१० मंसिर, काठमाडौं ।्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी मुद्दामा सुनुवाइ थालेको दुई सातामै फैसला हुने भएको छ ।

मुद्दामा अन्तिम सुनुवाइका लागि प्रक्रिया पूरा भएको छ । मुद्दाको पेसी १६ गते तोकिएको छ ।

‘सबै प्रमाण तयार भएकाले मंसिर १६ गतेदेखि अन्तिम सुनुवाइको पेसी तोकिएको छ,’, सर्वोच्च अदालत प्रशासनले भन्यो, 'विपक्षीका कानुन व्यवसायीले मुद्दा लम्ब्याउने प्रयार नगरे सुनुवाइ सुरुको दुई सातामै फैसला हुनसक्छ ।’

अदातती बन्दोबस्ती नियम अनुसार कार्कीका कानुन व्यवसायीले दुई पटकसम्म सुनुवाई स्थगन गर्न पाउने आजको नागरिक दैनिकमा समाचार छ ।

विपक्षी बनाइएका कार्की म्याद बुझेर अदालत उपस्थित भएपछि लगातार सुनुवाइ गरी मुद्दालाइ किनारा लगाउन सबै अंग पुगेको छ । कानुनी रुपमा मुद्दामा पक्ष विपक्षको लिखित जवाफ आएपछि अंग पुग्छ ।

१० मंसिर, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल संविधान संशोधन प्रक्रियामा सामेल नहुेन निर्णय गरेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको सहमति जुटाउन सक्रिय छन् ।

एमालेसँग बिहीबार भएको संशोधन विधेयक दर्ताअघिको अन्तिम भनिएको छलफलमा पनि दाहाल सहमति जुटाउन सफल भएनन् ।

सहमतिका लागि संशोधन विधेयक संसदमा दर्तापछि पनि प्रयास जारी राख्ने उनको योजना छ ।

नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धन सरकार संविधान संशोधन विधेयक दर्ताको अन्तिम तयारीमा रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

एमालेका भीम रावल र वामदेव गौतम तथा माओवादीका उपप्रधान तथा अर्थमनत्री कृष्णबहादुर महरासहित बिहीबार भएको छलफलमा दाहालले ओलीलाई संशोधनमा सहमति जनाउन पटकपटक आग्रह गरेका थिए ।

हिजो दिउँसो तिरको कुरा हो , म परिक्षा सकाएर हिड्दै कोठा भएतिर आउँदै थिएँ । धेरै टाढा नभएकोले गाडी चढिन । कलंकी चोकबाट बाफल सम्म हिड्नुपर्ने । रोडको साईडमा हिड्दै थिएँ, पछाडिबाट अकस्मात् एउटा मोटरसाइकलले हर्न बजायो । गल्ती गरेँ क्यारे जस्तो लागेर अलि छेउतिर लागेँ । मोटरसाइकल मेरो नजिकैबाट मतिर हेर्दैहेर्दै बिस्तारै अघि बढ्यो । मैँले पनि हेरेँ, मास्क लगाएको हेलमेट लगाएको मान्छेको आँखा मात्रै देखिन्थे त्यो पनि गिद्दे दृष्टिले मतिरै हेर्दै गरेका । उ अगाडि बढ्यो र केही सेकेन्ड हिडेर रोकिराखेको गाडिहरुको आडमा पुगेर बाइक रोक्यो । म हिड्दै त्यहीँ पुगेँ । शुरुमा सोचेँ, कोही चिनेको मान्छे पो हो कि ? बोलुला झै गरेर मैतिर उही दृष्टिमा हेर्दै थियो तर उ मलाई अपरिचित लाग्यो, अघि बढेँ । फेरि केही अगाडि उसैगरी बाइक रोक्यो, अब भने मलाई उ माथि शंका लाग्यो त्यो भएपटि नहेरे जसरी बाटो लागेँ तर खै कुन्नि के भनेर उस्ले मलाई बोलायो र नजिकै बाइक ल्याइपुर्यायो । मैलेपनि खाँउला झै गरि हेरिदिएँ बल्ल उ अघि बढ्दैथियो । संयोगबस मेरो दाजु बाइक लिएर आइपुग्नुभयो र म पछाडि बसेर बाटो लागेँ त्यसपछि त्यो मान्छेलाई मैले देखिन ।

म क्याम्पस गएर नियमित पढ्न थालेको धेरै भएको छैन । एम.एड. दोस्रो वर्षकी विद्यार्थी । सामान्यतया: यति पढाइ हुनेलाई उच्च शिक्षा पाएका शिक्षित ब्यक्ति भनिन्छ । हरेक दिन क्याम्पस जाँदा लामो कुर्ता सुरुवाल लगाएर पछाडि ब्याग भिरेर सामान्य रुपमा जाने गर्छु । एकदिन दुईदिन गर्दै सँगै अध्ययन गर्ने साथिसङ्गीहरु परिचित हुन थाले । सामाजिक सञ्जाल फेसबुकको व्यापक प्रयोगबाट म पनि अछुतो छैन । केही पुरुष मित्रहरूले सबैभन्दा पहिले साथी बन्ने अनुरोध गर्नुभयो, स्विकारेँ । नियमित सामान्य गफगाफ हुन थाले । सबै मित्रहरूसँग पढाइका, क्याम्पसका, परिक्षाका विषयमा विषेश कुरा हुन्थे । ती मध्ये एकजना साथी अलिक बढि नै नियमितता देखाउनुहुन्थ्यो । उहाँ फेसबुकमा पनि ब्युटि भनेर सम्बोधन गर्ने गर्नुहुन्थ्यो । ननिको लागेर नभन्नुस् भन्दा पनि उहाँ भनिरहनुहुन्थ्यो । केहिदिन अघिको कुरा हो, म टाउको दुखेर थलिएको थिए । केहिबेर सुतेर फेसबुक चलाउने सोचेँ । उनैको सन्देश थियो, के छ खबर ? परिक्षा कस्तो चल्दैछ आदि । प्रतिउत्तर दिए । अनलाइन नै रहेछन् । गफ सुरु गरिहाले । केहिबेरको कुराकानी पछि टाउको दुखेको जनाउँदै मैले बिदा भएर फेसबुक बन्द गरेँ । भोलिपल्ट फेसबुक खोल्दा उनको सन्देश थियो, " लामो हाँसो । केरा लिएर आउँ त भेट्न ? " यो कस्तो प्रकारको समवेदना हो ? टाउको दुखाइ बताएपछि हाँस्नु, त्यसपछि केरा लिएर भेट्न आउँछु भन्नुलाई मैँले कसरी बुझ्ने ? टाउको दुखाइको औषधी के हो मलाई थाहा छ, न कि केरा । तुरुन्तै जवाफ दिएँ, भो खाँचो छैन तिमी जस्ता साथी । दुई अर्थी कुरा गरेर मजा लिन खोज्छौ ? अर्कोको दुख हाँसेर उडाउछौ ?

फेसबुक मै भएको अर्को घटनाको कुरा गर्दा एक नाम चलेको गैरसरकारी संस्थाका माथिल्ला तहका पुरुष कर्मचारी साथीको रुपमा थिए । उक्त संस्था सँग राम्रो चिनजान रहेपनि उनिसँग प्रत्यक्ष भेटघाट भएको थिएन । मैँले काम गर्ने संस्थामा मैले गरेको कामको उनले काम गर्ने संस्थामा निकै प्रशंसा हुन्थ्यो र यो जानकारी उनलाई थियो । त्यसैले पनि होला नियमित कुराकानी गर्नेमा उनी पनि पर्थे तर उनका सम्बोधन पनि उस्तै हुन्थ्यो । "ब्ल्याक ब्युटि, काली, राम्री" आदिआदि । म भने उनलाई सम्मानजनक शब्दहरुको प्रयोग गर्थें । कहिलेकाही त्यस्तो नभन्नुस् भन्दै गर्दा केही दिन नभन्ने र फेरि दोहोर्यादउने गर्थे उनी । वास्तवमा उनी थिए एक आठदश वर्षकी छोरीका बाबू । एकदिन उनले सिमा पार गरे । खास जसरी बुझ्यो कुराहरु त्यस्तै हुन्छन् भन्ने गरिन्छ तर मैँले जे बुझेँ त्यसले मैले आफुलाई हिंसा गरेको बुझेँ, असह्य भयो। "I love you Kali Beauty" उनको सन्देश । उनी ठुला मान्छे, के भनेर गालि गर्ने त ? कुनै दिन तपाईंको यो सन्देश काम लागोस्, मैले उत्तर दिएँ । उनी बल्ल हिचकिचाए, डराए । नरिसाउनुहोला, माफी पाउँ भनेर केहि समय हराए । आजभोलि उनले सन्देश शुरु गर्दा 'नमस्ते' बाट शुरु गर्छन् । महिला सशक्तीकरणका विषयलाई चर्को रुपमा उठाउने संस्थाका पहरेदार उनी आँफै यस्ता थिए भने अरुबाट के आशा गर्ने ?

६/७ कक्षातिर पढ्दा गुरुहरु हुनुहुन्थ्यो । हामी बिद्यार्थी उहाँहरू सँग ज्ञानगुनका कुरा सिक्थ्यौ । तर एक्लै फेला पर्दा उहाँहरू पनि मौकाको फाइदा लिइहाल्नुहुन्थ्यो । "कस्ले कपाल कोरिदियो? कसले गाजल लगाइदिएको ? जुम्रा हेरिदिन्छु।" भन्दै असहज लाग्ने तरिकाले शरीर छुन खोज्नुहुन्थ्यो उहाहरुमध्ये कोहि कोहि । यस्तो सधै त हुदैनथ्यो तर जे होस्, त्यसपछि ती गुरुहरुका छेउ पर्न, प्रश्नहरू सोध्न अनि गृहकार्य गरेर बुझाउन मन कहिलै लाग्दैन थियो । उहाहरुले बिर्सिपनि सक्नुभयो होला मैले यस्तो गरेथेँ भनेर अनि सायद उहाहरुलाई गलत गरेँ भनेर महसुस नै भएन होला । नत्र आजभोलि पनि नजिकका कतिपय साना नानीहरू हिचकिचाउँदै सकिनसकि गर्छन् उहीँ ब्यवहारका कुरा । सबै गुरुहरुले यसै गर्नुभएन तर हिंसाको अनुभव दिलाउन केही गुरुहरुका ती अनुहार नै काफि छन्, दिल खोलेर प्रतिभा प्रस्फुटनमा रोक्नका लागि, सिर्जनशीलतालाई खारिनुका सट्टा बन्द गराउनका लागि ।

यस लेखलाबुई पढ्दै गर्दा कति पुरुषलाई लाग्ला यसले हाम्रो पर्दाफास गरि, अनि कतिले त्यो हिंसक गलत रहेछ भन्लान् र कोहिकोहिले आफैंले गरेका कृत्यहरु स्मरण नै गर्लान् । भने जो महिलाहरूले अध्ययन गर्लान् ती मध्ये कतिका समान भोगाइ हुनेछ यो कथा भने कतिले असल काम गर्न, शक्तिशाली हुन महिले भएकोले नरोकिने अन्दाज लगाउलान् । तिनै उच्च क्षमतावान केही महिलाहरुलाई पर सारेर बाँकी मध्यम र निम्न स्तरीय महिलाहरूको कुरा गर्ने हो भने यो भोगाइ यो पीडासँग मेल खानेछ र कतिपयका पीडा अझै दर्दनाक हुनेकुरामा दुईमत छैन जो शिक्षित पनि हुनुहुन्छ, अझ अशिक्षित र ग्रामीण भेगका महिलाहरूको भोगाइका पीडा त स्मरण गरिसाध्य छैन । जो महिलालाई हिंसा पिडित भएको थाहा छ उनी दुखले छट्पटिनेछिन भने पिडित भएको थाहै नपाउने चाहिँ चुपचाप रहनेछिन् अन्जान अबोध बालबालिका जसरी ।

उल्लेखित साझा समस्याहरू महिलाले महिला भएकै कारणबाट भोग्ने समस्याहरु हुन् । न त कुनै कानुनी रुपमा प्रमाण नै पुग्ने, न त समाज साक्षी राखेर दोषीलाई यसको दोष य१ हो भनेर औला उठाउन मिल्ने यस्ता हिंसात्मक अनगिन्ती पिडाबाट गुज्रिएर पनि यहि समाजमा आफ्नो स्थान, मान र नाम राख्न सक्नु वास्तवमा एक पुरुषले विना हिचकिचाहट शिखर चढेभन्दा कम छैन एक महिलाका लागि ।

हिंसा सहनु पनि गलत हो भन्ने गरिन्छ, कानुन प्रयोग नगर्नु पनि दोषी हुनु हो भन्ने गरिन्छ । तर कानुनले ठोस प्रमाण खोज्ने गरेको छ, महिलाका बेदना र भावनाको भाषा बुझ्दैन कानुन । यस्ता प्रकारका हिंसात्मक कृयाकलापको प्रमाणका रुपमा के प्रस्तुत गर्ने ? गाडिभित्र बनावटि असहजता सृजना गरेर महिलालाई दुख दिने पुरुषलाई कुन कर्तुत पेश गरेर सजाय दिलाउने ? बाटोमा केटिमान्छे हिड्दा छतबाट र झ्यालबाट तालि पिट्ने, सिठि बजाउने, जिब्रो पड्काउने केटाहरूलाई सजाय दिने कस्तो कानुन बनेको छ ? हर्न बजाउँदै केटीको अघिपछि गर्ने केटालाई कुन कठघरामा कसरी उभ्याउने ? नवबिबाहित पल्लाघरे दाजुले भाउजूको भन्दा तिम्रो प्रगति चाहन्छु तिमिलाई धेरै माया गर्छ भनिरहँदा गलत आफुलाई लाग्दालाग्दै पनि उ गलत हो भनेर महसुस कसरी गराउने ? यस्ता मानशिक हिंसापिडितहरुलाई सम्बोधन हुने कानुन कहाँ बनेको छ ? कस्को लागि लागू हुन्छ ? बास्तवमा हिंसा शारीरिक मात्र नभएर अन्य किसिमबाट पनि हुन्छ र सबै हिंसा दण्डनीय नभएको कुरा कानुन निर्माताहरुले बुझ्नु जरुरी छ । अन्तमा हिंसकहरुको बिकृत मनस्थितिको उपचार गराउनु नै हिंसा निर्मुल पार्ने अचुक उपचार हो कि ?

सुस्मिता न्यौपाने
कुमरी, नुवाकोट
हाल : काठमाडौ ।

९ मंसिर, टोकियो ।
५४ बर्षपछि जापानको राजधानी टोकियोमा आज नोभेम्वर महिनामै हिमपात भएको छ ।

बुधवार साँझबाटै चिसिएको मौसमसँगै जापानको मौसम पूर्वानुमान एजेन्सीले मध्यरातबाटै हिउँपर्न थाल्ने बताएको थियो ।

झण्डै तीन पुस्ताले एकै पटक नोभेम्वरमा नै हिउँको अनुभव गर्न पाएका छन् ।

५४ बर्षअघि हिउँ पर्दाको अनुभव विर्सिसकेका तथा बाल्यकाल रहेकाहरुले मात्र यसपाली दोस्रो पटक नोभेम्वरमा हिउको अनुभव गर्न पाएको जापानी समाचार संस्थाहरुले व्याख्या गरेका छन् ।

सामान्य त १० देखी १५ डिग्रि तापक्रम रहने समयमा हिजोबाट मौसममा बदलाव आएपछि हिजो बिहानै आजको लागि हिउँ पर्ने अनुमान सहित खवरहरु प्रशारण भएका थिए ।

अनुमान गरिएजस्तो भारि हिमपात अहिलेसम्म नभएपनि केही स्थानमा भने सार्वजनिक सवारीहरु आवागमनमा असर परेको देखिएको छ ।

जापानको मूख्य यातायातको सेवा रेल सेवा कतैपनि पूर्ण रुपमा ठप्प नभएको भन्दै जापानी समाचार संस्था एनएचकेले अधिकाशं ठाउँमा ढिलो गरि रेल सेवा सञ्चालन भइरहेको बताएको छ ।

नियमीत समयभन्दा केही ढिलो गरि रेल सेवा चल्दा यात्रुहरुलाई समस्या परिरहेको छ ।

कुन ठाउँमा कत्तिको हिउँ पर्दैछ यो पढ्नुहोस्

जापानमा ५४ बर्षपछि आज भारी हिमपात हुँदै, रेल सेवा अवरुद्ध हुनसक्ने

९ कार्तिक, काठमाडौं ।
खाना पकाउने ग्याँस सिलिण्डर पुरानो र कमसल हुँदा बम सिलिण्डर बन्ने गर्दा डरमा रहेका नेपालीहरुलाई केही भनेपनि राहत मिल्ने भएको छ ।

तर, अब केही समयपछि भने नपड्कने खालका ग्याँस सिलिण्डर आउने भएको छ ।

नेपाल आयल निगमले फलामबाट बनेको परम्परागत सिलिन्डरको सट्टा आधुनिक प्रविधिको ‘कम्पोजिट’ सिलिन्डर प्रयोगमा ल्याउने तयारी गरेको छ ।

यसलाई तत्काल अनिवार्य नगरेपनि प्रयोगमा प्रोत्साहन गर्दै लैजाने नीति निगमले बनाउने भएको छ ।

यसका लागि सबै ग्यास उद्योगले ५ प्रतिशत ‘कम्पोजिट’ सिलिन्डर राख्नु पर्ने बाध्यकारी व्यवस्था गर्न लागिएको नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले बताएका छन् ।

‘कम्पोजिट सिलिन्डर महंगो पर्ने हुनाले यसलाई विस्तारै विस्तापित गर्ने योजना बनाएको निगमले बताएको छ ।

अहिले ५३ वटा कम्पनीले खाना पकाउने ग्यासको कारोबार गर्दै आएका र नेपालमा करिव ८० लाख फलामे सिलिन्डर रहेको ठानिएको छ ।

पहिलो चरणमा करिव ३ देखि ४ लाख कम्पोजिट सिलिन्डर बजारमा आउने बताइएको छ ।

कम्पोजिट सिलिन्डर फाइबरबाट बनेको हुन्छछ भने आगो लागे पनि हत्तपत्ति नपड्किने नै यसको प्रमुख विषेषता हो । यसैकारण यो सिलिन्डर निकै सुरक्षित मानिन्छ ।

यो सिलिन्डर परम्परागतभन्दा निकै हलुका हुन्छ । १४ केजी ग्यास भरिसकेपछि यसको तौल २२ केजी मात्रै हुन्छ ।

सिलिण्डर किनेर ल्याएर उपभोक्तालाई बेचेर पैसा लिने ग्याँस कम्पनीहरुले भने सिलिण्डर किन्दा भन्सार छुट चाहिने माग गर्न थालेका छन् ।

निगमले समेत ग्याँस कम्पनीहरुसँगको मिलेमतोमो त्यसको प्रयोगलाई प्रोत्साहन गर्न भन्दै सरकारसँग भन्सार छुटको माग गर्दै यसको लागि पहल गरेको छ ।

९ मंसिर, काठमाडौं ।
सामाजिक अभियन्ता डा. गोविन्द केसी आमरण असनमा बसेको १२ दिन भइसक्दा समेत संवाद र समस्या समाधान छाडेको सरकारले एमबीबीएस विद्यार्थीसँग ६५ लाखसम्म असुल हुन थाल्दा मौन बसेको छ ।

सत्ता बाहिर हुँदा चर्का भाषण गर्दै भेट्न पुग्ने गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल र गगन थापा सरकारमा भएपछि भने अहिले बेखवर जस्तै बनेर केसीको मागको वेवास्ता गरिरहेका छन् ।

स्वास्थ्य मन्त्री गगन थापा साना मेडिकलमा छापा मार्दै ठूला उपलब्धिको प्रचारमा व्यस्त छन् तर उनले मेडिकल कलेजहरुले एकजना एमबीबीएसका बिद्यार्थीबाट धमाधम ६५ लाखसम्म शुल्क उठाइरहँदा थाहा नपाएजसरी मौनता साँधेका छन् ।

समाचार अुनसार कतिपय दलालहरुले समेत विद्यार्थीबाट पैसा उठाइराखेका छन् । तर, चिकित्साशास्त्र अध्ययन संस्थान भने कानमा तेल हालेर बसिरहेको छ ।

सरकारलाई चाँहि डा. केसीका जायज मागहरुको सुनुवाइ गर्नुको साटो सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिनमै फुर्सद छैन ।

इलामकी एक छात्राले एमबीबीएसका लागि प्रवेश परीक्षामा ६ हजार विद्यार्थीसँगै अघिल्लो पंक्तिमा नाम निकालिन् । छोरीलाई डाक्टर पढाउने सपना बोकेका उनका पिता अहिले अरबमा रोजगारी गरिरहेका छन् । तर, राम्रो अंक ल्याएर नाम निकालेकी उनकी छोरीले धेरैवटा मेडिकल कलेज धाउँदा पनि चर्को शुल्कका कारण भर्ना गर्न नसकेको अनलाईन खवरले समाचार लेखेको छ ।

स्रोतका अनुसार उनी एमबीबीएसमा भर्नाका लागि बुझ्न इलामबाट चितवन मेडिकल कलेज पुगिन् । त्यहाँ कलेजका कर्मचारीले उनलाई भने– ‘६५ लाख दिनोस्, फारम–सारम पनि केही भरिरहनुपर्दैन, सीधै भर्ना गरिदिन्छौं ।’

डा. गोविन्द केसीकै आन्दोलनपछि सरकारले एमबीबीएसका विद्यार्थीका लागि ३५ लाख रुपैयाँमात्रै शुल्क निर्धारण गर्ने गरी माथेमा आयोगले प्रतिवेदन दिएको थियो । तर, विद्यार्थीको भर्ना गर्ने समय आइसक्दा पनि क्याबिनेटले विद्यार्थीको शुल्क निर्धारण नगरी मेडिकल कलेजहरुलाई लुटको धन्दा चलाउने बैधानिकता दियो । यसमा त्रिविका पदाधिकारीहरुको समेत मेडिकल माफियाहरुका सामु लाचार बने ।

स्रोतका अनुसार काठमाडौंका निजी मेडिकल कलेजहरुले ६० लाखभन्दा कममा भर्ना नगर्ने भन्दै विद्यार्थीसँग बार्गेनिङ गरिरहेका छन् । काठमाडौंको केएमसी लगायतका कलेजमा भर्नाका लागि दलालहरुमाझ सोर्सफोर्स र बढाबढ चल्ने गरेको छ ।

कतिपय दलालले आफूलाई १० लाख रुपैयाँ कमिसन र कलेजले मागेजति शुल्क तिर्ने हो भने भर्नाको सुनिश्चितता गरिदिने बताउने गरेका छन् ।

त्यस्तै जोरपाटीको एनएमसीले स्वदेशी कोटा सकिएको भन्दै अन्तरराष्ट्रिय कोटाका नाममा एकजना विद्यार्थीसँग ६० लाखसम्म मागिरहेको छ । उनीहरुले यो कोटामा ४५ लाख भारु लाग्ने बताउने गरेका छन् ।

त्यस्तै विराटगरको बिराट मेडिकल कलेजले ५५ लाख लिने गरेको स्रोतले बतायो ।

अनसनरत डा. गोविन्द केसीले एमबीबीएस अध्ययनमा सरकारबाटै निश्चित शुल्क तोकिनुपर्ने माग गर्दै आएको धेरै भइसकेको छ । उनी अहिले पनि १२ दिनदेखि अनसनमै छन् । र, उनको स्वास्थ्य अवस्था कमजोर बनिरहेको छ ।

डा. केसीले माग गरेजस्तै सरकारले नै शुल्क तोकिदिने हो भने मेडिकल कलेजले यसरी मनमौजी शुल्क लिन नपाउने र विद्यार्थीहरु ठगीमा नपर्ने निश्चित छ । यो अवस्थामा ३५÷४० लाख खर्च हुने पढाइमा ६०÷६५ लाख तिर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने थियो । तर, यसमा सरकार र त्रिविका पदाधिकारीको मौनताले विद्यार्थीमाथि शोषण कायम राख्न मेडिकल माफियाहरुलाई छुट प्रदान गरिरहेको छ ।

अरबको भूमिमा काम गर्ने नेपालीहरुको पसीनाबाट ६५ लाख रुपैयाँसम्म शुल्क उठाउने मेडिकल कलेजहरुको यस्तो धन्दालाई हेर्ने हो भने डा. गोविन्द केसीले गरेको शुल्क निर्धारणको माग व्यवहारिक एवं जायज नै देखिन्छ ।

मेडिकल शिक्षामा देखिएको यस्तो व्यापारीकरणका कारण शिक्षा नागरिकको नैसर्गिक अधिकार हो भन्ने संवैधानिक हकको समेत धज्जी उडेको छ ।

सरकार यतिबेला डा. गोविन्द केसी बरु ‘कोमा’ मा रहुन् तर मेडिकल कलेजहरुले जनतालाई यसैगरी लुटिरहुन् भन्ने ध्याउन्नमा देखिएको छ ।

सरकारले अझै केही दिन यसैगरी आँखा चिम्लने हो भने निजी मेडिकल कलेजहरुले प्रतिव्यक्ति ६५, ७० लाखका दरले पैसा उठाइसक्ने छन् । त्यसपछि केसीका मागमाथि छलफल गर्नु भनेको लगनपछिको पोते मात्रै हुनेछ ।

किनभने लगभय यसैसाता देखि एमबीबीएस र बीडीएसको भर्ना सम्पन्न भएर पढाइ सुरु हुनेछ ।

डाक्टरी पढाइ मध्यम वर्गका लागि सेतो हात्ती

निजी मेडिकल कलेजहरुको व्यापारीकरणका कारण गरीक तथा मध्यम वर्गका विद्यार्थीहरुले आफू जेहेन्दार भएर पनि डाक्टरी पढ्न सक्ने अवस्था छैन ।

यसको विपरीत धनीमानीका छोराछोरीले भने योग्यता नभए पनि पैसाका कारण भर्ना भएर पढ्न सक्ने स्थिति छ । र, यही बेथितिलाई अन्त्य गर्न डा। गोविन्द केसीले आन्दोलन गर्दै आएका छन् । उनले मेरिटका आधारमा विद्यार्थीको छनौट गरिनुपर्ने र एमबीबीएसमा ३५ लाख भन्दा बढी शुल्क लिन नपाइने माग राख्दै आएका छन् ।

तर, मेडिकल माफियाहरुकै कारण केसीको यो मागलाई सरकारले सुनुवाइ गरेको छैन ।

स्वास्थ्य मन्त्री रहेका गगन थापा समेत यिनै माफियाहरुसँग मिलेर अहिले केसीका मागको बिरोध गर्न थालेका छन् भने कार्यान्वय भइरहेको भन्दै उनको माग संवोधन गर्न इन्कार गर्न थालेका छन् ।

युएई ।
संयुक्त अरब एमिरेट्स ९युएई०मा १४ जना नेपाली अलपत्र परेका छन् ।

सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण युएईको अलऐनमा अलपत्र परेका हुन् ।

काठमाडौं पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख रूपैयाँसम्म तिरेर आएका उनीहरुले करार पत्रमा भनेअनुसार काम समेत नपाएको बताएका छन् ।

युएईमा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिने भन्दै म्यानपावरले आफूहरुलाई पठाईएको उनिहरुले बताएका छन् ।

भनेजस्तो काम नपाएपछि अलपत्र परेको र आफूहरुसँग खानका लागि पनि पैसा नरहेको भन्दै पिडितहरुले उद्दारको लागि आग्रह गरेका छन् ।

अलपत्र पर्नेहरूमा चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी छन् ।

त्यस्तै भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर छन् ।

त्यस्तै उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिके र बर्दियाका प्रदिप शर्मा ढकाल रहेका छन् ।

उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ दिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ४ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको समेत बताएका छन् ।

आफूहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीलाई करार पत्रमा भनेअनुसार काम युएई आएर नपाएको भन्दै पटक(पटक जानकारी गराउँदा समेत वास्ता नगरेको उनिहरुले पिडा पोखेका छन् ।

उनीहरुले दूतावास गएर आफूहरु समस्यामा परेको र कम्पनीले नेपाल पठाउन लागेको जानकारी गराएका छन् । दूतावासले पत्र लेखेर सम्बन्धित म्यानपावरलाई कारबाहीका लागि अनुरोध गरेको बताइएको छ ।

त्यस्तै दूतावासले सम्बन्धित कम्पनीले आगामी दिनमा ल्याउने मागपत्रलाई स्वीकृत नगर्ने र कामदारबाट लिएको रकम फिर्ता गराउन सम्बन्धित निकायमा खबर गरेको नेपाल राजदूतावासले जनाएको छ ।

म्यानपावर सञ्चालक सुमन श्रेष्ठले आफू दुई(तीन दिन भित्रमा युएई आउने र काममा लगाउने भन्दै महिनौ कुराएर सम्पर्क बिहिन बनेको पिडितहरुले आरोप लगाएका छन् ।

९ कार्तिक, टोकियो ।
जापानको फुकुसीमा केन्द्र भएर आज बिहान अर्को शक्तिशालि भूकम्प गएको छ ।

२२ नोभेम्वरमा केन्द्रविन्दु रहेकै फुकुसीमा केन्द्र भएर ६.१ रेक्टर स्केलको पराकम्प गएको जापानको भूकम्प मापन केन्द्र जापान मेटेरोलोजिकल एजेन्सीले जनाएको छ ।

गत मंगलबार सोही क्षेत्रमा केन्द्रबिन्दु बनाएर बिहान ५ बजेर ५९ मिनेटमा ७.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्प पनि सुनामी वा कुनै खतराको सूचना जारि गरिएको छैन । यसअघिनै जापानको भूकम्प मापन केन्द्रले एक हप्ताभित्र सो क्षेत्र केन्द्रविन्दु भएर नै उत्तिनै मापन बराबरको पराकम्प जानसक्ने भन्दै सचेत रहन भनेको थियो ।

भूकम्पका कारण समुन्द्रको सतहमा केही परिवर्तन आएर सामान्य छाल मात्र उठ्न सक्ने एजेन्सीले जनाएको छ ।

यसअघि गत मंगलबारको भूकम्पपछि तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी जारी गरिएको थियो । यद्यपी त्यसबाट कुनै मानविय क्षति भने नपरेको बताइएको थियो ।

भूकम्पको अनुभव फुकुसिमा, इबाराकि, मियागी, यामागाता, तोचिगि, साइतामा, चिवा, निगाता, अओमोरी, इवाके, अकिता, गुन्मा, टोकियो, कानागावा, यामानासी, नागानो, सिजुओका लगायत क्षेत्रमा अनुभव गरिएको छ ।

यो पनि पढ्नुहोस्

जापानमा ५४ बर्षपछि आज भारी हिमपात हुँदै, रेल सेवा अवरुद्ध हुनसक्ने

जापानमा ७.४ रेक्टरको भूकम्प पछिको सुनामी खतरा हट्यो

८ मंसिर, टोकियो ।
जापानको राजधानी टोकियो सहित कान्तो क्षेत्रमा केही घण्टापछि हिउँ पर्ने भएको छ ।

जापानको मेटेरोलोजिकल एजेन्सीका अनुसार ५४ बर्ष पछि यति छिट्टै ९नोभेम्बरमै० बाक्लो हिउ पर्न लागेको क्योदो समाचार संस्थालाई उदृत गर्दै जापान टाइम्सले उल्लेख गरेको छ ।

एजेन्सीका अनुसार आज मध्यरात करिव ३ बजेको समयबाट हिउँ पर्न थाल्नेछन् । टोकियो नजिकका आसपासमा केही बाक्लो हिउँ पर्न सक्ने भन्दै एजेन्सीले यसबाट रेल सेवामा समेत असर पर्नसक्ने बताएको छ ।

विशेषगरि कान्तो क्षेत्रमा रेल तथा सवारी आवागमनमा समेत असर पर्नसक्ने भन्दै यसको लागि नागरिकहरुलाई पूर्व तयारी गर्न भनिएको छ ।

५४ बर्षपछि नोभेम्वरमै यतिधेरै बाक्लो हिउँ पर्ने सम्भावना रहेको भन्दै मेटेरोलोजिकल एजेन्सीले चिसो हावा चिसो हावा कान्तो क्षेत्रबाट दक्षिणरित बहने र यसले कान्तो, कोसि क्षेत्र र पहाडी भेगमा भारी हिमपात हुने बताएको छ ।

कोसिन क्षेत्रमा २ सेन्टिमिटर सम्म बाक्लो हिउँ पर्ने भन्दै उत्तरी कान्तो क्षेत्रका पहाडमा १५ सेन्टिमिटर र हाकोने, कानागावा प्रिफेक्चर, चिचिबु, साइतामा प्रिफेक्चरमा १० सेन्टिमिटरसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ ।

बाक्लो हिउँका कारण विद्युतीय तार, बोट विरुवा तथा रुखहरुमा समेत भारती हिमपातले असर पार्नसक्ने भन्दै नागरिकहरुलाई मध्यरातबाट घरबाहिर निक्लँदा बाक्लो कपडा, लगाएर तथा हिउँमा जोगिने गरि यात्रा गर्न भनिएको छ ।

विशेषगरि जापानमा नेपालीहरु मध्यरात तथा बिहानपख कामको लागि हिँड्ने भएकाले भोलीको लागि पूर्व तयारी स्वरुप बाक्लो कपडा, तातो खाना, चिसोबाट लाग्नसक्ने रोग तथा चिसोको रोग भएकाहरुलो सचेत रहन अनुरोध गरिन्छ ।

यसको लागि सबैले आफ्ना साथिभाई तथा आफन्तमा सन्देश दिएर सचेत बनाउन समेत अनुरोध गर्दछौं ।

टोकियो ।
फोक्सोमा क्यान्सर भएर चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचाररत याम कुमारी खरालको उपचारकोलागि जापानबाट २ लाख येन आर्थिक सहयोग गरिएको छ ।

फोक्सोमा क्यान्सर भइ दुई महीना अघि देखी चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारत उनको आर्थिक अवस्था कमजोर भएको खवरपछि गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियोका सचिव श्री लक्ष्मण कार्कीको नेतृत्वमा रकम संकलन गरिएको थियो ।

गल्कोट स्पोर्ट्स क्लव टोकियोका महासचिव समेत रहेका कार्कीको नेतृत्व तथा गल्कोट समाज क्षेत्रीय समिती टोकियोका अध्यक्ष निम बहादुर खड्का तथा कृष्ण खत्री र प्रकाश भण्डारीको सकृयतामा जम्मा २०३२०० येन संकलन भएर पठाएको बताइएको छ ।

जेनिथ रेमिट मार्फत बिरामी याम कुमारी खरालकी सहोदर दिदी देवी गौतमको बैक अफ काठमाण्डौंको लुम्बिनी शाखा को खाता न स् ०५६२००८१०३०९५२४ मा पठाएको बताइएको छ ।

उक्त रकम जेनिथ रेमिटले निःशुल्क पठाईदिएको अभियानकर्ता लक्ष्मण कार्कीले जानकारी दिएका छन् ।

यस अभियानमा सहयोग गरेको भन्दै अभियानकर्ताहरुले सबैलाई धन्यवाद सहित सहयोग गर्ने ५९ जनाको नाम र रकम समेत उल्लेख गरेको छ ।

१-बुद्ध बस्नेत हरिचौर-५०००एन
२-लक्ष्मण कार्की भुंगखानी-५०००एन
३-ईश्वर बस्नेत हरिचौर-५०००एन
४-निम बहादुर खड्का दुधिलाभाटी-५०००एन
५-डिलाराम निउरे नरेठाटी -५०००एन
६-प्रकाश भण्डारी दुधिलाभाटी-५०००एन
७-हरि कार्की भुंगखानी कमेण्डाडा-५०००एन
८-टोप कार्की भुंगखानी कमेण्डाडा-६०००एन
९-अर्जुन भण्डारी दुधिलाभाटी-५०००एन
१०-किष्ण खत्री भुंगखानी-५०००एन
११-मोहन खत्री भुंगखानी-५०००एन
१२-भवानी पन्त-११११एन
१३-याम बहादुर खत्री भुंगखानी-५०००एन
१४-गंगा बहादुर खड्का काफलठुटा-३०००एन
१५-चन्द्र बहादुर खत्री जस्पुर-२०००एन
१६-लाल बहादुर बस्नेत हरिचौर-२०००एन
१७-भिम बहादुर खत्री झाक्रिस्थान-३०००एन
१८-भविन कार्की हरिचौर-३३३३एन
१९-नवीन निउरे हटिया-३०००एन
२०- जित बहादुर खत्री(पुरन)हरिचौर-५०००एन
२१-मिन बहादुर दर्जी हटिया-६-५०००एन
२२-याम खत्री कौलेनी-२०००एन
२३-लवकुमार बुढाथोकी-१००००एन
२४-मीन बहादुर कार्की भुंगखानी-२०००एन
२५-ईश्वर कार्की(तेजेन्द्र)भुंगखानी-३०००एन
२६-पदम खड्का झाक्रिस्थान-३१५५एन
२७-शेर बहादुर खत्री भुंगखानी-५०००एन
२८-ईश्वर कार्की जस्पुर-२०००एन
२९-तेजेन्द्र थापा हिल-१००१एन
३०-मिन बहादुर खत्री भुंगखानी-३१००एन
३१-तुल बहादुर खड्का काफलठुटा-३०००एन
३२-नन्द खत्री भुंगखानी-५०००एन
३३-शिव कार्की हटिया-१-२०००एन
३४-थम्मन बोहोरा नारानघाट-२०००एन
३५-अनिल सापकोटा काक्राखोर-२०००एन
३६-नारायण +टंक+सुरेश थापा मल्म-३०००एन
३७-कृष्ण शर्मा चितवन-२०००एन
३८-टंक बस्नेत लमही-२०००एन
३९-सुमित खत्री दुधिलाभाटी-३०००एन
४०-भिम बहादुर बस्नेत डान्सिन डाडा-२०००एन
४१-कुल बहादुर खड्का झाक्रिस्थान-६५००एन
४२-दल बहादुर खड्का झाक्रिस्थान-५०००एन
४३-कमल खत्री अर्गल-२०००एन
४४-कृष्ण गौतम गल्याग-२०००एन
४५-राजु शर्मा ग़ुल्मी मालिका-१०००एन
४६-धन बहादुर खत्री भुंगखानी-५०००एन
४७-सन्तोष खत्री भुंगखानी-५०००एन
४८-सम्मर बस्नेत चिनामाली-५०००एन
४९-नर बहादुर थापा ताराखोला-५०००
५०-भरत मल्ल मल्म-२०००
५१-किसान बस्नेत नरेठाटी-२०००
५२-बिजय भण्डारी धुस्तुग-२०००
५३-महेन्द्र साहनी हटिया-२०००
५४-रत्नसिंह बस्नेत-२०००एन
५५-तेजेन्द्र भण्डारी थुम्का-३०००एन
५६-रविन भण्डारी हटिया-२०००एन
५७-दिपक थापा काठमाण्डौ-२०००एन
५८-लक्ष्मण खत्री भुंगखानी-२०००एन
५९-मिना श्रेष्ठ हटिया-२०००एन
प्रेम खत्री रु ५००० र लिलबहादुर थापा रु ३००० नेपालबाट नै हस्तान्तरण ।

टोकियो ।
नेपाली काँग्रेसका गरिष्ठ नेता रामचन्द्र पौडेल जापान आउने भएका छन् । अख्तियार प्रमूख लोकमानसिंह कार्की महाअभियोग, संविधान संसोधन, राजनीतिक गतिरोध जारी रहेका बेलामा पौडेल भने झण्डै दुई साताको लागि जापान आउने भएका छन् ।

मधेश केन्द्रित दलहरुले उठाएको विवादीत संविधान संशोधनको पक्षमा उभिंदै संविधान संशोधन हुनुपर्ने बताउँदै आइरहेका पौडेल पछिल्लो समय पार्टीभित्रै अल्पमतमा पर्दै गइरहेका छन् ।

महाधिवेशनमा सभापती पदमा शेरबहादुर देउवासँग पराजित भएपछि एउटा गुट सम्हाल्दै आएका पौडेलको कुरा पार्टीभित्रै सुनिन छोड्न थालेको छ ।

पौडेल जापानमा यही नोभेम्बर २७ देखि डिसेम्बर पाँच तारिखसम्म हुने विशेष कार्यक्रममा भाग लिन आउन लागेको बताइएको छ ।

जापान सरकारको निमन्त्रणामा भनिएको कार्यक्रममा पौडेलसंगै नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. १० का सांसद राजन केसी तथा नेता पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारी समेत सँगै आउँदैछन् । केसी हाल प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन क्षेत्र १० किर्तिपुर क्षेत्रमा हराएका सांसद हुन् । निर्वाचनमा शिर्ष नेतालाई हराएपनि केसी त्यसपछि भने गुमनाम जस्तै छन् ।

पौडेलले जापानको परराष्ट्र मन्त्रालयको विशेष भेटघाट कार्यक्रम सहित जापानको विकास निमार्णका योजनाहरुको अवलोकन गर्ने बताइएको छ । त्यस बाहेक उनले जापानमा रहेको नेपाली काँग्रेस निटक भातृसंस्थाका कार्यक्रममा पनि सहभागीता जनाउने भएका छन् ।

स्मरणीय छ जापानमा नेपाली काँग्रेसको केन्द्रिय पार्टी जस्तै दुई गुटमा विभाजित नेतृत्वले दुईवटा प्रवास समिति चलाउँदै आएको छ । जसमा एउटाको नेतृत्व डिपि कँडेलले गरिरहेका छन् भने अर्को समितिको नेतृत्व लाल बहादुर केसी रोषनले गर्दै आएका छन् ।

जापानमा रहेका नेपाली काँग्रेस समर्थकहरुले भने पौडेलको भ्रमणका क्रममा जापानमा रहेको भातृसंस्था नेतृत्वको विवाद मिल्ने आशा राखेको पाइएको छ ।

निर्वाचन र मतदान समेत भएर स्थगित भएको नेतृत्व विवाद यस्तो रहेको छ पढ्नुहोस्

नेपाली जनसम्पर्क समिति जापानको कार्यसमितिद्धारा शपथ ग्रहण, बिवाद यथावत

नेपाली जनसम्पर्क समिति जापान, केसीद्धारा निर्वाचन बहिस्कार, कँडेल समुहद्धारा मतदान सुरु

टोकियो ।
रामेछाप समाज जापानले अँग्रेजी नयाँ बर्ष २०१७ को पूर्व सन्ध्यामा वृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

राजधानी टोकियोमा हुने सांगितिक कार्यक्रम डिसेम्बर ११ तारिख आईतवार गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिनुभयो ।

साँगीतिक कार्यक्रमको लागि चर्चीत गायिका इन्दिरा जोशी सहित पप गायक अल्मोडा राना उप्रेती सहित हांस्य कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे समेत जापान आउने भएका छन् ।

यसैगरि गायिकाहरु गीता सेन्चुरी, तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती तथा श्रीधरा अधिकारी, दर्शन लामा ९राजु० लगायतको विशेष प्रस्तुति रहने भएको छ ।

सामान्य तर्फ ३ हजार र विशेष व्यक्तिहरुको लागि भिआईपी टिकटको रुपमा १ मान अर्थात् १० हजार जापनी येन तोकिएको कार्यक्रमको नाम रामेछाप सांगीतिक साँझ २०१६ राखिएको छ ।

रामेछाप समाज जापानका अध्यक्ष उत्तम श्रेष्ठले सांगीतिक कार्यक्रमबाट बचेको रकम रामेछाप जिल्लामा एम्बुलेन्स किन्नका लागि सहयोग गरिने जानकारी दिनुभयो ।