समाचार टिप्पणी-काठमाडौंै ।
सभामुख ओनसरी घर्तीको अनुमति पाएपछि कानुनमन्त्री रहेका अजय शंकर नायकले विवादास्पद संविधान संशोधन विधेयक संसदमा टेबल गरेकी छिन् ।

बाहिर विपक्षि दललाई छक्याएर, बिरोधका बिच, झुक्याउँदै भनिएपनि आज भएको तीन पार्टिका शिर्ष नेता बैठक, पछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबिचको भद्र सहमती र सत्ताधारी दलको योजनामै सभामुख ओनसरी घर्तीले विवादास्पद संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको देखिएको छ ।

आज देशघाती ठानिएको संशोधन विधेयक दर्ता गरेरै छाड्ने प्रधानमन्त्री पुष्पकमल दाहालले बताइरहँदा प्रतिपक्षि दलका सांसदहरु सिटबाट मात्र उठेर अगाडीको भागसम्म आउने इच्छा समेत देखाएनन् ।

निर्वाचन सम्वन्धि विधेयक प्रस्तुत गरेका मन्त्री स्टेजबाट नओर्लिएपछि सामान्य राजनीति जानेकाले समेत विवादास्पद संशोधन विधेयक दर्ताको प्रस्ताव पेश हुने ठानिसक्दा एमाले सहितका विपक्षि दलका सांसद सिटमा उभिएरै औपचारिक बिरोध मात्र जनाएर बसिरहे ।

आफ्ना पार्टीका कार्यकर्ता पक्रँदा संसदमा घाँटीको नसा फुलाउँदै बिरोध गरेर कुर्लने सांसदहरुको स्वर बिरोधमा गुनगुनाएको जस्तो मात्र सुनिन्थ्यो ।

गृहमन्त्री बिमलेन्द्र निधिले निर्वाचनको विधेयक पेश गर्ने भनेपनि केही चलाखी गर्दै प्रधानमन्त्रीले कानुनमन्त्री अजयशंकर नायकलाई स्थानीय तह निर्वाचन विधेयक संसदमा पेश गर्न लगाए ।

यसअघि प्रमुख प्रतिपक्षसहितका विपक्षी गठबन्धनले लगातार संसद बैठक अबरोध गरेपछि सभामुखको पहलमा शीर्ष नेताको बैठक बसेपनि ठोस सहमती केही भएका थिएनन् ।

प्रधानमन्त्री दाहालले विवादीत संविधान संशोधन प्रस्ताव दर्ता गर्न दिन एमाले अध्यक्ष ओलिलाई गुहार्दै आएका थिए भने ओलीले निर्वाचन र अख्तियारका निलम्बित लोकमानसिंह कार्की माथिको कारवाही अघि बढाउन भन्दै आएका थिए ।

यि दुवै प्रस्तावपनि अघि बढेको र सरकारले समेत केही चलाखी गरेजसो गरेर प्रमुख प्रतिपक्ष सिटमै उभिएर गुनगुनाएको स्वरमा बिरोधको लागि मात्र बिरोध गरेको देख्दा सहमतीमै संविधान संशोधन विधेयक दर्ता भएको आशंका गरिएको छ ।

यहि अवस्थामा विधेयक अघि बढेमा पाँच नम्वर प्रदेशबाट भारतीय योजनामा तराईका केही जिल्ला छुट्याउने पुष्पकमल दाहाल सरकारको विधेयक देशभर जनताको चर्को बिरोध रहेपनि सांसद संख्या गनेकै भरमा पारित हुने आशंका बढेर गएको छ ।

27.12¡ÆC