एमालेको धम्कीपछि पछि हट्यो सरकार, अब के हुन्छ ?

काठमाडौं,मंसिर ११ । संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र अन्य पक्षसँग पुनः एकपटक औपचारिक तथा अनौपचारिक छलफल गर्ने निष्कर्ष निकालेको हो ।

संविधान संशोधन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पूर्णतः असहमति जनाएको र मधेश केन्द्रित दलहरुले आन्दोलनको धम्की दिइरहेका बेला सबै पक्षसँग मिलेर नै अगाडि बढ्ने र सकेसम्म धेरैको सहमति जुटाउने प्रयास गर्ने बैठकमा सहमति भएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पक्षसँग एकसरो छलफल गर्ने तयारी गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । काँग्रेस सभापति शेरबहादुर देउवाले पनि एकपटक अनौपचारिक रुपमा मधेसवादी दलसँग छलफल गर्ने र त्यस आधारमा शनिबार थप परामर्श गरेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिएको बताइएको छ ।

प्रधानमन्त्रीले कानुनी पाटोबाट पनि छलफल गर्नुभएको बताइन्छ । प्रेस सल्लाहकार आचार्यले सबै पक्षसँगको छलफलका आधारमा नै सहमतिमा नै संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिएको र छलफल सोही दिशामा केन्द्रित रहेको बताए ।

बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, काँग्रेस सभापति शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए । आजको राजधानी दैनिकमा खबर छ ।

राजनीतिक शुद्धिकरणका लागि ठूला दल ‘थ्रेसहोल्ड’कै पक्षमा

काठमाडौं,मंसिर ११ । संसद विचाराधीन विधेयकमार्फत दलको मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने पक्षमा अधिकांश ठूला दल उभिएका छन् तर साना दल भने थ्रेसहोल्डको व्यवस्था लोकतान्त्रिक मान्यताविपरीत हुने भन्दै विपक्षमा छन् ।  साना दलले राज्य व्यवस्था समिति सभापतिलाई समेत थ्रेसहोल्ड नराख्न ध्यानाकर्षण गराएका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि साना दलका प्रतिनिधिले ज्ञापनपत्र बुझाइसकेका छन् संसद्मा विचाराधीन विधेयकमाथि शुक्रबार राज्य व्यवस्था समितिमा भएको छलफलमा ठूला दलका सांसदले राजनीतिक शुद्धीकरणका लागि थ्रेसहोल्ड आवश्यक रहेको बताए । स्थिर सरकारको परिकल्पनाका लागि पनि थ्रेसहोल्ड आवश्यक रहेको उनीहरूको भनाइ छ । कम्तीमा तीनदेखि पाँच प्रतिशत थ्रेसहोल्डको पक्षमा उनीहरूले धारणा राखेका हुन् । आजको गोरखापत्रमा समाचार छ ।

छलफलमा काँग्रेस सांसद गणेशकुमार मण्डलले तीनदेखि पाँच प्रतिशतसम्म थ्रेसहोल्ड राख्न आवश्यक हुने बताए। मण्डलले भने, ‘कम्तीमा तीनदेखि पाँच प्रतिशतसम्म थ्रेसहोल्डको व्यवस्था हुनुपर्छ । राजनीतिक स्थिरताका लागि थ्रेसहोल्ड आवश्यक छ । दल दर्ताका लागि पाँच सय मतादाताको हस्ताक्षरको व्यवस्था बढाएर कम्तीमा पाँच हजार पुर्‍याउनुपर्छ ।’

एमाले सांसद रामेश्वर फुँयालले आवधिक निर्वाचनको मिति कानुनमै स्पस्ट पार्ने गरी विधेयक परिमार्जन गर्नुपर्ने बताए । फुँयालले राजनीतिक स्थिरताका लागि पाँच प्रतिशत थ्रेसहोल्ड आवश्यक रहेको बताए । उनले भने, ‘निर्वाचनको मिति ऐनमै स्पस्ट पारौँ । दलबीचमा फरक धारण छन् तर सहमति गरेर थ्रेसहोल्ड पाँच प्रतिशत राखौँ । ’

माओवादी केन्द्रका सांसद रवीन्द्रप्रताप शाहले राजनीतिक स्थिरताका लागि थ्रेसहोल्ड आवश्यक रहेको बताए । शाहले निर्वाचनको मिति घोषणा गर्ने अधिकार सङ्क्रमणकालीन विशेष परिस्थिति भएका कारण निर्वाचन आयोगलाई तत्काल दिन नहुने बताए । उनले भने, ‘थ्रेसहोल्डको व्यवस्था हुनुपर्छ तर सङ्क्रमणकालको अवधिभर निर्वाचनको मिति तोक्ने अधिकार निर्वाचन आयोगलाई दिनहुन्न ।’

एमाले सांसद गङ्गालाल तुलाधरले राजनीतिक दलका निर्वाचन समिति प्रमुखसँग समेत छलफल गरेर विधेयकलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए । तुलाधरले उपसमिति गठन गरी विधेयक टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।

Construction of Upper Trishuli – III A to resume soon

The reconstruction of the upper Trishuli-III A hydropower project that has been halted since the Gorkha Earthquake last year is likely to resume soon.

The implementation of the project began with the loan assistance from the Chinese Import Export Bank which has agreed on the proposal of Ministry of Finance to extend the deadline for the payment of loan by the next five years.

During the meeting with the representatives of Finance Ministry, Energy Ministry, Nepal Electricity Authority and other authorities concerned, the Chinese side also agreed to resume the project.

China Gezhouba Group Co., Ltd, is to resume the construction by the second week of December, Project Chief Phanidraraj Joshi said.

However, the government would release budget of Rs 610 million to construct embankment structure on both sides of the river where the project is based.

Ruling parties to consult all sides again

The ruling parties are to once again hold discussions with all sides in a bid to forge consensus on sticky issues including the constitution amendment.

A meeting between the Nepali Congress and the CPN (Maoist Centre) held at the Prime Minister's official residence in Baluwatar this morning reached to the conclusion of holding formal and informal consultations among the ruling parties, Madhes-centric parties and others one more time.

It is learnt that the two major ruling parties' meeting reached to this conclusion with the intent of moving ahead together with all sides and forging consensus among as many sides as possible.

Prime Minister's press advisor Govinda Acharya said that the Prime Minister is preparing to hold one round discussions with all sides.

CIO faces lawsuit for fake degrees

The Commission for the Investigation of Abuse of Authority (CIAA) has filed a lawsuit against Chief Investigation Officer (CIO) with the National Investigation Department Sohan Kumar Rauniyar on the charge of possessing fake academic certificates.

He has been charged with holding the responsible position on the ground of fake educational degrees.

The CIAA, during the preliminary investigations, found that educational certificates that Rauniyar presented while joining the Department as a chief guard and getting promotions to the posts of assistant inspector, deputy inspector, inspector and the chief investigation officer were fake.

Govt only mandated to enforce statute, not amend it : UML Chair Oli

CPN (UML) Chair KP Sharma Oli has said the government's duty is to enforce the constitution not to amend it as it is planning to.

Speaking in a press meet at Pokhara Airport this morning, the chairman of the main opposition UML accused the government of purporting to lengthen transition giving priority to the constitution amendment issues.

Chairman Oli further said the constitution amendment that is not acceptable to the people won't be acceptable to UML party.

Only the issues concerning the people's rights should be addressed, he asserted.

The announcement of supplementary budget is expected when there is a budget crisis in the new project or undertaken project, but the government tries to bring such budget without clarifying the need, he argued.

श्रीमतीको कुरुवा बसेका पत्रकार कर्ण बोहराको असामयिक निधन

१० मंसिर, काठमाडौं ।
चिन्ताजनक अवस्थामा उपचाररत श्रीमतीको कुरुवा बसेका पत्रकार कर्ण बोहरा कुरुवा बसेकै ठाउँमा मृत भेटिएका छन् ।

नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाका पूर्व सभापती समेत रहेका३६ वर्षीय बोहराको राजधानीको भेनस इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालको अर्को बेडमा उपचार गराइएकी श्रीमतीको कुरुवा बसेका बोहरा सँगैको खाली बेडमा सुतेका थिए, तर उनी शुक्रबार दिउँसो अस्पतालको बेडमा मृत अवस्थामा फेला परेका हुन् ।

पत्रकार दीपक ओलीका अनुसार श्रीमतीको कुरुवा बसेका बोहरा दिउँसो १ बजे श्रीमतीको बेडनजिकैको अर्को बेडमा आराम गर्दै सुतेका थिए ।

करिव ३ बजे डाक्टरले उठ्न भन्दै बोलाउँदा बोहरा नउठेपछि उनलाई डाक्टरले उठाउने प्रयास गरेका थिए । तर उनको मृत्यु भइसकेको पाइएपछि उनकी श्रीमतीको अवस्था चिन्ताजनक बनेको छ ।

आफुलाई उपचार गर्न अस्पतालमा कुरुवा बसेका श्रीमान्कै मृत्युपछि अचेत बनेकी उनको श्रीमतीको हाल आइसियुमा उपचार भइरहेको छ ।

बझाङ स्थाय घर भएका पत्रकार बोहरा दुई दशकदेखी पत्रकारितामा संलग्न थिए । बोहराको निधनपछि उनका आफन्तजन आएपछि दाहसंस्कार गरिने भएको छ ।

पत्रकार कर्ण बोहराको निधनमा पत्रकार तथा पत्रकारिता पेशासँग आवद्ध सँगै विभिन्न संघसंस्था र व्यक्तिले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । पत्रकार बोहराको निधनमा दुख व्यक्त गर्दै उनको शवमा श्रद्धाञ्जली व्यक्त गर्न अस्पतालमा उपस्थित हुनेहरुको संख्या पनि बढेको छ ।

बोहराको असामयिक निधनको कारण खुल्न सकेको छैन । उनको शव पोष्टमार्टम गर्ने विषयमा समेत परिवारका सदस्यसँग सल्लाह भइरहेको अस्पतालले जनाएको छ ।

जापानमा डिपेन्डेट भिषामा काम गर्नेको आम्दानीमाथि यस्तो नियम आउँदैछ

टोकियो ।
डिपेन्डेट भिषामा परिवारसँग रहेका व्यक्तिहरुको आम्दानीमाथि जापान सरकारले लगाउँदै आएको करमा नयाँ नियम ल्याउने भएको छ ।

प्रतिव्यक्ति वार्षिक आम्दानी १० लाख तीनहजार येनसम्म कमाउदाँ लाग्ने करको दायरालाई बढाएर जापान सरकारले १५ लाख बनाइने भएको छ ।

आगामी नयाँ आर्थिक बर्षबाट लागु हुने यो नियम अनुसार हाइगूस्या अर्थात् परिवारको आयमाथिको करको सीमालाई पहिले भन्दा बढाइन लागेको हो ।

परिवारको साथमा रहेका विशेषगरि महिला कामदारलाई लक्षित गर्दैै उनिहरुलाई काममा बढी सहभागीता गराउने उदेश्य सहित जापान सरकारले यस्ते नियम आगामी अप्रिलबाट लागु गर्ने भएको छ ।

जापान सरकारले विषेगरि नयाँ कामदार बढाउने भन्दा भएका कामदारलाई कामगर्ने समय बढाउन यस्तो नियम ल्याउन लागेको बताइन्छ ।
हालको नियम अनुसार १० लाख सम्मको वार्षिक आम्दानीमा अब थप ५ लाख बढी कमाएपनि उत्तिनै कर लाग्नेछ । अर्थात् डिपेन्डेन्ट भिषामा रहेकाले बार्षिक १५ लाख जतिको आम्दानी गर्न पाउनेछन् ।

प्रधानमन्त्री सिन्जो आवे सरकारको सत्तारुढ घटक दलले संसदबाट पास गरेर यसलाई यसैवर्ष देखि लागु गर्ने गरि विधान पारित गर्ने तयारी थालेको छ ।

जापानमा विदेशी कामदार तथा विद्यार्थी र दक्ष जनशक्ति आउन खुकुलो नीति अपनाउँदै आएको आवे सरकारले जापानमा घटदो कामदारको मागलाई हालकै कामदार संख्याबाट पुर्ती गर्न पनि यो नियम चालेको देखिएको छ ।

नयाँ नियम लागु भएको खण्डमा जापानमा विशेषगरि कुक भिषामा आएका श्रीमान्को साथमा रहने महिला तथा एजु, विद्यार्थी भिषामा रहेकाहरुको डिपेन्डेट परिवारले पनि यो सुविधाबाट लाभ लिन सक्नेछन् ।

नयाँ नियम लागु नभएपनि हाल जापानमा रहेका अधिकाशं विद्यार्थी, डिपेन्डेन्ट लगायतले तोकिएको भन्दा बढी समय काम गरेको पाइन्छ । जसले गर्दा जापानी प्रहरीको धरपकड तथा केहीले कष्ट झेल्दै आएका छन् भने कतिपय अवस्थामा नेपाल फर्काइएको घटना समेत सार्वजनिक हुँदै आएका छन् ।
अब नयाँ नियम लागु भएमा केही हदसम्म भएपनि यि समस्या समाधान हुनेछन् ।

विद्यार्थीको हकमा हप्तामा २८ घण्टामात्र काम गर्न पाउने भएपनि आउन लागेको नयाँ नियमपछि विद्यार्थीहरुले पनि ४० घण्टासम्म गर्न पाउने नियम अर्को छुट्टै तयार पारिएको प्रावधानमा उल्लेख भएको यसअघिनै समाचारहरु प्रकाशित भइसकेका छन् ।

जापानमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई खुशीको खवर !

खुसीको खवर । जापानमा अध्ययन गर्ने विद्यार्थीलाई Green Card सहित काम गर्ने सुविधा

जापानमा सडक दुर्घटनामा कार कुच्चिंदा पनि यसरी जोगिए दुई नेपाली (फोटो फिचर)

टोकियो ।
तस्विरमा देखिएको कार हेरेपछि जो कोहिले ठान्नेछन् कि यसमा सवार व्यक्तिहरु कम्तिमा पनि गम्भिर घाइते भए होलान् ।

तर भगवान भरोसा भन्ने नेपाली भनाई जस्तै भगवान भरोसाले जोगिएका छन् दुई नेपालीहरु ठूलो सडक दुर्घटनाबाट ।

यसरी सवारी दुर्घटनामा परि सकुशल रहन सफल भएका हुन् जापानका युवा व्यवसायी तथा समाजसेवी दिलु खत्री र चन्द्र बहादुर खत्री ।

'नियममा रहेर सवारी चलाए दुर्घटनामा परेपनि जोगिदो रहेछ भन्ने गतिलो पाठ पनि सिकायो यो घटनाले' टपनेपालन्युजडटकमसँगको कुराकानीका क्रममा दिलु खत्रीले भन्नुभयो-'सिटबेल्ट लगाउनाले हामीलाई केही भएन । यदि सिटबेल्ट नलगाएको भए जे पनि हुनसक्थ्यो, धन्न हामीलाई चाहिँ केही भएन ।'

यसरी भयो दुर्घटना-'दिलु खत्री'
घटना बिहान साँडे ६ बजेको समय थियो । हामी किन्स्चो बाट कासिवा फर्कंदै थियौं । गाडी चन्द्र भाईले चलाइरहनुभएको थियो । हामी योचुगिमा आइपुगेका थियौं ।

ओरालो ओरालो सडक थियो । हामी अगाडी एउटा गाडी थियो, सडक बत्ती रातो बलेपछि गाडी रोकियो ।
हाम्रो गाडीपनि सामान्य तरिकाले रोकिंदै थियो ।

५४ बर्षपछि जापानमा परेको हिउँ सडकमा जमेको थियो । गाडी रोकिएला भनेको त हिउँमा चिप्लिएर अगाडीको गाडीलाई जोगाउन खोज्दा सडक किनारको ग्राभेलमा ठोक्किन पुग्यो । त्यसपछि दाहिनेपट्टि ठोक्कियो ।

चन्द्रभाईले गाडी रोक्न खोजेको खोज्यै थिए तर हिउँमा चिप्लिएर फेरी अर्को गाडीमा ठोक्कियो र गाडी त फनक्कै उल्टो पो घुम्यो । एकछिन त हामीनै अलमलमा पर्यौं कसरी गाडी दुर्घटना भयो भनेर ।

गाडी रोकिएपछि हतपत बाहिर निक्लियौं, हेरेको त गाडीको अघिल्लो भाग पुरै कुच्चिएछ । अनि पो कति ठूलो दुर्घटना भएछ तै पनि हामीलाई केहि भएन भनेर खुसी लाग्यो । चन्द्र भाई र मलाई गाडीमा ठोक्किएर हल्का चोट बाहेक केही भएन ।

हामीबाट भन्दापनि हिउँका कारण अकस्मात आफैं चिप्लिएर दुर्घटना भएकाले प्रहरीले केही गरेन । हामीलाई अस्पताल चेकअप गराएर केही नभएको पाएपछि तत्काल छाडिदियो ।

कसरी जोगिए त यत्रो घटनामा
म सँधै गाडीमा चढ्दा सिटबेल्ट लगाउने गर्छु । जापानमा यो नियम कडा पनि छ र प्राय सबैले लगाउँछन् पनि ।

चन्द्र भाईले पनि लगाउनुभएको रहेछ । हामीले गाडी दुर्घटनाभएर रोकिएपछि मात्र जिउमा बानेको सिटबेल्ट हेर्यौं, अनि पो हामी सिटबेल्ट बाँधेका कारण जोगियौं भन्ने लाग्यो ।

नियममा रहेर गाडी चलाउने र यात्रा गर्ने हो भने सबैको लागि राम्रो सन्देश पनि सिकायो यो घटनाले ।

मोटरसाईकलमा हेल्मेट जस्तै गाडी चलाउँदा र बस्दा सबैले सिट बेल्ट बाँध्ने हो भने ठूलो दूघर्टनाबाट पनि जागिन सकिंदो रहेछ ।

सत्ताको आडमा प्रचण्डले धम्क्याएपछि ओली कड्कीए

१० मंसिर, काठमाडौं ।
संविधान संशोधन तयारीको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच बिहीबार साँझ चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसहितका एमाले नेतालाई भेट्दै दाहालले प्रदेश नम्बर ५ बाट तराई र पहाड छुट्याएर मधेसी मोर्चाको माग सम्बोधन गर्न चाहेको उल्लेख गर्दै संविधान संशोधन प्रस्ताव लैजाने तयारी पूरा भइसकेकाले ‘धेरै विरोध नगर्न’ आग्रह गरेका थिए ।

जवाफमा ओलीले सीमांकन हेरफेरको अधिकार संविधानको धारा २४४ अनुसार अब बन्ने प्रदेश सभालाई मात्रै भएकाले संसद्सँग त्यो संवैधानिक हैसियत नै नभएको जिकिर गरेका थिए । सरकारले सीमांकन चलाउन खोजे त्यसविरुद्ध अदालत जाने चेतावनी समेत ओलीले दिए ।

‘उहाँ 'दाहाल' ले प्रदेश ५ बाट तराई–पहाड छुट्याउँदै प्रस्ताव दर्ता गर्ने कुरा राख्दै ‘धेरै विरोध नगरिदिन’ आग्रह गर्नुभयो,’ भेटपछि कान्तिपुरसँग कुरा गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘हामीले यो प्रस्ताव राष्ट्र र जनताको विरुद्ध भएकाले संसद् र सडक दुवैमा विरोध गर्ने कुरा राखेका छौं ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दाहालले एक वर्षको अनुभवले हठमात्रै लिए संविधान कार्यान्वयन असम्भव रहेको प्रस्ट देखिएकाले ‘यथार्थको धरातलमा आउन’ ओलीलाई सम्झाएका थिए । दाहालले धारा २४४ मा सीमांकन हेरफेर गर्न संसद्ले नपाउने अवस्था सिर्जना भएमा उक्त धारा नै खारेज गरिदिने चेतावनी ओलीलाई दिएपछि स्थिति केहीबेर तनावपूर्ण भएको थियो ।

एमाले नेताहरू ओली, गौतम र भीम रावलले सीमांकन हेरफेरको सम्भावना नदेखिँदै सडकमा प्रदर्शन सुरु भइसकेकाले परिस्थितिको सही आकलन गर्न सरकारलाई चुनौती दिएका थिए । उनीहरूले संशोधन प्रस्ताव अन्तै डिजाइन भएर आएकाले संसद्मा उक्त प्रस्ताव आए सदन चल्नै नदिने चेतावनीसमेत दिए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दाहालले नागरिकता, भाषा र राष्ट्रिय सभाबारे मधेसी मोर्चासँग भएको अनौपचारिक समझदारीबारे सुनाउँदै अब त्यसबाट पछि नफर्कने जानकारी एमाले नेताहरूलाई दिए । दाहालले नागरिकता प्रावधानमा अन्तरिम संविधानकै प्रावधान ब्युँताउने तयारी भइरहेको बताउँदै गर्दा एमाले नेताहरूले अंगीकृत नागरिकता वितरणलाई अझै कस्दै लैजानुपर्ने बताएका थिए । ‘विदेशका बुहारीलाई २४ घण्टाभित्र नागरिकता दिने प्रावधानमा झन् कडाइ गर्दै जानुपर्नेमा कहाँ खुकुलो पार्ने ?’ एमाले नेताहरूको भनाइ उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘हामी नागरिकता प्रावधान लचिलो बनाउने पक्षमा छैनौं ।’

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार दाहालले अंगीकृत नागरिकताको विषयमा प्रतिपक्षी एमालेले कृत्रिम हल्ला फैलाइरहनुको आशय आफूले नबुझेको भन्दै प्रतिवाद गरेका थिए । उनले एमालेसमेत मिलेर बनाएको अन्तरिम संविधानको नागरिकता प्रावधान एकपल्ट दोहोर्‍याएर हेर्न प्रतिपक्षी नेताहरूलाई सम्झाएका थिए । एमाले नेताहरूले संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको दोहोर्‍याइरहँदा उनले प्रश्न गरे, ‘उसो भए आफ्नै समर्थनको सुशील कोइराला सरकारका पालामा किन पहिलो संशोधन प्रस्ताव पेस गर्नुभएको रु अनि आफ्नो नेतृत्वको सरकार छँदा किन पास गर्नुभएको रु त्यस बेला चाहिँ राष्ट्रघात भएन ?’

पूरक बजेटमा पनि विवाद
एमाले उपाध्यक्ष गौतमका अनुसार दाहालले पुरक बजेट ल्याउने सरकारी तयारी रहेको हुँदा एमालेको समर्थन चाहिने प्रस्ताव गरेका थिए । ‘हामीले पूरक बजेट कुनै पनि हालतमा आवश्यक छैन भनेर स्पष्ट भनेका छौं,’ गौतमले भने, ‘अन्य विषयमा पनि संविधान संशोधन गर्नुपर्ने आवश्यकता नै छैन, संविधान कार्यान्वयन गर्न खुट्टा किन कमाउने रु यही सन्देश प्रधानमन्त्रीलाई दिएर फर्केका छौं ।’

मधेसी मोर्चासँग बुधबारको छलफलपछि संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारीमा रहेका सत्तारूढ कांग्रेस र माओवादी केन्द्रलाई दोस्रो ठूलो दल एमालेको यस प्रतिक्रियाले अप्ठ्यारोमा पार्ने देखिएको दुर्गा खनाल र बसन्त बस्नेतले कान्तिपुरमा समाचार लेख्नुभएको छ ।

बिहीबार साँझको भेटमा सरकारी पक्षबाट प्रधानमन्त्री दाहालसहित उपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि सहभागी थिए । ‘प्रधानमन्त्रीले संविधान संशोधनमा मिलेरै अघि बढ्न आग्रह गर्दै पूरक बजेटका विषयमा सुझाव समेत माग्नुभयो,’ दाहालको सचिवालयले जानकारी दिएको छ

ललितपुरमा फिल्मि शैलिमा प्रेमी कुटेर प्रेमीका अपहरण गरि सामुहिक बलात्कार

१० मंसिर, काठमाडौं ।
सिनेमाको पर्दामा देखिने गरेको दृश्यकै शैलिमा ललितपुरमा प्रेमीलाई मरणासन्न हुनेगरि कुटेर प्रेमीकालाई अपहरण गरि सामुहिक बलात्कार भएको छ ।

ललितपुर इमाडोलमा बुधबार राति २० वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

प्रेमीसँग हिडिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले युवतीलाई नियन्त्रणमा लिएर बलात्कार गरेको ललितपुर प्रहरीले जनाएको छ ।

आफूलाई सामूहिक बलात्कार गरेको उजुरी लिएर प्रहरी परिसर ललितपुर पुगेकी युवतीले दिएको हुलियाका आधारमा बलात्कारमा संलग्न तीनैजना पक्राउ परेको प्रहरीले जनाएको आजको राजधानी दैनिकमा समाचार छ ।

बलात्कृत युवती ग्वार्कोस्थित एक दोहोरी साँझमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ड्युटी सकेपछि युवती प्रेमीसँग मंगलबजार सुन्धारास्थित कोठामा जाँदै थिइन् । तर, राति घरबेटीले गेट नखोलेपछि उनीहरु हिँडेर इमाडोलस्थित प्रेमीको कोठामा जाँदै थिए ।

इमाडोल कृष्ठमन्दिरनजिक पुगेपछि एउटै मोटरसाइकलमा आएका तीन युवाले प्रेमीलाइृ कुटपिट गरी घाइते बनाइ युवतीलाई मोटरसाइकलमै हालेर लगेका थिए । प्रेमीले मध्यरात नै प्रहरी कार्यालय गए र घटनाको विस्तृत जानकारी गराए ।

शक्तिशाली भूकम्पपछि निकारागुवा र एल साल्भाडोरमा सुनामीको गम्भिर चेतावनी

१० मंसिर, काठमाडौं ।
प्रशान्त महासागरमा केही घण्टा अघि ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प आएको छ ।

भूकम्पपछि निकारागुवामा सुनामिको चेतावनी जारि गर्दै त्यहाँको सरकारले आफ्ना नागरिकलाई समुन्द्रदेखी १ किलोमिटर नजिक नबस्न भनिएको छ । भूकम्पपछि जारी गरिएको चेतावनीमा भूकम्पको केन्द्रभन्दा तीन सय किलोमिटर टाढासम्म खुनामीको छाल आउन सक्ने जनाइएको छ ।

मध्य अमेरिकी देश निकारागुआसँगै एल सालभाडोरमा समेत भूकम्पले असर पारेको छ ।

‘प्यासिफक सुनामी वार्निङ सेन्टर’ ले सुनामीको चेतावनी जारी गरेको छ । अमेरिकी भूगर्भ विभाग युएसजिएसले भूकम्पको मापन अधिकतमा ७.२ रेक्टर स्केलको भएको उल्लेख गरेको छ ।

भूकम्पको केन्द्र एल सालाभाडोरबाट करिब १२० किलोमिटर पर रहेको छ । भूकम्पको झट्का निरागुआको राजधानी मनागुआमा पनि महसुस गरिएको थियो ।

समाचार संस्था एपीका अनुसार कोस्टारिकामा पनि तुफानको सम्भावना देखिएको भन्दै संकटकाल लगाइएको छ । र, तटीय क्षेत्रमा रहेका करिब चार हजार मानिसलाइ सुरक्षित स्थानमा जान भनिएको छ ।

भूकम्पबाट तत्काल कुनै मानविय क्षति नदेखिएपनि भौतिक क्षतिका विवरणहरु आउने क्रम जारी रहेको बताइएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web