बानेश्वरको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावरको लापरवाहीले युएईमा १४ नेपाली अलपत्र

मंसिर ९, २०७३ मा प्रकाशित | 1092 views

युएई ।
संयुक्त अरब एमिरेट्स ९युएई०मा १४ जना नेपाली अलपत्र परेका छन् ।

सुरक्षा गार्डको रुपमा ४ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण युएईको अलऐनमा अलपत्र परेका हुन् ।

काठमाडौं पुरानो बानेश्वरमा रहेको डेस्टिनी प्लेसमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख रूपैयाँसम्म तिरेर आएका उनीहरुले करार पत्रमा भनेअनुसार काम समेत नपाएको बताएका छन् ।

युएईमा रहेको एक सेक्युरिटी कम्पनीमा काम लगाइदिने भन्दै म्यानपावरले  आफूहरुलाई पठाईएको उनिहरुले बताएका छन् ।

भनेजस्तो काम नपाएपछि अलपत्र परेको र आफूहरुसँग खानका लागि पनि पैसा नरहेको भन्दै पिडितहरुले उद्दारको लागि आग्रह गरेका छन् ।

अलपत्र पर्नेहरूमा चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी छन् ।

त्यस्तै भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर छन् ।

त्यस्तै उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिके र बर्दियाका प्रदिप शर्मा ढकाल रहेका छन् ।

उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ दिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ४ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको समेत बताएका छन् ।

आफूहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीलाई करार पत्रमा भनेअनुसार काम युएई आएर नपाएको भन्दै पटक(पटक जानकारी गराउँदा समेत वास्ता नगरेको उनिहरुले पिडा पोखेका छन् ।

उनीहरुले दूतावास गएर आफूहरु समस्यामा परेको र कम्पनीले नेपाल पठाउन लागेको जानकारी गराएका छन् । दूतावासले पत्र लेखेर सम्बन्धित म्यानपावरलाई कारबाहीका लागि अनुरोध गरेको बताइएको छ ।

त्यस्तै दूतावासले सम्बन्धित कम्पनीले आगामी दिनमा ल्याउने मागपत्रलाई स्वीकृत नगर्ने र कामदारबाट लिएको रकम फिर्ता गराउन सम्बन्धित निकायमा खबर गरेको नेपाल राजदूतावासले जनाएको छ ।

म्यानपावर सञ्चालक सुमन श्रेष्ठले आफू दुई(तीन दिन भित्रमा युएई आउने र काममा लगाउने भन्दै महिनौ कुराएर सम्पर्क बिहिन बनेको पिडितहरुले आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web