काठमाडौं,मंसिर १३ । एकीकरण राप्रपाको तर हर्षबढाईं लोकमान सिंह कार्कीको । यस्तो रमाइलो रमिता बारेमा अहिले राजधानीको उच्च वृत्तमा ह्वीस्की गफ गलिरहेको छ । दुईवटा राप्रपा जोडेर ३७ सिटको पार्टी बनेको छ र यो पार्टी आगामी दिनमा सत्ताको मुख्य खेलाडी बन्ने निश्चित छ । राप्रपालाई जसले रिझायो उसैले सत्ता पायो भन्नुपर्ने अवस्था आएको छ । र यसको प्रत्यक्ष लाभ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीले पाउँदैछन् ।

लोकमान विरुद्ध संसदमा महाभियोग प्रस्ताव विचाराधीन छ । कांग्रेसले समर्थन गरेन भने महाभियोग पारित नहुने निश्चित छ । त्यसमाथि ३७ सिटे राप्रपा पनि मिसिएपछि महाखड्कोबाट लोकमान जोगिने नै भए । राप्रपा एकीकरण भएपछि संसदीय दलको नेता कमल थापा बनेका छन् ।

कमल र लोकमान नाताले मामा सम्धी हुन् र असाध्यै मिल्छन् । लोकमान विरुद्धको आवाज मन्द हुँदै गएको छ । यो आवाज मन्द हुनुमा राप्रपा एकीकरणको पनि भूमिका रहेको छ । कतिपयले त राप्रपा एकीकरणमा लोकमानको समेत भूमिका रहेको बताइरहेका छन् । सत्ताको खेलमा आगामी दिनमा कमल थापा निर्णायक बन्दै जाने अवस्थाका कारण लोकमान पनि सुदृढ हुँदै जान थालेका छन् । साँघु साप्ताहिकमा खबर छ ।

काठमाडौं,मंसिर १३ । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झमाथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् । फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष उमेश यादवको नेतृत्वमा रहेको छसातजनाको समूहले शनिबार साँझ यादवकै घरनजिक विराटनगर १८ जतुवामा झामाथि आक्रमण गरकोे आजको अन्नपूर्णमा समाचार छ ।

आक्रमणबाट गम्भीर घाइते भएका झाको कोसी अञ्चल अस्पतालको आइसीयुमा राखेर उपचार भइरकोे फोरम नेपालले जनाएको छ । विराटनगर १८ नम्बर बडाको आइतबार गर्ने भनिएको अधिवेशन तयारी गर्नका लागि भनेर त्यहाँ पुगेका झाँमाथि बाटो ढुकेर बसेको यादव नेतृत्वको समूहले आक्रमण गरेको संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादले बताए ।

काठमाडौं,मंसिर १३ । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की निजामती सेवामा रहँदा नियमविपरीत लगातार ९० दिनभन्दा बढी बिनासूचना गयल भएको भेटिएको छ । ऐनविपरीत गयल भएका कारण कार्कीलाई तत्कालीन सरकारले बर्खास्त गर्ने तयारी गरेको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

राष्ट्रिय योजना आयोगको विशेष अधिकृत भएका बेला कार्की २०६४ साउन २८ गतेपछि ९० दिनभन्दा बढी गयल थिए ।

कारबाहीको फाइल प्रक्रियामै रहेका बेला उनले राजीनामा दिएका थिए । २०६४ साउन २८ गतेपछि बिनासूचना ९० दिनभन्दा बढी गयल भएका योजना आयोगका तत्कालीन विशेष अधिकृत लोकमानसिंह कार्कीले बर्खास्तको कारबाहीकै दौरानमा राजीनामा दिएका थिए, यो तथ्यलाई नजरअन्दाज गरी संवैधानिक परिषदको वैशाख २२ गतेको बैठकले उनलाई ‘इमानदार’ ठहर्याउँदै अख्तियार प्रमुखमा सिफारिस गरेको थियो ।

चरणबद्ध रूपमा २०६३ साउनदेखि ३ सय ८५ दिनभन्दा बढी बिदा बसेका लोकमानको २०६४ साउनको चौथो साता सञ्चित रहेका सबै बिदा सकिएको थियो । त्यसपछि उनले अस्वस्थताको कारण देखाई साउन २८ देखि ३२ गतेसम्म बिदाको निवेदन दिएका थिए ।

साथै उनले त्यसपछि एक वर्ष बेतलबी बिदाको माग पनि गरेका थिए । ‘उनले माग गरेको ४ दिनको बिदा नै स्वीकृत थिएन भने योजना आयोगले बेतलबी बिदासमेत अस्वीकृत गरेको थियो,’ त्यतिबेला योजना आयोगमा कार्यरत एक अधिकृत सम्झिन्छन्, ‘बिदा अस्वीकृत भएपछि हाजिर हुनु त टाढाको कुरा, कार्की एकाएक बेपत्ता भइदिए ।’

कार्कीले २०६३ साउनदेखि असोजसम्म ५२ दिन बिदा लिएका थिए । त्यसपछि फेरि उनले मंसिर मसान्तसम्म १ सय २३ दिन बिदा थपे । यसक्रममा उनले विभिन्न क्लिनिक, अस्पताल, चिकित्सक र आयुर्वेद औषधालयको सिफारिस पेस गरेका थिए । दर्जनांै पटक बिदा थपेपछि उनी २०६४ साउन २८ गतेदेखि गयल थिए ।

प्रशासकीय अदालतले समेत ६० दिनभन्दा बढी गयल निजामती कर्मचारीलाई बर्खास्त गर्न पटकरपटक मुख्यसचिवलाई निर्देशनात्मक आदेश जारी गरेको छ । निजामती कर्मचारीहरू विष्णु तिवारी, एकराज सिंखडा, रामचन्द्र रौनियारलगायत माथिको कारबाहीविरुद्ध परेको मुद्दाको फैसलाका क्रममा प्रशासकीय अदालतले ऐनमा भएको व्यवस्था पालना गर्न र त्यसको अनुगमनका लागि समेत परिपत्र गरेको थियो ।

काठमाडौं,मंसिर १३ । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रले यसअघि भूकम्पको मापन ५.६ रेक्टर स्केल भएको जनाएको थियो ।

बिहानै ठूलो भूकम्पको धक्का महशुस गरेपछि निन्द्रामै रहेका अधिकाशं नागरिकहरु घरबाहिर निक्लिएका थिए । पूर्वका जिल्लाहरुमा समेत महशुस गरिएको भूकम्पबाट भएको क्षतिको विवरणहरु आउन बाँकी रहेको छ । भूकम्पले भौतिक संरचनामा सामान्य असर पार्नसक्ने देखिएको छ । आज गएको भूकम्प पनि डेढ बर्षअघि गोरखा वारपाक केन्द्र भएर गएको विनाशकारी भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको अनुभव काठमाडौं उपत्यकाका तीन जिल्ला, नुवाकोट, रसुवा, धादिंग, गोरखा, तनहुँ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सोलुखुम्वु, सहित त्यस आसपासका दुई दर्जन बढी जिल्लामा ठूलो अनुभव गरिएको थियो ।

काठमाडौँ,मंसिर १२ । राम बहादुर केसीको अध्यक्षतमा नेपाल विद्यालय भलिबल कमिसन गठन भएको छ । आइतबार क्राउन प्लाजामा आयोजित एक कार्यक्रममा न्यूटन स्कुलका प्रीन्सिपल के.सीको नेतृत्वमा १० सदस्यीय तदर्थ समिती गठन भएको छ ।

नेपाल भलिबल सघंको तत्वाधनमा तदर्थ समिती गठन भएको हो । आइतबार एक कार्यक्रमकाविच भलिबल संघका अध्यक्ष मनोरमन रञ्जन शर्माले तदर्थ कमिशनको घोषणा गरेका थिए । भलिबलका नयाँ प्रतिभाशाली खेलाडी र उमेर समुहका खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाल विद्यालय भलिबल कमिशन गठन गरिएको संघका महासचिव जितेन्द्र बहादुर चन्द बताए ।

त्यस्तै कमिशनको उपाध्यक्षद्धयमा न्यू डायमण्ड एकेडेमिका प्रिन्सिपल एवंम प्रशिक्षक कुमार राई र हिमचुली एकेडेमीका निर्देशकयुवराज श्रेष्ठ,सचिवमा हिमरश्मी हाइस्कुलका प्रिन्सिपल लोकेन्द्र खड्का,कोषाध्यक्षमा सेब स्कुलका प्रिन्सिपल युवराज थापा,सदस्यमा अरुणदय स्कुलका प्रिन्सिपल भिमसेन केसी,मनास्लु उमाबीका प्रिन्सिपल भक्त कुमार श्रेष्ठ,ज्ञानसुधा एकेडेमी प्रिन्सिपल प्रमोद जिसि र टप्स स्कुल पोखराका प्रिन्सिपल रत्न गुरुङ र सेन्ट डेबिस एकेडेमीका खेलुकुद प्रमुख अम्बिका वली छन् ।

कमिशनका १० सदस्यीयलाई नेपाल भलिबल संघका अध्यक्ष शर्माले सपथ गराए । सो अवसरमा उपाध्यक्षत्रय यम गुरुङ,निरोज मास्के र रञ्जन खड्का,महासचिव चन्द र सचिव मनविर छन्त्यालले प्रमाणपत्र प्रदान गर्दै शुभकामना ब्यक्त गरे । बाकी पाँच उपाध्यक्ष प्रदेशिक समरचना अनुरुप मनोनित गरिने भलिबल संघले जनाएको छ ।

विद्यालय कमिशनका अध्यक्ष केसीले नेपाल भलिबल संघले दिएको जिम्मेवारी सहज रुपले निर्वाह गर्ने विश्वास ब्यक्त गरे । के.सीले राष्ट्रिय टिमलाई लक्षित गरि उमेर समुहका प्रतिभाशाली खेलाडी उत्पादन नयाँ नेतृत्व गर्ने आश्वासन दिएका छन् । सघंका उपाध्यक्ष गुरुङले नेपाल भलिबलको वार्षिक कार्यक्रम अनुसार विद्यालयस्तरबाट नयाँ प्रतिभा खोजी गर्ने उद्देश्यले भलिबल कमिशन गठन गरिएको बताए । संघले भलिबल कमिशन सञ्चालनका लागि विद्यालय भलिबल कमिशन निर्देशिका र कार्यदिशा तयार पारि सकेको जनाएको छ । उक्त तथर्द समितीले विद्यालयस्तरमा भलिबल खेललाई बृहत रुपमा विस्तार गर्न जिल्ला भलिबल कमिशन विकास गर्ने बताइएको छ ।

काठमाडौं,मंसिर १२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज भएपनि कसैको इसारामा संशोधन हुन नदिने बताएका छन् । युवा संघ प्रचार विभागले प्रकाशन गरेको ‘आधार र कार्यभार’ पुस्तक लोकार्पण गर्दै कसैले शिर टेक्न खोजे सहन नसक्ने बताउर्दै देशको सार्वभौमता भुलेर संविधान संशोधन प्रस्ताव अघि बढाइएको बताए ।

‘यो देशका संविधान जनताको चाहनाअनुसार मात्रै संशोधन हुन्छ।’ पहाड र मधेश मिल्न नदिने माग मधेशी जनताको नभएको उनले बताए। ओलीले किस्ता किस्तामा भइरहेको षडयन्त्रबाट जोगाउन संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु परेको बताए ।उनले भने, ‘अहिले पुच्छर निल्न खोज्नेले भोलि शीरै निल्न खोज्छ। सचेत हुन जरुरी छ।’ नेपाली जनताले कहिल्यै हार्न नजाने ओलीले बताए।

काठमाडौं,मंसिर १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाबा रामदेवको विशेष आग्रहपछि वीरगञ्जमा जारी योग विज्ञान शिविरमा सहभागि भएका छन् । रामदेवले टेलिफोन गरेर आफ्नो कार्यक्रममा आइदिन विशेष अनुरोध गरेपछि प्रचण्ड आइतबार दिउँसो शिविरमा सहभागि भएका हुन । आइतबार संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेपछि संशोधन दर्ता सोमबार मात्रै गर्ने निर्णय भएको छ।

त्यहाँ पुगेर प्रधानमन्त्रीले योग गरेको, रामदेवसँग अगाँलो मारेको र पानसमा बत्ति बालेको तस्बिर सार्वजनिक भएको छ । प्रधानमन्त्री दाहालले त्यहाँ सम्बोधन समेत गरे। योग विज्ञान शिविरलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन गरेर हिमाल, पहाड र मधेसलाई जोड्ने ऐतहासिक क्षणमा अहिले मुलुक रहेको बताए । उनले संविधान संशोधनको अन्तिम तयारीमा आफूहरु लागेको समेत बताए ।

r

काठमाडौं,मंसिर १२ । शहरी विकासमन्त्री अर्जुननरसिंह केसी आफ्नो घर नुवाकोट आएको अवसरमा प्रहरीले सलामी दिएको छ। पहिलो पटक विदूरस्थित घरमा केसी पुग्दा प्रहरीको एक टुकडीले सलामी दिएको हो । तस्बिरमा दुई ओटा घडासहितको रातो कपडा बिछ्याइएको घरको आगनमा केसी उभिएको देखिएका छन् भने अगाडीबाट प्रहरीको एक टुकडीले सलामी दिएको छ । मन्त्रीलाई आजसम्म त्यसरी सलामी दिने प्रचलन नभएको भन्दै केसी र नेपाल प्रहरीको सामाजिक संजालमा विरोध सुरु भएको छ।

काठमाडौं, मंसिर १२ । असन्तुष्ट तराईवादी दलहरुको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव आजको बैठकमा पनि दर्ता हुन सकेन । यसअघि हिजो बसेको सत्तारुढ दलको बैठकले आइतबार मधेसी मोर्चासँग छलफल गरेर संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो । आज बसेको मन्त्रिपरिषद बैठकले सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संविधान संशोधन प्रस्ताव दर्ता हुने मिति लम्बिने भएको हो ।

काठमाडौं,मंसिर १२ । आइतबार बसेको मन्त्रिपरिषदको बैठक नेपाल सरकारका सहसचिव कृष्णप्रसाद देवकोटा, अन्नपूर्णा नन्द दासलाई सचिवमा र रवीन्द्र पण्डितलाई अनुसन्धान निर्देशकमा बढुवा गरेको छ ।

सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त रु पाँच अर्ब ८८ करोड र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त रु १३ अर्ब स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय, प्रदेश र सङ्घीय कानुन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

सरकारले रुपाताल संरक्षण एकीकृत विकास परियोजना र बृहत् दाङ उपत्यका तथा माडी–लुङ्ग्री करिडोर सिँचाइ योजना सञ्चालन गर्ने निर्णय गरेको छ । साथै जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । जापान सरकारबाट नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि प्राप्त रु १७ अर्ब ऋण सहायता स्वीकृत गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

त्यस्तै अनशनरत प्रा. डा. गोवन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई जिम्मेवारी दिइएको छ । सरकारले सट्टाभर्ना दिने गरी पर्सा र शुक्लागण्डकी नगरपालिका अन्तर्गत अव्यवस्थित बसोबास गरिरहेका व्यक्तिका नाममा जग्गा दर्तासम्बन्धी गठन आदेशलाई स्वीकृत गरेको छ ।