विश्व क्रकेट लिग च्याप्यिनसिपमा नेपाल र केन्याको खेल फागुनमा हुने

मंसिर १२, २०७३ मा प्रकाशित | 873 views

१२ मंसिर, काठमाडौं । विश्व क्रिकेट लिग च्यम्पियनसिपमा नेपालले जित्नै पर्ने खेलको रुपमा रहेको केन्यासँगको भिडन्त फागुन अन्तिम साता हुने भएको छ ।

अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात् मार्च ११ र १३ मा दुई देशबिचको खेलको लागि प्रस्ताव गरेको छ ।

यसको विकल्पमा चैत ५ र ७ गते अर्थात मार्च १८ र २० मा गर्न पनि सकिने प्रस्ताव नेपाल र केन्यालाई गरेको छ ।

क्रिकइन्फोले पनि आफ्नो खेल तालिकामा नेपाल र केन्याबीचको खेल मार्च ११ र १३ मा हुने उल्लेख गरेको छ ।

तर, आईसीसीले भने समयको औपचारिक घोषणा गर्न बाँकी रहेको छ । नेपाल क्रिकेट संघ स्रोतका अनुसार खेल फागुन २८ र ३० मा हुने सम्भावना रहेको छ ।  तर, स्थान भने तय हुन बाँकी रहेको छ ।

नेपालमा हुनुपर्ने यो खेल नेपाल क्रिकेटसंघ निलम्बनका कारण नेपालमा हुने सम्भावना कम रहेको छ । यदि नेपालमा खेल हुने भएमा नामिबियासँगको खेलमा जस्तै आईसीसी आफैंले व्यवस्थापन गर्नु पर्ने हुन्छ । र, खेल नेपालमा नै आयोजना गराउन पहल भइरहेको बताइएको बताइएको छ ।

चौथो चरणको खेल सकिँदासम्म नेपाल ६ अंकसहित छैटौं स्थानमा छ । शीर्ष चारमा परेर विश्वकप छनौट खेल्ने सम्भावना राखि राख्न नेपालले अबका खेल जित्नै पर्ने हुन्छ त्यसमा पनि केन्यासँगको खेलमा नेपालको जित नभएमा यात्रा रोकिने निश्चित जस्तै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web