८ मंसिर, टोकियो ।
जापानको राजधानी टोकियो सहित कान्तो क्षेत्रमा केही घण्टापछि हिउँ पर्ने भएको छ ।

जापानको मेटेरोलोजिकल एजेन्सीका अनुसार ५४ बर्ष पछि यति छिट्टै ९नोभेम्बरमै० बाक्लो हिउ पर्न लागेको क्योदो समाचार संस्थालाई उदृत गर्दै जापान टाइम्सले उल्लेख गरेको छ ।

एजेन्सीका अनुसार आज मध्यरात करिव ३ बजेको समयबाट हिउँ पर्न थाल्नेछन् । टोकियो नजिकका आसपासमा केही बाक्लो हिउँ पर्न सक्ने भन्दै एजेन्सीले यसबाट रेल सेवामा समेत असर पर्नसक्ने बताएको छ ।

विशेषगरि कान्तो क्षेत्रमा रेल तथा सवारी आवागमनमा समेत असर पर्नसक्ने भन्दै यसको लागि नागरिकहरुलाई पूर्व तयारी गर्न भनिएको छ ।

५४ बर्षपछि नोभेम्वरमै यतिधेरै बाक्लो हिउँ पर्ने सम्भावना रहेको भन्दै मेटेरोलोजिकल एजेन्सीले चिसो हावा चिसो हावा कान्तो क्षेत्रबाट दक्षिणरित बहने र यसले कान्तो, कोसि क्षेत्र र पहाडी भेगमा भारी हिमपात हुने बताएको छ ।

कोसिन क्षेत्रमा २ सेन्टिमिटर सम्म बाक्लो हिउँ पर्ने भन्दै उत्तरी कान्तो क्षेत्रका पहाडमा १५ सेन्टिमिटर र हाकोने, कानागावा प्रिफेक्चर, चिचिबु, साइतामा प्रिफेक्चरमा १० सेन्टिमिटरसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ ।

बाक्लो हिउँका कारण विद्युतीय तार, बोट विरुवा तथा रुखहरुमा समेत भारती हिमपातले असर पार्नसक्ने भन्दै नागरिकहरुलाई मध्यरातबाट घरबाहिर निक्लँदा बाक्लो कपडा, लगाएर तथा हिउँमा जोगिने गरि यात्रा गर्न भनिएको छ ।

विशेषगरि जापानमा नेपालीहरु मध्यरात तथा बिहानपख कामको लागि हिँड्ने भएकाले भोलीको लागि पूर्व तयारी स्वरुप बाक्लो कपडा, तातो खाना, चिसोबाट लाग्नसक्ने रोग तथा चिसोको रोग भएकाहरुलो सचेत रहन अनुरोध गरिन्छ ।

यसको लागि सबैले आफ्ना साथिभाई तथा आफन्तमा सन्देश दिएर सचेत बनाउन समेत अनुरोध गर्दछौं ।

23.22¡ÆC