एनटिसीको प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा

काठमाडौं,पुस २५ । निजी क्षेत्रको एनसेलले ल्याएको सुविधालाई टक्कर दिदै नेपाल टेलिकमले पनि आफ्ना ग्राहकको लागि ‘क्रेडिट ब्यालेन्स’को सुविधा ल्याउने भएको छ । ग्राहकलार्इ ब्यालेन्स सकिएर अप्ठयारोमा परेको बेला उपयोग गर्नका लागि क्रेडिटमा ब्यालेन्स दिने सुविधा ल्याउन लागेको हो ।

पोखरा उपमहानगरपालिका-१८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज सेवाको उद्घाटनको अवसरमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले यो जानकारी दिएकी हुन्।

प्रिपेड मोवाइलका ग्राहकले मात्र यो सुविधा उपयोग गर्न पाउने छन् । टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ। एनसेलले भने यो सुविधा ल्याइसकेको छ। यो सेवामा ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ।

ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ । साथै कलर रिङव्याक टोन (सिआरविटी) सेवालाई पनि सुचारु गर्ने टेलिकमले तयारी थालेको छ ।

विद्युत आयोजनामा शेयर लगानी गर्ने हो ?,यसरी भर्नुहोस् अनलाइन फाराम

काठमाडौं,पुस २५ ।  उर्जा मन्त्रालयले ल्याएको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा लगानी गर्नको लागि सरकारले सर्वसाधारणसँग अनलाइनमार्फत लगानी प्रतिबद्धता माग गरेको छ। ऊर्जामन्त्री जनार्दन शर्माले सोमबार लगानी प्रतिबद्धता माग्न वेबसाइट सार्वजनिक गरेका छन्। उक्त वेबसाईट मार्फत सर्वसाधारणले लगानी गर्न चाहेमा त्यसको लागि कुनै पनि ठाउँमा लाइन नलागेर अनलाइनबाट सेयर आवेदन भर्न सक्नेछन् ।

सरकारले नेपालमै रहेका, वैदेशिक रोजगारीमा गएका र गैरआवासीय नेपालीहरुबाट पनि नेपालको आयोजनामा लगानी गराउने लक्ष्यको साथ त्यसको सुरुवात गर्दै पहिलो चरणमा अनलाइनमार्फत लगानी प्रतिबद्धता मागिएको हो। सर्वसाधारण नेपालीले अप्पर अरुण, दूधकोशी, तमोर, सुनकोसी ३, लाङटाङ, नलसिङगाड, उत्तरगंगा, नौमुरे र तिला १ आयोजनामा शेयर लगानी गर्न सक्छन्।

यसमा सरकारी तथा निजी बैंक तथा वित्तीय संस्था, कल्याणकारी कोषहरु, रेमिट्यान्टस, सरकारी तथा निजी कर्मचारी, मजदुर तथा किसानहरुले प्रत्यक्ष शेयर लगानी गर्न पाउने छन् । सामान्य जलविद्युत् आयोजनाले सीमित सङ्ख्यामा सेयर आह्वान गर्दा अर्बौं लगानीको माग हुने गरेको सन्दर्भलाई विचार गरेर सरकारले सहज रुपमा विद्युतीय माध्यमबाट नै सेयर आवेदन गर्न सक्ने व्यवस्था मिलाएको हो ।

जलविद्युत् लगानी तथा उत्पादन कम्पनीले रु दुई अर्बको सेयर जारी गर्दा रु ४३ अर्बको आवेदन परेको थियो भने अन्य केही साना जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्दा न्यूनतम २०० प्रतिशत बढी सेयर आवेदन हुने गरेको सन्दर्भलाई दृष्टिगत गरी सरकारले पहिलो चरणमा सेयरको प्रतिबद्धता पत्र माग गर्ने वातावरण बनाएको हो ।  नागरिकले कति रकम लगानी गर्न चाहेका हुन् सोही आधारमा सेयर प्रमाणपत्रसमेत दिइने भएकाले त्यसले लगानीको सुरक्षा एवम् प्रतिफलको सुनिश्चितता समेत गर्नेछ ।

कसरी भर्ने आवेदन ?

सबैभन्दा पहिला http://www.moenonline.moen.gov.np/login लगइन गर्ने। त्यसपछि तपाईंसँग लगइन मागिन्छ। तपाईं नयाँ भएकाले ‘क्रिएट न्यु एकाउन्ट’ मा क्लिक गर्नुस्। त्यसपछि त्यहाँ तपाईको आधिकारिक इमेल मागिन्छ। पासवर्ड तपाईले इमेलमै प्रयोग गरिरहेको राख्नुपर्छ भन्ने छैन, जुनसुकै राख्न सक्नुहुन्छ।

त्यसपछि वेसाइट खुल्छ। त्यसपछि तपाईले पेज खोलेको होरहोइन भनेर नोटिफिकेसन तपाईको इमेलमा जान्छ। इमेलमा गएको लिंकलाई तपाईले क्लिक गरेपछि तपाईको ‘युजर आइडी’ एक्टिभ हुन्छ। त्यसपछि पेजमा ‘शेयर लगानी प्रतिबद्धता फारम भर्नुहोस्’ भन्ने लेखेको देख्नुहुन्छ। त्यहाँ क्लिक गरेर व्यक्तिगत विवरण भर्नुस्।

विवरण भरेपछि अर्को पेज खुल्छ जहाँ तपाई कस्तो खालको लगानीकर्ता हो भनेर जान्न खोजिएको छ। त्यहाँ तपाई आमनागरिक हो कि गैरआवासीय हो वा वैदेशिक रोजगारीमा पो हुनु हुन्छ कि सरकारी जागिर हो भनेर सोधिएको हुन्छ। त्यसको उत्तर दिएपछि तपाईको परिवारको संख्या, आय स्रोतका बारेमा अर्को पेजमा विवरण भर्नुपर्छ।

त्यसपछि नागरिकताको विवरण मागिन्छ। अर्थात नागरिकता नम्बर, जारी गर्ने जिल्ला र जारी मिति। यो विवरण भरेपछि तपाईको इच्छाएको व्यक्तिका बारेमा जानकारी दिनुपर्छ। अनि तपाईको लगानीको योजनाका बारेमा सोधिन्छ। त्यसको विवरण भरेपछि तपाईले सुरुदेखि भरेको विवरण सही छ कि छैन वा त्यसमा केही हेरफेर पो गर्न चाहनु हुन्छ कि सोधिन्छ। त्यो स्टेप पार भएपछि तयार भएको फारम सबमिट गर्नुपर्छ। यसपछि ऊर्जा मन्त्रालयले तपाईको विवरणका आधारमा सम्पर्क गर्छ।

सन् २०४० मा न्यूनतम ५१ हजार मेगावाट विद्युत् आवश्यक

कार्यक्रममा जल तथा ऊर्जा आयोगले नेपालमा विद्युत् मागबारे विस्तृत रिपोर्ट तयार गरेर सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार नेपालमा हाल १७२१ मेगावाट विद्युत्को माग रहेको छ । जब कि यो माग सन् २०२० सम्म न्यूनतम पनि ६ हजार ८ सय १४ मेगावाट आवश्यक हुने बताइएको छ । त्यस्तै, २०२५ सम्म १० हजार ८ सय, २०३० १८ हजार सम्म, २०३५ सम्म २९ हजार र २०४० सम्म ५१ हजार मेगावाट आवश्यक पर्ने बताइएको छ ।

त्यस्तै, तिला १ आयोजनामा सरकारको समेत शेयर रहने गरी तिला दुवै आयोजनामा कर्णाली प्रदेशका हरेक घर परिवारवाट १ लाख ईक्वीटी सेयर रहने गरी लगानी गर्न डेभलपरसँग सहमति भएको मन्त्री शर्माले बताए । त्यसको छिट्टै काम सुरु हुने पनि उनले जानकारी दिए ।

त्यस्तै, मन्त्रालयले १० हजार मेगावाटसम्म टेक अर पे नीति लागू गर्ने भएको छ । ऊर्जा क्षेत्रमा लगाइएको लगानीको बैंकिङ ब्याजदर घटाउने र ५ प्रतिशत ब्याजदर कायम गर्न अर्थ मन्त्रालयमार्फत राष्ट्र बैंकमा अनुरोध गरिएको छ । डलर पीपीएको रिस्क कम गर्न हेजिङ्ग फण्ड बनाउने निर्णयार्थ अर्थ मन्त्रालयमा पत्राचार गरिएको पनि जनाइएको छ । रु. ५० लाख भ्याट छुट दिने प्रस्ताव अन्तिम चरणमा रहेको र पोष्टरेटको कार्यान्वयन गर्न अर्थ मन्त्रालयबाट सहमति माग गरिएको मन्त्रालयले बताएको छ ।

कार्यक्रममा उज्यालो नेपाल अभियानलाई देशव्यापी वनाउन काठमाडौ उपत्यकासहित, काभ्रे, विराटनगर, वीरगञ्ज, पोखरा, तनहुँ, वाग्लुङ्ग, स्याङ्गजा लोडसेसिडङ्ग मुक्त गरिएको जानकारी दिइएको छ । त्यस्तै, अन्य स्थानहरुमा समेत लोडसेडिङमुक्त गर्दै जाने गरी प्राविधिक र अन्य तयारी गरी चुनौतीलाई थप बढाइएको पनि जनाइएको छ ।

राजधानी दोहोरो बन्दको मारमा:शैक्षिक हड्ताल र उपत्यकका बन्द एकैदिन

काठमाडौं, पुस २५ ।  शाही युवा शक्ति नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा मनाउँदै आएको पौष २७ गते सार्वजनिक विदा दिन सरकारसँग माग गर्दै भोलि २६ गते उपत्यका बन्दको घोषणा गरेको छ । युवा शक्तिले माइतिघर मण्डलामा पटक–पटक धर्ना दिएर सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै भोलि उपत्यका बन्दको घोषणा गरेको जनाएको हो ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले पत्रकारहरुसँगको कुराकानीमा विदेशी राष्ट्रपति आउँदा र विदेशी पर्वमा विदा दिने दलाल सरकारले पौष २७ गते विदा नदिएर राष्ट्र निर्माता पृथ्वीनारायण शाहको र आम नेपाली नागरिकको अपमान गरेको भन्दै बन्दसहितको सशक्त आन्दोलन गर्नुपरेको बताए।

राष्ट्र निर्माताको अपमान गर्ने विदेशीको दलाल पार्टी र झण्डा त्याग गरेर राष्ट्रको झण्डा बोकेर राष्ट्र जोगाउन आवश्यक रहेको भन्दै अध्यक्ष खड्काले सबै युवाहरुलाई सडकमा आउन आह्वान गरेका छन् ।

अहिलेको समस्याको जड गणतन्त्र भएको भन्दै शाही युवा शक्ति नेपालले यो प्रणाली खारेज गरेरै छाड्ने दावी गरेको छ ।

उसले भोलिको बन्द राष्ट्र निर्माताको नाममा भएको भन्दै सबैलाई स्वतस्फूर्त रुपमा सहयोग गर्न आग्रह गरेको छ । अन्यथा कुनै किसिमको घटना भए स्वयं जिम्मेवार हुने समेत शक्तिले चेतावनी दिएको छ ।

लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै अखिल क्रान्तिकारीकाले भोली मंगलबार देशभर आम शैक्षिक हडतालको घोषणा गरेको छ ।

दुखद खवर, टोकियोमा नेपाली विद्यार्थीद्धारा आत्महत्या

मदन पाठक-टोकियो ।
अध्ययनका लागि आएका एक नेपाली विद्यार्थीले जापानमा झुण्डिएर आत्महत्या गरेका छन् ।

काठमाडौं पकनाजोल घर भएका जोन लामाले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

सोमबार आफु बस्दै आएको टोकियो च्योउदा वार्डमा ३२ वर्षिय जोन लामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

प्राप्त जानकारी अनुसार सोमवार साँझ जापानी समय अनसार साँझ ६ बजे उनि झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

झुण्डिएको अवस्थामा अचेत फेला परेका उनलाई तत्काल अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन भने प्रहरीको रिपोर्ट पनि आउन बाँकी रहेको छ । विस्तृत जानकारी केही बेरमा राख्ने छौं ।

पछिल्लो समय जापानमा अध्ययन तथा रोजगारको लागि आएका नेपालीहरुको आत्महत्या तथा विभिन्न कारण मृत्युहुने क्रम बढेको छ ।

विभिन्न व्यक्ति तथा सामाजिक संघसंस्था र सामाजिक सञ्जाल मार्फत आत्महत्या, रोग तथा अन्य कुराहरुमा सचेतना जगाउने काम भएपनि प्रभावकारी हुन सकिराखेको छैन ।

जसका कारण जापानमा रहेका जिम्मेवार व्यक्ति तथा संघ संस्थाहरु यसमा थप जिम्मेवार बनेर नेपालीहरुका समस्या समाधानका लाग्नु पर्ने देखिएको छ ।

'बिनोद तुलाचनको निधन मध्यपान नभई लिभर खराब र अचेत'-टासी लामा

धुर्मुस– सुन्तली फाउन्डेसनद्वारा मुसहर बस्तीको शिलान्यास

महोत्तरी,पुस २५ । धुर्मुस–सुन्तली फाउन्डेसनले तेस्रो एकीकृत नमुना बस्तीको शिलान्यास गरेको छ । फाउन्डेसनले सोमबार भव्य समारोहकाबीच महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो । हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ (मह जोडी) र गंगासागर सरसफाईका अभियन्ता रामअशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन् ।

बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, अर्जुन घिमिरे, कुमार कट्टेल, गायिका मान्डवी त्रिपाठी पनि मुसहर बस्ती पुगेका थिए ।

बस्ती शिलान्यास कार्यक्रम बोल्दै हरिवंश आचार्यले सीताराम कट्टेले नेपाल आमाको सपुत भएको बताए । “यो भन्दाअघि सिताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम ग¥यो,” उनले भने, “अहिले मुसहर बस्तीमा उज्यालो छर्दै छन्, यो संगै सिंगै देशमा खुसी छरुन् ।”

त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए । “पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुंदैनथ्यो,” उनको भनाई थियो ।

बस्ती शिलान्यासमा बोल्दै कलाकार सीताराम कट्टेल धुर्मुसले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए । “म पहिलोपल्ट पूर्वपश्चि राजमार्ग सरसफाइका लागि यहां आइपुग्दा निकै भक्कानिएको थिएं । मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमुना बस्ती बनाउन पोलिरह्यो ।

त्यसैगरी कुञ्जना घिमिरे सुन्तलीले मुसहर बस्तीमा खुसीयाली छर्न पाउंदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन् ।

यसैगरी अभियन्ता यादवले मुसहर बस्ती तराई–पहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम भएकोमा धुर्मुस, सुन्तलीलाई धन्यावाद दिए ।

“यो तराई– पहाडमा सद्भाव छर्ने काम हो,” उनको भनाइ थियो ।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांग मैत्री, बाल मैत्री हुनेछ ।  नमुना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बाल उद्यान र एक मन्दिर समेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए ।

यस अघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपैयांबाट निर्माण प्रारम्भ गरिएको उनको भनाई छ । बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख प्रदान गरेका छन् । त्यस्तै पूर्वमन्त्री तथा सांसद् गिरिराजमणी पोखरेलले रु १० लाख सहयोगको घोषणा गरेका छन् । बस्ती निर्माणका लागि मह जोडीले रु एक लाख सहयोगको वचनवद्धता व्यक्त गरेका छन् । शिलान्यास कार्यक्रममै कलाकार किरण केसीले रु १० हजार र पत्रकार राजकरण महतोले रु दशहजार पँंच हस्तान्तरण गरेका थिए ।

“यो मानवता र सद्भावको कार्य हो,” धुर्मुसले आग्रह गरेका छन्, “बस्ती निर्माणका लागि सबैले हातेमालो गरौं ।

शिलान्यास कार्यक्रममा  मुसहर समूदायले कलाकारहरूलाई फूल मालाले भव्य स्वागत गरेका थिए । शिलान्यास कार्यक्रममा सहभागी हुन कठमाडौंबाट आएका कलाकारहरूको स्वागतार्थ, महिला, केटाकेटी र वयोवृद्धसमेत हातमा फूल माला बोकेर बिहानैदेखि लामवद्ध थिए ।

बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने फाउन्डेसनको लक्ष्य छ ।

नयाँ बर्ष २०७४ मा चितवन समाज जापानको कार्यक्रम

जापान ।
चितवन समाज जापानले आगामी नेपाली नयाँ बर्ष २०७४ मा सांगितिक कार्यक्रम गर्ने घोषणा गरेको छ ।

चितवन समाज कान्साई क्षेत्रीय समितिले नयाँ बर्षको अवसरमा गरिने कार्यक्रमहरुको चापलाई मध्यनजर गर्दै चार महिना बाँकी छँदै आफुले सांगितिक कार्यक्रम गर्ने घोषणा गरेको हो ।

आगामी बैशाख १ गते ओसाकामा नेपालका चर्चित गायक तथा अन्य कलाकारहरूको सभागितामा कार्यक्रम गर्न लागिएको चितवन समाजका सचिव अनुप पौडेलले बताएका छन् ।

कार्यक्रम सफल बनाउनका लागि सल्लाह तथा सुझाव सहित कान्साईका सम्पूर्ण संघ संस्थाहरुको सहयोगको अपेक्षा गरिएको समाजले जनाएको छ ।

बैशाख १ गतेका दिन आफुले कार्यक्रम गर्ने घोषणा गरेको भन्दै सचिव पौडेलले उक्त दिन अन्य कार्यक्रम राखेर नजुधाइदिन समेत सबै संघसंस्था र व्यक्तिलाई आग्रह गरेका छन् ।

ऋतुकुमार दुरा पुन लमजुङ समाज जापानको अध्यक्ष

टोकियो ।
लमजुङ समाज जापानको प्रथम साधारण सभाले पुनः ऋतुकुमार दुराको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

हालै टोकियोमा भएको भेलाले वरिष्ठ उपाध्यक्षद्वयमा लिल गुरूङ र गुनीमाया गुरूङलाई चयन गरेको छ ।

त्यसैगरी उपाध्यक्षमा शैलेन्द्र मिश्र, महासचिवमा बुद्धिराज घिमिरे, सचिवमा दामोदर धिताल, सह९सचिवमा सोम गुरूङ, कोषाध्यक्षमा मिनराशी गुरूङ, सह९कोषाध्यक्षमा अमृता घले चयन भएका छन् ।

सदस्यहरूमा हिमाल गुरूङ, इश्वरी न्यौपाने, आवाश गुरूङ, नरेन्द्र गुरूङ, सोम गुरूङ, भरत बर्लाकोटी, गीता घले, डम्बर गुरूङ, लक्ष्मण गुरूङ, महेन्द्र न्यौपाने, सिद्धार्थ गुरूङ, रोशन गुरूङ, डिनु गुरूङ र दिलजंग गुरूङ चयन भएका छन् । यस्तैगरि समाजको सल्लाहकारमा थमवहादुर गुरूङ, गोपाल जंग घले र गीता कुमारी घले चयन भएका छन् ।

अध्यक्ष ऋतुकुमार दुराको सभापतित्वमा सम्पन्न पहिलो खुल्लासत्र कार्यक्रममा प्रमुख अतिथि थमवहादुर गुरूङ रहेका थिए ।

सभाले समाजको विधान मस्यौदामा छलफल गरी विधान पनि पारित गरेको छ ।  समाजको आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष मिनराशी गुरूङले प्रस्तुत गरेका थिए भने वार्षिक प्रतिवेदन निवर्तमान महासचिव बुद्धिराज घिमिरेले प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनउपर पनि छलफल गरी सर्वसम्मतिबाट पारित गरिएको थियो ।

कार्यक्रममा थमवहादुर गुरूङ र गुनीमाया गुरूङलाई समाजमा स्वागत तथा सम्मान गरिएको थियो ।

यसैगरि समाजले नजिकिंदै गरेको माघे सक्रान्तिको दिन लमजुङ समाज जापानको तर्फवाट भेटघाट तथा माघे संक्रान्तिको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

जनवरी १४ तारिक शनिवार बेलुकी ७ बजेदेखि इकेवुकुरोस्थित फुलवारी डाइनिङ रेष्टुरेन्टमा कार्यक्रम आयोजना हुने भएको अध्यक्ष दुराले जानकारी दिएका छन् ।

जापानमा रहेका लमजुङेहरूको भेटघाट, आपसी भाइचारा र सम्बन्ध अझ सुमधुर गराउनको लागि माघे संक्रान्तिको दिन कार्यक्रम आयोजना गर्न लागिएको नवनियुक्त अध्यक्ष दुराको भनाई छ ।

जापानमा रहेका झापालीहरु संगठित हुँदै

टोकियो ।
नेपालको झापा जिल्लाबाट अध्यन, काम तथा विभिन्न रोजगारीका सिलसिलामा जापानमा रहँदै आएकाहरु संगठित हुने भएका छन् ।

झापालीहरुले जिल्लाको विकास तथा झापालीहरुबिच एकता र सहकार्यको लागि भन्दै झापालीहरुको एक समाज गठन गर्ने भएका हुन् ।

टोकियोको हिगासी कुरेमेस्थित न्यु किचन सपनामा जनवरी २२ तारिकका दिन भेला आह्वान गरिएको झापालीहरुको भेलाबाट समाज गठन गरिने भन्दै आयोजकले जापानमा रहँदै आएका झापालीहरुलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

जिवनको जिवन्त गितले रम्यो नेपाली एकता समाज जापान

टोकियो ।
जन गायकको रुपमा चिनिने लोकप्रिय जिवन शर्माका गितसँगै अँग्रेजि नयाँ बर्षमा नेपाली एकता समाज जापानको कार्यक्रम सम्पन्न भएको छ ।

सांगीतिक धमाका २०१७ को नाममा भएको कार्यक्रममा शर्मा सँगै अन्य ख्यातीप्राप्त कलाकारहरु नेपालबाट आएका थिए ।

कार्यक्रममा गायक शर्मा सँगै लोक गायक विष्णु खत्री र लोकदोहोरी गायिका मुना थापा समेतको उपस्थिति रहेको थियो ।

रक्तिम साँस्कृतिक अभियानका कलाकार एवं प्रगतिशिल पत्रकार महासंघका अध्यक्ष नारायण शर्माको पनि प्रस्तुती रहेको कार्यक्रममा गायक खत्री र गायिका थापाले आफ्ना लोकप्रिय गितहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रम डिसेम्बर अन्तिममा सिनओसाका र जनवरीमा टोकियोमा गरिएका कार्यक्रममा जापानमा रहेका स्थानिय कलाकारहरुले समेत आफ्ना गितहरु गाएका थिए ।

नेपाली पञ्चे बाजासँगै कलाकारहरुले गाएका देशभक्ति र जागरणका गितले उपस्थित नेपालीहरुले देश प्रेमका गितहरुमा मनोरञ्जन लिएका थिए ।

पुस्तक समिक्षा: सिर्जनाको बिहानीबाट उदाईन विदेहा

नेदरल्यान्ड स्थित अन्तराष्ट्रिय बालबालिका कला संग्रहका संस्थापक राफायल गोल्डिनका अनुसार, “बालबालिका मानवताका भविष्य हुन् । उनीहरुलाई आफ्नै संस्कार, आफ्नै कला र आफ्नै ईतिहास बनाउने अधिकार छ ।” ईतिहास कलिलै उमेरमा प्रस्तुत गर्ने बालबालिका छन् । प्याब्लो पिकासोले “बोल्नु अघि कला प्रस्तुत गरे” । आकियान चार वर्षकै उमेरमा चित्र बनाउन थालिन् र नौ वर्षमा उनका कला २५ लाख बढीमा बिक्री हुन थाले । एन्जेलिका कौफम्यान, बेलायती रोयल एकेडेमि संस्थापक सदस्य, १३ वर्ष मै व्यावसायिक पोट्रेट कलाकार बनिसकेकी थिईन् ।

नेपालमा विदेहाले हालसालै तीन वर्षकै उमेरमा नेपाल कला परिषदमा एकल कला प्रर्दशन गरी नयाँ इतिहास रचेकी छिन् । उनी राष्ट्र मै यति सानो उमेरमा एकल कला प्रर्दशनी गर्ने पहिलो व्यक्तित्व भएकी छिन् । उनको कला समेटेर ८० पृष्ठको पुस्तक सिर्जनाको बिहानी वा “अर्लि क्रिएसन्स्” उनको तेस्रो जन्मदिन पारेर राष्ट्रिय कला परिषदमा हजुरआमा प्रिती दहालले असोज १६ गते विमोचन गरी हामीहरु सामु प्रस्तुत गर्नुभएको छ ।

सिर्जनाको बिहानीसँग नेपाली चित्रकलामा एउटा फरक कलाले प्रवेश पाएको छ । “उनको… सिर्जनाले वयस्क समेत चकित पर्छन् । बालमनमा अनौठो सिर्जनशीलता निहित भएको अभिव्यक्ति गछ्र्रन् उनका चित्रहरुले ।” अनौठो खालको चित्रकलाको रुप दिंदै विदेहा रञ्जनले चकित पार्दै समाजलाई नै चुनौती दिएकी छिन् । मानिस चाहे जे पनि गर्न सक्दो रहेछ भन्ने उदारहण बनेकी विदेहा तीन वर्षको उमेरमा नै फरक–फरक किसीमको चित्र कोरेर बालबालिकाले पनि यस समाजलाई चुनौती दिन सक्छन् भन्ने राफायल गोल्डिनको भनाईलाई सत्यमा परिणत गर्न सफल भएकी छिन् ।

उनको यस संग्रह स्पाइनी ब्याबलरले प्रकाशनमा ल्याएको हो । संग्रहमा ७० वटा कलाकृती समेटिएका छन् । चित्र हेर्दै जाँदा नयाँपनको आभाष पाउन सकिन्छ । प्रईडेका अनुसार “धेरै ढोका नयाँ पुस्ताको निमित्त खोलिएका छन् । यसले भविष्य बन्ने छ ।” बालबालिकालाई यस चित्रकला संग्रहले थप उत्साहित बनाउनेछ । यस सुन्दरता भरीपूर्ण पुस्तक हरेक शिक्षक, अभिभावक तथा कलाकारले नजिकबाट हेर्न रुचाउनु पर्ने हो । त्यसैले होला वरिष्ठ कलाकार प्रमिला गिरीले विदेहाको कला बारे बुझ्न “अर्लि क्रिएशन्स्”को पहिलो प्रति किन्नु भएको ।

उनले कोरेका अधिकांश चित्र जिवनका भोगाईसँग मेल खान्छन् । तिनमा आफूले देखेको भोगेको दृश्यलाई सिर्जनात्मक सामाग्रीको सहायताले उर्ताने जमर्को गरिएको छ । किरियोन विलियमसनले १० वर्ष नपुग्दै पन्ध्र लाख डलरको कला बिक्री गरेपनि उनका सिर्जना हामी नेपालीको पहुँच भन्दा टाढै छ । हाम्रो पहुँचमा आएको विदेहाको पुस्तकको आवरणमा हामी सिर्जनात्मक प्रकृया देख्न सक्दछौं । उनले आफूले बनाईरहेको कृति अवलोकन गदैर्, खुडकिलै पिच्छे सोच्दै, थोप्ला, आकार, रेखा थप्दै योजनात्मक ढंगले चित्र बनाउँछिन् । बनिसकेपछि उनले सो कलालाई आफ्नो “मुटु” भनेर नामांकरण गरेको उनका बुवा पल्लव रञ्जन भन्दछन् ।

क्रान्ति पाण्डे “जुनकिरी”मा भन्नुहुन्छ, “सानो उमेर मै यति धेरै प्रतिभा भएको मान्छे भेट्टाउन मुश्किल जस्तै छ । विदेहा रञ्जनले यस्तो अप्ठयारोलाई तोडेकी छिन् ।” उनको चित्रसंग्रहमा २५ भावानात्मक चित्रहरु छन् भने २४ आलंकारिक चित्र छन् । प्रर्दशनीमा परेका १५ प्रयोगात्मक चित्रहरु छन् र बाँकी ६मा परिवारका सदस्यहरुको चित्रण गरिएको छ । “कोरकार” नामक चित्रकलामा मन छुने रङ्गहरुको प्रयोग गरेकी विदेहाले “सिनेमा हलमा फाईन्डिङ डोरी” नामक चित्र जिन्दगीमा पहिलो घम् चलचित्र हेरेको आधारमा बनाएकी छिन् ।

मुनामा लक्ष्मी खतिवडा भन्नुहुन्छ, “अन्य समयमा ठूला र केही नाम चलेका कलाकारको चित्रकला मात्र प्रदर्शनी हुने नेपाल कला परिषदका कक्षमा सानी विदेहालाई हेर्न आउनेको निकै भीड थियो । चित्रकला मात्र होइन कार्यक्रममा विदेहाको दुई दर्जन भन्दा बढी नेपाली तथा अङ्ग्रेजी बाल गीतको भिडीयो पनि प्रस्तुत गरिएको थियो ।”

“सृजनाको बिहानी”ले बाल मनमष्तिष्क भित्रको झलक मात्र नदिई शिशु विकास, कौशलता परिवर्तन, वौधिकता सिर्जनशिलता, शारीरिक समन्वय र रचनात्मक क्षमता अभिवृद्धी सम्बन्धि पनि चेतना प्रदान गरेको थियो भन्ने धारणा क्यानभासमा प्रकाशन गरेको छ । द राइजिङ नेपालका अनुसार “सृजनालाई जातजाती, राजनितिक, सीमांकन, भौगोलिक सिमितता र उमेरले रोकटोक गर्दैन् । २ वर्षको उमेर वा ९४ वर्षको उमेर होस् भावना, शैली, विषयबस्तु तथा अभिव्यक्तिले कलालाई मूल्याङ्कन गरीन्छ । विदेहाको कलामा मैले भावनात्मक लगानी, प्रभावशाली वैचारीक तथा विषयगत समाग्री र कला कौशलता छ ।”

“मैले मुसा देखें” निकै सरल तर भावपूर्ण छ । सानो डुहुरे मुसा बगैंचामा आएर फल खाएको याद गर्दै उनले यो चित्र कोरेकी हुन् । “मन पर्ने स्ट्रबेरी” ठूलो मान्छेले बनाएझैं छ । आफुले छोटो जिवनमा भोगेका स्थिती र पुगेका ठाउँ बटुलेर बनाएका १५ चित्र मध्ये नागदहमा धान रोपेको, बिहान बिहान बक्सीङ टिचर सँग खेलेको, नदी छेउ क्याम्पिङ गरेको, मेल्मचि नजिक माछा पारेको, विज्ञान कार्यशाला आदी परेका छन् ।

कलाकृति मध्ये “प्रिती हजुरमुमा” उनले बनाएको पहिलो मानव आकार हो र प्रिती हजुरमुमा आफ्नो भनाईमा लेख्नुहुन्छ, “प्रतिभा र मेहनतले जिवनका धेरै बाटाहरु खोल्नेछन् । जिवनका बाटाहरु सबै सहज हँुदैनन् र सफलतामा पनि नपुग्लान्, आफुले चाहेको बाटो हिंड्नु, खुशी समेट्नु, अरुका भूल क्षमा गर्नु, संधै उदार हुनु ।” हजुरमुमाले जस्तै सानी विदेहालाई शुभ यात्रा भन्दै उनको प्रतिभाले हामी र हाम्रो राष्ट्रलाई धेरै वर्षसम्म मनमुग्ध परोस् भन्ने आशा राख्दछौं ।

चित्रकारः विदेहा रञ्जन
नामः सिर्जनाको बिहानी
प्रकाशनः स्पाइनी ब्याबलर
पृष्ठः ८०
मूल्यः ४९५
www.spinybabbler.org/vidheha
Facebook.com/vidheha

को हुन् लोकमान लडाउने वकिल ?

काठमाडौं,पुस २५ । अधिवक्ता ओमप्रकाश अर्यालको फोन आइतबार साढे चार बजेपछि लगातार बज्न थाल्यो। उनी फोनमा गफिरहेका बेला पत्नी पुन्देवी मर्हजनको मोबाईल बज्थ्यो। उनी कसैलाई भन्थिन, वहाँ अन्र्तवार्तामा हुनुहुन्छ, कसैलाई भन्थिन, अर्को फोनमा व्यस्त हुनहुन्छ। साँच्चै ओमप्रकाश चटारो थियो– बधाई लिने र प्रतिक्रिया दिने। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की पदका निम्ती अयोग्य भएको निर्णय सार्वजनिक भएपछि उनी एकाएक ‘हिरो’ भए। समयको यो विन्दुसम्म आइपुग्न उनले निकै अप्ठेरो उकाली ओराली हिडे। कैयन कथा र किस्सा झेले।

चालीस वर्षे ओमले नहौसीकन भने, ‘सत्यको जीत हुन्छ भन्नेमा म दृढ थिएँ।’ ओमप्रकाश कसरी लोकमानको अयोग्यताको फाईल खोतल्न पुगे भन्ने प्रश्न जान्न २०६९ चैत १ मा पुग्नुपर्ने हुन्छ। जतिवेला संविधानसभा विघटनपछि प्रधानन्याधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी सरकार गठन भएको थियो। उनले खिलराज नेतृत्वमा बनेको चुनावी सरकार कानूनी रुपमा अबैध भएको भन्दै सर्वोच्चमा ‘चुनौती’ दिएका थिए। तर ओमले गरेको कानूनी जिकिरलाई सर्वोच्चले उल्टाइदियो। लगत्तै सारा चासो, सरोकार र जिम्मेवारीलाई थाती राखेर उच्चस्तरिय राजनीति संयन्त्रले लोकमानसिंह कार्कीलाई ‘उच्च नैतिक चरित्र’ भएको भन्दै अख्तियारको प्रमुख आयुक्तमा सिफारिस गर्‍यो।

जति हतारोमा सिफारिसमा भयो त्यति नै चटारोमा मन्त्रिपरिषदा अध्यक्ष रेग्मीले संवैधानिक परिषदको बैठक बोलाई कार्कीलाई नियुक्त गर्न सिफारिस गरे भने तत्कालीन राष्ट्रपति रामवरण यादवले उनलाई अख्तियार प्रमुख पदमा आसिन गराए। लोकमानको नियुक्तीको दिन ओमप्रमुखलाई लागेको थियो, नियुक्तीको जरो रेग्मीको चुनावी सरकारसँग जोडिएको छ। उनले आफुले हारेको मुद्धासँग लोकमान नियुक्ती प्रकरणलाई जोडेर हेरे। त्यसपछि निष्कर्ष निकाले, कानून विपरितको यो नियुक्तीविरुद्ध नलडी हुन्न। ओमले पुरानो दिन सम्झँदै भने, ‘खिलराजले लोकमानको नियुक्ती थोपर्नु आफैंमा विधीको शासनमाथि अर्को प्रहार थियो।’ खिलराजको नियुक्ति असंवैधानिक भन्ने कानूनी लडाइँमा फेल भएपछि ओमप्रकाशले सोचे, हारसँग जोडिएको अर्को मुद्धा लोकमानको गैरकानूनी नियुक्ती हो। कानुन व्यवसायीहरुले खिलराजको नियुक्तीविरुद्ध ०६९ चैत ५ मा कार्यक्रम नै गरेका थिए। त्यसपछि ओम झनै तरंगित भए, साँच्चै लोकमानको नियुक्ती विधी र प्रक्रिया विपरित छ र त्यसमा खिलराज जोडिएका छन्।

२०५५ देखि कानून व्यवसायमा लागेका ओमलाई पहिल्यै थाहा थियो, रायमाझी आयोगले दोषी किटेका व्यक्ती संवैधानिक निकायको उपल्लो पदमा कसरी योग्य हुन सक्छन् ? यही प्रश्नले उनलाई लोकमानको नियुक्तिविरुद्ध कानूनी लडाई लडने आँट दियो। सार्वजनिक सरोकारका मुद्धामा कैयन कानुनी लडाई लडेको अनुभवले ओमप्रकाशलाई पाको बनाएको थियो। २०५८ मा उनले मुस्ताङी, जाजरकोटी, सल्यानी र बझाङी राजाको पदवी र भत्ता उन्मूलन गर्नुपर्छ भन्दै मुद्धा लडेका थिए। लोकमानको नियुक्तीमाथी कानूनी प्रश्न उठाउँदा उनलाई धेरैले धेरै कुरा सुनाए। कसैले भने, ‘विचार गर्नुस् है।’ कोहीले भने, ‘लोकमान अरुजस्ता हैनन्।

फरक मान्छे हुन्।’ जसले जे भनेपनि ओमप्रकाशले एउटै कुरा सोचे, ‘न्याय मर्न दिनु हुदैन।’ प्रमुख दलका शीर्ष नेताहरु लोकमान नियुक्तीको बचाउमा थिए। शक्ती भएका भनिएकाहरु कि त यसबारे बोल्दैनथे वा वोलपनि मधुरो स्वरमा बोल्थे। त्यही बेला ओमप्रकाशको मनमा थियो, ‘न्याय अझै मरेको छैन।’ २०६९ चैत ७ गते उनले लोकमानको नियुक्ती गैरकानूनी भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरे। त्यसयताका झण्डै चार वर्षमा ओमप्रकाशले कती उल्झन झेले, कती दौडधुप गरे त्यसको कुनै हिसाब छैन। उनले गर्विलो स्वरमा ‘भने, यो मुद्धालाई मैले सुरुदेखि नै नैतिकताको मुद्धा ठाने। त्यसैले मैले सम्झौता गरिन।’ उनले ‘जस’ का लागि भन्दा पनि निष्ठाका लागि यो मुद्धा लडे। त्यसैले ओमप्रकाशले २०७१ असोज ८ मा रिट निवेदन खारेज हुँदा पनि हार मानेनन्।

न्यायिक लडाईमा दलहरुको भूमिका, मौन बस्ने नागरिक समाजको चरित्र सबैलाई उनले नजिकबाट नियाल्ने मौका पाए। तैपनी उनले ठानिरहे, स्वार्थी भएपनि दलका नेताहरु समाजका स्थायी शक्ति होईनन्। उनले दलभीत्र थोरै भएपनि न्याय र सत्यको पक्षमा बोल्ने आँट र हिम्मत भएका नेता भेटे।

तिनीहरुसँगको भेट, न्यायको पक्षमा बोल्ने डाक्टर गोविन्द केसीजस्ताको आवाजले ओमलाई थाक्न दिएन। उनले भने, ‘नयाँ पुस्ताले यसलाई पक्कै बुझ्लान।’ त्यसो त ओमप्रकाशको लोकमानसँग कहिल्यै दोहोरो संवाद भएको छैन। न उनी लोकमानलाई प्रत्यक्ष चिन्छन् नै। उनले हाँस्दै सुनाए, ‘मंसिर १६ मा दोस्रोचोटी तारेख लिन आउँदा नै हो पहिलोपटक प्रत्यक्ष देखेको।’ आजको कान्तिप्र दैनिकमा समाचार छ ।

‘लोकमानलाई अख्तियार प्रमुख बनाउने नेताको नैतिकतामा प्रश्न ’

काठमाडौं,पुस २५ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका प्रमुख सचेतकले उनलाई नियुक्त गर्ने नेतृत्वमाथि नैतिकताको प्रश्न उठेको बताएका छन्।  संसदको सबैभन्दा ठूलो दल कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले त्यसबेला उनी योग्य भए भनेर नै नियुक्ति गरिएको तर यतिका समयपछि आएर अयोग्य घोषित भएको बताए ।

सर्वोच्चले अयोग्य ठहर्‍याएसँगै उनलाई नियुक्त गर्ने नेताहरुमाथि प्रश्न उठाउँदा सचिव र मुख्यसचिव बनाउनेप्रति प्रश्न उठाउनुपर्ने बताए । एमालेको प्रमुख सचेतक भानुभक्त ढकालले उनको नियुक्ति बेठिक भन्दाभन्दै पनि गर्नुपर्ने बाध्यता आइपरेको प्रतिक्रिया दिए । उनको नियुक्ति बेठिक भएको भनि पार्टीहरुभित्र प्रश्न उठेको उनले बताए ।

उनी अयोग्य भएर नै संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको दाबी उनले गरे । माओवादी केन्द्रका प्रमुख सचेत टेकबहादुर बस्नेतले भने यो विषय संसदमा पनि विचाराधीन रहेको बताए । कार्कीको नियुक्तिमा पहिलादेखि नै प्रश्न उठेकाले महाभियोग प्रस्ताव संसदमा पुगेको भन्दै उनले यस विषयमा थप छलफलपछि मात्र प्रतिक्रिया दिन सकिने जनाए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने यस्ता सबै नियुक्तिमा निर्णय गर्ने नेताहरुको नैतिकतामा प्रश्न उठेको बताए । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web