभवी व्यक्तिहरु भूमिकाहीन भएको बताइन्छ ।

दलहरु आपसमा विभाजित र दिग्भ्रमित भएको अवस्थामा उनीहरुमा हीनतावोध बढ्दै गएको देखिन्छ । २०७४ माघ ७ गते भित्र तीन तहको निर्वाचन सम्पन्न हुन सक्ने अवस्था नभएकाले प्रमुख दलहरु संसदको आयु एक वर्ष थपेर आउँदा दिनहरुमा पनि आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको राजनीतिक विश्लेषकहरुको तर्क छ । सो स्थितिको फाइदा उठाएर पूर्वराजाले नेपालमा स्थायी शक्तिका रुपमा आफू स्थापित हुने प्रयत्न गरिरहेको बुझिन्छ ।

स्थानीय तहको संरचना स्पष्ट नभएको, कानूनहरु नबनेको र दलहरुबीचमै अन्यौल रहेको अवस्थामा छिमेकी देशले समेत नेपालमा आशंका र अन्यौल अरु बढ्ने विश्लेषण गरिरहेको अवस्था छ । पूर्वराजाका पक्षमा ठूलो जनमत नभएपनि विभिन्न दलका नेताहरुलाई तर्साएर ट्रमकार्डका रुपमा केही विदेशीले पूर्वराजालाई देखाएर दलहरुसँग वार्गेनिङ्ग गर्न सक्ने अवस्था देखिएको छ । मुलुकको ठूलो जनमतको प्रतिनिधित्व गर्ने दलहरु राजतन्त्रको विरुद्ध रहेको भएपनि अधिकांस जनताहरु धर्म, संस्कृति र राष्ट्रियताको संरक्षक राजसंस्था बन्न सक्छ कि भन्ने मानसिकता अझै रहेको पाइन्छ । यस्तो अवस्थामा पूर्वराजाको विदेश भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजतन्त्र समाप्त भएको १० वर्षपछि पूर्वराजा सक्रिय भएर सार्वजनिक कार्यक्रममा भाषण गर्नुका साथै कूटनीतिक प्रयासलालाई निरन्तरता दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका नेताहरुलाई  पसिना आउन थालेको छ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता विषयको औचित्य प्रमाणित गर्न नसकिरहेका दलहरुले राजतन्त्रको आगमनप्रति विदेशी कूटनीतिज्ञहरुले समेत देखाएको चासोलाई समेत सुक्ष्म रुपमा हेरिरहेका छन् । संसदको गतिरोध, महाभियोग, नागरिकता, भाषा, सिमांकन, पुनर्संरचनालगायतका विषयको विवादलाई पनि राजतन्त्र पुनस्र्थापनाका लागि विदेशीले निकालेको नयाँ किचलोका रुपमा बुझ्नेहरु धेरै छन् । संविधान कार्यान्वयन भएन भने दलहरु असफल हुने अवस्था स्पष्ट देखिन्छ । त्यस्तो अवस्थामा राजसंस्थाप्रति जनलहर बढ्दै गयो भने पार्टीका नेता र कार्यकर्ताले रोक्न सक्ने अवस्था रहदैन भन्ने विश्लेषकहरुको टिप्पणी छ ।

आखिर किन झुटको प्रचार ? यस्तो छ कञ्चन शर्माको रियल स्टोरी

एउटा राम्रो कुरा कन्चन दिदीमा अहिले देखिएको परिवर्तन शरीर सफा र राम्रा कपडा देखे । कुरा पनि त्यहि छन्, जुन मलाई पनि भनेकी थिइन् । तर, त्यो मनमा कसरी ( फोहोरको डंगुर)बाट उठाएको बनावटी झुट कुरा आए भनेर म आफै अन्योलमा छु । “दिदी कसले सिकायो यस्तो झुटो बोल्न, वा फेरि फोहोरमा लगेर फोटो खिचियो कसैबाट ? ”

-चन्दा थापा
साउनको महिना । सिमसिमे पानी । साउन ४ गते । (अंग्रेजी महिना जुलाई १९ , २०१६ ) विहानैको मौसम चिसो–चिसो । मर्निङ वाकका लागि विहानै सवा पाँचवजे पशुपति पगिसकेकी थिए म । त्यहाँ झण्डै आधाघण्टा व्याटमिन्टन खेलेर घर फर्कदै थिए । सिमसिम पानी परिरहेको थियो । छाता थियो साथमा । सानो गौचरणको ओरालोमा रहेको सानौ गौचरण आयल स्टोरको अपोजिटमा रहेको सानो चिया पसल ।

भूकम्पमा घर भत्किएपछि त्यहाँ डेरा गरेर बसेकी लगभग ५५–६० वर्षकी आमैको चिया पसल छ । त्यहाँ विहान–विहान खुब मिठो र सफा तरिकाले ती आमैको हातबाट बनेको आलु र प्याजका पकौडा खान पाइन्छ । सातबजेसम्म पाकिसकेको हुन्थ्यो पकौडा ।

म त्यहि बाटोमा आउँदै थिए । सीमसीमे पानीले भिजेकी एक अर्धबैसे युवती हाफ टिर्शट र कालो पाइन्टमा मन्द मुस्कान सहित बसेकी थिइन् । लाग्थ्यो मलाई देखेर कोही सहयोगी आयो या यसले चिया खुवाउँछ यातफेरि उसले चुरोट खुवाउँछ भन्ने जस्ता भाव मुहारमा देखिन्थ्यो ।

म त्यो बाटो धेरैपटक हिडेकी थिए । तर ती महिलालाई पहिलो पटक त्यस्तो अवस्थामा देखेकी थिए । नजदिकमा पुग्दा दिदीको शरिरबाट पिसाबको गन्ध र मुखबाट रक्सिको वासना आएको थियो । लाग्यो खल्तिमा भएको पैसा निकालेर दिउँ, होइन, पैसा दियो भने दिदीले रक्सि खालिन् । होइन, बिहानी पानी परेको चिसो–चिसो छ चिया नै खुवाउँछु । त्यहि आमैको पसलमा पुगेर एक कप चिया मागे । अनि पकौडा पनि मागे । ती दिदीलाई भित्रै राखेर चिया खुवाउँछु भनेर भित्र लगेकी थिए । तर, ती आमै र त्यहाँ वरपरका स्थानीयहरु ती दिदीको व्वयहारले आजित भएका रहेछन् । आमैले भनिन् “मैया यसलाई नल्याउनुस यता, जहाँ खायो त्यहि पिसाब गरेर हिड्छ यसले । म त बस्न दिन्न भित्र ।”
सोचे मनमा फोहोर र बाहिर सफा खोज्ने समाज यस्तै हो । यहाँ दुःखी र गरिवले कस्को घरमा बास पाउछ । अनि ती दिदीलाई बन्द रहेको सटरको पेटीमा राखे । दिदीले चिया र पकौडा खाइन् ।

पसलकी आमैसँग कापीको पाना र कलम मागेर अनि सुरु गरे । कसरी सडकमा आउनु भयो दिदी ?

दिदीले भन्दै गईन्

नाम कन्चन शर्मा रेग्मी

घर टिकाथली

उमेर ४५ वर्ष

श्रीमान मोहन रेग्मी

छोराहरु दिपेन्द्र रेग्मी, सागर रेग्मी

३ जना नै इन्जिनियर

२०४७ असार ३ गते विहे भएको ।

व्याचलर पिके कलेजबाट

तीनवर्ष ओम नर्सिङ कलेज चावहिलमा पढेको (२०५३-०५४ -०५५) ओम अस्पतालमा साढे चारवर्ष काम गरेको जनरल वार्डमा नर्सका रुपमा ।
भिनाजु डाक्टर भद्र पोखरेल

जेठी दिदी निर्मला पोखरेल फोन नं ४७७०४१७)

श्रीमानसँग १९ वर्ष विताएको ।

छोड्नुका कारण–बांगो र टेढो शरीर

अर्को विवाह गरिसकेका छन् ।

गीत
साझ प¥यो तर तिमी आएनौ
रोएरै मेरा रात विते तर तिमी आएनौं ।

कन्चनले भन्दै गइन्, मैले टिप्दै गरे ।
कान्छो छोरा पुल्चोकमा पढ्छ । जेठो बेंगलोरमा पढ्दै छ ।
दाजुभाइ, अशोक शर्मा, क्यालिफोर्निया, सुवास शर्मा साइला भाइ, वासिङ्टन डिसी,

आमा विराटनगर बयरगाँछी । आउ बस त भन्नु हुन्छ । तर, भाइ बुहारी छन घरमा त्यस्तै त होनी, जान्न । (हे.तस्बिर)
काम गरेर पनि त बाँच्न सक्नुहुन्थ्यो नी किन यस्तो गर्नु भएको ?

काम कसैले दिएनन्, मोडेल अस्पतालमा डा. भरत प्रधानसँग जब चाहिएको छ भने, उहाँले जुम्ला जाउँ भन्नु भयो । तर, म गइन् ।

मलाई १ सय दिनुस् म श्रीमानको घर टिकाथलीमा जान्छु ।

साच्चै जानुहुन्छ त ? तपाइ जानुहुन्न ।

होइन जान्छु । मेरो घरको नम्बर यो हो फोन गर्नुस् है । कन्चनले फोन नं अनि श्रीमानको नाम आफै टिपिदिइन् ।

पहिले पसलकी आमैको कुराबाट कन्चन दिदी धेरै भो सडकमा हिड्न थालेको थाहा पाएकी मैले, १ सय हातमा त राखिदिए तर, घरजान दिइन् । दिदी फेरि अगाडि बढीन् । मलाई त्यतिबेला दिक्षाको सम्झना आयो । दिक्षाको संस्थामा म एकपटक पनि पुगेको छैन र नजदिकबाट उनलाई चिनेको भनेको कहिलेकाँही एनआरएनएहरुको सम्मेलनमा बच्चाहरु लिएर सोल्टी होटल र आर्मि क्लवका कार्यक्रममा पुगेका बेला प्रत्यक्ष देख्ने बाहेक, अरु सामाजिक सन्जाल फेसबुकमा उनले गरेका परोपकारी कामहरुको बारेमा जानकार थिए । र सम्झना थियो दिक्षाको परोपकारी कामको जानकारीका साथै तल पुछारमा मोबाइल नम्बर पनि हुन्छ सधै । त्यो अहिले पनि छ ।

म सँग दिक्षाको नम्बर मोबाइलमा सेभ थिएन । तर, अफिसमा फोन गरेर अफिसमै बस्ने फर्शुराम भुर्तेल भाइलाई दिक्षाको नम्बर फेसबुकबाट निकालेर दिन अनुरोध गरे ।

उहाँले १० मिनेटमै फोन नम्बर दिनु भयो ।

हेलो दिक्षा जी कता हुनुहुन्छ ?

म चन्दा थापा, बोल्दैछु ।

भन्नुस् न,

सुन्नु न एकजना नर्स दिदी बाटोमा हुनुहुन्छ । मेन्टली प्रोबलम भएजस्तो पनि छ । तपाइकोमा लगेर राखेर केही काउन्सीलिङ गरिदिनुहुन्छ की ? दिदीलाई राम्रो बनाउन सकियो भने भोली दिदीले समाजको लागि केही गर्छिन की !

हुन्छ, कहाँनेर हो ? म आउँछु एकछिन टाइम लाग्छ ।

वास्तवमा मलाई विहानको साढे सात बजे स्कुल जाने भदाको लागि साढे ६ बजे नै दुध लिएर घर पुग्नु पर्दथ्यो । घरमा फोन गरेर अलि ढिलो हुन्छ है भनेर म कन्चन दिदीलाई दिक्षाको साथमा लगाएर पठाउने अठोटले नै साढे ६ बजेदेखि झण्डै पौने नौ बजेसम्म त्यहि बसे ।

म र कन्चन दिदी ग्लोवल बैंकको पेटीमा थियौं ।

पहिलो आमैको कलम र कापी छोडी सकेको हुनाले फेरि ग्लोवल बैंकका गार्डसँग कलम मागेर टिपे । दिदीले मिठो गीत पनि गाइन् ।

एउटा, आनि छोइङको गीत “फूलको आँखामा फूलै संसार” अर्को हरफ

यो जिन्दगी खै के जिन्दगी
हिड्दा हिड्दै चुड्ने
चप्पलको फिताजस्तो जिन्दगी

दिदीले भावुक कुरा गरिन् ।

अनि कान्छी औला ठड्याउँदै पिसाब लागेको भनेर हिड्न थालिन्, आइ हाल्छु भन्दै । म सँगसँगै गए । दिदीलाई चुरोट खान मन लागेको रहेछ । उनले चुरोट माग्न पसलमा पुगिन् । तर, ती पसलकी दिदीले “ उता जा, आइज त मात्रै ।” मैले बुझी हाले, अनि आफै खुकुरी चुरोट किनिदिए । सल्काउन लाइटर मागे । अनि दिक्षाकोमा जाँदा केटाकेटीलाई दिनु भनेर झण्डै ७०–८० रुपैयाँको चक्लेट पनि किनिदिएर हातमा राखिदिए । दिदीले चुरोट तान्न थालिन् मैले फोटो खिचे

फेरि दिदीलाई ग्लोवल बैंकको पेटीमा लिएर बसे । अनि दिक्षा आइन ट्याक्सीमा चढेर । लागेको थियो । उनी स्कुटरमा आउँछीन् । दिक्षा नजिक आइन् । हाम्रो हल्का परिचय नविकरण भयो फेरि । उनलाई दिदीको कुरा बताए । अनि दिक्षाले उनलाई ग्लोवल बैंकको पेटीमुनि बस्न लगाएर फोटो खिचिन् । दिक्षा र मैले कन्चन दिदीलाई बिचमा राखेर फोटो पनि खिच्यौं ।

अनि, अब मसँग गएर बस्ने भनेर लिएर गइन् दिक्षाले। दिक्षाले ट्याक्सी चढ्ने बेलामा भनेकी थिइन् “ मसँग त ट्याक्सीमा जाने पैसा पनि छैन् ।” मैले म सँग छ भनेर २५० जति थियो होला सायद दिए । धापासीमा रहेको दिक्षाको संस्थामा पुग्न त्यतिले पुग्ने थिएन सायद । मैले “तपाइको पनि सोसियल कन्ट्रीव्युसन होस् है भाइ” भनेपछि ट्याक्सी ड्राइभर भाइले टाउको हलाउँदै हुन्छ भने । सायद बाटोमा उद्धार गर्न लागिएकी कन्चन दिदीको अनुहार देखेर आफ्नो सामाजिक जिम्मेवारी पूरा गर्ने निर्णय लिए उनले पनि । अनि मैले दिदीलाई नजदिक आउँदै गरेको तिजमा रातो सारी लिएर आउने बाचा गरेर ट्याक्सीमा चढाइदिए ।

ट्याक्सी सानो गौचरण हुँदै धापासी तिर लाग्यो । म कन्चन दिदीको सुखद जीवनको कामना गर्दै ब्याटमिन्टनको झोला पिठ्युतिर भिरेर घरतिर लागे ।
अफिसमा आएर दैनिकी सुरु भयो । त्यतिबेला खासै मिति नलेखे पनि । आउने दिनै फेसबुकमा कन्चन दिदीले भनेको शब्द

यो जिन्दगी खै के जिन्दगी
हिड्दा हिड्दै चुड्ने
चप्पलको फिताजस्तो जिन्दगी

लेखेर कथा पछि लेख्छ भनेर स्टाटस राखेकी थिए । त्यो दिन साउन ८ गते ( २१ जुलाई २०१६) रहेछ ।

कन्चन दिदी दिक्षाकोमा पुगेको सायद १५–२० दिन पुगेको थियो की, दिदी त्यहाँबाट हिडिन् भनेर दिक्षाले फोन गरिन् । “दिदी कतै देख्नु भएको थियो की कन्चन दिदीलाई, मैले उनको श्रीमानसँग कुरा गरेकी छु त्यो दिदीलाई कहाँ भेट्ने होला ?” मैले खोइ दिक्षा देखिन् नी भनेकी थिए । पछि दिक्षाले “कन्चन दिदीले बहिनी म यहाँ छु भनेर फोन गरेपछि लिएर आए भनेर तस्बिर फेसबुकमा राखेकी थिईन् ।

कथा लेख्छु भन्दा थिए, तर, समाजसेवी दिक्षाको संस्थामा पुगेकी दिदीको दैनिकी हेर्दै जानकारी लिए । कथा लेख्न त्यति आवस्यक पनि ठानिन् । दिदी सुरक्षित तरिकाले बसेको दिक्षाले अपडेट गरेको फोटोबाट थाहा हुन्थ्यो ।

तर, एक्कासी दिदीलाई कान्तिपुरमा सुमनसँग देख्दा पो झसंग भए । दिदी त कान्तिपुरमा इन्टरभ्यु दिने भइसक्नु भएछ भनेर ।
इन्टरभ्यु सबै हेरे । सुने । राम्रै लाग्यो दिदीको कुरा । तर, एउटा कुरामा चित्त बुझेन् “ दिदीले म बसेको अगाडिबाट प्रधानमन्त्रीको गाडी हिड्यो, थुप्रै समाजसेवी हिडे, तर कसैले देखेन् । दिक्षाले फोहोरको थुप्रोबाट आमा भन्दै उठाएर पवित्र समाजमा ल्याइन् ।”

हो, दिक्षाले फोहोरको थुप्रोबाट कलेजमा पढाउने प्रोफेसर लगायतका धेरै पीडितको उद्धार गरेर धेरैको सेवा गरेको कुरो बाहिर आएको थियो । झण्डै १० वर्ष देखि मैले पनि दिक्षाका गतिबिधि हेर्दै थिए । कहिले काँही सोच्न बाध्य हुन्थे । दिक्षालाई लाज घिन केही लाग्दैन् । मानब भएर जन्मिएको यो धर्तिमा मानवियता बुझेकी छन् उनले अनि निरन्तर सेवामा लागिरहेकी छन् ।

यसको वास्तविकता दिक्षालाई नै थाहा होला उनको पवित्र सेवाको पुष्ट्याइ गर्ने जिम्मा उनकै हो । मलाई दिक्षाका बारेमा केही भन्नु छैन् । मैले दिक्षालाई यो भन्दा बढी केही पनि चिन्दीन् । तर, मैले सबैलाई भन्नै पर्छ कन्चन दिदी दिक्षाकोमा जानुभन्दा पहिले फोहोरको डंगुरमा नभएर सफा सडकको पेटीमा थिइन् । त्यहिबाट उद्धार गरिएको हो ।

अहिले दिक्षाका शुभचिन्तकहरुले दिक्षाले कन्चनलाई यो रुपमा पुलमुनिबाट उद्धार गरेको र पानी खुवाइदिएको भनेर अर्कै फोटो राखेर प्रचार गरिएको छ । मलाई लाग्छ कन्चन दिदी घर छोडेदेखि कहिल्यै पनि त्यस्तो रुपमा देखा परिनन् होला नत उनी पशुपतिको चिता नै तापिन् । यदि चिता तापेकी थिइन् भने मैले जसरी कन्चन दिदीलाई देखे त्यस्तै अरुले पनि चिता तापेको देखेका होलान् । ती कुराहरु विस्तारै आउँनेछन् ।

एउटा राम्रो कुरा कन्चन दिदीमा अहिले देखिएको परिवर्तन शरीर सफा र राम्रा कपडा देखे । कुरा पनि त्यहि छन्, जुन मलाई पनि भनेकी थिइन् । तर, त्यो मनमा कसरी ( फोहोरको डंगुर)बाट उठाएको बनावटी झुट कुरा आए भनेर म आफै अन्योलमा छु । “दिदी कसले सिकायो यस्तो झुटो बोल्न, वा फेरि फोहोरमा लगेर फोटो खिचियो कसैबाट ? ”

समाजसेवी दिक्षाहरुका प्रयत्न र अभ्यास कति पवित्र र निष्ठावान होलान वा कति प्रचारमुखी होलान् ती आफ्नै ठाउँमा छ । राज्यले सडकमा पुगेका बेशाहारा, अशक्त, मानसिक असन्तुलन भएकाहरु, बालक, बयस्क र वृद्धबृद्धाहरुको उचित संरक्षण र जिम्मेवारी नलिएसम्म यस्तै घटनाहरु आइरहन्छन्, कन्चनका कथाहरु दोहोरिरहन्छन् ।

-साभार :Sansarnews.com

किन भयो मुलुकभर पौने घन्टा विद्युत् आपूर्ति बन्द, यस्तो रहेछ कारण

काठमाडौं,मंसिर ६ । नेपाल विद्युत् प्राधिकरणको मध्यमस्र्याङदी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन प्रणालीमा समस्या आएपछि मुलुकभर करिब ४५ मिनेट विद्युत् आपूर्ति बन्द भयो ।

सो आयोजनाको पहिलो युनिटमा समस्या आएपछि केन्द्रीय प्रणालीमा नै समस्या आएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए।

प्रवक्ता अधिकारीका अनुसार सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । त्यसमध्ये पहिलो युनिटबाट उत्पादन हुने ३५ मेगावाटमा समस्या आएको हो । “आयोजनाको पहिलो युनिटमा समस्या आएपछि मुलुकभरकै विद्युत् आपूति बन्द भयो, तर प्राधिकरणले समयमै समस्या समाधान गर्न सफल भएपछि केही समयमा पुनः विद्युत् आपूति सूचारु भयो । किन समस्या आयो भन्ने बारेमा हामी थप अध्ययन गछौैँ”–प्रवक्ता अधिकारीले भने।

साँझ ५ः४५ देखि प्राधिकरणको प्रणालीमा समस्या आएपछि मुलकुभर नै विद्युत् आपूर्ति बन्द भएको थियो । यस्तै प्राधिकरणको केन्द्रीय भारप्रेषण केन्द्रले पनि प्रणालीमा सामान्य समस्या आएको जानकारी दिएको छ ।

विद्युत् मागको दुईतिहाई भन्दा बढी भार काठमाडौँ उपत्यकामा नै भएकाले राजधानी बढी प्रभावित भएको प्राधिकरणले जनाएको छ । साँझको समयमा अत्याधिक विद्युत् माग हुने भएकाले प्रणालीमा समस्या आएको हुन सक्ने बताइएको छ । रासस

दुई राप्रपा एकीकरण:बलियो राष्ट्रवादी शक्तिको उदय,हिन्दूत्व कायमै

काठमाडौं,मंसिर ६ -मुलुकको राजनीतिमा अनुभवी र पञ्चायती पृष्ठभूमि बोकेकाहरुका राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकताको औपचारिक घोषणा भएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित समारोहमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा र पार्टी एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी आदान प्रदान गरे ।

एकीकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने झन्डामा गाई चिह्न अङ्कित छ । पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी पशुपति शम्शेर राणालाई दिइएको छ भने पार्टीको अध्यक्षमा कमल थापा छन् । मुलुकमा प्रजातन्त्रको पुनर्बहालीपछि २०४७ साल जेठ १५ गते गठन भएको राप्रपा (थापा) र राप्रपा (चन्द) पार्टी पटक–पटक विभाजित र एकीकृत भई २०६२ सालमा भने राप्रपाबाट पुनः विभाजन भई राप्रपा नेपालको जन्म भएको थियो ।

व्यवस्थापिका–संसद्मा अब राप्रपाबाट ३७ जना सांसदले प्रतिनिधित्व गर्ने छन् । संवैधानिक राजतन्त्र अवधारणा बोकेको राप्रपा नेपाल र गणतन्त्रलाई आत्मसात् गरेको राप्रपाले यी दुई दृष्टिकोणमध्ये कसलाई अघि बढाउने भन्ने विषयलाई महाधिवेशनबाट टुङ्ग्याउने छ ।

पार्टी एकता घोषणासभामा अध्यक्ष कमल थापाले दुई पार्टीको एकताले मुलुकको राजनीतिमा बलियो राष्ट्रवादी शक्तिको उदय भएको जिकिर गरे । उनले भने, ‘मुलुकको राष्ट्रिय राजनीतिमा वैकल्पिक मार्गचित्र र धारका रुपमा राप्रपा रहनेछ । जनताले भरोसा गरेका अनुभवी र साहसिक नेताले कुशल नेतृत्व प्रदान गर्नेछन् ।’

हिन्दूत्व कायमै

राष्ट्रियता, प्रजातन्त्र र हिन्दूत्वको धरातलमा समृद्ध नेपाल निर्माण गर्न आधारस्तम्भ बोकेको राप्रपाले राष्ट्रियतालाई सर्वोपरि साध्य, प्रजातन्त्रलाई अपरिहार्य आधार तथा हिन्दूत्वलाई सांस्कृतिक र सामाजिक मूल्यमान्यता अनुरुप अघि बढाउने छ – राप्रपा संसदीय दलका नेता थापाले भने ।

राप्रपाको एकीकरणले राजनीतिमा नयाँ अध्याय र पार्टीमा नयाँ रक्तसञ्चार भएको बताउँदै उने भने, ‘हामीलाई धेरैले बारम्बार हेपेका र उपेक्षा गरेको हुँदा एक पटक पार्टीलाई जुरुक्क उठाउनुपर्ने काममा लाग्न आवश्यक छ, त्यसका लागि नेता तथा कार्यकर्तालाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिन्छु ।’

पार्टीका राष्ट्रिय अध्यक्ष राणाले बिग्रँदो राजनीति, खस्कँदो आर्थिक स्थिति, भूकम्पबाट बिचल्लीमा परेका जनताको चाहनाले पार्टी एकतालाई मलजल गरेको बताए । उनले भने, ‘९५ प्रतिशत हिन्दू बसोबास गर्ने मुलुकको नयाँ संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउनुपर्छ, हिन्दूधर्म कायम गर्ने कि नगर्ने भन्नेबारे जनमतबाट छिनोफानो हुनुपर्छ, जनमत नगर्ने हो भने राप्रपाले त्यसका लागि हुने आन्दोलनको नेतृत्व गर्नेछ ।’

पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पार्टीको महाधिवेशनलाई आगामी निर्वाचनका लागि आधार तयार गर्ने काममा पनि उपयोग गर्न सक्नुपर्छ –भने ।

वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले राष्ट्रियता, प्रजातन्त्र र उदारवादको दृष्टिकोण बोकेको राप्रपाले नेपाल र नेपालीको पहिचान दिने पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै धर्मनिरपेक्षताका नाममा हिन्दू र बौद्ध धर्म तथा सभ्यतालाई ध्वस्त बनाउने षड्यन्त्रलाई रोक्न आवश्यक रहेको धारणा राखे ।

अर्का वरिष्ठ नेता विश्वबन्धु थापाले प्रजातन्त्र भनेको अरुको सम्मान हो भन्ने पक्षलाई बुझेर नाम मात्र मिलेर हुँदैन काम र मन मिल्नुपर्छ भन्ने भावना सबै नेता तथा कार्यकर्तामा देखियोस् भने । सो अवसरमा नेता बुद्धिमान तामाङ, राजीव पराजुली, दीपक बोहरा, मोहन यादव, कुन्तीकुमारी शाही, धवलशम्शेर राणालगायतले नेताको बुद्धिमता, जनताको चाहना र कार्यकर्ताको दबाबमा पार्टी एकतालाई सम्भव बनाएको राखे । रासस

जापानी युवाको कोलम्बियामा गोली हानेर हत्या

जापान ।
जापानका एक २० बर्षीय युवाको कोलम्बियामा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन् ।

समाचार अनुसार रोयो इसाकी नामका ति युवकको हत्यापछि लुटपाट भएकाले लुटेराको समुहले हत्या गरेको ठानिएको छ ।

हत्यापछि जापानी युवक इसाकीको साथमा रहेको मोबाईल फोन तथा कम्प्युटर लुटेर लगेको बताइएको छ ।

हत्यामा संलग्नहरुको खोजि भइरहेको भन्दै विस्तृत विवरण कोलम्बियाको जापानी दूतावासले पाइनसकेको बताएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

मृत्यु भएका जापानी युवक घुम्नको लागि कोलम्बिया गएको समेत बताइएको छ ।

जनसम्पर्क समिती जापानद्धारा मृगौला पीडित उपचारार्थ आर्थिक संकलन

टोकियो ।
नेपाली जनसम्पर्क समिती जापानले मृगौला पीडित एक आमा छोराको उपचारको लागि रकम संकलन थालेको छ ।

नेपाल हेटौंडाकी बिनीता उप्रेती र उनको २१ बर्षीय छोरा आशीष उप्रेतीको उपचारको लागि पुस्करजंग थापाको संयोजन र सदस्य निकेश श्रेष्ठको सह–संयोजनमा आर्थिक संकलन थालिएको हो ।

हेटौंडा बजारमा ठेलामा फलफूल बेचेर तीन छोराछोरी पाल्दै आएका उनिहरुको दुवै मृगौला काम नलाग्ने भएपछि आर्थिक अवस्था कमजोर भएका उनिहरुको जिवन बचाउनको लागि आर्थिक संकलन थालिएको बताइएको छ ।

मिर्गौला प्रत्यारोपण गर्न १५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भएपनि अहिलेनै ५ लाख रुपैयाँ ऋण भएको भन्दै मृत्यु स्विकार्न बाहेक केही उपाय नभएको समाचार प्रकाशित भएपछि नेपाली काँग्रेस आवद्ध जनसम्पर्क समिति जापानले सहयोगको लागि पहल थालेको हो ।

मकवानपुरको हाँडिखोला घर भएकी विनीतालाई उनका श्रीमान्ले समेत छाडिदिएको बताइएको छ ।

साताको दुईपटक डाइलासिस गर्दै आएका आशिसलाई चिकित्सकले स्वास्थ्यस्थिति बिग्रदै गएकाले हप्तामा तीनपटक डाइलासिस गर्न भनेको बताइएको छ ।

औषधिको मात्र महिनाको १५ हजार बढी खर्च लाग्ने भएपछि कक्षा १२ उत्तीर्ण गरेका उनले जिवनदेखी हार मानिसकेको बताए ।

मृगौला काम नलाग्ने भएकै कारण गत असारदेखि आशीषले पानी समेत खान पाएका छैनन् । जसले गर्दा पीसाब बन्द भएकाले उनको शरिरबाट डायलासिसका क्रममा पाँचदेखि सात लिटर पिसाब निकाल्ने गरिएको छ ।

आशीषकी बहिनी अस्मिना हेटौंडा ४ स्थित भुटनदेवी माविमा कक्षा ७ र भाइ आस्मिन कक्षा ६ मा पढ्छन् । विनीतालाई ठेलामा फलफूल बेचेर दुई छोराछोरीको पढाइ, जेठा छोराको उपचार र आफ्नै उपचारसँगै घर खर्च चलाउन निक्कै मुश्किल छ ।

‘फलफूल साहुजीसँग पनि थुप्रै उधारो भइसक्यो, उधारो दिन पनि अब त गाह्रो मान्छन, विनीताले भनिन, ‘जीवन चलाउने विकल्प नै बन्द हुन लागिसक्यो । गत भदौदेखि विनीताले भने डाइलासिस गराएकी छैनन् ।

मिर्गौलाले काम नगरेर विनीताकी दिदी निर्मलाले २०४९ सालमा, बहिनी लक्ष्मीले २०६१ सालमा र भाइ मुक्तिराजले २०५६ सालमा ज्यान गुमाइसकेको पाइएको छ ।

क्रोएसियाली राष्ट्रपतिको हट अवतार (फोटो फिचर)

एजेन्सी ।
महिला राष्ट्रपति भएर मात्र होइन क्रोएसियाली राष्ट्रपति कोलिन्दा किटरोवि कामले पनि त्यत्तिकै लोकप्रिय छिन् ।

तर अहिले उनि यि दुवै कारण भन्दा सार्वजनिक भएका उनका विकिनी तस्विरहरुले विश्वभर चर्चामा आएकी छिन् ।

हट र ग्लैमरस राष्ट्रपतिका रुपमा चर्चामा रहेकी कोलिन्दा यतिखेर विशेषगरि सामाजिक सञ्जालमा विशेष चर्चामा रहेकी छिन् ।

समुन्द्र किनारमा आफ्नो बच्चा र श्रीमान्सँगै रमाइरहेको समयमा खिचिएका ब्रा र पेन्टि मात्र लगाइएका उनका तस्विरले उनलाई चर्चामा ल्याएको छ ।

२०१५ मा क्रोएशियाको राष्ट्रपति भएकी कोलिन्दा पति जैकोव किटरोविकसँगै देखिएकी छिन् ।

यौन काण्डमा समेत मुछिएकी राष्ट्रपतिका केही गोप्य तस्विरहरु यसअघि पनि सार्वजनिक भएका थिए ।

क्रोएसियाकै पहिलो महिला राष्ट्रपति बनेकी उनले युरोपियन सुरक्षा संयन्त्र नेटोमा समेत काम गरिसकेकी छिन् ।

कुनै समय मासुपसलमा काम गर्ने उनको सौन्दर्यको चर्चा गर्दै क्रोएसियाली युवाहरुले आफुहरु राष्ट्रपतिको सुन्दरताले भूतुक्क भएको बताएका छन् ।

प्रतिबन्धित भारु सटहीको मोडालीटी तयार, यस्ता छन् प्रावधानहरु ?

काठमाडौं,मंसिर ६ । भारु पाँचसय र हजार दरका नोटको आम्दानी वा सटही गरेको प्रमाण पेस गर्न सके साट्न दिन यस विषयमा राय दिन गठन गरेको समितिले आग्रह गर्ने भएको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा गठित उक्त समितिले राष्ट्र बैंकले तोकिदिएको फारम भरेर बैंक खाताबाट मात्रै नोट सटही गर्न सकिने गरी मोडालिटी तयार गरेको हो ।

नोट सटहीको मोडालिटी र वैधानिक स्रोतबाट आम्दानी भएका नोट पहिचानबारेमा अवधारणा पत्रमा यी विषय समावेश गरिएको डेपुटी गभर्नर सिवाकोटीले जानकारी दिए ।

नेपालस्थित भारतीय राजदूतावासले नोट सटहीको भरपर्दो विधि (मोडालिटी) मागेपछि राष्ट्र बैंकले भारु व्यवस्थापन समिति गठन भएको थियो । समितिले नोट सटहीको मोडालिटी र वैधानिक नोट पहिचानबारेमा अवधारणा पत्र तयार गरेको छ । अवधारणा पत्र सम्बन्धमा भारतीय राजदूतावासका कर्मचारीहरूसँग अनौपचारिक छलफल भए पनि राष्ट्र बैंकले औपचारिक रूपमा बुझाइसकेको छैन ।

‘नोट सटहीलाई कसरी व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ भन्ने बारेमा अवधारणा पत्र निर्माण गरिरहेका छौं,’ राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटीले भने, ‘भारतीय राजदूतावासमार्फत भारत सरकारलाई बुझाउँछौं । त्यसपछि भारतको जवाफ के हुन्छ । त्यसकै आधारमा नोट सटहीबारे निर्णय हुनेछ ।’

बैंकिङ प्रणालीमार्फत नेपालमा रहेको सबै वैधानिक नोट सटही होस् भन्ने राष्ट्र बैंकको उद्देश्य भएको र सोहीअनुरूप मोडालीटी तयार भएको उनले जनाए ।

राष्ट्र बैंकले बनाएको मोडालीटीमा ग्राहकको पूर्ण पहिचान(केवाईसी) भएको बैंक खातामार्फत अनिवार्य गरिएको छ । यस्तै, नोट सटहीका लागि ग्राहकले राष्ट्र बैंकले तोकेको फाराम भर्नुपर्ने छ ।

फाराममा सटही गर्न नोटको नम्बर, आम्दानी वैध भएको भरपर्दो स्रोत, एउटा बैंकबाट मात्र सटही गर्ने प्रतिवद्धतालगायत थुप्रै विवरण समावेस भएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भिष्मराज ढुङगानाले बताए ।

‘नेपालीसँग रहेको सबै वैधानिक रकम साटीयोस भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘ यसकारण प्रतिव्यक्ति २५ हजार सटही गर्नुपर्‍यो भनेर भारतलाई भनेका छैनौं । तर, सर्वसाधारणले २५ हजारसम्म सटही सुविधा पाएकाले न्यूनतम त्यत्ति रकम साटीनुपर्छ भन्ने हाम्रो माग हो ।’

राष्ट्र बैंकले बनाएको मोडालिटी अनुसार भारु पाँचसय र हजार दरका नोट सटहीको क्रममा भरपर्दो स्रोत नभए र नोट नक्कली निस्किए कानून बमोजिम कारवाही भोग्ने कुरामा ग्राहकले पहिले नै प्रतिवद्धता जनाउनुपर्ने छ ।

यस्तै, नोट सटहीका लागि बैंक खाता अनिवार्य हुनुपर्नेछ । एउटाभन्दा बढी बैंकमा खाता भएपनि एउटै खाताबाट मात्र नोट सटही सुविधा पाइनेछ । कुनै ग्राहकले एकभन्दा बढी खाताबाट नोट सटही गरेको भेटिएमा राष्ट्र बैंकले कानुन बमोजिम कारवाही गर्नेछ ।

राष्ट्र बैंकले तयार गरेको मोडालिटी भारतलाई स्वीकार्य भए सबै बैंक तथा वित्तीय संस्थाले आफ्नो वेबसाइटमा ‘होम नोटिस’ अनिवार्य रुपमा प्रकाशित गर्नुपर्नेछ । नोट सटही गर्ने ग्राहकले पूर्ण रुपमा केवाईसी भर्नुपर्नेछ । भारतले नोट सटहीका लागि कडाई गरे अनुरुप नेपालले पनि सकेसम्म भारतलाई आश्वस्त पार्न खोजेको छ आजको कान्तिपुरमा समाचार छ ।

महाअभियोग प्रस्तावमाथिको छलफललाई बीचमै स्थगित गरी सभामुख विदेश भ्रमणमा

काठमाडौं,मंसिर ६ । व्यवस्थापिका–संसद्को बैठक नौ दिन पर धकेल्दै सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किएकी छन् । महाअभियोगको सामना गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफललाई बीचमै स्थगित गरी सभामुख घर्तीमगर विदेश भ्रमणमा निस्किएकी आजको राजधानी दैनिकमा खबर छ  ।

प्रमुख दलबीच सहमति नहुँदा महाअभियोग प्रभावित भएको बताएकी सभामुख आफैं विदेश भ्रमणमा निस्किएपछि त्यो अलपत्र परेको छ । गत ९ कात्तिमा सुरु भएको महाअभियोग प्रस्तावमाथिको छलफल चाडबाड परेका कारण २५ कात्तिकमा मात्रै भएको थियो ।

तर, त्यसपछि लगातार बैठक बस्नुपर्नेमा नराखी महाअभियोग प्रस्तावमाथिको छलफल धीमा गतिमा अघि बढाइएको हो । आइतबार महाअभियोग प्रस्तावमाथिको छलफल समितिमा पठाउने भनिए पनि पठाइएको छैन ।

बैठक दिउँसै स्थगित भएको थियो । सभामुख ओनसरी घर्ती मगर आइतबार साँझ एक हप्ते विदेश भ्रमणमा निस्किएकी छन् । महाअभियोग प्रस्तावलाई आइतबार नै महाअभियोग सिफारिस समितिमा पठाउने घोषणा गरेकी सभामुख घर्ती मगरले त्यसबारे निर्णय नै नगरी अलपत्र छाडेकी हुन् ।

आइतबार दिउँसो १ बजे सुरु भएको व्यवस्थापिका–संसद्मा कार्यसूचीमा रहेका अन्य सबै विषयलाई हटाएर महाअभियोग प्रस्तावमाथि छलफल सक्ने तयारी उनले गरेकी थिइन् । तर, उनले जम्मा तीनजनालाई मात्र छलफलमा भाग लिन समय दिएकी थिइन् । जसमा एमालेका टुकराज सिग्देल, ममता गिरी र जनकबहादुर बूढाले मात्र भाग लिएका थिए । कार्यसूचीमा कम्पनी ९पहिलो संशोधन० विधेयक र संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयकलाई प्रवेश गराइएको थियो । तर, उनको त्यो तयारी गरे पनि त्यसबारे कुनै निर्णय नै नगरी १४ मंसिरसम्म बैठक स्थगित गरेकी हुन् ।

उनी आइतबार राति रसिया प्रस्ताव गरेकी छन् । उनी १२ मंसिरमा नेपाल फर्कने कार्यक्रम रहेको छ । सभामुख घर्तीमगरको यस निर्णयप्रति सांसदहरूबाटै विरोध भएको छ ।

प्रधानमन्त्रीकै अगाडि पुनर्निर्माण प्राधिकरण समितिको बैठकमा चर्काचर्की

काठमाडौं,मंसिर ६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा दुई उपप्रधानमन्त्री र कार्यकारी निर्देशकबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार सिंहदरबरमा बसेको बैठकमा विभिन्न मन्त्रालयका मन्त्रीहरुले प्राधिकरणका कार्यकारी निर्देशक सुशीलराज ज्ञवालीमाथि काम गर्न नसकेको भन्दै प्रश्न उठाएपछि बैठकमा घम्साघम्सी भएको हो । यो खबर हामीले आजको राजधानीबाट लिएका हौ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि निक्कै आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत कार्यकारी निर्देशकमाथि खनिएका थिए । उपप्रधानमन्त्री निधिले निर्देशक ज्ञवालीलाई अहिलेसम्म भूकम्पपीडितले राहत पाउन नसकेको भन्दै त्यसको जिम्मा तपाईंले लिने कि सरकारले भनेर प्रश्न गरेका थिए ।

‘तपाईं असफल बन्नुभयो, प्राधिकरणका महत्वपूर्ण काममा चासो दिनुभएन,’ उपप्रधान तथा गृहमन्त्री निधिले बैठकमा भने, ‘अहिलेसम्म भूकम्पपीडितले राहत किन पाएनन् ? जवाफ दिनुहोस्, यसको जिम्मा कसले लिने ?’

जवाफका क्रममा निर्देशक ज्ञवालीले सबै दोष आफूलाई मात्र थोपरेर नहुने भन्दै अर्थ मन्त्रालयबाट आवश्यक रकम समेत नपाएको गुनासो गरेका थिए । त्यसलगत्तै अर्थमन्त्री महरासमेत प्राधिकरणले कुनै योजना नै नल्याउने, बजेट नै नमाग्ने अनि अर्थले बजेट दिएन भनेर आरोप लगाउने भनेर ज्ञवालीमाथि खनिएका थिए । बैठकमा माओवादी तथा नेपाली कांग्रेसका मन्त्रीहरुले निर्देशक ज्ञवालीले काम गर्न नसकेको भन्दै असफलताको संज्ञा समेत दिएका थिए । तर, बैठकमै प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट उपस्थित भएका पार्टी उपाध्यक्ष भीम रावलले सरकारले नै पुनर्निर्माणसम्बन्धी काममा चासो नदेखाएको भन्दै सरकारको आलोचना गरेका थिए ।

बैठकमा निक्कै चर्कै विवाद उत्पन्न भएपछि, सम्बन्धित विभिन्न निकायलाई समेटेर एक समन्वय समिति बनाउने निर्णय भएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयका एक जना, अर्थ मन्त्रालयबाट एक जना र प्राधिकरणबाट एक जना रहने गरी समन्वय समिति बनाउने निर्णय भएको छ । प्रधानमन्त्री दाहालले यसअघि प्राधिकरणका निर्देशक ज्ञवालीलाई प्राधिकरणको योजनाबारे विस्तृत खाका ल्याउन निर्देशन दिएका थिए।

बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले सबै गाविसहरुमा एक सय जनाका दरले पुनर्निर्माण स्वयंसेवक परिचालन गर्ने, काठमाडौं उपत्यकामा १५ मंसिरभित्र पहिलो किस्ताको अनुदान सम्झौता गर्ने, भूकम्प प्रभावित सबै जिल्लामा १५ माघसम्म पहिलो किस्ताको अनुदान रकम वितरण गरिसक्ने योजना पेश गरेका छन् ।

यस्तै उनले पहिलो चरणमा २० हजार, दोस्रो चरणमा १० हजार र तेस्रो चरण फागुन मसान्त ३० हजार गरी ६० हजार निर्माणकर्मी उत्पादन गर्नेसहितको कार्ययोजना बैठकमा पेस गरेका छन् ।

बैठकले भूकम्प प्रभावित क्षेत्रका प्रत्येक गाविस र नगरपालिकाहरुमा पुनर्निर्माणका लागि पुनर्निर्माण सामुदायिक समिति गठनमा सहयोग गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सामाजिक संघ, संस्थाहरुलाई आह्वान समेत गरेको छ ।

यस्तै, भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन र पहिचान गरी वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकले पुरातात्विक महत्वका क्षेत्रहरु पुनर्निर्माणका लागि बृहत्तर गुरुयोजना तयार पारी कार्यान्वयन गर्ने निर्णय पनि गरेको प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

दसगजामा सशस्त्र प्रहरी र एसएसबीको संयुक्त गस्ती

पप्पु गुरुङ्ग, ५ मंसिर, दोधारा चाँदनी ।

सीमामा दुई पक्षिय संयुक्त गस्ती बढाईएको छ् । पटक–पटक सीमावर्ती क्षेत्रका नेपाली माथि गरिने दुव्र्यवहार, सीमा अतिक्रमण्ँ बिबाद र चोरी तस्करी आरोपमा हुने घटना बढेको बताउदै भारतिय सिमा सुरक्षा बल एसएसबी र सशस्त्र प्रहरी सिमा सुरक्षा बलले सिमा क्षेत्रमा सयुक्त गस्ति गर्न थालेको बताईएको छ् ।

नेपालको सशस्त्र प्रहरी र भारतीय एसएसबीले गर्ने नियमित संयुक्त गस्तीले सीमा अपराध र विवादका घटना कमी आउने बताउदै सिमा क्षेत्रमा गस्तिलाई नियमित गरिएको बताईएको छ् । “सिमा क्षेत्रमा बाली नाली लगाउने बेला भएको हुदा सिमा अतिक्रण हुने सम्भावना बढी हुन्छ” सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका सशस्त्र प्रहरी निरिक्षक फणेन्द्र शाहीले बताए ।

सिमा क्षेत्रको मंसिरे पुर्णिमा सिमावर्ती भारतिय क्षेत्रमा झनकैया मेला संचालन भएको हुदा सिमा क्षेत्रमा अपराधिक गतिबिधी बढ्न सक्ने तथा खेतीबाली लगाउने बेलामा जग्गा अतिक्रण हुने सम्भावना बढी हुने हुदा सिमा क्षेत्रमा सयुक्त गस्ति संचालन गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीले जनाएको छ् । सयुक्त गस्तिमा निरन्तरता नआए पनि फेरि स्थानिय स्तरमा दुबै देशका सुरक्षा अधिकारीहरुको सहमतीमा सयुक्त गस्ति संचालन गरिएको बताईएको छ् ।

मंसिरे पुर्णिमा सिमावर्ती भारतिय क्षेत्रमा झनकैया मेला तथा सिमा क्षेत्रमा खनजोत गर्ने समय भएको हुदा सिमा क्षेत्रमा दुबै देशको सिमा सुरक्षा अधिकारीको सहमतीमा सिमा निगरानी बढाईएको बताईएको छ् । अन्तर्राष्ट्रीय सीमामा हुने सशस्त्र प्रहरी बल र एसएसबीको नियमित गस्तीले सीमामा हुने विवादलाई आपसी सहयोगको आधारमा समाधान गर्दै आएको दुबै सुरक्षा अधिकारीको दाबी छ । सीमा अतिक्रमण्ँ, लागू औषध ओसार पसार, अवैध हातहतियार, आतंकवादी गतिविधि, तस्करी, सामान्य विवाद लगायत अपराध नियन्त्रण्ँमा सिमा सयुक्त गस्तिले प्रभावकारी हुने दुबै देशका सरक्षा अधिकारीहरुले बिश्वास लिएका छन् ।

सिमा क्षेत्रमा सयुक्त गस्ति संचालन गर्दा सिमा क्षेत्रमा हुने अपराधिक कृयाकलाप निर्मुल हुने भारतिय सिमा सुरक्षा बल एसएसबी ५७ बाहिनी, अमृतपुर, जि. कम्पनी कामण्डर ईन्चार्ज सई जगदिश प्रसादले बताए । “गस्तीमा सीमा स्तम्भको नियमित अनुगमन गरिएको छ् ।” सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका सशस्त्र प्रहरी निरिक्षक शाहीले बताए ।

“दोधारा चा“दनी संग जोडिएका सम्पुर्ण सिमा क्षेत्रका भु–भागमा सयक्त गस्ति संचालन गरिएको छ्” सशस्त्र प्रहरी निरिक्षक शाहीले बताए । विगतमा नेपाल भूमि प्रवेश गरी सर्वसाधरण्ँलाई कुटपिट गर्ने लगायत घटना बढ्दै जादा सिमा क्षेत्रको सयुक्त गस्ति प्रभावकारी रहने स्थानियहरुको भनाई रहेको छ् ।

दोधारा चाँदनी नगरपालिका स्थानिय तथा नेकपा एमाले दोधारा चा“दनी नगरकमिटि अध्यक्ष किशोर कमार लिम्बु अनुसार सिमा क्षेत्रमा एसएसबीले व्यवहार सुधार गर्दै लग्नु पर्ने बताए  । उनले भने, “सिमा क्षेत्रमा सयुक्त गस्ति निरन्तरता दिनु पर्छ ।” स्थानिय तथा एमाले नगरकमिटि अध्यक्ष किशोर कमार लिम्बुले बताए ।

जापानमा मृत्यु भएका शिवराजको तीन महिनापछि दाहसंस्कार

टोकियो ।
तीन महिना अघि निधन भएका शिवराज रोका मगरको आज जापानमा दाहसंस्कार गरिएको छ ।

अध्ययनका लागि आएका मगरको उपचारको क्रममा निधन भएको थियो ।

निधन भएपछि उनको शव नेपाल पठाउन पहल सहित आर्थिक संकलन गरिएपनि शव पठाउने वा पैसा भन्ने पारिवारिक अनिर्णयका कारण रोकिएको शव शिवराजको पिताले शव शदगद गर्न भन्दै पत्र पठाएपछि आज दाहसंस्कार गरिएको हो ।

२०१६ आइतवार १८ सेप्टेम्बरमा रोका मगरको निधन भएको थियो । रोका मगर टोक्यो फुकुसी दाइगाक्कोउमा अध्ययनरत थिए ।

दाह संस्कारमा नेपाली राजदुतावास जापान, एनआरएन जापान, नेपाल जापान विधार्थी समाज, राप्ती समाज जापान सहित विभिन्न संघसंस्थाका प्रतिनिधि र उनका साथि लगायत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

उपस्थित नेपालीहरुले दिवंगत रोका मगरप्रति हार्दिक श्रद्धासुमन सहित भागपूर्ण बिदाई गरेका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web