१२ मंसिर, काठमाडौं । विश्व क्रिकेट लिग च्यम्पियनसिपमा नेपालले जित्नै पर्ने खेलको रुपमा रहेको केन्यासँगको भिडन्त फागुन अन्तिम साता हुने भएको छ ।

अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात् मार्च ११ र १३ मा दुई देशबिचको खेलको लागि प्रस्ताव गरेको छ ।

यसको विकल्पमा चैत ५ र ७ गते अर्थात मार्च १८ र २० मा गर्न पनि सकिने प्रस्ताव नेपाल र केन्यालाई गरेको छ ।

क्रिकइन्फोले पनि आफ्नो खेल तालिकामा नेपाल र केन्याबीचको खेल मार्च ११ र १३ मा हुने उल्लेख गरेको छ ।

तर, आईसीसीले भने समयको औपचारिक घोषणा गर्न बाँकी रहेको छ । नेपाल क्रिकेट संघ स्रोतका अनुसार खेल फागुन २८ र ३० मा हुने सम्भावना रहेको छ । तर, स्थान भने तय हुन बाँकी रहेको छ ।

नेपालमा हुनुपर्ने यो खेल नेपाल क्रिकेटसंघ निलम्बनका कारण नेपालमा हुने सम्भावना कम रहेको छ । यदि नेपालमा खेल हुने भएमा नामिबियासँगको खेलमा जस्तै आईसीसी आफैंले व्यवस्थापन गर्नु पर्ने हुन्छ । र, खेल नेपालमा नै आयोजना गराउन पहल भइरहेको बताइएको बताइएको छ ।

चौथो चरणको खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । शीर्ष चारमा परेर विश्वकप छनौट खेल्ने सम्भावना राखि राख्न नेपालले अबका खेल जित्नै पर्ने हुन्छ त्यसमा पनि केन्यासँगको खेलमा नेपालको जित नभएमा यात्रा रोकिने निश्चित जस्तै छ ।

१२ मंसिर, काठमाडौं ।
विगत १४ दिनदेखि आमरण अनसनरत डा. केसीका समर्थकलाई धरपकड गरेको प्रहरीले उनिहरुलाई छाडेपछि सरकारसँग वार्ता सुरु भएको छ ।

शनिवार त्रिवि उपकुलपति डा.तीर्थ खनियाको घर घेर्न पुगेका प्रदर्शनकारीलाई प्रहरीले रिहा गरेलगत्तै आइतबार सरकारी टोली र डा. केसीको वार्ता टोली बीच पहिलो चरणको वार्ता सुरु भएको हो ।

काठमाडौंको सिंहदरबारमा जारी वार्तामा डा. केसीको पक्षबाट डा. वाईवी सिंहले नेतृत्व गरेका छन् । जसमा लिलन महर्जन, डा. सचित शर्मा, डा. रञ्जन सापकोटा, डा. जीवन क्षेत्री लगायत छन् ।

त्यसैगरी, सरकारी पक्षबाट शिक्षामन्त्री धनीराम पौडेल तथा स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती सम्मिलित दुई सदस्सीय टोली छ ।

त्रिवि उपकुलपति डा. तीर्थ खनिँयालाई पदबाट बर्खास्त गर्नु पर्ने मागसहित शनिवार कीर्तिपुरस्थित उनको घर घेर्न पुगेका ३१ प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेपछि शनिवारबाट सुरु हुने भनिएको वार्ता स्थगित भएको थियो ।

सरकार पक्षको प्रतिकृयाकै आधारमा वार्ताले कुन मोड लिन्छ भन्ने तय हुने सामाजिक अभियन्ता केसीले बताउनुभएको छ ।

१२ मंसिर, काठमाडौं ।
भारतको पन्जाबस्थित नाभा जेलमा बन्दुकधारीको एक समूहले आक्रमण गरी पाँच कैदीलाई भगाएका छन् ।

प्रहरीले जेलबाट भागेका आतंकवादी ठानेर अन्धाधुन्ध गोली हान्दा एक युवतीको मृत्यु भएको छ ।

आतंकवादीहरुको एक समूहले नाभा जेलमा आक्रमण गरेर खालिस्तान लिबरेशन फ्रन्टका हरमिन्दर सिंह मिटुसहित पाँच कैदीलाई भगाएको बताइएको छ ।

भागेका कैदी ठानेर प्रहरीले एउटा गाडीमा गोली चलाउँदा एक युवक र एक युवती घाइते भएका थिए । घाइतेमध्ये युवतीको गोली लागेर मृत्यु भएको हो र उनी आर्केस्ट्रामा काम गर्ने युवती भएको बताइएको छ ।

जाँच पड्ताल नगरी प्रहरीले सिधै ताकेर गोली हानेको भन्दै त्यहाँ व्यापक बिरोध भइरहेको छ ।

प्रहरीका अनुसार प्रहरीको बर्दीमा आएका युवकहरुको एक समूहले जेलमा अन्धाधुन्द आक्रमण गरि हरमिन्दर सिंह मिटु, ग्यांगस्टार विकी गोंडर, गुरप्रीत शेखों, नीता देओल र विक्रमजीत नाम गरेका कैदिलाई भगाएका हुन् ।

मिटुलाई पन्जाब प्रहरीले सन् २०१४ मा नयाँदिल्लीस्थित इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको र उनीमाथि बिभिन्न दश घटनामा मुद्दा चलिरहेको बताइएको छ ।

१२ मंसिर, काठमाडौं ।
पशुपति शम्शेर जबरा र कमल थापाको राप्रपा र राप्रपा नेपला मिलेपछि बनेको राष्टिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा कमल थापा निर्विरोध निर्वाचित भएका छन् ।

एकता भएपछि संसदीय दलको नेता चयन गर्न आइतबार राप्रपाको संसदीय दलमा बसेको बैठकले संसदीय दलको उपनेतामा दीपक बोहोरालाई चयन गरेको छ ।

बैठकमा एकता हुनुअघिको राप्रपाका संसदीय दलका नेता दीपक बोहराले थापालाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा सांसदहरूले समर्थन जनाए ।

कमल थापा यसअघि राप्रपा नेपालका संसदीय दलका नेता थिए । संसदीय दलको नेता कमल थापाले दीपक बोहरालाई उपनेतामा प्रस्ताव गरे र सर्वसम्मतले बोहरा उपनेता चुनिए ।

राप्रपा र राप्रपा नेपालबीच एकता भएपछि पार्टीको नाम ‘राप्रपा’ राखिएको छ । एकतापछि राप्रपाको संसदमा ३७ सिट भएको छ । पार्टीको अध्यक्षमा पशुपति शम्सेर जवरा रहेका छन् ।

यसैगरी संसदीय दलको बैठकले दुई पार्टीबीच एकीकरण भएपछि संसदीय दलको विधान संशोधन गर्न चार सदस्यीय समिति समेत गठन गरेको छ । सांसद विक्रम पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको जनाइएको छ ।

१२ मंसिर, नवलपरासी ।
गाडीको क्षमता भन्दा बढी यात्रु राखेकै कारण तिब्र गतिमा भार थेग्न नसकी नवलपरासीको डाडाझेरी छरछरेमा सवारी दुर्घटना हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकै परिवारका ६ जना रहेका छन् । दुर्घटना १६ जना घाइते भएका छन्, ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

बलिङ्गटार गाबिस हुदैँ डाडाँझेरी गाबिसको छरछरे जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । ज्यान गुमाउने र घाइते सबै डाडाँझेरी गाबिस वडा. नं ८ छरछरेका स्थानीय बासीन्दा हुन् ।

दुर्घटनामा परी डाँडाझेरी ८ छरछरेका सुमन्ती वाचो, ५२ बर्षीया खेम बाचे, २२ बर्षीका दीपक फाल मगर, ६० बर्षका रेमबहादुर वाचे मगर, ४२ का लोकबहादुर वाचे, ४० बर्षका जयबहादुर बाचे र ४ बर्षका किसान बाचे मगरको निधन भएको हो । ती मध्ये ६ जना एउटै परिबारका रहेको जनाइएको छ ।

दुर्घटनामा १६ यात्रु घाइते भएका र ती मध्ये तीनको अबस्था गम्भीर रहेको र उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भेरहेको छ ।

गम्भीर घाइतेमा चालक प्रकाश नेपाली,यात्रुहरु बद्धिबहादुर सुनारी मगर र खेमनसिहं आले मगर रहेका छन् ।

अन्य घाइतेहरुमा सोही गाउँका भीमबहादुर सुनारी, देउ बहादुर फाल, शेरबहादुर फाल, नुन प्रसाद बाँचे, सन्दिप बाँचे, थमनसिहं बाँचे, चनमायाँ बाँचे, लक्ष्मण बाँचे, सर्ग बहादुर बाँचे, गोपाल सुनारी, यमकुमारी फाल, बोमबहादुर सुनारी र दुगाृ बहादुर फालको नारायणी सामुदायिक अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

टोकियो ।
नेकपा एमाले समर्थकहरुको जापानमा रहेको संगठन प्रवासी नेपाली मंच जापानको नेतृत्वमा चारजना प्रतिस्पर्धि देखिएका छन् ।

हिजोबाट सुरु भएको अधिवेशनले आज आईतवार साँझ नयाँ नेतृत्व चयन गर्दै सकिने कार्यक्रम छ ।

नयाँ नेतृत्वको लागि मोहन रायमाझी, अर्जुन अधिकारी, महेन्द्र श्रेष्ठ र राजकुमार पण्डित देखा परेका छन् ।

महेन्द्र श्रेष्ठलाई वरिष्ठताका आधारमा संयोजक चयन गर्ने प्रयास भइरहेको बुझिएको छ । नेतृत्वमा आकांक्षी बनेका सबै पार्टी अध्यक्ष केपी ओलि समर्थक हुन् ।

वर्तमान अध्यक्ष कृष्णबहादुर खड्काले अध्यक्षमा दावेदारी नगरि श्रेष्ठलाई नै सहयोग गरिरहेका कारण पनि उनको नाममा समर्थन जुट्ने देखिएको छ ।

अर्का प्रत्यासि राजकुमार पण्डितलाई रायमाझी र केसी समुहले सहयोग गर्ने देखिएपछि नेतृत्वमा दुई जनाको अन्तिम प्रतिस्पर्धा हुने देखिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा एमाले नेता किरण गुरुङ जापान आएका छन् । उनले निर्वाचन भन्दापनि सर्वसम्मत भन्दै नेतृत्वमा आफुले रुचाएका श्रेष्ठको पक्षमा समर्थन जुटाउन लागि परेका छन् । नेता किरण गुरुङ पनि पार्टी अध्यक्ष ओली समर्थक हुन् ।

नेतृत्वमा सर्वसम्मको नाममा नेताहरुको भागवण्डामा नेतृत्व चयनको प्रयास भइरहेपनि उपस्थित एमाले समर्थकहरुले भने निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने मत राखिरहेका छन् ।

प्रवासी नेपाली मंच ओएनएफ जापानको नयाँ नेतृत्व दुई बर्षको रहेको छ । जसमा उपाध्यक्षमा बावुराम भण्डारी, सुन्दर पौडेल, जीवन अर्याल लगायतले उम्मेदवारी दिएका छन् ।

यस्तै महासचिवमा राजेन्द्र श्रेष्ठ सहित कुलचन्द्र खरेल समेत देखिएका छन् । सचिवमा भने पर्शुराम बस्नेत र कोषाध्यक्षमा पशुपति गिरी अगाडी देखिएका छन् ।

२५ सदस्यिय कार्यसमिति निर्वाचनको लागि आज भइरहेको अधिवेशन ओएनएफ जापानको २०औं अधिवेशन हो । आज अबेर सम्ममा नेतृत्व चयन गर्दै अधिवेशन सकिने कार्यक्रम रहेको छ ।

काठमाडौं ।
सरकारले अनशनरत चिकित्सक डा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव रहेको एक टोली गठन गरेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै झण्डै दुई सातादेखि आमरण अनशनमा बसेका डा केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेती रहेको वार्ता टोली गठन गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा टोली गठन भएको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिनुभयो ।

सरकारले डा केसीका पूरा हुन सक्ने माग सम्बोधन गर्न तथा उहाँको जीवन रक्षाका लागि टोलीका तर्फबाट सक्दो प्रयास गर्ने स्वास्थ्य सचिव डा उप्रेतीले बताउनुभयो ।

केहीदिन अघि स्वास्थ्यमन्त्री गगनकुमार थापाले डा केसीलाई भेटी समस्या समाधनका लागि वार्ता टोली बनाउने वचन दिनुभएको थियो ।

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याउन लागेको संसोधन प्रस्ताव एमालेलाई मान्य नहुने बताउनु भएको छ ।

बाराको निजगढमा नेकपा एमालेको प्रथम निजगढ नगर अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेको सहमति विना सतारुढ दलहरुले ल्याउन लागेको राष्ट्रियता र अखण्डतामा असर पर्ने संसोधन प्रस्तावलाई सडक र सदन दुवै तर्फबाट प्रतिकार गरिने बताउनुभयो ।

उहांले प्रदेश घटाउने र हिमाल, पहाड र तराइ जोड्ने संशोधन प्रस्तावमा मात्र एमाले सहमत हुन सक्ने बताउनुभयो ।

सरकारले ल्याउने संशोधन प्रस्ताव एमालेलाई अमान्य ः नेता खनाल

नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताउनुभएको छ ।

प्रेस चौतारी पर्साले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेकोले प्रस्तावको औचित्य नै समाप्त भएको विचार व्यक्त गर्नुभयो ।

नेता खनालले अहिले संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र (माओवादी केन्द्र) बीच एकता आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

काठमाडौं ।
घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा निम्बन्ध लेखनका साथै अतिरिक्त कला, संस्कृतिको क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याएको भन्दै तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको ‘घटराज पुरुस्कार’ प्रदान गरिएको छ ।

शताब्दी पुरुष डा. सत्यमोहन जोशीले ताम्रपत्रका साथै ५० हजार नगद पुरुस्कारबाट उहाँ सम्मानित हुनुभएको हो ।

घटराज भट्टराई स्मारक कोषमा संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाँईको अध्यक्षतामा सम्पन्न समारोहमा डा. सत्यमोहन जोशी, पुरुस्कृत व्यक्तित्व तेजेश्वरबाबु ग्वंग, प्रयागराज बाशिष्ट, शान्ति रिजाल, अर्चना वाग्ले, डा. राजेश भट्टराई र सदस्यसचिव साधना दाहालले घटराज भट्टराई र पुरुस्कृत व्यक्तित्वका बारे प्रकाश पार्नुभएको थियो

मुकुन्दराज भेटुवाल-सिड्नी ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवाशीय नेपाली सङघ (एनआरएनए) अष्टे«लिया र अष्टे«लियास्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सवको शनिवार उद्घाटन गर्नुभयो ।

सिड्नीको पर्यटकीयस्थल डार्बिड, हार्बिनमा आयोजित सो महोत्सवमा अष्टे«लियामा बसोवास गर्दै आएका नेपालीको सहभागिता छ । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गरिएको छ ।

त्यस अवसरमा मन्त्री डा महतले नेपालमा विकासको ठुलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

मन्त्री डा महतले आफ्नो अष्ट्रेलिया भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धको विकास विस्तारका साथै त्यहाँ रहेका नेपालीको भावना बुझ्ने रहेको भन्दै दुई देशबीचको सम्बन्धको विकासमा त्यहाँ रहेका नेपालीले पु¥याएको योगदानको सराहना गर्नुभयो ।

उक्त महोत्सवमा एनआरएनका अध्यक्ष शेष घले, तथा अष्ट्रेलियामा रहेका प्रवुद्ध नेपालीले पनि सम्बोधन गर्नु भएको थियो ।

काठमाडौं ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली ए सी सी महिला यशिया कप टि २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान संग ९ विकेटले पराजित भएको छ ।

थाईल्याण्डको ब्याङ कक स्थित टर्ट थई क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा टस जित्दै ब्याटिङ्ग थालेको नेपालले १८.१ ओभरमा ४७ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।
नेपालकी कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ११ रन बनाएकी थिईन् ।

पाकिस्तानले १० ओभरमा १ विकेटको क्षेतीमा विजयी लक्ष्ये प्राप्त गरेको थियो ।
पाकिस्ताको एक मात्र खेलाडि रन आउट भएकी थिईन् ।

शनिबार नै भएको अर्को खेलमा भारतले बंगलादेशलाई ६४ रनले पराजित गरेको थियो ।
नेपालको दोस्रो खेल मंसिर १२ गते सोमबार श्रीलङ्का संग हुनेछ ।

विश्व कम्युनिष्ट क्रान्तिका एक नायक तथा क्यूबाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ ।

संसारकै प्रभावशाली एवम् लामो समय क्यूबामा शासन गर्नुभएका महान् नेता क्याष्ट्रोको निधनबारे उहाँका भाइ तथा क्यूबाली राष्ट्रपति राहुल क्याष्ट्रोले पुष्टि गर्नुभएको हो ।

कम्युनिष्ट क्रान्तिलाई विश्वसामू चिनाउने नेताका रुपमा परिचित क्याष्ट्रोले कैयौं वर्ष अमेरिकी विस्तारवादको विरोध गर्नुभएको थियो ।

आफू अस्वस्थ एवम् वृद्ध भएपछि सन् २००८ मा उहाँले भाई राहुल क्याष्ट्रोलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।

गत अप्रिलमा क्यूबाली कम्युनिष्ट पार्टीको अधिवेशनमा सहभागी हुँदा क्याष्ट्रोले क्यूबाको कम्युनिष्ट अवधारणा अझै सान्दर्भिक रहेको बताउनु भएको थियो ।

फिडेल क्याष्ट्रोलाई उहाँ समर्थकहरुले राज्यसत्ता जनतामा ल्याउने नायकका रुपमा प्रशंसा गर्छन् भने आलोचकहरु उहाँलाई विपक्षीहरुलाई दमन गर्ने नेताका रुपमा चिन्दछन् ।

सन् १९२६ मा दक्षिणपूर्वी ओरिएण्टे प्रान्तमा जन्मनुभएका क्याष्ट्रो सन् १९५३ मा वाटिष्टा शासनविरुद्ध लागेको अभियोगमा जेल पर्नुभएको थियो ।

दुई वर्षपछि जेलबाट रिहा भएलगत्तै क्याष्ट्रोले अर्का प्रभावशाली नेता चे ग्वेभारासँग मिलेर गुरिल्ला युद्ध शुरु गर्नुभएको थियो ।

१९५९ मा वाटिष्टा शासनलाई पराजित गरी प्रधानमन्त्री बन्नुभएका क्याष्ट्रो सन् १९७६ मा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो ।

फिडेल क्याष्ट्रोलाई कतिपयले कम्युनिष्ट तानाशाहका रुपमा चित्रण गरेपनि विश्वभर उहाँको छवि अमेरिकासँग कहिल्यै नझुकेका राष्ट्रवादी नेताका रुपमा रहेको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालद्वारा शोक प्रकट

राष्ट्रपति विद्यादेवी भण्डारीले क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोलाई आज एक शोक सन्देश पठाउँदै पूर्व राष्ट्रपति क्यास्ट्रोको निधनप्रति समवेदना प्रकट गर्नुभएको हो ।

उहाँले शोक सन्तप्त परिवारजन, क्युबाली जनताको माझमा क्यास्ट्रो सधैँ रहिरहनुहुनेछ भन्ने उल्लेख गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ले पनि राष्ट्रपति राहुल क्यास्ट्रोलाई एक शोक सन्देशमार्फत क्यास्ट्रो विश्वका एक लोकप्रिय र क्रान्तिकारी कम्युनिस्ट नेता एवम् समाजवादी अभियानको नेता समेत हुनुहुन्थ्यो भन्नुभएको छ ।

प्रधानमन्त्रीले, क्यास्ट्रो जनताको वास्तविक प्रतिनिधिसमेत रहनुभएको उल्लेख गर्नुभएको छ ।

रहेनन् अमेरिकाको सयौं हत्या प्रयासबाट बाँचेका एक क्रान्ति नायक फिडेल क्यास्ट्रो

कम्युनिष्ट
नेता तथा क्यूवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको निधन – See more
at: https://topnepalnews.comWorld-News/6039#sthash.poVgvssB.dpuf