मुकुन्दराज भेटुवाल-सिड्नी ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अष्ट्रेलियामा बसोवास गर्दै आएका नेपालीको वृहत सहभागितामा गैरआवाशीय नेपाली सङघ (एनआरएनए) अष्टे«लिया र अष्टे«लियास्थित नेपाली दूतावासद्वारा आयोजित नेपाल महोत्सवको शनिवार उद्घाटन गर्नुभयो ।

सिड्नीको पर्यटकीयस्थल डार्बिड, हार्बिनमा आयोजित सो महोत्सवमा अष्टे«लियामा बसोवास गर्दै आएका नेपालीको सहभागिता छ । महोत्सवमा नेपालको कला संस्कृति, मौलिकता र परम्परा झल्कने कार्यक्रम प्रस्तुत गरिएको छ ।

त्यस अवसरमा मन्त्री डा महतले नेपालमा विकासको ठुलो सम्भावना रहेको भन्दै ती सम्भावनाको पहिचान गरी नेपाल निर्माण गर्ने अभियानमा लगानी गर्न त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो ।

मन्त्री डा महतले आफ्नो अष्ट्रेलिया भ्रमणको उद्देश्य दुई देशबीचको सम्बन्धको विकास विस्तारका साथै त्यहाँ रहेका नेपालीको भावना बुझ्ने रहेको भन्दै दुई देशबीचको सम्बन्धको विकासमा त्यहाँ रहेका नेपालीले पु¥याएको योगदानको सराहना गर्नुभयो ।

उक्त महोत्सवमा एनआरएनका अध्यक्ष शेष घले, तथा अष्ट्रेलियामा रहेका प्रवुद्ध नेपालीले पनि सम्बोधन गर्नु भएको थियो ।

19.28¡ÆC