काठमाडौं,पुस २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् । बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ ।

दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो । ‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ', शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने । शाहीले प्रहरीलाई उपत्यकामा बसेर तस्करीमा सेटिङ गर्ने केही व्यापारी र भारतीय व्यापारीका नामसमेत खुलाएको स्रोतले बताएको छ ।

सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले घटनामा ठूला व्यापारी, विमानस्थलकै उच्चपदस्थ कर्मचारी र अन्य गिरोहको मिलोमतोमा सुन बाहिरिएको दाबी गर्दै अनुसन्धानले पूर्णता नपाएसम्म बरामद सुन राजस्व अनुसन्धान विभागको जिम्मा नलगाउने बताए । उनले भने, ‘बिहीबार बरामद सुन तस्करले पहिलो प्रयासमा विमानस्थलबाट बाहिर ल्याउन सफल भएका होइनन् । यसमा ठूलै मिलोमतो छ ।

विस्तृत अनुसन्धान गरेर मात्रै सुन राजस्वलाई बुझाउँछौं ।ु गृह मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले तस्करीमा जोसुकै संलग्न भए पनि कारबाही गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र डीआईजी सिलवाललाई निर्देशन दिए । प्रहरी महानिरीक्षक अर्याल शुक्रबार बिहान सीआईबी पुगेर प्रहरीले देखाएको अग्रसरताप्रति स्याबासी दिँदै तस्करीमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन सिलवाललाई निर्देशन दिएका थिए ।

‘यो घटनामा कोको प्रहरी, भन्सारका कर्मचारी र व्यापारी मिलेका छन्, सबैलाई कारबाहीको दायरमा ल्याउनुस्ु, अर्यालले भने । बिहीबार प्रहरीले सुन बरामद गर्दा सुटकेसबाट सुनका २० थान सिक्री आकारका माला र १९ थान बेरुवा औंठीसमेत बरामद गरेको थियो । सीआईबीले बिहीबार शाही, मोरङ पथरीका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई ३३ किलो सुन बरामद घटनामा पक्राउ गरेको थियो ।

विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले सुरक्षा निकायको जिम्मेवारी पन्छाउँदै यो घटनामा भन्सार बढी जिम्मेवार रहेको दाबी गरे । उनले भने, ‘भन्सारमा सामान पुगेपछि प्रहरीले खोलेर हेर्न मिल्दैन । उसले कुन सामान राख्ने र नराख्ने निर्णय लिन्छ ।

हामीसँग समन्वयमा भन्सारले कुनै काम गर्दैन तर पनि प्रहरीको संलग्नता पाइए कारबाही हुन्छ ।ु उनले सीआईबीको समन्वयमा विमानस्थलको सीसीटीभी र कर्मचारीको कलडिटेल जाँच गरिरहेको बताए । सुनसहित पक्राउ परेकालाई सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने भएको छ । आजको अन्नपूर्ण दैनिकमा खबर छापिएको छ ।

टोकियो ।
व्यवसायिक कम्पनी ग्लोबल सपना ग्रुप र साइड बाइ साइड इन्टरनेशनल रोटरी क्लव अफ टोकियो शिबुयाले रामछोप जिल्लाको शैक्षिक बिकासको लागि ७ लाख रुपैयाँ बराकरको ल्यापटक सहयोग गरेको छ ।

आज (जनवरी ६ तारिख) राजधानी टोकियोको इइदाबासीमा रहेको ग्लोबल सपना कम्पनीको कार्यालयमा एक कार्यक्रमका बिच ग्लोबल कम्पनीका प्रमूख तथा सफल युवा व्यवसायि भूवन अधिकारी र साइड बाइ साइडका प्रमुख सासाकी कोजीले संयूक्त रुपमा ८ थान ल्यापटप रामेछाप समाज जापानका अध्यक्ष उत्तम कुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्राप्त सहयोग रामेछाप जिल्लाको विद्यालय श्री जनता मावि श्री पशुपती सेकेण्डरी स्कुल नागाइवाको लागि सहयोग गरिने जानकारी दिइयो । सहयोग गरिएका ल्यापटपहरु सोम लामा, शिक्षा शान्ति वाइबा, चन्द्रमान तामागं लगायतको रोहबरमा हस्तान्तरण गरिएको थियो ।

सहयोग गरिएको एप्पल कम्पनीका ल्यापटप बुझ्दै रामेछाप समाज जापानका अध्यक्ष उत्तम कुमार श्रेष्ठले प्राप्त सहयोग रामेछाप जिल्लाको शैक्षिक विकासमा सहयोगी सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले रामेछाप जिल्लाको दूर्गम क्षेत्रका विद्यालयमा ल्यापटप र पुस्तकालय स्थापनाको लागि ग्लोबल सपना ग्रुप र यसका प्रमूख भूवन अधिकारीबाट प्राप्त सहयोगको लागि धन्यवाद दिंदै प्राप्त सहयोग लक्षित समुहले पाउनेगरि छिट्टै ल्यापटपहरु नेपाल पठाउने समेत बताउनुभयो ।

यसैबिच रामेछाप समाज जापानले गत डिसेम्बर ११ तारिखमा गरेको सांस्कृतिक कार्यक्रमको बारेमा केहीदिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।

संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठले टपनेपालन्युजडटकमलाई दिनुभएको जानकारी अनुसार बाचौं र बचाऔं, मानव सेवा नै धर्म हो भन्ने मूल नारा सहित रामेछाप जिल्लाको दूर्गम क्षेत्रमा एम्बुलेन्स सेवा सहयोगको लागि डिसेम्बर ११ तारिखमा आयोजना गरिएको रामेछाप सांस्कृतिक साँझको प्राप्त सहयोग, खर्च र बचत रकम र आगामी योजनाबारे केहीदिन भित्रै सम्पूर्ण विवरण सार्वजनिक गर्ने बताउनुभयो ।

यस्तो रह्यो 'रामेछाप सांस्कृतिक साँझ' (भिडियो सहित)

ग्लोबल सपनाद्धारा फुकुसिमा भूकम्प प्रभावितको लागि कार सहयोग

घरमा झगडा : जुलुस ।
सडक दर्घटना ः जुलुस ।।
डन मारियो ः जुलुस ।।
जनता उकुस मुकुस ।।।
भ्रष्ट समातियो ः जुलुस ।
भ्रष्ट छुट्यो ः जुलुुस ।।
भ्रष्टाचार गर्न पाईएन ः जुलुस ।।
जनता उकुस मुकुस ।।

पञ्चेले गरे ः जुलुस
बहुदल आउँदा ः जुलुस
चुनाव जित्यो ः जुलुस
जनता उकुस मुकुस
गणतन्त्र ल्याउन ः जुलुस
अधिवेसन आयो ः जुलुस
नेता आयो ः जुलुस
जनता उकुस मुकुस

संविधान बनेन ः जुलुस
संविधान बन्यो ः जुलुस
संशोधन गर्न ः जुलुस
संशोधन नगर्न ः जुलुस
जनता उकुस मुकुस

एमाले गर्छ ः जुलुस
कांग्रेस गर्छ ः जुलुुस
माओवादी गर्छ ः जुलुस
मधेसी मोर्चा गर्छ ः जुलुस
जनता उकुस मुकुस

जय मेरो देश
जहिले पनि जुलुसै जुलुस
जनता उकुस मुकस

काठमाडौं,पुस २२ । प्रमुख प्रतिपक्षी एमाले र उसका सहयोगी आठ दलले संविधान संशोधन विधेयक विभाजनकारी भएको भन्दै सदनसँगै शुक्रबार सडकमा समेत प्रदर्शन गर्ने निर्णय गरेपछि उक्त चुनौतीलाई स्वीकार गर्दै गठबन्धन सरकारले मधेसी मोर्चाको सहयोगबाट त्यसलाई पारित गर्ने निर्णयसँगै राजनीतिक भिडन्तको नयाँ आयाम सुरु भएको छ ।

एमालेले साथ नदिए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव पुस २४ को बैठकमा अगाडि बढाउँदै पारित गराउने आश्वासन मधेसी मोर्चालाई दिएका छन् । बालुवाटारमा बिहीबार बसेको कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाका नेताको बैठकमा दाहालले पुस २४ गते कुनै पनि हालतमा संशोधन प्रस्ताव दर्ता गराउने बताएका हुन् ।

एमालेले भने शुक्रबारको आमसभाको तयारी स्वरुप राजधानीमा बिहीबार मोटरसाइकल र्याली गरेको छ ।

एमाले अध्यक्ष केपी ओलीले सरकारले जबरजस्ती संविधान संशोधन विधेयक अघि बढाए त्यसको जवाफ कडा हुने बताएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

काठमाडौं,पुस २२ । विद्युत वितरण नियमावलीअनुसार दुई महिनासम्म महसुल नतिर्ने ग्राहकको लाइन बिनासूचना काट्न सकिन्छ तर जिल्ला प्रहरी कार्यालय सुर्खेतले महसुल नबुझाएको दुई वर्ष पुग्न थालेको छ ।

२०७२ चैतयता महसुल नतिरेको प्रहरी कार्यालयको लाइन भने विद्युत् प्रधिकरण सुर्खेत अहिलेसम्म काट्न सकेको छैन । प्रहरी कार्यालयले प्राधिकरणलाई बिजुलीबापत एक लाख ८३ हजार रुपैयाँ तिर्न बाँकी छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ । प्रहरी कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिसँगै जिल्लाका अधिकांश सरकारी कार्यालयले बिजुलीको महसुल समयमा तिरेका छैनन् । प्राधिकरणका अनुसार सरकारी कार्यालयबाट लाखौं रुपैयाँ बिजुलीको पैसा उठाउन बाँकी छ ।

काठमाडौं,पुस २२ । सुरक्षा निकायले राजनीतिक ‘मौका’ कुर्दाकुर्दै सर्वस्वसहित जन्मकैद सजाय तोेकिएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न सकेको छैन । सर्वोच्च अदालत फैसला कार्यान्वय निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई गरेको पत्राचारको जवाफ ‘फरार’ भन्ने आयो । तर उनलाई सर्वसाधारण नागरिकले भेटिरहेका छन्, प्रहरीले भेट्न सकेको छैन ।

ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष पाँच महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढंगेललाई प्रहरी प्रशासनले फरारकै सूचीमा राखेको छ । तर काठमाडौंको कपन क्षेत्रमा उनी निर्धक्क डुलिरहेको प्रतक्ष्यदर्शी सर्वसाधारणले बताएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ता पुष्कर गौतम, ढंगेललगायत नौ जनाको समूहले २०५५ असार १० गते ओखलढंगा तारकेराबारीका उज्जन श्रेष्ठलाई गोली हानी हत्या गरेको थियो । व्यक्तिगत रिसका आधारमा श्रेष्ठलाई उनीहरुले सुराकीका आधारमा गोली हानी हत्या गरेका थिए ।

टोकियो ।
गएराती निधन भएका नेपाली बिनोद तुलाचनको अत्यधिक मध्यपानका कारण नभई लिभर खराब र उनी अचेत भएर लडेको धेरै समय हुँदा निधन हुन पुगेको तुलाचनका साथि टासी लामाले जानकारी दिएका छन् ।

'उनको साथिहरु भनेको हामीनै हौं' टेलिफोन सम्पर्कमा एनआरएन जापानका उपाध्यक्ष समेत रहेका लामाले भने-'पहिले देखिनै उसको लिभर खराब थियो, नयाँ बर्षमा एकदुई प्याक खाएको हो तर घरमा एक्लै बान्ता गरेर बेहोस भएर लडेको रहेछ एक घण्टापछि मात्र श्रीमतीले थाहा पाएर अस्पताल लैजाँदा निधन भइसकेछ ।'

यसअघि टपनेपालन्युजडटकम र अन्य अनलाईनमा अध्यधिक मादक पदार्थनै निधनको कारण भएकोमा दुख व्यक्त गर्दै लामाले यस्तो दुखद घडीमा परिवारजन र साथिभाईसँग सोधेर मात्र समाचार लेखिदिन समेत आग्रह गर्दै ८ तारिखका दिन दाहसंस्कार गरिने भएका तुलाचनको अन्तिम संस्कारमा साथ र सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् ।

प्रेमिला गौचन-टोकियो ।
जापानको राजधानी टोक्यो स्थित तोगोशी गिन्जा बस्दै आएका ४२ वर्षीय बिनोद तुलाचनको अकस्मात निधन भएको छ ।

नेपालमा चितवन मुग्लिङ स्थायि घर भएका तुलाचन करिब ९ वर्ष देखी सपरिवार जापानमा बस्दै आएका थिए ।

सामान्य युरिक एसिडको बिरामी भएपनि त्यति गम्भिर नभएको परिवारका सदस्यहरुले बताएका छन् ।

प्राप्त जानकारी अनुसार अँग्रेजि नयाँ बर्ष २०१७ को पूर्व सन्ध्यादेखी साथिभाई र परिवारसँगै अत्यधिक मादक पदार्थ खाएका उनको यसकै कारण निधन भएको हो ।

अत्यधिक मादक पदार्थ सेवनबाट बेहोस भइ ढलेका उनलाई एम्बुलेन्समा राखेर तत्काल अस्पताल लगिएपनि मृत घोषणा गरिएको बताइएको छ ।

गएराती करिब १० बजे निधन भएका तुलाचनको प्रहरी अनुसन्धान लगायत अन्तिम सन्स्कारको दिन पनि सबै तय भई सकेको जानकारीमा आएको छ ।

तुलाचनको अन्तिम सन्स्कार यही जनवरी ८ तारिखमा गरिने जानकारी प्राप्त भएको छ ।

६ महिना पहिले मात्र पिताको निधनमा नेपाल गएर तुलाचन सपरिवार जापान आएको थियो ।

प्रेमिला गौचनबाट प्राप्त समाचार

यद्यपी जापानमा रहेका नेपालीहरुमा बढ्दो मादक पदार्थ सेवनको संस्कृति र लतले यस्ता दुखद घटनाहरु बढ्न सक्नेमा सबै नेपालीहरु सचेत हुनुपर्ने देखीन्छ ।तुलाचनको निधन र मादक पदार्थ कारण भएको जानकारीमा आएपनि अस्पतालको रिपोर्ट नआइसकेकाले यसको आधिकारीक पूष्टि भने हुन बाँकी छ ।

विशेषगरि नेपालीहरुको चहलपहल हुने सिन्जुकु, ओकुबो, सिनओकुबो लगायत स्थानमा मादक पदार्थ सेवन गरेर होहल्ला तथा झै झगडा हुन थालेपछि जापानमा रहेका नेपालीहरुमाथिनै जापान प्रहरीले निगरानी बढाएको नेपाली अनलाईन मिडियाहरुले यसअघिनै लेख्दै आएका छन् ।

पछिल्लो समय जापानमा रहेका नेपालीहरुबिच मादक पदार्थ सेवनका कारण हुने सामुहिक झै झगडा तथा विवादका घटनाहरु घट्ने क्रम बढेको पाइन्छ ।

पुनस्च : यसअघि प्रकाशित यस समाचारको शिर्षकमा विभिन्न व्यक्ति तथा परिवार निकट व्यक्तिहरुले सच्याउन आग्रह गरेका कारण सच्याइएको छ । धन्यवाद ।
सम्पादक

टोकियो ।
हाइजिमा युथ क्लबले आयोजना गरेको 'फष्ट हिमालय गोल्डकप २०१७' मा २० टीम सहभागी हुने भएका छन् ।

फेब्रूअरी २६ मा हुने प्रतियोगीतामा २० टीम मात्र सहभागी गराउने र २० टीमको छनोट प्रक्रिया समेत सकिएको प्रतियोगिता संयोजक यूबी अधिकारीले जानकारी दिए ।

फुटबल फर युनिटी ुभन्ने नाराका साथ टोकियोको निसिहाचीयोजिमा हुन लागेको प्रतियोगीतामा प्रथम हुने टीमले २ लाख २२ हज़ार २ सय २२ येन नगद पुरस्कार पाउने भएको छ ।

यसैगरि दोस्रो हुने टीमले १ लाख ११ हज़ार १ सय ११ जापानी येन पाउने छ । त्यस्तै उत्कृष्ट खेलाडी, धेरै गोल गर्ने खेलाडी र उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने क्लवका अध्यक्ष अखिल लामाले बताएका छन् ।

प्रतियोगिता प्रवेश शुल्क ३० हज़ार जापानी येन राखेको आयोजकले आफ्नो स्थापनाकालदेखीनै खेलकुद तथा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको बताइएको छ ।

काठमाडौं,पुस २१ । चीनले सन् २०१७ का लागि ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम’ घोषणा गरेको छ । यसलाई यस वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण तयारीको रूपमा लिइएको छ । राष्ट्रपतिले भ्रमण गर्ने वर्ष चीनले सम्बन्धित देशमा पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गर्दै आएको नयाँ पत्रिकाले जनाएको छ ।

चीनले केही दिनअघि नेपाली दूतावासका अधिकारीलाई यसबारे जानकारी दिएको थियो । मंगलबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले चाइना नेसनल टुरिजम एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका महानिर्देशक चाङ लिचोङसँग भेट गरी ‘नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम २०१७’ घोषणा गरेकोमा धन्यवाद दिएका छन् । ‘चीनको यो कदमले नेपालमा पर्यटकको संख्या सन् २०१७ मा उल्लेख्य रूपमा वृद्धि हुनेछ,’ पौड्यालको भनाइ उद्धृत गर्दै नेपाली दूतावासले जनाएको छ ।

चीनको यो कदमले चिनिया पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्ने छ । भूकम्पपछि थलिएको नेपाली पर्यटनलाई त्राण दिन चीनको नयां घोषणा सहयोगी बन्न सक्छ ।

सन् २०१६ मा करिब ८० हजार चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१४ मा १ लाख २८ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा गएका थिए । सन् २०१५ मा यो संख्या ६६ हजार थियो । साहसिक पर्यटनमा जान चिनियाँ युवाका लागि नेपाल अद्वितीय गन्तव्य भएको भन्दै सो सन्देश सामाजिक विज्ञापन, अनलाइन मिडिया तथा पर्यटक सम्बन्धित प्रकाशनहरूमा प्रचार–प्रसार गरिदिन पौडेलले महानिर्देशक चाङसँग आग्रह गरेका थिए ।

चिनियाँ पर्यटकलाई नेपाल जान सहज होस् भनी बन्द रहेका सडक नाका चाँडो खोल्ने काम भइरहेको जानकारी पनि चिनियाँ पक्षले नेपाली अधिकारीलाई दिएको छ । नेपालमा चिनियाँ पर्यटक बढाउन चीनले जतिसक्दो चाँडो मर्मत गरी तातोपानी नाका खोल्ने आश्वासन दिइसकेको छ । यसले तिब्बत हुँदै जाने चिनियाँ पर्यटकलाई सहज हुनेछ ।

‘चीनका राष्ट्रपतिले भ्रमण गर्ने देशका लागि पर्यटन प्रवद्र्धन कार्यक्रम घोषणा गरेको अनुभवका आधारमा यस वर्ष उनले नेपाल भ्रमण गर्ने आधार बलियो छ,’ बेइजिङस्थित नेपाली दूतावासका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रपतिको भ्रमण नेपालको तयारीमा भर पर्छ । चीनबाट यो वर्ष भ्रमण हुने संकेत आएको अर्थमा यसलाई बुझ्नुपर्छ ।’

काठमाडौं,पुस २१ । भारतले पाँच सय र हजार दरका नोटको प्रचलनमा प्रतिबन्ध लगाएसँगै उत्पन्न नोट अभावका कारण नेपाली बजारमा एक हजार भारुको सटही दर एक सय ७५ रुपैयासम्म पुगेको छ । भारतले गत कात्तिक २३ मा पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । त्यसपछि भारतजस्तै नेपालमा पनि सबैखाले भारु नोटको अभाव देखिएको छ ।

व्यवसायीका अनुसार भारु अभावको यही मौका छोपी कालाबजारियाले एक सय भारु साट्न एक सय ७५ नेपाली रुपैयाँसम्मको सट्टा दर पुर्याएका छन् । राष्ट्र बैंकले एक सय भारुको सटही दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

काठमडौं,पुस २१ । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ। गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो। स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ। तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, स्थान र प्रक्रियाको औपचारिक निर्णय हुनेछ। यद्यपि दुवै पक्षले सैन्य अभ्यास हुने दिन र स्थानबारे औपचारिक घोषणा गरेका छैनन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

‘अघिल्लो साता चिनियाँ सेनासँग इनिसिएल प्लानिङ कन्फ्रेन्स (प्रारम्भिक योजना बैठक) काठमाडौंमा सम्पन्न भएको छ, अब अन्तिम योजना बैठक बसेर त्यसबारे टुंगो लाग्छ,’ सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले नयाँ पत्रिकासँग भने, ‘पहिलो बैठकमा प्रस्ताव राखिएको छ, दुवैतर्फका विषय प्रस्तुत भएका छन्।’ उनका अनुसार दुवै पक्षलाई मान्य हुने मिति, स्थान र अन्य प्रक्रियागत विषय अर्को बैठकबाट टुंगो लाग्नेछ। स्रोतका अनुसार सैन्य अभ्यासको नाम ‘प्रतिकार’ प्रस्तावित छ।

हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै थियो। पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य अभ्यास हुँदै छ। ‘छिमेकी र उदाउँदो शक्तिराष्ट्रसँग सैन्य अभ्यास राख्नु कूटनीतिक र सामरिक सन्तुलनका लागि यो अर्थपूर्ण छ, यो राष्ट्रहितका पक्षमा छ,’ सामरिक मामिलाविज्ञ गेर्जा शर्मा वाग्लेले भने, ‘भारत यसमा उत्तेजित वा प्रतिक्रियात्मक हुनु आवश्यक छैन।’

चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो। बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यान याजुनले सन् २०१७ को सुरुमै सैन्य अभ्यास हुने बताए पनि मिति तोकेका थिएनन्। उनको भनाइ थियो, ‘आपसी सम्मान, समानता, लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान तथा सहकार्यका लागि हामीले काम गर्दै आएका छौँ, निकट भविष्यमा प्रारम्भिक सञ्चारसँग सम्बन्धित विषयमा दुईपक्षीय सैन्य अभ्यास गर्दै छौँ।’