जापानमा डिपेन्डेट भिषामा काम गर्नेको आम्दानीमाथि यस्तो नियम आउँदैछ

मंसिर १०, २०७३ मा प्रकाशित | 972 views

टोकियो ।
डिपेन्डेट भिषामा परिवारसँग रहेका व्यक्तिहरुको आम्दानीमाथि जापान सरकारले लगाउँदै आएको करमा नयाँ नियम ल्याउने भएको छ ।

प्रतिव्यक्ति वार्षिक आम्दानी १० लाख तीनहजार येनसम्म कमाउदाँ लाग्ने करको दायरालाई बढाएर जापान सरकारले १५ लाख बनाइने भएको छ ।

आगामी नयाँ आर्थिक बर्षबाट लागु हुने यो नियम अनुसार हाइगूस्या अर्थात् परिवारको आयमाथिको करको सीमालाई पहिले भन्दा बढाइन लागेको हो ।

परिवारको साथमा रहेका विशेषगरि महिला कामदारलाई लक्षित गर्दैै उनिहरुलाई काममा बढी सहभागीता गराउने उदेश्य सहित जापान सरकारले यस्ते नियम आगामी अप्रिलबाट लागु गर्ने भएको छ ।

जापान सरकारले विषेगरि नयाँ कामदार बढाउने भन्दा भएका कामदारलाई कामगर्ने समय बढाउन यस्तो नियम ल्याउन लागेको बताइन्छ ।
हालको नियम अनुसार १० लाख सम्मको वार्षिक आम्दानीमा अब थप ५ लाख बढी कमाएपनि उत्तिनै कर लाग्नेछ । अर्थात् डिपेन्डेन्ट भिषामा रहेकाले बार्षिक १५ लाख जतिको आम्दानी गर्न पाउनेछन् ।

प्रधानमन्त्री सिन्जो आवे सरकारको सत्तारुढ घटक दलले संसदबाट पास गरेर यसलाई यसैवर्ष देखि लागु गर्ने गरि विधान पारित गर्ने तयारी थालेको छ ।

जापानमा विदेशी कामदार तथा विद्यार्थी र दक्ष जनशक्ति आउन खुकुलो नीति अपनाउँदै आएको आवे सरकारले जापानमा घटदो कामदारको मागलाई हालकै कामदार संख्याबाट पुर्ती गर्न पनि यो नियम चालेको देखिएको छ ।

नयाँ नियम लागु भएको खण्डमा जापानमा विशेषगरि कुक भिषामा आएका श्रीमान्को साथमा रहने महिला तथा एजु, विद्यार्थी भिषामा रहेकाहरुको डिपेन्डेट परिवारले पनि यो सुविधाबाट लाभ लिन सक्नेछन् ।

नयाँ नियम लागु नभएपनि हाल जापानमा रहेका अधिकाशं विद्यार्थी, डिपेन्डेन्ट लगायतले तोकिएको भन्दा बढी समय काम गरेको पाइन्छ । जसले गर्दा जापानी प्रहरीको धरपकड तथा केहीले कष्ट झेल्दै आएका छन् भने कतिपय अवस्थामा नेपाल फर्काइएको घटना समेत सार्वजनिक हुँदै आएका छन् ।
अब नयाँ नियम लागु भएमा केही हदसम्म भएपनि यि समस्या समाधान हुनेछन् ।

विद्यार्थीको हकमा हप्तामा २८ घण्टामात्र काम गर्न पाउने भएपनि आउन लागेको नयाँ नियमपछि विद्यार्थीहरुले पनि ४० घण्टासम्म गर्न पाउने नियम अर्को छुट्टै तयार पारिएको प्रावधानमा उल्लेख भएको यसअघिनै समाचारहरु प्रकाशित भइसकेका छन् ।

जापानमा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई खुशीको खवर !

खुसीको खवर । जापानमा अध्ययन गर्ने विद्यार्थीलाई Green Card सहित काम गर्ने सुविधा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web