‘डियर जिन्दगी’ बक्स अफिसमा आक्रामक,तीन दिनमा कमायो ६० करोड

एजेन्सी – शुक्रबार सार्वजनिक भएको फिल्म ‘डियर जिन्दगी’ले भारतमा पाँच सय र एक हजारको नोटमा लागेको प्रतिबन्धका कारण डगमगाए पनि तीन दिनमा ६० करोड भारतिय रुपैया भन्दा माथिको शान्दार व्यापार गरेको छ । बलिउड बक्स अफिस एनालिस्ट तरण आदर्शले जनाए अनुसार चलचित्रले शुक्रबार, शनिवार र आइतबार गरेर भारतमा ३२ करोड पचास लाख भारुको व्यापार गरेको छ। यसै गरि चलचित्रले भारत बाहिर पनि निकै सफलता हात पारिसकेको छ।

भारत बाहेकाका अन्य देशबाट चलचित्रले २७ करोड ४५ लाख भारुको कमाई गरिसकेको छ। चलचित्र डियर जिन्दगीलाई गौरी शिन्देले निर्देशन गरेकी हुन्। गौरी सिन्देले पछिल्लो फिल्म ‘इङलिश विग्ङ्लिश’मा अङ्ग्रेजी भाषासँग जुधिरहेकी महिलाको संघर्ष उतारेकी थिइन्, जसले पछि भाषा सिकेर बेग्लै पहिचान बनाउन सफल हुन्छिन्। यो फिल्ममा पनि उनले आजका युवा पुस्ताको समस्यालाई फिल्मको विषय बनाएकी छिन्। यसका लागि उनले सिनेमेटाग्राफर कायराको भूमिकालाई माध्यम बनाएकी छिन्।

मध्यान्तरअघि परेसान, अधीर र अलमलमा परेकी पात्र कारियालाई देखेर दर्शक रिसाउन सक्छन्। उसलाई पागल या चरित्रहिन पनि भन्न सक्छन्। गौरीले शाहरुखको भूमिकाबाट ठाउँठाउँमा छोटा मीठा सन्देश दिएकी छिन्, जसले फिल्मको नाम जस्तै जिन्दगी प्यारो छ भन्ने कुरा उजागर गरिरहन्छन्। दर्शकलाई तारे जमिन परको समेत झलक दिने यो फिल्ममा गौरी निर्देशकीय पकड सबल छ। यही कारण कतिपय लामा दृश्य पनि स्वाभाविक लाग्छन्।

डाक्टरको किरदारमा शााहरुखको भूमिका सबल छ। आलियाले कुनै कुनै ठाउँमा ओभर एक्टिङको शिकार समेत भएको भान हुन्छ। तर बिस्तारै लाग्छ, उनले आफ्नो चरित्रलाई न्याय गरेकी छिन्।

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं,मंसिर १३ । स्वास्थ्य मन्त्री गगन थापाले बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।रक्तसञ्चार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने संवैधानिक व्यवस्था अनुसार चल्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।

रगत परीक्षणको नाममा स्वास्थ्य संंस्थाहरुले शुल्क लिइरहेका बेला मन्त्री थापाले त्यसलाई निःशुल्क बनाउन कानुन, ऐन संशोधन गर्न परे पनि आफू तयार रहेको स्पष्ट पारे । यसअघि मृगौलाका बिरामीलाई निशुल्क डायलासीसको व्यवस्था गर्ने भनिएपनि अस्पतालहरुले पैसा लिइरहेको खुलासा भएको थियो ।

‘सरकारले ल्याउने संविधान संशोधनमा राप्रपाको पूर्ण समर्थन छ’ – राष्ट्रिय अध्यक्ष राणा

काठमाडौं,मंसिर १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणाले सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले मधेशको मुद्दा सम्बोधन गर्नको लागि पनि संविधान संशोधन अनिवार्य भएको उल्लेख गर्दै सरकारले ल्याउन लागेको संशोधन प्रस्तावमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका हुन् । उनले संशोधन प्रस्तावमा धेरै भन्दा धेरै दलहरुको सहमति जुटाउनको लागि केही ढिलाई भएपनि प्रस्ताव चाँडै दर्ता हुने विश्वास व्यक्त गरे ।

साक्षात्कारमा राष्ट्रिय अध्यक्ष राणाले ४ वटा महत्वपूर्ण विषयमा संशोधन हुन गैरहेको उल्लेख गरे । उनका अनुसार प्रदेशको सिमांकनमा सहमतिको आधारमा संशोधन गर्ने, भाषाको विवाद समाधानको लागि अहिलेभन्दा केही फराकिलो बनाउने, माथिल्लो सदनमा जनसंख्याको आधारमा र नागरिकताको सवालमा अंगीकृतलाई संवैधानिक पदबाहेक अरुमा स्थान दिने गरी संशोधनको तयारी भैरहेको छ ।

उनले आफ्नो पार्टीले हिन्दूराष्ट्रको लागि जनमतसंग्रह गर्नुपर्छ भन्ने माग अघि सारिरहेको भएपनि अहिलेको संविधान संशोधनमा यो विषयमा कुनै कुरा नहुने स्पष्ट पारे ।

उनले थपे,‘अहिले हामी संसदमा थोरै संख्यामा छौं, पास नहुने संशोधन हामी हाल्दैनौं, हिन्दुत्वको लागि हामी जनमतसंग्रहको लागि संघर्ष गरिरहेका छौं, यसको पक्षमा व्यापक जनमत बनिरहेको छ ।’ राणाले हिन्दुराष्ट्रको पक्षमा ठूला पार्टीमा पनि व्यापक बहस भैरहेको जिकिर गरे । राष्ट्रिय अध्यक्ष राणाले अहिले राप्रपा सरकारमा भएकोले राप्रपा नेपालसँगको एकतापछि आफ्नो पार्टीको संख्या वृद्धि भएकोले सरकारमा रहेको पार्टीको प्रतिनिधित्व केही फराकिलो हुने दाबी गरे ।

संविधान संशोधनमा राप्रपाको सहयोग जुटाउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालले केन्द्रिय अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री दिने हल्ला चलिरहेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले थपे,‘यो विषयमा मलाई कुनै ठोस जानकारी छैन, उहाँहरुवीच के–के कुरा भयो ? मलाई थाहा छैन ।’ राणाले राप्रपा र राप्रपा नेपालवीचको एकतासँगै राप्रपा अब मुलुकको सशक्त शक्ति हुने समेत दाबी गरे । उनले आउने चुनावसम्म राप्रपाले आफ्नो वर्चस्व कायम गर्ने जिकिर गरे ।

उपत्यकाबासीले अब लोडसेडिङ तालिका देख्नु पर्दैन: मन्त्री शर्मा

भक्तपुर, मंसिर १३ । उर्जा मन्त्री जनार्दन शर्माले अब उपत्यकाबासीले लोडसेडिठ्ठ तालिका देख्नु नपर्ने बताउनु भएको छ । रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै उहाँले उपत्यकाभित्र देखिएको बिद्युत चुहावट र आफ्नो मन्त्रालका कर्मचारीहरुले लोडसेडिठ्ठ चुहावटमा देखाएको नियन्त्रणका साथै ब्यक्तिगत लाभ भन्दा जनहितका लागि काम गरिरहेकाले अब उपत्यकाबासीले लोडसेडिठ्ठ तालिका देख्नु नपर्ने बताउनु भयो ।

उपत्यकाभित्र लोडसेडिङ अन्त्य गर्दै देशैभर यस अभियानलाई सञ्चालन दिने तयारीका साथै बिद्युत उत्पादनको सुरुवातका साथै सम्भाव्य क्षेत्रको पहिचान गरि काम गर्न सके नेपालले लोडसेडिठ्ठको अन्त्य गर्न सकिने उहाँले बताउनु भयो ।  मन्त्री शर्माले राष्ट्र समृद्ध बनाउन उर्जा क्षेत्रको बिकास अनिवार्य रहेको र सानो लोडसेडिङले हरेक क्षेत्रमा देखिएको परिवर्तनलाई आत्मसाथ गरि अब उर्जा क्षेत्रको बिकासमा हरेक क्षेत्र लाग्नु पर्नेमा जोड दिनु भयो ।

स्थानिय तहको निर्वाचन अब कसैले चाहेर पनि रोक्न नसक्ने भन्दै यदि निर्वाचन रोकिए राजनीतिक संकट देखा पर्नुका साथै नेपाल र नेपालीले पाएको उपलब्धिहरु समेत संकटमा पर्ने उहाँको टिप्पणी छ । संबिधान संशोधनको गरि सर्वस्वीकार्य बनाउने अभियमानमा वर्तमान सरकार लागि परेको र यसका लागि प्रधानमन्त्रीले प्रतिपक्षसँग निरन्तर छलफलमा लागिरहको भन्दै प्रतिपक्षले समेत संबिधान संशोधनमा आफ्नो भूमिका प्रदर्शन गर्दै निकास तर्फ अग्रसर हुुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

उहाँले एमालेले समेत राजनीतिक हठ त्यागी संबिधान संशोधनमा आउनु पर्ने र सहमतीय राजनीतिलाई निरन्तरता दिँदै संबिधान कार्यान्वयनको पाटोलाई सघाउनु पर्नेमा जोड दिनु भयो । राष्ट्रलाई फाईदा पुग्ने गरि संबिधान संशोधन गरि कार्यान्वयन तर्फ जटिलता देखिने भएकाले एमालेले यस तर्फ सहमती जनाउने तर्क उहाँले राख्नु भयो । उहाँले नेपालमा बैदेशीक हस्तक्षेप उर्जामा मात्र लाग्छ भन्नु भन्दा पनि हस्तक्षेप भए त्यो देशमै लागू हुने दावी गर्नु भयो ।

भारतीय नोट कारोवारले बन्द अलैचिको कारोबार फेरी सुरु

१३ मंसिर, ताप्लेजुङ ।
भारतले १ हजार र ५ सय दरको नोटमा प्रतिबन्ध लगाएपछि ठप्प बनेको अलैचिको कारोबार हिजो 'आइतबार' बाट सुरु भएको छ ।

प्रतिबन्धपछि भारतिय व्यापारिले प्राविधिक कारण देखाउदै अलैचि किन्न नआएपछि नेपालका व्यवसायिले सुचना निकालेरै कारोबार ठप्प पारेका थिए ।

भारतमा प्रतिबन्धित नोटको सटहि सहज बन्दै गएपछि अलैचि व्यावसायि महासंघले आज सुचना निकालेरै किनबेच सुरु गरेको हो ।

आज सबैभन्दा बढि कारोबार हुने झापाको बिर्तामोडमा प्रतिमन ५४ हजारका दरले किनबेच भएको अलैचि व्यावसायि महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।

ताप्लेजुङमा पनि ५४ हजारले नै किनबेच भएको व्यवसायि तेज भट्टाईले बताउनुभयो । कारोबार एक्कासी ठप्प हुदा कृषक चिन्तित बनेका थिए ।

अब भने बजार सहज बन्दै गएकोले बिस्तारै मुल्यमा सुधार आउदै जाने अलैचि व्यावसायि संघ ताप्लेजुङका अध्यक्ष बालमणी बरालले अपेक्षा गर्नुभयो ।

गोरखा समाज अध्यक्षमा भट्टराई, रविन्द्र श्रेष्ठ महासचिव बन्दा तीनजना उपाध्यक्ष

टोकियो ।
जापानमा बस्दै आएका नेपाल गोरखा जिल्ला घर भएकाहरुको संस्था गोरखा समाज जापानको प्रथम अभिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

गोरखा समाज जापानको अधिवेशनले चुडामणि भट्टराईलाई अध्यक्षमा चयन गरेको छ भने तीन उपाध्यक्ष सहित २५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा कमला काप्री, राजु पनेरु र अर्जुन ढकाल चयन भएका छन् भने महासचिवमा रविन्द्र श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै गरी समाजको सचिवमा लक्ष्मण थापा र कोषाध्यक्षमा विश्व अधिकारी सहितको ७ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

समाजको सदस्यहरुमा विष्णु तिवारी, जीवन रेग्मी, अर्जुन अमगाई, अमित रायमाझी, अम्विका भन्तना, किशोर अधिकारी, कपिल वगाले, नानु देवकोटा, मन कुमारी अमगाई, प्रकाश पन्त, धुर्व अधिकारी, दिपक खनाल, ऋषिराम ढकाल, विराट खनाल, दिनेश भट्टराई, सन्तोष अधिकारी, मनिस श्रेष्ठ र धिरेन्द्र वहादुर थापा चयन गरिएको छ ।

समाजको वन्द सत्रमा विधान माथि छलफल गरी परिमार्जन सहित पारित गरेको थियो । आर्थिक प्रतिवेदन कपिल बगालेले प्रस्तुत गरेका थिए ।

समाजको अधिवेशनमा तोचीगी क्षेत्रीय समितिका प्रतिनिधि, टोकियो बाहिर र टोकियोमा रहेका गोर्खालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

समाजका पूर्व संयोजक भट्टराईको सभापतित्व र एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठको विशेष आथित्यतामा सुरु गरिएको औपचारिक कार्यक्रममा जापानका प्रमुख संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष भट्टराईले जापानमा रहेका संघ संस्थासंग सहकार्य गर्दै गोरखा वासीको लागि सक्रिय भई अघि बढ्ने उद्घोष गरेका थिए । सो अधिवेशनको बन्द सत्र र घोषणा सभाको संचालन रविन्द्र श्रेष्ठले गरेका थिए ।

जापानमा रहेका राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थितमा कार्यसमिति घोषणा गरिएको थियो ।

जापानका चर्चित मुर्तीकारले देखाए भूकम्प पीडितका खेतमा कला

जापान ।
जापानका चर्चित मुर्तीकार सेत्सु सुजुकीले भूकम्प पीडित नेपालका खेतमा पुगेर आफ्नो कला देखाएका छन् ।

सुजुकीले मध्य नेपालको भूकम्प प्रभावित हेटौडामा आफ्नो कला प्रस्तुत गरेका हुन् ।

उनले भूकम्प प्रभावित स्थानीयलाई पुनर्जागरण दिलाउनका लागि भन्दै गरेको कार्यक्रममा करिब तीन सय स्थानीय र राष्टिय कलाकार सहभागी भएका थिए ।

कलाकारहरुले धानको अंकुरा जस्तै आगृति बनाउनका लागि धान खेतमा ७ सय ढाँचा लगाएको बताइएको छ ।

मानवीय भाव व्यक्त गरिररहेका जस्ता देखिने यि ढाँचा बनाइएको यि क्षेत्रमा गत डेढ बर्षअघिको विनाशकारी गोरखा भूकम्पमा परि आधा बढी घर भत्किएका थिए ।

द एज व्याण्डको फुकुओकामा लाईभ सांगितिक कार्यक्रम

जापान ।
सांगीतिक व्याण्ड ‘ द एज ब्याण्ड’ ले अँग्रेजि नयाँ बर्षको अवसरमा क्रिसमस ईभ पारेर जापानको फुकुओकामा लाइभ सांगीतिक कार्यक्रम गर्ने भएको छ ।

आगामी डिसेम्बर २४ मा फुकुसिमाको च्युओकु सिमिन सेन्टरमा साँझ ६ बजेदेखि आयोजना हुने सो कार्यक्रममा स्थानिय कलाकारको प्रस्तुतीसंगै ‘द एज ब्याण्ड ‘ले लाईभ सांगितिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

नेप्लीज बुल्स नामक संस्थाद्दारा आयोजित कार्यक्रमलाई विन्टरनाईट एण्ड क्रिसमस इभ नाम दिइएको छ ।

बाबुराम र उपेन्द्रको गोलमडोल संयुक्त वक्तव्य, कार्यकारि राष्ट्रपतिको माग

१३ मंसिर, काठमाडौं ।
कार्यकारि राष्ट्रपति को माग राखेर जनतासँग भोट माग्दै संविधान बनाउँदा भने जनतालाई लोप्पा खुवाएका वावुराम भट्टराई र उपेन्द्र यादवले फेरी यस्तो व्यवस्था गर्न माग गरेका छन् ।

संसदमा तेस्रो शक्ति रहँदा माओवादीबाट संविधानमा कार्यकारि राष्ट्रपतिको माग वावुराम भट्टराई सहित प्रचण्ड र उपेन्द्र यादवहरुले छाडेका हुन् । नेकपा एमालेले भने कार्यकारि प्रधानमन्त्रीको नाममा जनताबाट मत लिएर धोका दिएका थिए ।

१९ बर्षदेखी हुननसकेको स्थानिय निकायको चुनाव हुनुपर्ने समयमा अहिले कुवेलामा आएर भने नयाँ शक्ति नामको पार्टी खोलका बावुराम भट्टराईले उनै यादवसँग मिलेर विज्ञप्ति निकाल्दै कार्यकारि राष्ट्रपति हुनुपर्ने माग राखेका छतन् ।

यसैगरि नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमले संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, साँस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावहरुलाई अन्त्य गरिनुपर्ने भन्दै वक्तव्य निकालेको छ ।

आज नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधान संशोधनको विषयमा संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

जारी वक्तव्यमा उल्लेख गरिएको छ – ‘मधेशी, थारु, आदिवासी जनजाति, खस, मुस्लिम, शिल्पी –दलित०, उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पिछडिएका क्षेत्र लगायतका समस्याहरुलाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धन, संयुक्त प्रादेशिक मोर्चाहरु समेत सम्मिलित संघीय गठबन्धनले उठाएका राष्ट्रिय मुद्दाहरु खासगरी – राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको संघीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राज्यका सबै अंगमा समानुपातिक समावेशीकरण बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, संघीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकार सहित सबैखाले विभेदको अन्त्य हुने गरी नेपालको संविधानलाई संशोधनद्वारा सच्याउनु पर्दछ ।’

संविधान संशोधनमा भारतले दवाव दिंदै आएको अंगिकृत नागरिकता, पाँच नम्वर प्रदेशबाट तराईलाई छुट्याउने षड्यन्त्रकारी योजना, आत्मनिर्णयको नाममा देश टुक्राउने प्रस्ताव जस्ता गम्भिर विषयमा केही नबोलेका दुवै नेताले गोलमडोल भाषा प्रयोग गर्दै वक्तव्यमा जातिय, क्षेत्रिय, लिंगिय आदि आकर्षक देखीने शव्द प्रयोग गर्दै संशोधन गरिनुपर्ने भनेको छ । तर उसले स्पष्ट के हुनुपर्ने बुँदागत रुपमा आफ्ना केही कुरा लेखेको छैन ।

आफ्ना माग विपरित गरिने संविधान संशोधनले शान्ति, स्थीरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थीरतातर्फ धकेल्ने भन्दै दुई नेताले गम्भिर विषयका संशोधन तयारीमा मौन सांध्नाले दुवै पार्टी र नेताको भारतीय मागमा समर्थन गर्दै जन बिरोधमा मौनता साँधेको देखिएको छ ।

भूकम्पले कास्कीमा एक घर भत्कियो (अपडेट)

पोखरा,मंसिर १३ । लामो समयपछि सोमवार विहान ५ बजेर २० मिनेटमा गएको भूकम्पले कास्कीको लेखनाथमा एक घर भत्किएको छ । भूकम्प मापन केन्द्रका अनुसार रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकप्पले कास्कीको लेखनाथमा एक घर भत्किएको छ । लेखनाथका रुद्रमोहन भट्टराईको पुरानो घर भूकम्पले भत्किएको स्थानीयले जानकारी दिएका छन् ।

भूकम्पले कास्कीमा अझै बढी क्षति भएको आँकलन गरिएपनि क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।

कास्कीको उत्तरपूर्वी भूभागमा भूकम्पको महसुस बढी गरिएको स्थानीय नागरिकले बताएका छन् । भूकम्पको क्षतिको विवरण प्राप्त नभएको कास्की प्रहरीले जनाएको छ ।

बोली फेर्दै प्रचण्ड, आयोगबाटै सीमांकन टुंग्याउने पक्षमा

काठमाडौं,मंसिर १३ । प्रदेश ५ का पहाडी जिल्ला टुक्र्याएर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने प्रस्तावमा सहमति नजुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल संघीय आयोगबाटै सीमांकन विवाद टुंग्याउने पक्षमा पुगेका छन् । आइतबार बालुवाटारमा पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका अगुवासँगको भेटमा पनि संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन्छ भन्नेमा आफू नै अहिलेसम्म ढुक्क हुन नसकेको जनाई आयोगमार्फत निकास खोज्ने संकेत गरेका हुन ।

पाँच नम्बर प्रदेशका पहाडी जिल्ला विभाजन गरेर मधेसी मोर्चाको माग सम्बोधन गर्ने गरी सरकारले संशोधनको मस्यौदा तयार पारेको थियो । तर, उक्त प्रस्तावमा संविधान संशोधनको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नै मौन बसेको, आफ्नै पार्टी तथा सत्ता साझेदार दल कांग्रेसमा पनि आन्तरिक विवाद भएपछि प्रधानमन्त्री यस्तो निष्कर्षमा पुगेका हुन् ।

प्रमुख पतिपक्षी दल एमालेलाई अलग गरेर गरिने संशोधनले समस्या समाधान नहुने सत्तासाझेदार दलकै प्रभावशाली नेताको अडानपछि प्रधानमन्त्री दाहाल थप दबाबमा परेका छन् । संविधानलाई सर्वस्वीकार्य बनाउने नारा दिएका प्रधानमन्त्री दाहाललाई सत्तारूढ र माओवादी केन्द्रकै नेताहरूले एमालेको सहमतिविना कस्तो सर्वस्वीकार्य भन्दै प्रश्न गरेपछि यस्तो निष्कर्षमा पुगेको स्रोतको भनाइ छ ।

सरकारले तयार पारेको संशोधन मस्यौदामा मधेसी मोर्चाले समर्थन गरे आइतबार नै मन्त्रिपरिषद् बैठकबाट पारित गराएर संसद् सचिवालयमा दर्ता गर्ने सरकारको तयारी थियो । तर, मोर्चाले सरकारले तयार गरेको प्रस्तावकै विषयमा स्पष्ट धारणा सार्वजनिक नगर्नुका साथै निर्वाचनमा जाने प्रतिबद्धतासमेत जनाउन अस्वीकार गरेपछि प्रधानमन्त्रीले आइतबार मन्त्रिपरिषद् बैठकमा सरकार संविधान संशोधनका लागि सहमतिको वातावरण निर्माण गर्न लागिपरेको जनाउ दिँदै विषय मात्र प्रवेश गराएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मन्त्रिपरिषद् बैठकमा संशोधनको विषय प्रवेश गरेको जानकारी दिँदै सहमतिका लागि छलफल गरेर जाऊँ भन्ने प्रस्ताव प्रधानमन्त्रीले राखेको बताए । आजको राजधानी दैनिकमा खबर छ ।

एकीकरण राप्रपाको, हर्षबढाईं गर्ने लोकमान !

काठमाडौं,मंसिर १३ । एकीकरण राप्रपाको तर हर्षबढाईं लोकमान सिंह कार्कीको । यस्तो रमाइलो रमिता बारेमा अहिले राजधानीको उच्च वृत्तमा ह्वीस्की गफ गलिरहेको छ । दुईवटा राप्रपा जोडेर ३७ सिटको पार्टी बनेको छ र यो पार्टी आगामी दिनमा सत्ताको मुख्य खेलाडी बन्ने निश्चित छ । राप्रपालाई जसले रिझायो उसैले सत्ता पायो भन्नुपर्ने अवस्था आएको छ । र यसको प्रत्यक्ष लाभ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमान सिंह कार्कीले पाउँदैछन् ।

लोकमान विरुद्ध संसदमा महाभियोग प्रस्ताव विचाराधीन छ । कांग्रेसले समर्थन गरेन भने महाभियोग पारित नहुने निश्चित छ । त्यसमाथि ३७ सिटे राप्रपा पनि मिसिएपछि महाखड्कोबाट लोकमान जोगिने नै भए । राप्रपा एकीकरण भएपछि संसदीय दलको नेता कमल थापा बनेका छन् ।

कमल र लोकमान नाताले मामा सम्धी हुन् र असाध्यै मिल्छन् । लोकमान विरुद्धको आवाज मन्द हुँदै गएको छ । यो आवाज मन्द हुनुमा राप्रपा एकीकरणको पनि भूमिका रहेको छ । कतिपयले त राप्रपा एकीकरणमा लोकमानको समेत भूमिका रहेको बताइरहेका छन् । सत्ताको खेलमा आगामी दिनमा कमल थापा निर्णायक बन्दै जाने अवस्थाका कारण लोकमान पनि सुदृढ हुँदै जान थालेका छन् । साँघु साप्ताहिकमा खबर छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web