जापान ।
जापानका एक २० बर्षीय युवाको कोलम्बियामा अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका छन् ।

समाचार अनुसार रोयो इसाकी नामका ति युवकको हत्यापछि लुटपाट भएकाले लुटेराको समुहले हत्या गरेको ठानिएको छ ।

हत्यापछि जापानी युवक इसाकीको साथमा रहेको मोबाईल फोन तथा कम्प्युटर लुटेर लगेको बताइएको छ ।

हत्यामा संलग्नहरुको खोजि भइरहेको भन्दै विस्तृत विवरण कोलम्बियाको जापानी दूतावासले पाइनसकेको बताएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

मृत्यु भएका जापानी युवक घुम्नको लागि कोलम्बिया गएको समेत बताइएको छ ।

19.12¡ÆC