एसिया कप क्रिकेट क्याम्पका लागि छानिए ५२ खेलाडी,को-को परे ? (नामावलीसहित)

काठमाडौं,मंसिर ७ । श्रीलंकामा हुने १९ वर्षमुनिको एसिया कप क्रिकेटका लागि पहिलो चरणमा ५२ जना खेलाडी चयन भएका छन् । नेपाल क्रिकेट संघ क्यानले नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न ६ जिल्लाबाट गरेको ट्यालेन्ट हन्ट कार्यक्रमबाट ५२ जनालाई प्रारम्भिक चरणमा छनोट गरेको हो। क्यानले नयाँ युवा खेलाडी खोजी गर्न काठमाडौं, धनगढी, नेपालगन्ज, विराटनगर, भैरहवा र कलैयामा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गरेको थियो।  ५२ जना खेलाडीलाई शुक्रबारदेखि प्रशिक्षण दिइनेछ । विभिन्न स्थानबाट चयन भएका मध्ये सात जना १९ वर्षमुनिको क्याम्पका छन् ।

छनोट हुने खेलाडीमा अभिनाष कर्ण, सुशान्त सिंह थापा, मुकुन्द यादव, सन्दिप ढुङ्गाना, अनिल कुमार थापा, फिर्तोश अन्सारी, ललित नारायण राजवंशी, आसिफ शेख, अनिल कुमार साह, अस्चल थारु चौधरी, रिजन ढकाल, राशिद खान, पवन शर्राफ, रित गौतम, जितेन्द्र सिंह ठकुरी, प्रदिप टण्डन, सन्दिप जोहरा, आयुषमान बम, प्रणय शाह, कमल खत्री, पाल्देन लामा, र शुभाङ्कर उराउ छन्।

त्यसैगरी अमन पन्थी, सागर भण्डारी, दिपेन्द्रसिंह ऐरी, सन्दिप सुनार, सुमन पाण्डे, सन्दिप लामिछाने, रोहित पौडेल, देव खनाल, समसद आलम, प्रकाश केसी, धिरज शाही, कमल सिंह ऐरी, साह आलम, विक्रम भुसाल, रवीन्द्र शाही, प्रनित थापा मगर, विजय चौधरी, विक्रम ठगुन्ना, अफजल खान, लोकेश चन्द, भीम सार्की, रोमन बम, अर्जुन साउद, सुरज ऐर, विपिन रावल, किशोर महतो, नन्दनकुमार यादव, दिव्यांशु मल्लिक, मोहम्मद हुसैन र अनिल विश्वकर्मा पनि छनोट भएका छन्।

सडक र दशगजाबाट संविधान संशोधन हुँदैन’: पण्डित

काठमाडौं,मंसिर ७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले म्याद तामेलीको हिसावले संविधान संशोधन गर्न चाहेको हो भने एमालेले सहयोग नगर्ने चेतावनी दिए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले आफ्नो पार्टीले देशको आवश्यकत्ता अनुसार मात्रै संविधान संशोधन हुने कुरा गरेको बताएका हुन् । उनले संविधान संशोधनको माग गर्ने मधेशी मोर्चाभित्रै एकरुपता नभएको आरोप समेत लगाए । नेता पण्डितले थपे,‘सरकार अहिले अलमलिएको छ, सरकारका पदाधिकारीहरु छिमेकीसँग बकपत्र गर्न कुद्छन् ।’

उनले नेपाल सँधै अशान्त रहीरहोस र कहिल्यै स्थिरता नहोस भन्नेहरु अहिले सक्रिय भएको आरोप लगाए । उनले अघि थपे,‘नेपालको संविधान समृद्ध हामीले बनाउने हो, तर यहाँ त हामीभन्दा बढ्दा टाउको दुखाई अरु विदेशीहरुलाई भएको छ, यो किन रु’

उनले संविधान संशोधनका पक्षधरहरुको माग एउटै छ है भनेर सरकारले कबुल गर्न सक्नुपर्ने समेत चूनौति दिए । उनले अघि थपे,‘एउटै माग हो भनेर पहिला कबुल गर्नुहोस्, विगतमा जस्तै संविधानलाई सत्तासँग जोड्ने काम गर्नुहुँदैन ।’ उनले छिमेकबाट कोही आए कि केही नेताहरु लम्पसार परिहाल्ने प्रवृत्ति हावी भएको समेत आरोप लगाए ।

उनले संविधान जारी गर्ने शक्तिहरुले डरले थुरुथुरु काँपेर खुट्टा कमाउने हो भने जनताले यो देशमा कहिल्यैपनि शान्ति प्राप्त गर्न नसक्ने समेत ठोकुवा गरे । नेता पण्डितले देश र जनताको आवश्यकत्ता भएमात्रै एमालेले संविधान संशोधनमा सहयोग गर्ने कुरा सार्वजनिक रुपमै आफ्नो पार्टीले राखिसकेकोले उक्त अडानबाट पछि नहट्ने जिकिर गरे ।

उनले भाषा विवाद समाधानको लागि भाषा आयोग गठन भैसकेको भन्दै यसबारेमा अनावश्यक झमेला र समस्या उत्पन्न गराउन नहुने स्पष्ट पारे । पण्डितले सडक र दशगजाबाट संविधान संशोधन नहुने समेत ठोकुवा गरे ।

तपाईले अनावश्यक रुपमा बत्ती बालेर छाड्नु भएको छ ? अब त्यसो नगर्नु होला

काठमाडौं,मंसिर ७ ।  तपाईले आफ्नो कार्यालय वा सार्वजनिक स्थानमा अनावश्यक रुपमा बत्ती बालेर छाड्नु भएको छ वा हिटर पङ्खा चलाएर ननिभाइकन छाड्नुभएको छ ? अब त्यसो नगर्नु होला ।

सार्वजनिक स्थानमा अनावश्यक समयमा समेत विद्युत् उपयोग भइरहेको पाइएपछि ऊर्जा मन्त्रालयले परिपत्र जारी गर्दै सबै सरकारी कार्यालयलाई अनावश्यक समयमा विद्युत् प्रयोग बन्द गर्न आग्रह गरेको छ ।

विशेष गरी सरकारी कार्यालयमा अनावश्यक रुपमा विद्युत् प्रयोग बढी भइरहेको पाइएपछि त्यसखालको परिपत्र गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल सार्वजनिक स्थानमा अनावश्यक रुपमा विद्युत् उपभोग भइरहेको पाइए त्यसलाई निरुत्साहित गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारभित्रैका मन्त्रालय, सरकारी भवन तथा गैरसरकारी क्षेत्रमा समेत कार्यालय समयपछि समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको भन्ने सूचनाका आधारमा मन्त्री शर्माले उक्त निर्देशन दिनुभएको उहाँका स्वकीय सचिव विक्रान्त शर्माले राससलाई जानकारी दिनुभयो ।

यस्तै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय विभाग, अन्य आङ्गिक क्याम्पसमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको गुनासो मन्त्रालयको गुनासो सुनुवाइ इकाइमा प्राप्त भएको छ । सरकारी निकायले नै विद्युत् महसुल नबुझाएको भन्ने प्राधिकरणको दाबी र त्यस्तै निकायमा समेत अनावश्यक रुपमा विद्युत् प्रयोग भइरहेको पाइएपछि मन्त्रालयले परिपत्र गर्न लागेको हो ।

प्राधिकरणले यसअघि नै साँझ बढी विद्युत् माग हुने समयमा पानी तान्ने पम्प, हिटर, गिजरलगायत सामग्री प्रयोग नगर्न आग्रह गरिसकेको छ । दिउँसो काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिकामा सडक बत्ती बलिरहेको भन्ने सूचनाका आधारमा त्यस्ता सडक बत्ती निभाउन समेत सार्वजनिक सूचनामार्फत आग्रह गरिसकेको छ ।

काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौती मुक्त गरेको र त्यसलाई नियमित रुपमा राख्न सबैको साथ र सहयोग जरुरी रहेको भन्दै प्राधिकरणले त्यसखालको सहयोगको अपेक्षा गरेको छ । साँझ ६ बजेदेखि राति नौ बजेसम्म उपत्यकालाई मात्रै ३१५ मेगावाट विद्युत्को आवश्यकता पर्छ ।

विद्युत्भार कटौतीको अन्त्यपछि काठमाडौँ उपत्यकामा रु १६ अर्बको डिजेल बचत भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले विद्युत्भार कटौती अन्त्यको स्वागत गर्दै सरकारलाई सक्दो सहयोग गर्ने जनाएको छ । महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सामान्य सुधार मात्रै गर्ने हो भने पनि विद्युत्भार कटौती अन्त्य गर्न सकिने देखिएकाले त्यसमा सहयोग गर्न उद्योगी व्यवसायी तयार रहेको बताउनुभयो ।

इन्भटर नचल्दा सय मेगावाट विद्युत् बचत

यस्तै प्राधिकरणले उपत्यकामा नियमित विद्युत् दिन थालेपछि विद्युत् खपतमा समेत कमी आउन थालेको छ । बत्ती आएको समयमा मात्रै इन्भटर, ब्याट्री चार्ज गर्दा थप विद्युत् प्रयोग हुने गरेको थियो । नियमित विद्युत् आपूर्ति पछि इन्भटर चार्ज गरेर राख्ने प्रवृत्ति समेत अन्त्य भएको छ ।

प्राधिकरणले गरेको एक अध्ययनअनुसार इन्भटर चार्ज नहुँदा करिब एक सय मेगावाट विद्युत् बचत भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीकाअनुसार इन्भटरमा प्रयोग हुने विद्युत् बचाउनु भनेको उत्पादन गर्नु सरह नै हो ।

काठमाडौँ उपत्यकामा मात्रै फरक फरक क्षमताका करिब दुई लाख बढी इन्भटर प्रयोगमा रहेका छन् । विद्युत्भार कटौती हुँदा कुन बेला विद्युत् आउँछ र चार्ज गरौला भनेर बस्ने उपभोक्ता समेत नियमित विद्युत् आपूर्ति हुन थालेपछि प्राधिकरणलाई सहयोग गर्न थालेको प्रवक्ता अधिकारीको भनाइ छ ।

उपभोक्ताले एकसय वाटदेखि पाँचसय वाटसम्मका इन्भटर प्रयोग गर्दै आएका छन् । यस्तै प्राधिकरणले आगामी पुस र माघमा समेत विद्युत्भार कटौती नगर्ने गरी आवश्यक तयारी गरिरहेको छ । विद्युत् बचत एवम् अन्य उपाय अवलम्बन गरेरै भए पनि विद्युत् उपलब्ध गराउने प्राधिकरणको तयारी छ । रासस

जापानमा ७.४ रेक्टरको भूकम्प पछिको सुनामी खतरा हट्यो

गोकर्ण अधिकारी-७ मंसिर, टोकियो ।
स्थानिय समय अनुसार बिहान ५ बजेर ५९ मिनेटको समयमा आणविक भट्टी रहेको फुकुसीमा सामुन्द्रिक किनारलाई केन्द्र बनाएर गएको ७.४ रेक्टर स्केलको भूकम्पको चेतावनी टरेको छ ।

भूकम्प लगत्तै यसको मापन ६.९, क्रमश ७.३ र अन्तिममा जापान मेटोरोलोजिकल एजेन्सीले ७.४ रेक्टर स्केल मापन भएको भन्दै जारी सुनामीको चेतावनी हटाएको छ ।

भूकम्प पछि ३ मिटर उचाई भन्दा माथिको छाल सहितको सुनामीको चेतावनी जारि गरिएको थियो । यो संगै समुन्द्र किनारमा रहेकाहरुलाई अग्लो घर तथा स्थानमा जान त्यहाँ जडित ठूला माईक तथा स्थानिय र राष्टिय सञ्चार माध्यम मार्फत लगातार सूचित गरिएको थियो ।

जापानी समाचार संस्था एनएचकेका अनुसार जारी गरिएको सुनामीको चेतावनी एक बजेपछि हटाइएको हो । भूकम्पपछि जारी सुनामीको चेतावनी सबै ठाउँबाट हटेको एनएचकेले आफ्नो अनलाईन समाचारमा लेखेको छ ।
भूकम्प पछि फुकुसीमा र मियागि प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरिएको थियो । अन्य क्षेत्रमा समेत यसबाट असर पर्ने सक्ने भनिएपनि ति क्षेत्रमा खासै सामुन्द्रिक छाल देखिएन ।

शक्तिशालि भूकम्पपछि मियागि क्षेत्रमा सबैभन्दा बढी १.४ मिटर सम्मको छाल उठेको पाइएको छ । अन्य क्षेत्रमा यो भन्दा कम छाल उठेको र यसले कतै गम्भिर असर नपारेको समाचारमा उल्लेख छ ।

अधिकारीहरुले ७.४ रेक्टर स्केलको शक्तिशालि भूकम्पपछि केवल १२ जना व्यक्ति सामान्य घाइते भएको जानकारीमा आएको बताएका छन् ।

भूकम्प लगत्तै सुनामीको खतरा बढेपछि बन्द गरेर चिसो बनाइएको फुकुसिमा दाइनि न्युक्लियर प्लान्टलाई पुन सञ्चालनको लागि तयारी थालिएको समेत टोकियो इलेक्टिक पावलर कम्पनीले बताएको छ ।
यही न्युक्लियर प्लान्ट नजिक भएर आज गएको भूकम्पबाट कुनै असर नपरेको र सबै निरिक्षण पछि सञ्चालनको तयारी भइरहेको बताइएको छ ।

यसैगरि भूकम्पको केन्द्र रहेको तथा सुनामीको चेतावनी जारि गरिएको क्षेत्रमा भूकम्प लगत्तै बन्द गरिएको भुमिगत रेलसेवा, बुलेट ट्ेन तथा उडानहरु र यातायातका सेवाहरु समेत नियमीत सञ्चालन हुन थालेका छन् ।

तर भूकम्प मापन केन्द्रले यही मापन केन्द्र बराबरको अर्को भूकम्प एक हप्ताभित्रमा आउनसक्ने अनुमान सहित त्यस समयमा समेत सुनामीको खतरा रहेको भन्दै सचेत रहिराख्न अनुरोध गरेको छ ।

सन् २०११ को मार्चमा पनि यही स्थानलाई केन्द्र बनाएर शक्तिशालि भूकम्प गएको थियो । जसबाट दश हजार बढी व्यक्तिको मृत्यु तथा अर्बौंको क्षति पुगेको थियो । उक्त समयमा न्यूक्लियर प्लान्टमा समेत असर पर्दा यसको प्रत्यक्ष असर जापानको राष्टिय अर्थतन्त्रमा समेत देखिएको थियो ।

जापानको भूकम्प मापन केन्द्रले आज गएको भूकम्प सन् २०१४ पछि आएको ७ रेक्टर माथिको पहिलो भूकम्प भएको बताएको छ । यसअघि सन् २०१२ मा मात्र सो क्षेत्रमा सन् २०११को भूकम्पको पराकम्पनका क्रममा सुनामीको चेतावनी जारि गरिएको समेत समाचारमा उल्लेख छ ।

चार दिनदेखी अमेरिका हुँदै हाल अर्जेन्टिनामा रहेका जापानी प्रधानमन्त्री सिन्जो आवेले भूकम्प लगत्तै एक भिडियो सन्देश दिंदै आफुले भूकम्प लगत्तै यसबारेमा जानकारी लिएर आवश्यक निर्देशन दिइसकेको भन्दै सरकारले नागरिकको सुरक्षाको लागि सबै उपाय अपनाउने भन्दै आफ्ना नागरिकलाई निश्चिन्त हुन आग्रह गरेका थिए ।

भूकम्प लगत्तै जापान सरकारले प्रतिरक्षा सुरक्षा संयन्त्र सहित दर्जनौं हलिकोप्टर सो क्षेत्रमा परिचालन गरि आवश्यक उद्दार र सहयोग थालेको थियो ।

भूकम्पका कारण सुनामीको चेतावनी जारि गरिएको क्षेत्रमा रेल सेवा अवरुद्ध हुँदा करिव ६ हजार यात्रु समस्यामा परेका थिए ।
भूकम्पका कारण करिव २३ मिनेट जापानभरको अधिकाश रेल सेवा अवरुद्ध हुन पुगेपनि केही समयमै सञ्चालन भएको केन्द्रिय रेल सेवा कम्पनीले उल्लेख गरेको छ ।

भूकम्प पछि जारी सुनामीको चेतावनीका कारण फुकुसिमा क्षेत्रका अधिकाशं विद्यालय तथा कार्यालयहरु आजको लागि बन्द गरिएका छन् ।

भूकम्प लगत्तै इवाकिको पेटेल कम्प्लेक्समा ६ बजेर १५ मिनेको समयमा आगलागि भएको थियो । तर प्रहरीले करिव २५ मिनेटमै यसलाई नियन्त्रणमा लिएको र यसबाट कुनै मानविय असर नपरेको भन्दै प्रहरीले यो भूकम्पकै कारण वा अन्य भन्ने खुली नसकेको बताएको छ ।

यो पनि पढ्नुहोस्

जापानमा ७.३ रेक्टरको शक्तिशालि भूकम्प, सुनामीको चेतावनी (LIVE VIDEO/अपडेट)

भूकम्प र सुनामीबाट जापानमा रहेका नेपाली सुरक्षित

सुनामीको खतरा/असरबाट बच्न यि उपाय अपनाइ हाल्नुस्

कांग्रेसमा कमजोर बन्दै संस्थापन, सशक्त बन्दै सिटौला समूह

काठमाडौं,मंसिर ७ । सत्तारूढ प्रमुख दल कांग्रेसमा भ्रातृ संगठनको निर्वाचन सकिएसँगै गुट–उपगुटहरू संस्थागत हुँदै गएका छन् । १३औं महाधिवेशनका बेला भागबन्डाको राजनीति पूर्णतः अन्त्य गर्ने घोषणासहित निर्वाचनमा होमिएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्णप्रसाद सिटौला पक्षधर नेपाल विद्यार्थी संघको महाधिवेशनपछि झनै गुट तथा उपगुटमा विभक्त भएका हुन् ।

आजको राजधानी दैनिकमा खबर छ– कांग्रेसभित्रका गुटहरू नेपाल महिला संघको महाधिवेशन हुँदै तरुण दलको महाधिवेशनसम्म आइपुग्दा झनै संस्थागत हुँदै गएका छन् । कांग्रेस संसदीय दलको निर्वाचनमा प्रत्यक्ष देखिएका देउवा, पौडेल र सिटौला समूह नेपाल विद्यार्थी संघ र नेपाल महिला संघको महाधिवेशनमा आइपुग्दा सतहमा देखिए भने पोखरामा सम्पन्न तरुण दलको महाधिवेशनसम्म आइपुग्दा खुमबहादुर खड्का समूह पनि अस्तित्वमा देखिएको छ ।

कांग्रेस नेताहरू पछिल्लो समय नेतृत्वको गलत शैलीका कारण गुट–उपगुट संस्थागत हुँदै गएको बताउँछन् । ‘लोकतान्त्रिक पार्टीभित्र गुट जन्मिनु स्वाभाविक हो, तर व्यवस्थापनमा नेतृत्व चुकेको छ । महाधिवेशनको म्यान्डेड ६०÷४० को राजनीति अन्त्य होस् भन्ने भए पनि नेतृत्व चुकेका कारण पार्टी कमजोर बन्दै गइरहेको छ,’ कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा भन्छन् ।

कांग्रेसलाई नजिकबाट नियालिरहेका विश्लेषक पुरुषोत्तम दाहाल पछिल्लो समय कांग्रेस पार्टीभन्दा पनि मोर्चामा परिणत हुँदै गएको निष्कर्ष सुनाउँछन् । कांग्रेसका लागि गुट महारोग भइसकेको र गुटभित्र पनि दुई÷चारजना पछि लगाएर उपगुट बनाउने प्रचलन बढ्दै गएकाले खराब प्रवृत्ति हावी भएको तथा यस्ता गलत कुरा नियन्त्रण नगर्दा पार्टी झनै कमजोर बन्दै गएको उनको बुझाइ छ ।

‘नेपाली कांग्रेसभित्र सिद्घान्त र निष्ठा हराउँदै गएकोे छ, संस्कृति निर्माणमा नेतृत्वले ध्यान नदिएकाले नेतृत्वको कमजोरीमा गुट–उपगुट जन्मिएको हो, यसमा गुट जन्माउनेहरू पनि उत्तिकै जिम्मेवार छन्,’ दाहालले भने ।

राजनीतिलाई नजिकबाट नियाल्दै आइरहेका अर्का विश्लेषक जुगल भुर्तेल नीति समाजवादी तर व्यवहार व्यक्तिवादी हुँदै गएकाले कांग्रेसभित्र विभिन्न गुट÷उपगुट सिर्जना भएको बताउँछन् । भागबन्डाको अवस्था पुरानै निरन्तरता भएको बताउँदै भुर्तेलले निर्वाचनपछि हारेको समूहले जितेको समूहलाई स्वीकार गर्न नसक्नु र जितेको समूहले हारेका समूहलाई सही व्यवस्थापन गर्न नसक्दा यस्तो अवस्था आएको बताए । ‘वर्तमान समयको राजनीतिक व्यवस्था नै विकृत छ, यसलाई सुधारिएको गुटतान्त्रिक संसदीय व्यवस्थाको संज्ञा दिए हुन्छ,’ उनले भने । एउटा सानो दल वा दुईचार नेता भएका दलले समेत समग्र राजनीतिमा प्रभाव स्थापित गर्न खोज्ने वर्तमान समानुपातिक निर्वाचन प्रणाली र उच्च नेतृत्वले मनोनीत गर्ने व्यवस्थालार्ई परिवर्तन नगरेसम्म जुनसुकै दलमा कांग्रेसकै जस्तो दुरावस्था देखा पर्दै जाने र त्यसले समग्र देशको राजनीतिमा नै प्रभाव पार्ने स्थिति देखा परेको भुर्तेलको निष्कर्ष छ ।

अहिले नेपाली कांग्रेसभित्र सभापति देउवा समूह मुख्य रूपमा पार्टीभित्र बलियो स्थितिमा रहेको बताइए पनि त्यसभित्र पनि थुप्रै उपगुट जन्मिएको छ । खुमबहादुर खड्काले देउवालाई काउन्टर दिन र आफ्नो प्रभावमा राखिराख्न छुट्टै उपगुट निर्माण गरेका छन् । सो समूहले देउवासँग निरन्तर बार्गेनिङको काम गर्दै आएको देउवानिकट नेताहरू बताउँछन् । यस्तै, वरिष्ठ नेता पौडेल समूहभित्र पनि प्रकाशमान सिंहको आफ्नै खेमा रहेको छ । पौडेल समूहमा कोइराला परिवारको पनि अर्कै खेमा रहेको छ भने अन्य पनि आधा दर्जन नेता आ–आफ्नै ढंगले उपगुट निर्माण गरिरहेका छन् ।

१३औं महाधिवेशनपछि पार्टीभित्र आफ्नो शक्ति देखाउन लागिपरेका कृष्ण सिटौला पक्ष पनि संस्थागत रूपमा निकै बलियो हुँदै गएको छ । सिटौला समूहले महाधिवेशनमा महŒवपूर्ण पद प्राप्त गर्न नसके पनि त्यसपछि भएका भ्रातृ संगठनहरूको निर्वाचनमा चित्तबुझ्दो स्थान प्राप्त गर्दै आइरहेको छ । राजनीतिक विश्लेषक शंकर तिवारी विश्वको इतिहासलाई हेर्ने हो भने गुटलाई नकारात्मक ढंगले हेरेर निरपेक्ष धारणा राख्न नहुने बताउँछन् । ‘विचार र आस्थाका आधारमा स्वच्छ गुट पनि जन्मिएका प्रशस्त उदाहरण छन्, राजनीतिलाई सही मार्गमा ल्याउन गुट नै सफल भएका उदाहरण पनि छन्,’ उनले भने ।

बालुवाटार शीर्ष बैठकमा कसरी भयो विवाद

काठमाडौं,मंसिर ७ । संविधान संशोधनको एजेन्डामा ‘निर्णायक’ छलफलका लागि डाकिएको प्रमुख तीन दलको शीर्ष बैठक द्वन्द्व बढाउने गरी चर्काचर्कीकै बीच विनानिष्कर्ष टुंगिएको छ । प्रमुख प्रतिपक्षी एमालेलाई सहमतिमा ल्याउने उद्देश्यसहित सत्तारुढ दलका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजना गरेको बैठक झन् द्वन्द्व चर्काउँदै टुंगिएको हो ।

कांग्रेस–एमालेको ९ बुँदे मानेर अघि बढौँ : प्रधानमन्त्री प्रचण्ड

हामीले ०७४ माघ ७ भित्रै संविधान कार्यान्वयन गरेर जानुपर्ने चुनौतीपूर्ण अवस्था छ । संविधान कार्यान्वयनका लागि पनि संशोधन जरुरी छ । सरकारले चारवटा विषयमा संविधान संशोधन गर्ने गरी प्रस्ताव तयार पारेको छ । राष्ट्रिय सभामा निश्चित संख्या निर्धारण गरी अन्य जनसंख्याका आधारमा प्रतिनिधित्व, नागरिकता, भाषा र सीमांकनबारे संविधान संशोधन गर्ने सरकारको तयारी छ । सीमांकनमा तपाईंहरू कांग्रेस–एमालेले विगतमा हस्ताक्षर गरेर अगाडि सार्नुभएको ९ बुँदे प्रस्तावकै सेरोफेरोमा रहेर सीमांकन विवाद मिलाऔँ । नवलपरासीदेखि बर्दियासम्म एउटा प्रदेश बनाएर जाऔँ । पहाडी जिल्लालाई पहाडी जिल्लातिरै मिलाऔँ ।

माओवादीले मान्यो, कुरा सक्यो : कांग्रेस सभापति देउवा

प्रधानमन्त्रीजीले जे प्रस्ताव राख्नुभएको हो, यसमा हामी एमाले–कांग्रेसले विगतमा सहमति गरेकै हौँ, त्यसवेला बरु यो प्रस्तावमा माओवादीकै असहमति थियो, उहाँहरूले बखेडा पनि झिक्नुभएको थियो । अहिले त्यही प्रस्तावमा माओवादी पनि सहमतिमा आएको वेला ठीकै छ, त्यसै गरेर जाऔँ ।

त्यस्तो प्रस्ताव बिर्सेर पनि नल्याउनु : एमाले अध्यक्ष ओली

सरकारले ल्याउन लागेको संविधान संशोधनको यस्तो प्रस्तावले मुलुक विखण्डनतर्फ जान्छ । राष्ट्रियताको हिसाबले पनि यस्तो प्रस्ताव कुनै हालतमा एमालेलाई स्वीकार्य हुँदैन । यसमा हामी कुनै पनि हालतमा साथ दिन सक्दैनौँ । एमालेको सहमतिविना आउने संशोधन प्रस्तावको कुनै तुक छैन, हामी त परै जाऔँ, स्वयं मधेसी मोर्चाका नेताहरूले पनि यो चारबुँदे प्रस्ताव मान्य छैन भन्नुभएको छ, अनि कसका लागि यो प्रस्ताव ल्याइँदै छ ? मैले त बुझेको छैन । तपार्इंहरू पनि यस्तो संशोधन प्रस्ताव बिर्सेर पनि दर्ता नगर्नुहोस् । दर्ता गर्नुभयो भने रचनात्मक प्रतिपक्षको भूमिका के हुन्छ, हामी त्यही गर्न बाध्य हुन्छौँ ।

एमालेमा अहंकार धेरै छ : प्रधानमन्त्री प्रचण्ड

एमालेलाई हामीबाहेक कुनै दल छैन, हामीले जे गर्छौँ त्यही हुन्छ भन्ने मात्र अहंकार छ । पहिले कांग्रेस र एमालेले ल्याएको प्रस्ताव हामीले मान्दा एमाले त्योभन्दा पछि किन हट्ने ? त्यस्तो अहंकार नदेखाउनुहोस् । आजको ओलीजीको कुरा सुन्दा एमाले आफ्नो पूर्ववत् सहमतिबाट पछि हटेको देखिन पुगेको छ । हामी आश्चर्यमा छौँ । तैपनि हामी भन्छौँ– मुख्य तीन दल सहमतिका आधारमै अगाडि बढौँ । तर, तपाईंहरू नमान्ने भए असहमतिका बीच पनि संशोधनको प्रक्रिया अगाडि बढाउनैपर्ने हुन्छ । हामी त्यहीअनुसार अगाडि जान्छौँ ।

हामी मात्र होइन, मधेसी मोर्चासमेत विरोधमा छ : ओली

हामीले कसरी अहंकार पालेको हुन्छ ? स्वयं मधेसी मोर्चाका साथीहरूले चारबुँदे संशोधन प्रस्ताव कुनै हालतमा मान्दैनौँ भनेका छन् । यसअघि पनि संशोधन प्रस्ताव दर्ता भएकै हो तर उनीहरूले मानेर आए त ? त्यसकारण पनि हामी संशोधन प्रस्तावमा समर्थन गर्न सक्दैनौँ । हाम्रो पार्टीको निर्णय पनि औचित्यहीन संशोधनको प्रस्तावमा समर्थन नगर्ने भन्ने छ । हामी संशोधन प्रस्तावमा समर्थन गर्दैनौँ मात्र होइन, तपाईंहरूलाई पनि संशोधन प्रस्ताव दर्ता नगर्न भन्छौँ ।

संविधानमा के छ कसैले हेरेको छ ? : एमाले उपाध्यक्ष वामदेव गौतम

संविधान संशोधन गर्न संवैधानिक रूपमै मिल्ने अवस्था अहिले छैन । तर, हामी संवैधानिक व्यवस्था हेर्दै नहेरी संशोधनको कुरा मात्रै गरिरहेका छौँ । सीमांकन हेरफेर गर्न प्रदेश सभाको सहमति चाहिने संविधानको धारा २७४ मा व्यवस्था छ । तर, अहिले खोइ कहाँ छ प्रदेश सभा?

फराकिलो बनाएरै जानुपर्छ : प्रधानमन्त्री

अझै पनि मुख्य तीन दल सहमतिमा नआईकन संविधान कार्यान्वयन हुने अवस्था छैन । संविधान संशोधन गरेर सबै पक्षलाई समेटेर फराकिलो बनाउने गरी हामी जानुपर्छ । यसमा हामी सबै पक्षले आफ्नो गोरुको बाह्रै टक्का गर्नुको साटो अझै छलफल गरौँ । सहमतिको प्रयासबाटै संविधान संशोधन गरेर कार्यान्वयनको दिशामा जाऔँ ।

यही प्रस्तावमा आइन्दा छलफलमा नबोलाउँदा हुन्छ :ओली

तपाईंहरूको यही प्रस्ताव हो भने सहमति हुँदैन । हाम्रो पार्टीको स्थायी समितिले राष्ट्र विखण्डन गर्ने विखण्डनकारी प्रस्तावमा सहमत हुन नसक्ने निर्णय गरेको छ । अरू केही विषय छन् भने छलफल गरौँ, तर संशोधनकै यही प्रस्तावका लागि आइन्दा छलफलमा नबोलाउँदा पनि हुन्छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

भूकम्प र सुनामीबाट जापानमा रहेका नेपाली सुरक्षित

टोकियो ।
जापानको फुकुसीमा केन्द्र भएर आज बिहान गएको ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्पबाट सो क्षेत्रमा रहेका नेपाली सहित जापानमा रहेका नेपालीहरु सुरक्षित भएको पाइएको छ ।

भूकम्पको मापन अधिकाशं जापानी सञ्चार माध्यमहरुले ७.३ रेक्टर स्केलको मापन गरिएको उल्लेख गरेको छ । तर केही मिडियाहरुले भने अमेरिकी भूगर्भ विभाग युएसजिएसलाई आधार मानेर अधिकतम ७.४ रेक्टरसम्म मापन गरिएको भन्दै भूकम्पको मापन ७.४ रेक्टर उल्लेख गरेका छन् ।

जापानस्थित नेपाली राजदूतावास तथा गैर आवासिय नेपाली संघ जापानमा हालसम्म नेपालीहरु गम्भिर रुपमा प्रभावित भएको खवर नआएको बताइएको छ ।

यसैगरि जापान सरकारले फुकुसीमा क्षेत्रमा हालसम्म कोही पनि गम्भिर रुपमा घाइते नभएको भन्दै भूकम्पका क्रममा जोगिन दौडंदा केही व्यक्ति सामान्य घाइते मात्र भएको पाइएको बताएको छ ।

भूकम्पबाट कुनैपनि भौतिक संरचनामा गम्भिर क्षति नपुगेको जापानको भूकम्प तथा मौसम मापन केन्द्र जापान मेटेरोलोजिकल एजेन्सीका प्रमूखले एक पत्रकार सम्मेलन मार्फत बताएका छन् ।

भूकम्पपछि ३ मिटर वा सो भन्दा माथिसम्मको सुनामी आउनसक्ने बताइएको छ । यो सूचना जारी भएपछि जापानी समय अनुसार बिहान १० बजेसम्ममा १ मिटर सम्मका सामुन्द्रिक छालहरु देखा पर्न थालिसकेका छन् भने यसबाट कुनैपनि असर परिसकेको छैन ।

भूकम्पपछि सुनामीको चेतावनी जारि गरिएका क्षेत्रमा अग्लो घर तथा स्थानमा जान सूचना जारि गरिएको छ । साथै अत्यावश्यक सामग्री साथमा लैजान समेत भनिएको छ ।

हालसम्म सो क्षेत्रमा रहेका नेपालीहरु गम्भिर समस्यामा परेको तथा असर परेको खवर कतै आइसकेको छैन । यसबारेमा टपनेपालन्युजडटकमले सो क्षेत्रमा रहेका नेपालीसँग सम्पर्क र जानकारी लिने काम गरिरहेको छ भने अन्य सञ्चार माध्यम र व्यक्तिहरुले समेत यस बारेमा जानकारी दिइराखेका छन् ।

यसैगरि फुकुसीमा क्षेत्रमा सन् २०११ मा आएको यस्तै खाले शक्तिशालि भूकम्पबाट असर पारेको न्यूक्लियर प्लान्टमा समेत अहिलेसम्म कुनै असर नपरेको र हालसम्मको अवस्था हेर्दा यो सुनामीबाट न्यूक्लियर प्लान्टमा असर पर्ने नदेखिएको भन्दै जापान सरकारले सबै न्यूक्लियर प्लान्ट तत्काल बन्द गरिसकिएको जनाएको छ ।

सामाजिक सञ्जालहरुमा आएका ठूलो भूकम्प, सुनामी जस्ता कुरा र नेपालबाट सञ्चालित केही अनलाईनले तथ्य बाहिर गएर गम्भिर र डरलाग्दा तस्विर सहितका समाचार राखेपनि त्यसको भर पर्न तथा नआत्तिन जापानमा रहनुभएका नेपालीका नेपालमा रहनुभएका सबै आफन्त, मित्र तथा शुभचिन्तक र नेपालीमा टपनेपालन्यजडटकम परिवार अनुरोध गर्दछ ।

जापानमा ७.३ रेक्टरको शक्तिशालि भूकम्प, सुनामीको चेतावनी (LIVE VIDEO/अपडेट)

सुनामीको खतरा/असरबाट बच्न यि उपाय अपनाइ हाल्नुस्

नेपाली समुदायमा स्कटिस विन्टर फेस्टिवल, चुंगी र क्यारम प्रतियोगिता

स्कटल्याण्ड, युके ।

स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था  अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर 'ओएनसीडब्लू' को आयोजनामा  स्कटिस विन्टर फेस्टिवल कार्यक्रम  एबर्डिन  सहर मा  आयोजना गरिएको छ ।

कार्यक्रम अन्तर्गत नेपाली सांस्कृतिक कार्यक्रम को साथै  चुंगी र क्यारम  प्रतियोगिता आयोजना गरिएको थियो।

नेपालमा निकै लोकप्रिय  भएपनि बिदेशमा पहिलो पटक यस्तो प्रतियोगितमा भाग लिदा सहभागीहरु निकै उत्साहित भएका थिए ।

१२ जना  सहभागी चुंगी प्रतियोगितामा डा  बिभु पौड्याल र १७ जना सहभागी  क्यारम प्रतियोगितामा अमृत बोहरा प्रथम हुनु भएको थियो। प्रतियोगिता बिजयीहरुलाई जेस्ठ नागरिक श्रीमती सोमा घिमिरेले पुरस्कार प्रदान गर्नु भएको थियो।

यस्तै संस्कृतिक कार्यक्रममा चार वर्षदेखि ७६ वर्ष सम्मका सहभागीहरुले प्रस्तुति दिएका थिए ।

संस्कृतिक कार्यक्रममा डा सोहन घिमिरे, रेनुका ढकाल, पावना  शर्मा, सोमा घिमिरे, मेलिसा रेग्मी, सोफी रेग्मी, मुकुल दाहाल, नबिन छेत्री, दिपेश रेग्मी, डा  विभु पौड्याल, सुहार्जन भट्टराईले गायन प्रस्तुति दिएका थिए भने अनुष्या बोहोरा, अंशु भण्डारी, आरजब पौडेल , सरल दाहाल लगायतले नृत्य र बाद्यबदन प्रस्तुत गरेका थिए।

अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर 'ओएनसीडब्लू' ले बिगत चार वर्षदेखि  साप्ताहिक रुपमा नेपाली समुदाय माझ स्वस्थ हिडाई  'हेल्थ  वाक' आयोजना  गर्दै आएको छ भने स्कटल्याण्ड सरकार र अन्य  निकायको सहयोगमा नेपाली समुदाय केन्द्रित विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

संस्थाका अध्यक्ष दिपेश रेग्मीले  नेपाली समुदायमा केन्द्रित रहेर धेरै कार्यक्रमहरु गर्न संस्था निकै  सफल रहेको बताउनु भएको छ।  स्कटिस विन्टर फेस्टिवलको लागि  स्कटल्याण्ड सरकार र स्कटल्याण्ड को अल्पसङ्ख्य  समुदायमा कार्य गर्ने बीइएमआइसले सहयोग गरेको थियो।

-प्रकाश अर्याल

सुनामीको खतरा/असरबाट बच्न यि उपाय अपनाइ हाल्नुस्

टोकियो ।
जापानमा आज बिहान ६ बजेर २ मिनेटको समयमा गएको ७.३ रेक्टरको भूकम्पपछि भूकम्पको केन्द्र रहेको फुकुसीमामा गम्भिर सुनामीको चेतावनी जारि गरिएको छ ।

सुनामीका कारण फुकुसीमा क्षेत्रको समुन्द्री किनारमा ठूलो क्षति व्यहोर्नु पर्ने हुनसक्ने भन्दै जापानी अधिकारीहरुले तत्काल सो क्षेत्रबाट नागरिकहरुलाई सुरक्षित स्थानमा जान भनिरहेका छन् ।

सुनामीबाट बच्न यि उपाय अपनाइहाल्नुस्

१. सकेसम्म नजिकका अग्लो स्थानमा गइहाल्नुस् ।

२. संभव भए अग्लो जमिनमा र नभए नजिकको अग्लो घरको माथिल्लो तल्लामा जानुहोला ।

३. साथमा रहेको मोबाइल, आइप्याड, ल्यापटप सहित चार्ज गर्न मिल्ने पोर्टेबल चार्जर, थोरै भएपनि पानी, केही प्याकिगं खाना र भए केही पैसा पनि बोक्नुहोला ।

४. नजिकका आफन्त तथा साथिहरुको सम्पर्कमा रहनुहोला ।

५. अत्यावश्यक उद्दार संयन्त्र, सुरक्षा निकाय लगायत सरकारी कार्यालयको नम्वर सम्झेर मोबाइलमा राखिराख्नुहोला ।

६. सुरक्षित स्थानमा रहँदा समुहमा बस्नुहोला ।

७. आफुसँग साथमा भएमा पानीमा तैरने हलुका खालको कपडा वा सामग्री बोक्नु भए राम्रो हुन्छ ।

८. साथमा छन् भने अत्यावश्यक केही औषधि पनि बोक्नुभए सजिलो हुन्छ ।

९. सुनामीको चेतावनी हटेको पूर्ण जानकारी नआइकन सुनामी चेतावनी जारि गरिएका क्षेत्रमा नफर्कनुहोला ।

१०. अत्यावश्यक ठानेर समय छैन भने कृपया सुनामी आउने समय अघि सुरक्षित स्थानमा पुग्न गाह्रो हुनेगरि गह्रौं सामान नबोक्नुहोला । निरन्तर सरकारले जारी गरेका सूचना र जापानी नागरिकहरुसँगै रहनुहोला । जसले गर्दा भाषामा केही कठिनाइ भएमा उनिहरुसँगै रहँदा उद्दारमा सहयोग पाउनुहुनेछ ।

यस बाहेक स्थानिय अवस्था र ठाउँ हेरेर सुरक्षित रहन उपाय अपनाउनुहुन अनुरोध गरिन्छ ।

कृपयाँ आफुबारेका जानकारीहरु सामाजिक सञ्जाल सहित नजिकका साथि तथा परिवारमा निरन्तर दिइराख्नुहोला ।

जापानमा ७.३ रेक्टरको शक्तिशालि भूकम्प, सुनामीको चेतावनी (LIVE VIDEO/अपडेट)

जापानमा ७.३ रेक्टरको शक्तिशालि भूकम्प, सुनामीको चेतावनी (LIVE VIDEO/अपडेट)

२२ नोभेम्वर, टोकियो ।
जापानमा आज बिहान स्थानिय समय अनुसार बिहान ६ बजेर २ मिनेटमा ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्प जापानको फुकुसीमा, इबाराकी केन वकी केन्द्र भएर गएको भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गरिएको छ ।

जापानको भूकम्प मापन केन्द्र जापान मेटेरोलोजिकल एजेन्सीले आफ्नो अनलाईनमा उल्लेख गरे अनुसार सुनामीको चेतावनी विशेषगरि फुकुसीमा क्षेत्रको भूकम्प केन्द्र रहेको नजिकका तटिय क्षेत्रमा जारी गरिएको छ । सुनामी १० मिटर उचाइ सम्मको आउन सक्ने समेत जापान मेटेरोलोजिकल एजेन्सीलाई उदृत गर्दै विविसीले उल्लेख गरेको छ ।

भूकम्पको अनुभव जापानभर गरिएको थियो । भूकम्पको मापन उच्चतम ७.३ रेक्टरको मापन गरिएको र यो ६.९ रेक्टरको न्युनतम मापनमा रोकिएको अमेरिकी भूगर्भ विभागलाई उदृत गर्दै इन्डिपेन्डेन्ट समाचार संस्थाले उल्लेख गरेको छ ।

जापान सरकारले भूकम्प पछि सुनामीको चेतावनी जारि गरिएका तटिय क्षेत्र सचेत रहन भन्दै घर बाहिर ननिक्लन अनुरोध सहित उक्त क्षेत्रमा आवश्य उद्दार र सहयोगको लागि निर्देशन दिइसकेको जापानी टेलिभिजनहरुले प्रशारण गरिररहेका छन् ।

जापानी अधिकारीहरुले फुकुसीमा क्षेत्रको तटिय क्षेत्रमा सुनामीको गम्भिर खतरा बढेको भन्दै त्यहाँ रहेका नागरिकहरुलाई अग्लो घर तथा अग्लो क्षेत्रहरुमा जान अनुरोध गरेको छ ।

आफुहरुले उद्दार टोलीलाई तत्काल खटाइसकेको भएपनि त्यो ढिलो हुनसक्ने भन्दै तत्काल सुरक्षित स्थानमा जान जापानी अधिकारीहरुले विशेष अनुरोध गरिरहेका छन् ।

सुनामी २० किलोमिटरको प्रतिघण्टामा आउने देखिएको र यो विनाशकारी समेत हुनसक्ने भन्दै जापानी अधिकारीहरुले टेलिभिजन, रेडियो तथा मोबाइलमा सन्देश पठाएर उक्त क्षेत्रमा रहेका नागरिकहरुलाई हट्न भनिरहेका छन् ।

यस्तै समुन्द्र किनार क्षेत्रमा खतराको घण्टी एकोहोरो बजाइ राखिएको छ । जापानी अधिकारीहरुले विशेषगरि प्रत्यक्ष टेलिभिजन मार्फत तत्काल समुन्द्र किनारमा रहेका घरमा रहेका नागरिकलाई अग्लो स्थानमा जान अनुरोध गरिरहेका छन् ।

अग्लो स्थान नभएमा अग्लो घरमा जान भनेका छन् । साथमा न्यानो कपडा र अत्यावश्यक सामग्री केही साथमा लैजान समेत भनेका छन् ।

पहिलो ७.३ रेक्टर स्केलको शक्तिशालि भूकम्प लगत्तै पुन सोही मापन केन्द्रको भूकम्प गएको थियो । त्यसपछि पनि ५ रेक्टर स्केल र त्यो भन्दा साना भूकम्पको पराकम्पनहरु गइरहेका छन् ।

सुनामी ६० सेन्टिमिटर सम्मको अग्लो छाल सहित आउने र यो त्यो भन्दा बढी पनि हुनसक्ने जापानी अधिकारीहरुले बताइरहेका छन् ।

सुनामीको चेतावनी जारि गरिएका क्षेत्रमा हेलिकोप्टर सहितको विशेष उद्दार टोली व्यापक खटाएको बताएको छ ।

साथै जापानी अधिकारीहरुले सुनामीको चेतावनी जारि गरिएको क्षेत्रमा खतरा हटेको सूचना जारि नभएसम्म नफर्कन समेत अनुरोध गरेका छन् ।

भूकम्प पछि कुनै गम्भिर क्षति वा मृत्यु र घाइते भएका खवर नआइसकेको भन्दै जापानी अधिकारीहरुले आफुहरुले नजिकबाट सुनामीको खतरालाई नियालीरहेको बताए ।

दोधारा चाँदनीमा प्रहरी भन्दा डिजे साउण्ड मालिक बलियो

पप्पु गुरुङ्ग, ६ मंसिर, दोधारा चाँदनी ।

दोधारा चाँदनीमा डिजे साउण्ड ब्यवस्थापनमा प्रहरी भन्दा डिजे साउण्ड मालिक बलियो देखा परेको छ् । आचार संहितालाई लत्याएर अबेर राती सम्म दोधारा चादनीको गाँउ, टोलमा डिजे साउण्ड मालिकले अबेर राती सम्म आचार संहिता उल्लंघन गर्दै आएका छन् । जस्मा नेपाल प्रहरीको चरम लापरवाहीको कारण डिजे साउण्ड मालिक बलियो हुदै आएका बताईएको छ् ।

प्रहरीको कारण ब्यवस्थापनमा फितलो भएको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनीका वडा नं. १ देखि १० वडा सम्म १२ बजे सम्म डिजे सा“उण्ड बजाउन पाउने आचार संहिता निमार्ण गरे पनि प्रहरीको कारण ब्यवस्थित तरिकाले आचार संहिता लागु नभएको स्थानियहरुको गुनासो रहदै आएको छ् ।

गृह मन्त्रालय तथा युएनडिपी को साझेदारीमा संचाललित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाको सहकार्यमा दोधारा चा“दनीमा गरिएको सर्वपक्षिय तथा सर्वदलिय बैठक तथा छलफलमा अबेर सम्म बज्ने डिजे साउण्डले नगरको जनजिवनमा नकारात्मक प्रभाव परेको निश्र्कष निकाल्दै दोधारा चाँदनीमा नगरस्तरिय आचार संहिता निर्माण गरि कार्वान्वनमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई जिम्मा दिईएको थियो ।

प्रहरीको निरन्तर गस्तिमा कमी ल्याउको कारण डिजे साँउण्ड ब्यवस्थापन कार्य फितलो भएको एक थरीको भनाई रहेको छ् । “बिहान सम्म डिजे साँउण्ड बज्दा समेत प्रहरीले खासै चाँसो देखाएको छैन्” एक स्थानियले भने ।

डिजे साँउण्ड ब्यवस्थापन सम्पुर्ण कार्यको जिम्मा सर्वपक्षीय निर्णय गरेर प्रहरीलाई दिदा समेत प्रहरीले डिजे साँउण्ड ब्यवस्थापनमा प्रभावकारी कदम नचालेको स्थानियहरुको आरोप रहेको छ् । सर्वपक्षिय बैठक तथा छलफलमा अबेर सम्म बजने डिजे साँउण्ड लगाम लगाउने बिषयमा जनगुनासो आएपछि सर्वदलिय तथा सर्वपक्षिय निर्णय गरि गृहमन्त्रालय तथा युएनडिपी को साझेदारीमा संचाललित सशस्त्र हिंसा न्युनिकरण तथा सामुदायिक सुरक्षा सबलिकरण परियोजनाले ठुलै कसरत गरेर निमार्ण गरेको आचार संहिता कार्यान्वन नहुदै तुहिएर गएको हो ।  दोधारा चाँदनीको सुरक्षाको प्रमुख चुनौतीको रुपमा रहेको डिजे साउण्डलाई थप ब्यवस्थापन गर्न प्रहरी कडा रुपमा प्रस्तुत नभएको गुनासो सुनिदैआएको छ्  ।

जापानमा एक अर्ब चोरी काण्डमा चार ताईवानी पक्राउ

टोकियो ।
करिव एक अर्ब जापानी येन चोरीबारे छानविन गरिरहेको जापान प्रहरीले संदिग्ध ठानिएका चार ताईवानीलाई पक्राउ गरेको छ ।

गत बिहिबार मात्र खुलासा भएको सो रकम चोरीमा सिसिटीभि फुटेजका आधारमा भन्दै जापानी प्रहरीले ती चार ताईवानीलाई पक्राउ गरेको जपानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

जापानी प्रहरीले अवैध रुपमा यूनियन पे बाट रकम झिक्ने काममा संलग्न रहेको आधारमा ६ महिनाको अनुसन्धानपछि उनिहरुलाई पक्रिएको बताइएको छ ।

पक्राउ परेका चार मध्ये २२ बर्षीय ताइवानी चि चिङ हसिङ नाम गरेका युवाले यूनियन पे कार्डबाट ४ चार लाख ५० हजार यान अर्थात ४ हजार १ सय अमेरिकी डलर बैङ्कको एटिएमबाट निकालेको पुष्टि भएको छ ।

सन् २००२ बाट संचालनमा आएको यूनियन पे कार्ड डेबिट र क्रेडिट दुबै रुपमा प्रयोग गर्न सकिन्छ ।

यसबाट प्रयोगकर्ताहरु एटिएमबाट नगद झिक्न र व्यापारिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छन् ।

यूनियन पे कार्ड चिनमा लोकप्रिय रहेको छ । जापानमा पनि प्रायः चिनीयाँ नागरिकहरु सामान किन्नको लागि यसको प्रयोग गर्ने गर्दछन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web