दाहाल–ओली ‘वान टु वान’ वार्ता पछि एमालेको रहस्यमय परिवर्तन

काठमाडौं,पुस २५ । एक दिन अघिसम्म आक्रामक शैलीमा संविधान संशोधन विधेयक कुनै पनि हालतमा संसदमा टेबुल गर्न नदिने हुँकार गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले रहस्यमय तरिकाले आफ्नो अडानमा परिवर्तन देखाएको छ।

आइतबार अपरान्ह सभामुखको पहलमा बसेको प्रमुख पाँच दलको शीर्ष नेताहरूको बैठकमा पनि एमालेले आफ्नो अडान कायमै राख्यो। केही समयपछि केपी ओली र प्रचण्ड बैठकस्थलबाट जुरूक्क उठेर एक घन्टाभन्दा बढी गोप्य मन्त्रणामा ब्यस्त भए।

गोप्य मन्त्रणापछि सरकारले संशोधन प्रस्ताव टेबुल गर्ने र प्रमुख प्रतिपक्षी एमालेसहित ९ दलले सांकेतिक विरोध गर्ने सहमति भयो। बैठकस्थलमा उहीहरूको पतिक्षाका लागि अन्य दलका शीर्ष नेता बसिरहेका थिए।

गोप्य मन्त्रणापछि बाहिर आएर प्रधानमन्त्रीले ओलीको उपस्थितिमै सभामुख घर्तीलाई प्रमुख प्रतिपक्षी दलको असहमति रहे पनि संसद सञ्चालन गर्नुहोस् भन्ने निर्देशनको सांकेतिक आग्रह पछि उनीहरू मिलेको अड्कलबाजी गरिन्छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।

विधेयक पारित गराउने अंकगणित सुरु,सांसद् खरिद् विक्रिको खतरा !

काठमाडौं,पुस २५ । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा आइतबार टेबुल गरेलगत्तै विधेयक पारित गराउने अंकगणित शुरू भएको छ । सरकारसँग सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलसहित ३ सय ९३ जना सांसद छन् । यद्यपि सत्तारुढ भनिए पनि राप्रपाले असन्तुष्टि पोख्दै आएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका ९ दलसँग दुई सय एक जना सांसद छन् ।

संसदमा टेबुल गराइएको विधेयक पास गराउनका लागि दुई तिहाइ बहुमत आवश्यक पर्छ । विधेयक पारित गराउनका लागि संसदमा हाल कायम रहेकाम ५ सय ९४ मध्ये दुई तिहाइ बहुमत पुर्‍याउन ३ सय ९८ मतको आवश्यकता पर्छ ।

दुई तिहाइ पुर्‍याउन सरकारलाई ५ मतको खाँचो रहेको छ। सरकार पाँच जना सांसद पुर्‍याउने गृहकार्यमा लागेको छ । तर यसो गर्दा इतिहासमा प्रयोग गरिएको सांसद खरिद बिक्रीको खतरा उत्पन्न भएको छ । आजको समाचार पत्रमा खबर छापिएको छ ।

योजनामै सभामुखले गरिन् संविधान संशोधन बिधेयक टेबल

समाचार टिप्पणी-काठमाडौंै ।
सभामुख ओनसरी घर्तीको अनुमति पाएपछि कानुनमन्त्री रहेका अजय शंकर नायकले विवादास्पद संविधान संशोधन विधेयक संसदमा टेबल गरेकी छिन् ।

बाहिर विपक्षि दललाई छक्याएर, बिरोधका बिच, झुक्याउँदै भनिएपनि आज भएको तीन पार्टिका शिर्ष नेता बैठक, पछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबिचको भद्र सहमती र सत्ताधारी दलको योजनामै सभामुख ओनसरी घर्तीले विवादास्पद संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको देखिएको छ ।

आज देशघाती ठानिएको संशोधन विधेयक दर्ता गरेरै छाड्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताइरहँदा प्रतिपक्षि दलका सांसदहरु सिटबाट मात्र उठेर अगाडीको भागसम्म आउने इच्छा समेत देखाएनन् ।

निर्वाचन सम्वन्धि विधेयक प्रस्तुत गरेका मन्त्री स्टेजबाट नओर्लिएपछि सामान्य राजनीति जानेकाले समेत विवादास्पद संशोधन विधेयक दर्ताको प्रस्ताव पेश हुने ठानिसक्दा एमाले सहितका विपक्षि दलका सांसद सिटमा उभिएरै औपचारिक बिरोध मात्र जनाएर बसिरहे ।

आफ्ना पार्टीका कार्यकर्ता पक्रँदा संसदमा घाँटीको नसा फुलाउँदै बिरोध गरेर कुर्लने सांसदहरुको स्वर बिरोधमा गुनगुनाएको जस्तो मात्र सुनिन्थ्यो ।

गृहमन्त्री बिमलेन्द्र निधिले निर्वाचनको विधेयक पेश गर्ने भनेपनि केही चलाखी गर्दै प्रधानमन्त्रीले कानुनमन्त्री अजयशंकर नायकलाई स्थानीय तह निर्वाचन विधेयक संसदमा पेश गर्न लगाए ।

यसअघि प्रमुख प्रतिपक्षसहितका विपक्षी गठबन्धनले लगातार संसद बैठक अबरोध गरेपछि  सभामुखको पहलमा शीर्ष नेताको बैठक बसेपनि ठोस सहमती केही भएका थिएनन् ।

प्रधानमन्त्री दाहालले विवादीत संविधान संशोधन प्रस्ताव दर्ता गर्न दिन एमाले अध्यक्ष ओलिलाई गुहार्दै आएका थिए भने ओलीले निर्वाचन र अख्तियारका निलम्बित लोकमानसिंह कार्की माथिको कारवाही अघि बढाउन भन्दै आएका थिए ।

यि दुवै प्रस्तावपनि अघि बढेको र सरकारले समेत केही चलाखी गरेजसो गरेर प्रमुख प्रतिपक्ष सिटमै उभिएर गुनगुनाएको स्वरमा बिरोधको लागि मात्र बिरोध गरेको देख्दा सहमतीमै संविधान संशोधन विधेयक दर्ता भएको आशंका गरिएको छ ।

यहि अवस्थामा विधेयक अघि बढेमा पाँच नम्वर प्रदेशबाट भारतीय योजनामा तराईका केही जिल्ला छुट्याउने पुष्पकमल दाहाल सरकारको विधेयक देशभर जनताको चर्को बिरोध रहेपनि सांसद संख्या गनेकै भरमा पारित हुने आशंका बढेर गएको छ ।

निलम्बित लोकमानसिंह सर्वोच्चले अयोग्य ठहर गरेपछि अख्तियारबाट पदमुक्त

काठमाडौं ।
चरम बिवादीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले उक्त पदका लागि अयोग्य ठहर गरेको छ ।

संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएका कार्की बिरुद्ध दायर रिटमाथि सुुनुवाई गर्दै न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिंन्हाको इजलासले अयोग्य ठहर गरेको हो ।

आजै मात्र कार्की बिरुद्धको महाअभियोग प्रस्तावमाथिको संसदीय छलफललाई समितिमा पठाउँदै कार्की बिरुद्ध कारवाही गर्न आनाकानी गरिरहेको संसदलाई कार्की अयोग्य ठहर गर्दै सर्वोच्चले थप कारवाहीको लागि बाटो खोलीदिएको छ ।

कार्की बिरुद्ध अधिवक्ता ओमप्रकाश अर्यालले उनको नियुक्ती गलत र अयोग्य भन्दै सर्वोच्चमा रिट हालेका थिए ।

अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीविरुद्ध दर्ता गराएको निवेदनको पक्षमा १६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

त्यसैगरी, म्याद तामेलीमा अवरोध गर्ने शम्भुबहादुर खत्री, सरिता राई, भेषराज अर्याल, नकुलराज गौतम र प्रबल थापालाई एक हजार रुपैयाँ जरिवाना गर्ने आदेश पनि सर्वोच्चले गरेको छ ।

अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्कीको नियुक्ति बदर गर्नुअघि आजै सर्वोच्चमा उनको योग्यतासम्बन्धी मुद्धाको बहस सकिएको थियो ।

रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालको तर्फबाट अधिवक्ताहरु शम्भू थापा, निवेदक अर्याल, टिकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरेका थिए ।

गत पुस ७ गतेदेखि सुरु भएको सुनुवाईमा लोकमानसिंह कार्कीको बचाउ गर्दै वकिलहरु  बद्रीबहादुर कार्की, सुशील पन्त, महादेव यादवलगायतले बहस गरेका थिए ।

‘हो म देशमा केही गर्न नसकेरै पर-देश पसें’ :गोकर्ण अधिकारी

त्यतिखेर म पर-देश पस्ने पक्का भयो, जब पानी पोखरीमा रहेको जापानी दूतावासले मलाई जापान बसाईको एक बर्षे अनुमतिपत्र दियो ।

भित्रि चाहना भन्दा पारिवारिक इच्छा अनि मित्र मदनको पहलमा पर देश पस्ने कुरा ख्यालख्यालमै सुरु भएको थियो । एक सरो कागजात पठाउनु बाहेक भाषा, भिषा र काम सिक्ने मेरो तयारी देश छाड्नु एक महिना अभिसम्म शुन्य जस्तै थियो ।

सिमित परिवारका सदस्य, एकाध मित्र बाहेक मैले खुलेर परदेश पस्ने र पसेको कुरा अहिलेसम्म पनि कसैलाई भनेको थिइन । कारण, पर देशमा पस्नु पर्दाको यो पिडा परचक्रीलाई मात्रै थाहा हुँदो रहेछ । र त म पिडाका खातमाथि मुस्कानको एक थुंगा हाँसो फोटाहरुमा पोतेर म पोखिरहन सकिराखेको छैन ।

एनजिओको जागिर, राम्रै नयाँ मोटरसाईकलको दैनिक यात्रा, अनलाईन वेवसाइट चलाउन आफ्नै कार्यालय अरुले हेर्दा रहर लाग्दो मेरो दैनिकि मलाई भने औषत लागिरहेको थियो । सहकर्मी साथिहरुको लागि लोभलाग्दो त्यो खालको जागिरबाट राजिनामा दिएर आफ्नै व्यवसाय सुरुगर्ने अठोटले मैले काम छाडेको थिएं, जापानको भिषा लाग्नु भन्दा एक महिना अघिनै ।

खाइपाइ आएको जागिर पनि छोडेपछि अनलाईन मिडियामै केही गर्ने अठोटले कार्यालय व्यवस्थापन, काम गर्न मान्छे राखिसकेको म जापानको लागि मैले गरेको निवेदन जापान सरकारले स्विकृत गरेको यताको खवरपछि उता बिचलित हुन पुगें ।

एउटा अध्यायको सुरु हुँदै गर्दा दोस्रो अध्याय सुरु हुँदा म बाध्य भएर पहिलो अध्यायलाई अल्पविराम लगाउन तिर लागें र पर देशको पोका पन्तुरा कस्नतिर लागें ।

हप्तादिन अघिनै परिवार, आफन्त, नातागोता भेटेको मैले उड्नु केही अघि मात्र केही मित्रहरुलाई खवर गरें देशमा केही गर्न नसकेर म पर देश पसें है भनेर ।

मैले देशबाट के पाएं हैन, देशलाई के दिन सकें भन्ने उक्तिलाई उतिबेलै देखी मानेको मैले कहिल्यै देशलाई सरापेर पराया देशको न भक्ति गाएको छु न त जुठोपुरो नै खाएको । किनकि मैले मुखमा रामराम बोलेर बगलीमा भारुराम गर्ने धमला चाटुकारिताबाट कहिल्यै केही सिकिन र सिक्न चाहिन जो मेरो गुरुले मलाई व्यवसायिक पत्रकारिताको सुरुवातदेखी आज उप्रान्त कम बोलेरै धेरै सिकाइरहेका छन् ।

यो साँच्चो हो कि देशमा केही गर्न नसकेर परदेश पसेका हुतिहाराहरु मैले भन्ने गरेको त्यो पंक्तिमा अहिले म आफैं उभिएको छु । देशमा केही गर्न रुपैयाँ निकाल्न नसक्ने ठान्नेहरु पर देश पस्न दशौं लाख खर्चन तयार त्यो भिंडको एक सदस्य म पनि बनिसकेको छु । फरक यत्ति हो मेरो कर्म क्षेत्रको रुपमा रहेको एक पत्रकार प्रेम बानियाँ म पर देश पसेको झण्डै एक बर्षपछि पसे, म बर्षदिन अघि नै ।

काठमाडौंका अग्ला बग्रेल्ती घरहरुदेखेर मेरो परिवारले आफ्नै सानो छानोको आसमा म परदेश पसिदिए हुन्थ्यो भन्ने मनसाय राख्ने गरेको मैले नबुझेको होइन । मेरो साथिले पढाइले मात्र पार नलाग्ने देखेपछि पछिको लागि पैसा कमाउन देश छाडेर आए हुन्थ्यो भन्ने गरेको पनि मैले बुझेकै थिएं । तर यत्ति न उनिहरुले बुझे न मैले बुझाउन सकें देश दुख्दा रुने मेरो मन परदेशमा पैसासँग साटेर न खुशी पाउन सक्छु न भोलिको सपनामा बर्तमानको सपनालाई सति पठाउन नै । जसै गरेपनि अन्तत म पर देश पसें र आज दिन गन्दा ३ सय ७६ दिन दिन भएछ ।

मेरो पर देश यात्राको बिदाईमा बुवा आमाको खुशी मिश्रित त्यो आँसु, परिवारको आँखामा छचल्किएको मायाँ र आशा, एउटा साथिको बिछोडमा बिमानस्थलसम्म आएका मित्रहरुको त्यो साथ र मैले मातृभूमि छाडेको त्यो पल एकएक गरेर मानसपटलमा दृश्य बनेर झन् पछि झन् ताजा बन्दै बसिरहेको भान हुन्छ । जब हरेक रात यि पलहरु मेरो लक्ष्य र मातृभूमि सम्झाउन सपनी बनेर आइरहन्छन् ।

तुलसा मठको माटो समात्दै यहाँ देश बोकेर बाँचिरहेको म त्यो दिन विछिप्त भएं जुन दिन मेरो एक मित्रले देश छाडेको म जस्ताहरुले देशमा बसेर बर्बाद गर्नेका बिरुद्ध समेत बोल्ने अधिकार हुन्न भन्दै मेरो यो आलेखको शिर्षक आसयमा मलाई सम्झाए ।

बाँकी आलेख दोस्रो भागबाट "मेरो जापान यात्रा" शिर्षकमा प्रकाशित हुनेछ …

प्रधानमन्त्रीले ८ वर्षपछि तिरे खानेपानीको महसुल, बक्यौता र जरिवाना ११ लाख

काठमाडौं,पुस २४ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टराईले जानकारी दिए ।

दाहाल यसअघि प्रधानमन्त्री हुँदा केयूकेएलको ट्यांकर शाखाबाट लिएको खानेपानीको महसुल भुक्तान गर्न बाँकी थियो । केयूकेएलले खानेपानीको बक्यौता उठाउन पटक–पटक ताकेता गर्दै आएको थियो । ट्यांकर शाखाबाट मुलुकका प्रमुख संघसंस्था तथा व्यक्तिहरूले पानी मगाएर उपयोग गरे पनि वर्षौंदेखि शुल्क भुक्तानी गरेका छैनन् ।

ट्यांकरको मात्र नभई धाराबाट वितरण भइरहेको खानेपानीको समेत विभिन्न संघ–संस्था, व्यक्ति तथा कार्यालयबाट बक्यौता उठ्न सकेको छैन । केयूकेएलले उठाउन बाँकी यस्तो महसुल परिणाम हालसम्म दुई अर्ब रुपैयाँ पुगिसकेको भट्टराईले जानकारी दिए । यो बक्यौता नेपाल खानेपानी संस्थान हुँदादेखिकै हो ।

संस्थानबाट ७० करोड रुपैयाँ रुपान्तरण भइआएको र २०६४ पछि केयूकेएलको मात्रै १ अर्ब ३० करोड रुपैयाँ बक्यौता भइसकेको छ । केयूकेएल हाल वार्षिक २० करोड रुपैयाँ नगद घाटामा सञ्चालनमा भइरहेको छ । उनका अनुसार, केयूकेएलको महसुल नतिर्नेमा निजी उपयोगकर्ताभन्दा कार्यालय भन्दा पनि सरकारी कार्यालय र संघसंस्था छन् ।

“जंगबहादुरका पालादेखिको खानेपानीको लाइन भएकाले बिलिङ भए पनि स्पष्ट जानकारीसमेत नभएको अवस्था छ,” उनले भने, “यस्ता धाराको संख्या करिब १३ हजारको हाराहारीमा छ ।” सिंहदरबार, सार्वजनिक धारा, सरकारी कार्यालयहरू, अस्पताल, नाराहणहिटी संग्रहालय, नगरपालिकाका कार्यालयलगायतको नाममा लाखौं रुपैयाँ बक्यौता रहेको केयूकेएलले जनाएको छ ।

यस्ता कार्यालयको बक्यौताको बिलिङ गर्न प्राविधिक समस्या भएको भट्टराईले बताए । मेलम्चीको पानी आएपछि बक्यौता उठाउन अझै सहज हुने पनि उनको भनाई छ ।

केयूकेएलले बक्यौता उठाउनका लागि अहिले अभियान नै सुरु गरेको उनले जानकारी दिए । उनका अनुसार बक्यौता नतिरेका उपभोक्ताको घरमै पुगेर बक्यौता तिर्न केयूकेएलले आग्रह गरिरहेको छ ।

केयूकेएलले असोज १ देखि कात्तिक मसान्तसम्म खानेपानी बक्यौता महसुल बुझाउनेलाई ७५ प्रतिशतसम्म जरिवाना छुट दिएको थियो आजको कारोबार दैनिकमा समाचार छ ।

नेपाली भिसा दिंदा लापरवाही, कुन देश कस्तो लापरवाही ?

काठमाडौं,पुस २४ ।  विदेशस्थित नेपाली नियोगहरुले नेपाल आउने विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिँदा गम्भीर लापरबाही गरेको पाइएको छ । विभिन्न मुलुकमा रहेको नेपाली दूतावास र महावाणिज्य दूतावासका कर्मचारीसहित सरकारले नियुक्त गरेका अवैतनिक महावाणिज्यदूतहरु (अनरकी कन्सुलर) ले मुलुकको प्रतिष्ठा र इन्ज्जतको समेत ख्याल नगरी जथाभावी भिसा दिएको पाइएको हो ।

परराष्ट्र मन्त्रालयले विदेशी नियोगमा नियुक्ति हुनुपूर्व मातहतका कर्मचारीलाई नेपालले अवलम्बन गर्दै आएको भिसा नीतिका बारेमा जानकारी दिने गरेको छ । परराष्ट्रको गाइडलाइनलाई कर्मचारी र सरकारले नियुक्त गरेका कन्सुलरले कार्यान्वयन गरेको देखिँदैन ।

नेपाली भिसा दिँदा लापरबाही गर्ने नियोगमा वासिङटन डिसीस्थित नेपाली दूतावास, महावाणिज्य दूतावास हङकङ, नयाँ दिल्लीस्थित नेपाली दूतावास, अष्ट्रेलिया क्यानबेरास्थित नेपाली दूतावास र बेईजिङस्थित नेपाली दूतावास छन् ।

यस्तै ढाकास्थित नेपाली दूतावास, जर्मनको कोलोन, इटलीको रोम र स्पेनको वार्सिलोनास्थित कन्सुलरले समेत भिसा दिँदा लापरबाही गरेको स्रोतले बताएको छ । आजको अन्नपूर्ण पोष्टमा खबर छापिएको छ  ।

दैनिक ५ करोड लिटर पानी चुहावट, उपभोक्ता चर्को अभाव खेप्न बाध्य

काठमाडौं,पुस २४ ।  काठमाडौं उपत्यकामा हाल वितरण भइरहेकोमध्ये दैनिक करिब पाँच करोड लिटरभन्दा धेरै पानी चुहिएर खेर गइरहेको छ । मागको तुलनामा न्यून पानी वितरण भइरहेका बेला वितरित पानीसमेत चुहिएर खेर जाँदा उपभोक्ता चर्को अभाव खेप्न बाध्य छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले हाल दैनिक साढे १३ करोड लिटर पानी वितरण गरिरहेको जनाएको छ । वितरितमध्ये ४० प्रतिशत पानी चुहावट हुने गरेको छ । यो तथ्यांकअनुसार दैनिक साढे १३ करोड लिटर पानी वितरण भए पनि पाँच करोड २० लाख लिटर चुहिएरै खेर जाने गरेको छ । चुहावट नियन्त्रणमा ठोस पहल हुन नसक्दा नियमित रूपमा पानी खेर जाने गरेको छ ।

केयुकेएलका सूचना अधिकारी सुरेशप्रसाद आचार्यले चुहावट नियन्त्रणका लागि पहल भइरहेको बताए । ‘हामीले चुहावट नियन्त्रण गर्न सक्दो पहल गरिरहेका छौँ,’ उनले भने, ‘पाइप लिकेज भएको स्थानमा चाँडो पुगेर मर्मत–सम्भार गर्ने गरेका छौँ ।’ केयुकेएलले ३५ सतहका स्रोत (नदी, पोखरी, तालगायत), ५९ वटा ट्युबवेल, जमिनमुनिबाट पम्प गरेर ३९ स्थानबाट पानी जम्मा गर्ने गरेको छ ।

उपत्यकामा दुई लाख खानेपानीका उपभोक्ता छन् । तिनीहरूले प्रतिमहिना १० हजार लिटर पानी उपभोग गर्दा एक सय रुपैयाँ महसुल तिर्ने गर्छन् । १० हजार लिटरभन्दा बढी उपभोग गरे फरक–फरक दरमा महसुल बुझाउनुपर्छ ।

यस्तो छ माग र आपूर्तिको अवस्था

१. केयुकेएल

काठमाडौं उपत्यकामा अहिले दैनिक साढे ३७ करोड लिटर पानीको माग छ । तर, केयुकेएलले १३ करोडदेखि १३ करोड ५० लाख लिटर आपूर्ति गरिरहेको छ । यो आपूर्ति परिमाण बिस्तार घट्दै जान लागेको छ । चैत, वैशाख र जेठमा औसतमा सात करोड ३० लाख लिटर वितरण हुने गरेको छ । साउन, भदौ, असोज, कात्तिक, मंसिरमा दैनिक १२ करोड लिटरसम्म आपूर्ति हुने गरेको आचार्यले जानकारी दिए ।

२. ट्यांकरको पानी

उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार दैनिक पाँच करोड लिटर पानी ट्यांकरबाट आपूर्ति हुने गरेको छ । व्यवसायीले भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेलदेखि हिमाल सिमेन्ट कारखाना रहेको स्थानसम्म, मातातीर्थ, स्वयम्भू, बालाजु र जोरपाटीमा व्यवस्थित रूपले पानी उत्पादन गरिरहेका छन् ।

३. जार–बोतलको पानी

पानी प्रशोधन गरी जार र बोटलमा बिक्री गर्ने व्यवसायीले २४ लाख लिटर जारको पानी र दुई लाख २० हजार लिटर बोटलको पानी आपूर्ति गरिरहेको बोटल वाटर उद्योग संघले जनाएको छ ।

पाइप फुटेर पानी निस्केको स्थानमा मर्मत गर्न सडक विभागको अनुमति लिनुपर्ने हुन्छ । सडक विभागमा पाइप मर्मत गर्न सडक खन्ने अनुमति लिन ढिलाइ हुँदा चुहावट नियन्त्रणमा असर पर्ने गरेको केयुकेएलको दाबी छ । तर, अहिले सडक विभागलाई लिखित जानकारी गराएर सडक खनी मर्मत गर्न सकिने अवस्था आएको सूचना अधिकारी आचार्यले जानकारी दिए । पुराना पाइप बारम्बार मर्मत गर्नुपरेका कारण चुहावट नियन्त्रणमा ठोस उपलब्धि हासिल गर्न मुस्किल भएको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले खानेपानीको चुहावट नियन्त्रण सरकारको प्राथमिकतामा परेको बताए । उनले उपत्यकामा वितरण हुने थोरै पानी पनि चुहिएर नोक्सानी हुने गरेको थाहा पाएपछि नियन्त्रण गर्न प्रधानमन्त्री प्रचण्डबाटै पहल भएको जानकारी दिए । ‘उपत्यकामा वितरण हुने थोरै पानीमध्ये पनि ४० प्रतिशतसम्म चुहावट हुने गरेको जानकारी आएको छ,’ उनले भने, ‘यति धेरै पानी चुहिएर सकिने कारण खोज्दै सुधार गर्न सरकारबाट निर्देशन भएको छ ।’

उनले पानी चुहावट हुने कारण खोजेर नियन्त्रण गर्न निर्देशन दिएको र हाल चुहावट भइरहेकोमध्ये आधा नियन्त्रण गर्न सकिने देखिएको बताए । सोमबार खानेपानी मन्त्रालय, केयुकेएललगायतका संस्थाका कर्मचारी डाकेर प्रधानमन्त्रीले छलफल गरेका थिए आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

विशेष बन्दै ‘विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड’ जापान कन्सर्ट, तयारी सकियो

गोकर्ण अधिकारी-टोकियो ।
'दार्जीलिङका गायकलाई कि कालले लान्छ कि नेपाल'ले नेपाल सिमासँगै जोडिएको दार्जीलिङ, लालिम्पोङतिर कलाकारबिच यो भनाई लोकप्रिय छ । संगित सारथी मानिने गोपाल योञ्जन देखी प्रशान्त तामाङसम्मको यात्राले पनि त्यहि भन्छ ।

पुराना नयाँ सबै संगितको धार भन्दा बिल्कुल आफ्नै नयाँ लयमा उदाएका एक प्रतिभा हुन् बिपुल क्षेत्री । उनै बिपुल कटु सत्यको त्यो लोकप्रिय भनाईलाई पुर्न परिभाषित गर्नुपर्नेगरि चम्किन सफल भएका छन् विश्वभरका नेपालीमाझ ।

त्यसैले पनि संगितको आयाम र धारमा आफ्नै परिचय बनाएका युवा गायक बिपुल क्षेत्रीलाई चिनाउन थप विशेषता खोजिरहनै पर्दैन ।

गायन मात्र नभई रचना, संगित र धुनमा आफ्नै कला भर्न खप्पिस बिपुल त्यहि भएर नेपाली सांगितिक क्षेत्रमा नयाँ धारको बिगुल फुक्न सफल छन् ।

उनै सफल र लोकप्रिय युवा गायक बिपुल क्षेत्रीलाई आफ्नो सांगितिक समुहसँगै जापानमा रहेका नेपालीहरुमाझ गर्न लागेको विशेष सांगितिक कन्सर्टको सम्पूर्ण तयारी सकिएको आयोजक गोरेटो प्रोडक्सनले जानकारी दिएको छ ।

दृश्यमा बिरलै तर संगितमा बढी चम्किएका गायक विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्ड यही जनवरी १५ तारिख आइतबारका दिन टोकियो स्थित रुने कोदाइरा हलमा गुञ्जिने छ ।

एक दर्जन बढी आफ्ना चर्चीत र लोकप्रिय गितहरु जापानका नेपालीमाझ पस्कने तयारीमा रहेको सांगितिक व्याण्ड यसको लागि ११ तारिखमा जापान आइपुग्ने पक्का भएको आयोजक गोरेटो प्रोडक्सनले टपनेपालन्युजडटकमलाई जानकारी दिएको छ ।

१३ सय सिट क्षमताको हलमा जापानमा बिरलै भएका नेपाली कार्यक्रममा आफुलाई दर्ज गरेको गोरेटो प्रोडक्सन कार्यक्रम हुन हप्तादिन बाँकी रहँदै ६ सय बढी टिकट विक्रि हुँदा थप हौसिएको छ ।

गोरेटो प्रोडक्सनले दिएको जानकारी अनुसार राजधानी टोकियो सहित नजिकका तोचिगी, इबाराकीसम्मका सयौं युवा युवतीहरुले टिकट लिएका छन् ।

अन्तराष्टिय स्तरको स्टेज सहित साउण्ड र लाइट सिस्टमबाट भव्य बनिरहेको रुने कोदाईरा हल सेइबु सिन्जुकु लाईनको कोदाईरा स्टेशनको ठिक अगाडी भएका कारण समेत कन्सर्टमा आउने चाहनेहरुको लागि सहज र पायक बन्न पुगेको छ ।

आयोजक गोरेटो प्रोडक्सनले गित संगितको रमाईलोसँगै अत्याधुनिक साउण्ड र लाइट सिस्टम एवं डिजिटल पर्दा लगायतबाट समेत कन्सर्ट देखाएर विपुल क्षेत्री एण्ड ट्राभलिङ व्याण्डको यो कन्सर्ट ऐतिहाँसिक स्मरणको बनाउने व्यवस्थापन गरिररहेको छ ।

विपुल क्षेत्री एण्ड द ट्राभलिंग ब्याण्डको जापान यात्रा

पहिलो पटक सम्पूर्ण टिम सहित जापान आइपुग्न लागेको विपुल क्षेत्री एण्ड द ट्राभलिंग ब्याण्ड जनवरी ११ का दिन टोक्यो आइपुग्ने भएको छ ।

टोलीमा विपुल क्षेत्री लगाएत सम्पूर्ण ब्याण्डका सदस्यहरुका साथै नेपालका साउण्ड इन्जीनियर समेत गरि जम्मा ८ जना जापान आउने भएका छन् ।

विपुल क्षेत्रीका कन्सर्टहरु उत्कृस्ट एबं सफल बनाउनमा उनलाई साथ दिने द ट्राभलिंग ब्याण्डका संगीतकारहरुको पनि उत्तिकै भूमिका रहँदै आएको छ । जसका सदस्यहरु आफैंमा सफल संगीतकार सँगै कुशल र लोकप्रिय छन् ।

आयोजक गोरेटो प्रोडक्सनका अनुसार अग्रिम टिकट लिनेहरुका लागि ५ सय जापानी येन कम अर्थात् ३५ सय जापानी येन मात्र पर्दछ । यसबाहेक कन्सर्ट हलको अहिल्लो र माथिल्लो दिर्घामा पहिलो स्थानको सिट पाइने भएका कारण पनि कार्यक्रम स्थलमा नभई केहीदिन तथा टिकट बुकिगंको क्रम ह्वात्तै बढेको आयोजकले बताएको छ । यसका साथै कन्सर्टको मुख्य प्रायोजक रहेको जापान रेमिट फाइनान्सबाट नेपाल पैसा पठाउँदा सबैले विशेष सहुलियत पाउने भएका छन् ।

जापानमा रहेका नेपालीहरुबिच हुन लागेको पहिलो बृहत कन्सर्टमा नेपालीहरुबिच मेल हुने अवसर सहित नेपाली संगितको भेल बग्ने १५ जनवरी आइतबारको लागि टिकटहरु सिमित हुँदै गएकाले आयोजक गोरेटो प्रोडक्सनले समयमै टिकट लिन समेत सबैलाई अनुरोध गरेको छ ।

साँझ ५ बजेबाट सुरु हुने कन्सर्टको लागि ४ बजेनै हल खुल्ला हुने र कन्सर्ट समयमै सुरु हुने भन्दै आयोजकले सबैलाई समयमै उपस्थितिको लागि विशेष अनुरोध समेत गरेको छ ।

पहिलो तस्विरमा विपुल क्षेत्री एण्ड द ट्राभलिंग ब्याण्डका संगीतकारहरु
बायाबाट क्रमश ः
अचिन्त खरे : किबोर्ड तथा मेलोडिका
प्रणई गुरुङ : लिड गितार तथा ब्याक भोकल
अमान सिंह राथोड : द्रम्स
विपुल क्षेत्री : भोकल तथा गितार
राहुल राई : बास गितार
किरण नेपाली : सारंगी तथा तुंगना
तस्विर: दिपित राज

कार्यक्रमबारे आयोजकको जानकारी र सम्पर्क यहाँबाट गर्न सकिन्छ
Bipul Chettri & the travelling band live in JAPAN (TOKYO)!!!
Date: 2017 January 15th, Sunday
Venue: TOKYO (Rune Kodaira Hall)
Access: Kodaira Station
(Just 1 min walk from station)
24 mins to Kodaira station from Takadanobaba Station
Gate open at: 16:00 PM
Live Start: Sharp 17:00 PM
Ticket Price: ¥3500 (Advance)
¥4000 (On door)

For Booking Please Message Us.. Goreto Production

थप समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस्

१५ जनवरी जापानमा 'विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड'को भव्य कन्सर्ट

‘हाम्रो लमजुङ, राम्रो लमजुङ’ भन्दै जापानका लमजुङगेहरु भोलि भेला हुँदै

टोकियो ।
जापानमा बस्दै आएका नेपाल लमजुङ जिल्ला निवासी नेपालीहरुले आफ्नो एकताको लागि भोली आइतबार पहिलो साधारण सभा गर्ने भएका छन् ।

लमजुङ जिल्लाबाट विभिन्न पेशा तथा व्यवसायले जापानमा आइ बसोबास गरेका लमजुङ्गेहरूको छाता संस्था 'लमजुङ समाज जापान'ले नयाँ वर्षको शुरूवात सँगसँगै प्रथम साधारण सभाको आयोजना गर्न लागेको हो ।

टोकियोको इकेबुकुरोस्थित फुनावरी डाइनिङ्ग एण्ड बारमा दिउँसो १ बजेदेखि कार्यक्रम हुन गइरहेको छ ।

'हाम्रो लमजुङ्ग, राम्रो लमजुङ्ग' भन्ने मूल नाराका साथ जापानमा रहेका लमजुङ्गेहरू एकजुट भइ समग्र लमजुङ्ग जिल्लाको विकास र जापानमा रहेका लमजुङ्गेहरूको साथ र सहयोगको लागि समाजको स्थापना भएको संस्थाले बताएको छ ।

विस्तृत जानकारीको लागि ०९०-९३९५-१८४३, ०९०-९४०५-५६३६, ०८०-३६०५-८९४३ सम्पर्क नम्बर रहेको छ ।

ट्याक्सीमा विलिङ मेसिन जडान सुस्त, एक महिनामा ७२ वटा बिलिङ

काठमाडौं,पुस २३ । सरकारले ट्याक्सी चालकको मनोमानी रोक्न बिलिङ प्रिन्टर मेसिन जडान सुरु गरेको एक महिनामा ७२ वटा ट्याक्सीमा मात्रै मेसिन जडान भएको छ । गुणस्तर तथा नापतौल विभागले गत मंसिर २३ गतेदेखि यो सिस्टम लागु गरेपनि तीन सातापछि पुस १७ गते आलोपालो प्रणाली लागू गरेको थियो ।

आलोपालो प्रणाली अनुसार तालिका बनाएर ६ महिनाभित्र बाग्मती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रिन्टर मेसिन जडान गर्ने योजना बिभागको छ । आगामी साउन ७ गतेभित्र राजधानीका सबै ट्याक्सीले बिलिङ मेसिन जडान गरिसक्नुपर्ने छ । बिलिङ प्रणाली नभए ट्याक्सीको नवीकरण नहुने विभागले बताएको छ । समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

१६ भागको प्रतिवेदन : काठमाडौंभन्दा पोखरा ठूलो महानगर, २ जिल्लामा गाउँपालिका छैन

काठमाडौं,पुस २३ । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मुलुकभर ७ सय १९ वटा स्थानीय तह निर्धारण गरी सरकारलाई बुझाएको छ ।

आयोग अध्यक्ष बालानन्द पौडेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूको उपस्थितिमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक हजार ७ सय १८ पृष्ठको प्रतिवेदन बुझाए ।

काठमाडौंभन्दा पोखरा ठूलो महानगर

आयोगले तयार गरेको प्रतिवेदनअनुसार काठमाडौं महानगरभन्दा कास्कीको पोखरा महानगर ठूलो भएको छ । काठमाडौं महानगरमा ३२ र पोखरामा ३३ वटा वडा छन् । स्थानीय निकाय कायम रहँदा काठमाडौं महानगरमा ३५ वडा छन् । चितवनको भरतपुर र ललितपुर महानगरमा २९ वडा छन् ।

दुई जिल्ला गाउँपालिकाविहीन

काठमाडौं र भक्तपुर जिल्लामा गाउँपालिका छैनन् । भक्तपुरमा चारवटा नगरपालिका छन् । काठमाडौंमा आठवटा नगरपालिका र एउटा महानगरपालिका छन् । विद्यमान संरचनामा पनि यी जिल्ला गाउँ विकास समितिविहीन भएका छन् ।

एक सदस्यको फरक मत आयोगका सदस्य सुनीलरञ्जन सिंहले प्रतिवेदनमा फरक मत राखेका छन् । प्रतिवेदनमा फरक मतसहित हस्ताक्षर गरेका सिंहले पाँचवटा बुँदामा असहमति जनाएका हुन् । ४ कात्तिकको स्थानीय तहको पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्यसर्तमा सिंहले असहमति जनाएका हुन् ।

त्यसैगरी, सिंहले गाउँपालिका र नगरपालिकाको संख्या तराई मधेस र थरुहट क्षेत्रमा जनसंख्याका आधारमा निर्धारण नगरिएकोप्रति पनि असहमति जनाएका छन् ।

प्रतिवेदन १६ भागको

आयोगले तयार गरेको प्रतिवेदन १६ भागमा विभाजित छ । प्रतिवेदन एउटै पुस्तकाकारका रूपमा तयार गर्दा धेरै ठूलो हुने भएकाले आयोगले प्रतिवेदनलाई १६ भागमा विभाजन गरी तयार गरिएको पौडेलले बताए । एक भागलाई एउटा पुस्तकाकार रूप दिइएको छ ।

अब स्थानीय निकायको हैसियत के हुन्छ ?

स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा (१) अनुसार आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण भएपछि स्वतः स्थानीय निकाय विघटन हुनेछन् । तर, त्यसका लागि सरकारले राजपत्रमा प्रकाशित गरी आधिकारिकता भने प्रदान गर्नुपर्छ । आजको नयाँ पत्रिकामा खबर छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web