‘देशको स्वाभिमानका लागि पितापुर्खाले कहिल्यै हार्न जानेन्’,एमाले पनि हार्दैन’- ओली

मंसिर १२, २०७३ मा प्रकाशित | 930 views

काठमाडौं,मंसिर १२ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनीय दस्तावेज भएपनि कसैको इसारामा संशोधन हुन नदिने बताएका छन् । युवा संघ प्रचार विभागले प्रकाशन गरेको ‘आधार र कार्यभार’ पुस्तक लोकार्पण गर्दै कसैले शिर टेक्न खोजे सहन नसक्ने बताउर्दै देशको सार्वभौमता भुलेर संविधान संशोधन प्रस्ताव अघि बढाइएको बताए ।

‘यो देशका संविधान जनताको चाहनाअनुसार मात्रै संशोधन हुन्छ।’ पहाड र मधेश मिल्न नदिने माग मधेशी जनताको नभएको उनले बताए।  ओलीले किस्ता किस्तामा भइरहेको षडयन्त्रबाट जोगाउन संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु परेको बताए ।उनले भने, ‘अहिले पुच्छर निल्न खोज्नेले भोलि शीरै निल्न खोज्छ। सचेत हुन जरुरी छ।’ नेपाली जनताले कहिल्यै हार्न नजाने ओलीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web