वरिष्ठतम् न्यायाधीश जोशीद्वारा राजीनामा

काठमाडौ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उहाँले सर्वोच्च अदालतमा काम गरिरहनुभएको थियो ।

प्रधानन्यायाधीश जबरा नियुक्त भएसँगै उहाँलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । उहाँ बिदामा बस्नुभएको थियो । उहाँको कार्यकाल आगामी जेठसम्म थियो ।

बन अतिक्रमण तिव्र गतिमा बढ्यो

गोरखा । सात गाउँपालिकामा १८ हेक्टर वन अतिक्रमण भएको पाइएको छ । डिभिजन वन कार्यालय गोरखाले सङ्कलन गरेको तथ्याङ्कअनुसार गोरखा नगरपालिका र पालुङटार नगरपालिकाबाहेक जिल्लाभित्र १८ हेक्टर वन तथा सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको हो । अहिलेसम्म सबै गाउँपालिकामा के कति वनजङ्गल अतिक्रमण भएको रहेछ भन्ने जानकारी लिइसकेको र अब दुई नगरपालिकाकाभित्रको जानकारी लिन बाँकी रहेको वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय गण्डकी प्रदेश गोरखाका वन अधिकृत इमनाथ पौडेलले गाउँपालिकामध्ये सबैभन्दा धेरै गण्डकी गाउँपालिका– २, ३ र ८ मा धेरै अतिक्रमण भएको फेला परेको जानकारी दिनुभयो । “गण्डकी गाउँपालिकाको वडा नम्बर २ को आँप बगैँचा पाखामा ती दशमलव पाँच हेक्टर, वडा नम्बर २ स्थित ठूलो स्वाँरा डाँडामा ३ हेक्टर र वडा नम्बर ८ को सिउरेनीटारमा एक हेक्टर क्षेत्रफलका वन अतिक्रमण भएको रहेछ ।” पौडेलले भन्नुभयो ।

त्यस्तै बारपाक सुलीकोट गाउँपालिकाको घुन्चोक पोखरी अतिक्रमण भएको पाइएकोे उहाँले जानकारी दिनुभयो । “बारपाक सुलीकोट गाउँपालिकामा मात्र छ हेक्टर जङ्गल तथा सार्वजनिक जमीन अतिक्रमण भएको रहेछ, उहाँले भन्नुभयो, “घुन्चोक पोखरीमा छ हेक्टर सार्वजनिक जग्गामा खेतीपाती नै गर्दै आइरहेका छन् ।”

अजिरकोट गाउँपालिकामा पनि वडा नम्बर ३ स्थित काफल डाँडा सामुदायिक वनको एक हेक्टर क्षेत्रफलमा टहरा निर्माण गरी बसोबास गर्दै आएका पाइएकोे उहाँले जानकारी दिनुभयो । वनअधिकृत पौडेलका अनुसार जिल्लाको भिमसेन थापा गाउँपालिका–३ ध्याम्पेसालको आरुटार लाम्घारी पाखा राष्ट्रिय वन क्षेत्रको एक हेक्टर क्षेत्रफलमा घरनै निर्माण गरेर बसोबास गरेको पाइएको छ ।

“उक्त ठाउँमा करीब १०-१४ वर्षदेखि नै करीब ३० वटा घर निर्माण गरेर बसोबास नै गर्दै आएका रहेछन्”, उहाँले भन्नुभयो, “अहिले पनि त्यहाँ केही टहरा बन्ने क्रम जारी रहेको भेटिएको छ ।” त्यस्तै जिल्लाको धार्चे गाउँपालिकाको माछाखोला क्षेत्रमा पनि सडक छेउछाउमा वन अतिक्रमण गरी अस्थायी बसोबास गरेको भेटिएको उहाँले बताउनुभयो ।

त्यस क्षेत्रमा करीब एक रोपनी क्षेत्रफल जमीन अतिक्रमण गरिएको पाइएको वनअधिृकत पौडेलको भनाइ छ । कार्यालयले जिल्लाभित्रका दुई नगरपालिका क्षेत्रमा भने कति वन अतिक्रमण भएको छ भनेर तथ्याङ्क निकाल्ने काम भइरहेको जनाएको छ । पहिलो चरणमा अतिक्रमण भएको वन क्षेत्रको तथ्याङ्क निकाल्ने काम सकिएलगत्तै अतिक्रमण भएका क्षेत्र खाली गर्ने योजनामा कार्यालय रहेको उहाँको भनाइ छ ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा कविता प्रतियोगिता सम्पन्न

काठमाडौ । ६९ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रेस काउन्सिल नेपालले काउन्सिल सचिवालयमा कविता प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा ‘प्रजातन्त्र बिशेष’ शीर्षकको कविता वाचन गरेर विपुल पाण्डे प्रथम भएका छन् । यसैगरी मुना खतिवडा द्धितीय तथा लोकराज भट्ट तृतीय भएका छन् ।

कविता प्रतियोगितामा प्रेमचन्द्र बडू, संझना पौडेल, मदनकृष्ण सिलवाल, कुशल अर्यालसहित ७ जनाले भाग लिएका थिए । सो अवसरमा काउन्सिलका सदस्य चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल, सह–प्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल , डा. धनप्रसाद सुवेदीले पनि कविता प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा प्रजातन्त्र प्राप्तिका लागि गर्नु परेको संघर्ष, प्रजातन्त्र पश्चात जनताले भोगेको शासन व्यवस्थाबारे व्यंग्यात्मक कविताहरु प्रस्तुत भएका थिए ।

पशुपती शर्मा बारे बोले पूर्वराजा ज्ञानेन्द्र

काठमाडौ । पछिल्लो समय चर्चा मा आएको गीत “लुट्न सके लुट, अरु देशमा पाइदैन ” भन्ने गीत ३ करोड जनताले मात्र हैन पूर्वराजाले समेत मन पराएका छन् ,, गीतमा देशमा जे भैराखेको हो तेस्लाई असली रुपमा प्रस्फुटन गरेकोमा पशुपति शर्मालाई राजाले धन्यबाद दिएका छन् ,।

आवाजबिहिन बनेका नेपालिको अहिले एउटै गीतले धेरै कुरा बताएकोमा स्याबासी दिदै राजा ज्ञानेन्द्रले भने देशमा लुटेर खाने हरुलाइ यो गीतले पीडा दिएको छ।दैनिक करोडौ भ्रस्टाचार र अधिनायकवादीको अत्याचारको बिरुद्दमा येति राम्रो गीत लेखेर देशभरिका जनतालाई जागरुक गराएकोमा पशुपति शर्मा जनताको प्रिय पात्र बनेका त छदै छन् , उनको गीतले बजारमा छुट्टै तरंग्ग लेराएको छ । गीत सुनेर भ्रस्ताचारी र अधिनायकवादी हरु सहनै नसकेर मिडियामा आए र बिरोध गरे तर गी राम्रो छ भनेर लाखौ नेपालीले भनेका छन्,येतिकैमा कांग्रेस नेता अमरेश शाह ले त आफ्नो तलबको २५ हजार रुपैया पशुपति शर्मालाई पुरस्कार नै दिने घोसणा गरेका छन् ।
गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

पशुपति शर्माले गाएको लुट्न सके लुट कान्छा बोलको गीतमाथि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठनले गरेको विरोधप्रति लक्षित गर्दै सांसद सिंहले पुरस्कार घोषणा गरेका हुन् ।‘त्यस्ता जनबोली गाउने गायकलाई म आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ दिने घोषणा गर्न चाहुन्छु’ उनले भने । दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए । सिंहले भने ‘दुईतिहाई सरकारका अगाडि त्यस्तो गीत गाउन पाइन्छ, जनताको भावना व्यक्त गर्न पाइन्छ रु, त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ, सुन्नेलाई कानमा मर्करी या सीसा पगालेर राख्नुपर्छ सरकारको यस्तो बुझाइले लोकतन्त्र कहाँ हो रु’ उनले सरकारले वुद्धिजीवि र कलाकारको भावनालाई सम्मान गर्न सक्नुपर्ने पनि बताए ।

त्यस्तै स् पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे । तर, नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गरे । सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको टिप्पणी गरे । विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उनले भने, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।

विद्यालयस्तरीय नुवाकोटको क्रिकेट प्रतियोगिताको उपाधि गुडविल ऐकेडेमीलाई

विदुर । नुवाकोट क्रिकेट संघको आयोजना र नुवाकोट जेसिजको सह-आयोजनामा संचालित जिल्लाब्यापी बिधालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी गुडविल एकेडेमीले जितेको छ । आज भएको फाईनल खेलमा गुडविल एकेडेमीले अर्किड एकेडेमी 'ए' लाई १ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अर्किड एकेडेमीले निर्धारित २० ओभरको खेलमा १५ .२ ओभरमा अलआउट हुँदै ७२ रन बनायो ।अर्किडको तर्फबाट कुशल नेपाली र अन्जान लामिछानेले समान ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ गुडविल एकेडेमीका अमिक कुमालले ४ विकेट र सुदर्शन गजुरेलले २ विकेट लिए ।

७३ रनको बिजयी लक्ष्य पछ्याएको गुडविल एकेडेमीले १७.३ ओभरमा ९ विकेट गुमाउदै बिजयी लक्ष्य पार गर्यो । गुडविललाई उपाधी दिलाउन सुदर्शन गजुरेलले २३ रन बनाए ।बलिङतर्फ अर्किडका सुमित कुवरले ३ विकेट र सन्जय भट्टराईले २ विकेट लिए । खेलमा सुदर्शन गजुरेल म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको बेस्ट बलर गुडविलका अमिक कुमाल, बेस्ट ब्याट्सम्यान अर्किड 'ए' का कुशल नेपाली र म्यान अफ दि सिरिज गुडविलका अमिक कुमाल घोषित भए ।

माघ २८ गतेदेखी संचालित प्रतियोगिताको समापन बिदुर नगरपालिकाका मेयर सन्जु पन्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिदुर नगरपालिका वार्ड नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठ, नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष गिता अमात्य, श्री श्रीनाथ गणका सेनानी बालकृष्ण कार्की, जलकुम्भी कन्ट्रक्सनका प्रोपाईटर सुशील फुयाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै मेयर पन्डितले नुवाकोटमा क्रिकेट खेलमैदानको निर्माणको बिदुर नगरपालिका निकै सकारात्मक रहेको बताउदै नुवाकोट क्रिकेट संघलाई सहयोग गर्न तत्पर रहेको बताए । त्यस्तै बिदुर वार्ड नम्बर ४ का वडा अध्यक्ष टलकमान श्रेष्ठले नेपालले क्रिकेट खेलमा यति धेरै उपलब्धि हासिल गर्दै गर्दा नुवाकोटले पनि त्यस्तै उपलब्धि हासिल गर्नुपर्ने र जसको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष गिता अमात्यले क्रिकेट खेल बिकाश हुन खेलमैदान नै हुनुपर्ने बताए जसको लागि सबै पक्ष मिलेर लाग्नुपर्ने बताए । नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जिल्लाको जिम्मेवार पक्षबाट क्रिकेट बिकासको लागि कुनै सहयोग नपाएको गुनासो गरे । बिदुर नगरपालिका र जिल्ला खेलकुद बिकाश समितीले क्रिकेट खेललाई पक्षपात गरेको गुनासो गरे । उनले कुनै खेललाई २० औ लाख दिने र कुनै खेललाई एक रुपैया नदिने यो कस्तो न्याय भनी मेयरलाई गुनासो गरे ।

माघ २८ गतेदेखि संचालित प्रतियोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो । बिजेता टिमले ट्रफी मेडल प्रमाणपत्र सहित १० हजार बराबरको क्रिकेट सामाग्री हात पारे । त्यस्तै उपबिजेताले ट्रफी मेडल र प्रमाणपत्र सहित रु ६००० बराबरको क्रिकेट सामाग्री हात पारे ।

शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानबाट कृषि उपकरण हस्तान्तरण

शेराबगर । प्रदेश ३ का उपसभामुख राधिका तामाङले ग्रामिण कृषि विकासका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिनु पर्ने बताउनुभएको छ । गाउँमा युवा जनशक्ति नहुने, बारीहरु बाँझो बस्ने तर हामी अरबौं मूल्यको कोदो, गहत विदेशबाट किनेर खानु पर्ने अवस्थाको अन्त्य गर्न नयाँ प्रविधिसहित खेती गर्न आवश्यक रहेको यहाँबाट निर्वाचित हुुनुभएका प्रदेससभा सदस्य एवम् प्रदेस नं ३ का उपसभामुख तामाङले बताउनुभयो ।

शनिबार शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले खोलेखर्क आधारभूत विद्यालयमा आयोजना गरेको कृषि उपकरण हस्तान्तरण कार्यक्रममा उपसभामुख तामाङले उक्त पक्षलाई जोड दिनुभएको हो । प्रतिष्ठानका संरक्षक समेत रहेका उपसभामुख राधिका तामाङले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंम्बर १ र ३ का कृषकहरुका लागि २ थान मल्टी क्रप थे्रसर धान, गहूँ र कोदो झार्ने मेसिन र १ थान मिनी ट्रिलर हस्तान्तर गर्नुभयो ।

स्वर्गीय शेरबहादुर तामाङको आठौं वार्षिकीको सन्दर्भमा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ती सामाग्रीहरु सहयोग उपलब्ध गराए हुन । ‘स्वर्गीय बुवाको स्मृतिमा परम्परा अनुसार गुम्बामा बत्ति बालेर, लामाले पुजा गरेर पनि गर्न गर्न सकिन्थ्यो तर त्यो केवल आत्मिक सन्तुष्टि मात्र हुने’ प्रतिष्ठनका कोषध्यक्ष डिबी तामाङले बताउनुभयो ।

‘त्यही पुजापाठ गर्ने खर्चले उत्पादनशील क्षेत्रमा केही लगानी गर्दा गाउँको जीवनशैलीमा सुधार हुनुको साथै स्वर्गीय बुवा प्रति सम्मान पनि हुने र यसैमा अझ ठूलो सन्तुष्टी मिल्ने’ उहाँले भन्नुभयो ।  ग्रामिण क्षेत्रका लागि उपयुक्त हुने आधुनिक कृषि उपकरणहरुको प्रयोगले जमिन बाँझो नराख्ने सरकारी नीतिलाई सहयोग पुग्ने  र खाध्यान्नमा आत्मनिर्भर हुने तामाङको भनाई थियो । उहाँले नीति मात्र घोषणा गर्ने तर त्यसका लागि आवश्यक पूर्वाधार बनाई नदिने सरकारको नियत प्रति आक्रिोश समेत व्यक्त गर्नुभयो । ‘सिंचाई नदिने, बाटो नदिने, गाउँमा युवा छैनन, बुढाबुढीले जोत्न, खन्न सक्दैनन, गोरु पाल्न छाडिसके अनि जमिन बाँझो राख्यो भनेर कारबाही गर्ने ?’ उहाको प्रश्न रहेको थियो ।

कार्यक्रममा माङचेभूमे कृषक समुहका अध्यक्ष कृष्णबहादुर तामाङले आफुले केही नजाने पनि उपसभामुख राधिका तामाङको सुझाव र सहयोगले कृषक समूह गठन गरेको र शेरा प्रतिष्ठानको सहयोगले गाउँका किसानहरुलाई धेरै राहत र ज्ञान मिलेको बताउनुभयो ।

प्रतिष्ठानले केही समय पहिला सोही ठाउँमा तीनवटा विद्यालयका छात्रछात्राहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेका थिए ।

आगलागि बाट पीडित भुटानी शरणार्थीहरुलाई बाँडियो राहत

टपनेपालन्यूज ।

झापाको बेलडाँगी स्थित शरणार्थी शिबिरका केही दिन अघि भएको आगलागि पीडितहरुलाई आज एक कार्यक्रमका बीच राहत रकम बितरण गरिएको छ । माघ १३ गते आईतबार बेलडाँगी–२ को सेक्टर बि–४ मा भएको आगलागि बाट ८ वटा घर पुर्णरुपमा जलेर नष्ट भएका र ४ वटा क्षतीग्रस्त घरका आगलाडि पीडितहरुलाई आज आयोजित सत्यस्वरुप लाईभ ईन बेलडाँगी सांस्कृतिक कार्यक्रमका बिच नगद प्रदान गरिएको हो ।

घर पुर्णरुपमा जलेर नष्ट भएका पीडितलाई प्रति परिवार ९ हजार , आंशिक क्षती पुगेका घरका पीडितहरुलाई प्रतिपरिवार ५ हजार , शिबिरमा रहेका अशक्त ३ परिवारलाई नगद ४ हजारका दरले अमेरिका बाट आउनु भएका ग्लोबल ईन्टरनेश्नल मार्केट एलएलसीका सिईओ राम घिमिरे र उनका पिताले प्रदान गर्नुभएको थियो । साथै सोही कार्यक्रमका अवसरमा सिबिर ब्यवस्थापन समितिलाई पनि नगद ५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरिएको थियो ।

सिबिर ब्यवस्थापन समितिका सचिव टिकाराम रसाईलीले नगद ग्रहण गर्नुभएको थियो । पुर्ण रुपमा घर जलेर नष्ट भएका पीडित परिवार अनिता सुब्बा, चन्द्रकला सुब्बा, सुकमाया सुब्बा, मसिनिमाया राई, पुर्ण बहादुर सुब्बा, पदमलाल पोख्रेल, बिर्ख बहादुर राई र पर्शुराम राईलाई नगद ९ हजार रुपैया प्रदान गरिएको थियो । त्यस्तै घरमा आंशिक क्षती हुनेहरु पदमलाल पुवार, देबिमाया क्षेत्री, अम्बिका राई र मिना सुब्बालाई नगद ५ हजार प्रदान गरिएको थियो । त्यस्तै शिबिरमा रहेका अशक्त परिवारहरु रुपनारायणी अधिकारी, कृपा भट्टराई र टिकाराम मगरलाई नगद ४ हजार रुपैया प्रतिपरिवार प्रदान गरिएको थियो ।

आर्थिक सहयोग अमेरिकाको ओहायो राज्य स्थित कोलम्बसमा रहेको ग्लोबल ईन्टरनेश्नल मार्केट एलएलसी र सेंग्रीला कर्नर स्टोरले संयुक्त रुपमा बितरण गरेको थियो । कार्यक्रममा बोल्दै घिमिरेले आफु बेलडाँगी शिबिरको यो मञ्चमा अहिले उभिईरहदा पहिलाको दुःख पीडाहरु अनि साथीभाई संग बिताएका यादहरु झलझलि आईरहेको बताए । उनले शिबिर भित्र परेका हरेक अफठ्याराहरुलाई सकेसम्म सहयोग गर्न आफुहरु तत्पर रहेको बताए ।

च्वाडीलाई हराउदै अर्किड एकेडेमी ‘बि’ सेमिफाइनलमा

विदुर । नुवाकोट क्रिकेट संघको आयोजना तथा नुवाकोट जेसिजको सहआयोजनामा जारी रहेको  जिल्लाब्यापी बिद्यालयस्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत बिहीबारको खेलमा अर्किड एकेडेमी ‘बि’ विजयी भएको छ । जीतसंगै अर्किड एकेडेमी ‘बि’ सेमिफाईनलमा समेत प्रवेश गरेका छ ।

लिग चरणको अन्तिम खेल अन्तरगत अर्किड एकेडेमी ‘बि’ र च्वाडी पब्लिक स्कुल बिच भएको खेलमा अर्किड ‘बि’ ८१ रनले बिजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको अर्किड ‘बि’ ले २० ओभरमा ६ विकेट गुमाउदै १६१ रन बनायो । अर्किडको तर्फबाट सुमन मिजारले ३५ रन, सुजन पन्तले २२ रन,उत्तम पाण्डेले १७ रन र सुजल श्रेष्ठले १२ रन बनाए । बलिङतर्फ च्वाडीका सुभाष तामाङले २ विकेट लिएको जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

उहाँको अनुसार १६२ रनको विशाल लक्ष्य पछ्याएको च्वाडी १७.५ ओभरमा ८१ रनमा अलआउट हुन पुग्यो । च्वाडीको तर्फबाट किस्मत रिमालले २६ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ अर्किड ‘बि’ का आयुष पाण्डेले ३ विकेट र सुमन मिजार र समीर रिमालले २र२ विकेट लिए। खेलमा ३५ रन र २ विकेट लिएका अर्किड एकेडेमी ‘बि’ का सुमन मिजार म्यान अफ दि म्याच घोषित भए ।

सेमिफाइनल अन्तर्गतको शुक्रबार पहिलो खेल बिहान ८ बजे शुभेनियर बोर्डिङ स्कुल बिरुद्ध अर्किड एकेडेमी ‘ए’ र दोस्रो खेल गुडविल एकेडेमी विरुद्ध अर्किड एकेडेमी ‘बि’ बिच दिउँसो १२ बजे हुनेछ ।

कामरुदेवी माविको ५५ औं बार्षिकत्सवको तयारी अन्तिम चरणमा, प्रदेससभा सदस्य पाण्डे प्रमुख अतिथी

दुईपिपल । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ दुईपिपलको डबलीमा रहेको कामरुदेवी माध्यामिक विद्यालयको ५५ औं बार्षिकत्सव समारोह यही फागुन ६ गते मनाइने भएको छ । त्यसको लागी आवश्यक तयारी अन्तिम चरणमा पुगेको विद्यालयका प्रधानध्यापक विष्णुलाल श्रेष्ठले जजानकारी दिनुभयो । उहाँको अनुसार भव्य र सभ्य रुपमा मनाउन लागिएको बार्षिक उत्सव समारोहमा प्रदेससभा सदस्य केशवराज पाण्डे प्रमुख अतिथी हुने र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बेजोड सँस्कृतिक प्रस्तुती रहने भएको छ ।

६ गते बिहान १० बजेदेखि सुरु भएर दिनभर चल्ने कार्यक्रमको लागी विद्यालयले सम्पूर्ण अभिभावक, समाजसेवी, स्थानीय जनप्रतिनिधिहरु, बुद्धिजिवी, शिक्षाप्रेमी, पूर्व विद्यार्थी लगायत सरोकारवाला सबैलाई निमन्त्रण पठाइसकेको र कही कतै पुग्न बाँकी भएपनि रेडियो, पत्रपत्रिका मार्फत समेत सहभागी हुनको लागी आह्वान गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष पूर्णबहादुर श्रेष्ठ बताउनुभएको छ ।

साविक दुईपिपल गाविस र हाल बेलकोटगढी नगरपालिका वडा नं. ४, ५ र ६ भित्र रहेका विद्यालय मध्ये सबैभन्दा पुरानो एवम् उत्कृष्ट विद्यालयको रुपमा रहेको यस कामरुदेवी माविमा हाल कक्षा १२ सम्म अध्ययन हुदै आएको छ । दक्ष एवम लगनशील शिक्षकहरुबाट पठनपाठन हुदै आएको यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु ईञ्जिनियर, बैंकिङ, शिक्षक लगायतको क्षेत्रमा क्रिायशिल रहेको छ ।

सामरीमा सोनाम ल्होछारको तयारी तिब्र

सामरी ।
नुवाकोटको सामरीमा मनाउन लागिएको सोनाम ल्होछारको तयारी तिब्र भएको छ । सामरी । म्यागङ गाउपालिका वडा नम्वर ५ र ६ को संयुक्त आयोजनामा फागुन ३ र ४ गते सामरीमा औपचारीक रुपमा मनाउन लागेको ल्होछारको भब्य तयारी थालिएको आयोजकले जनाएको छ ।

यही फागुन ३ गते औपचारीक रुपमा उदघाटन गरी विभिद सास्कृतिक कार्यक्रमहरू गरीने र ४ गते पनि स्थानिय स्तरका कला सस्कृति झल्कने खालको प्रस्तुतीहरूका लागि कार्यक्रम तय गरेको लोछार कार्यक्रम संयोजक विश्व पाश तामाङले जानकारी दिनुभएको छ ।

म्हेन्दोमाया संस्कार सस्कृति र भेषभुषाको जगेर्ना गरौ मन्जुश्री सम्वद २८५५ औ सोनाम ल्होछार भव्यताका साथ मनाऔ भन्ने नाराका साथ मनाउन लागिएको ल्होछारमा स्थानिय कला सस्कृतिहरू जस्तै लामा, बोम्बोहरूको परम्परागत प्रस्तुतीहरू रहनुका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजक सस्थाका पुर्न तामाङले  बताउनुभयो । नुवाकोटको म्यागङ गाउपालिका वडा नम्वर ५ सामरीम भञ्ज्याङमा हुन लागेको ल्होछार सास्कृतिक कार्यक्रममा लोकदोहोरी गायीका बीमाकुमारी दुरा, मोडल रश्मी तामाङ, रमाला पाख्रिन, रोशन फ्युपा, राम गोम्जा, जोङबा कान्छा, मिना लामा, मनमाया वाईबा, पुष्पा वाईबा, शैलप वाईबा लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकको भनाई छ ।

रसुवामा १२० मेगावाट क्षमताको नयाँ जलविद्युत आयोजनाको निर्माण सुरु

धुञ्चे ।  उत्तरी रसुवाको रोङ्गा दोभान नजिक नयाँ जल विद्युत् आयोजनाको निर्माण कार्य अगाडि बढेको छ ।

लाङ्टाङखोला भोटेकोशी हाइड्रो कम्पनीले भोटेकोशीबाट १२० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सो आयोजनाका बारेमा स्थानीय तहअन्र्तगतका निकायसँग समन्वय गरी निर्माण अघि बढाएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।

स्थानीय तहसँग यसअघि समन्वय नगरेको गुनासो आएपछि उक्त आयोेजनाले ढिलै भए पनि यहाँका सरोकारवाला निकायलाई जानकारी गराई अघि बढ्दा निर्माणका बेला आउन सक्ने समस्या समाधान गर्न स्थानीय तहबाट सहजीकरण गर्ने वातावरण सिर्जना भएको जिल्ला समन्वय प्रमुख भट्टले बताउनुभयो ।

गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १ अर्थात् टिमुरेको तातोपानी तल भोटेकोशीमा बाँध बाँधी ५ दशमलव दुई किलोमिटर सुरूङ बनाइनेछ । आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ रोङ्गाखोला नजिक पहराभित्र निर्माण हुने भूमिगत विद्युत्गृहमा प्रति सेकेण्ड १४३ घनमिटर पानी पठाई तीन वटा टर्वाइनको सहायताले १२० मेघावाट विद्युत् उत्पादन हुने बताइएको छ ।

आयोजना निर्माणका लागि नेपालीको १० र चिनियाँ कम्पनीको ९० प्रतिशत लगानी गर्ने कार्य योजना तय भई प्रारम्भिक चरणको निर्माण कार्य अगाडि बढिसकेको लाङ्टाङ (भोटेकोशी हाइड्रोपावर कम्पनीका प्रोजेक्ट मेनेजर चिनियाँ नागरिक लीले राससलाई जानकारी दिनुभयो ।

चार वर्षको समयावधिभित्र सम्पन्न गर्ने लक्ष्यसाथ शुरू भएको सो आयोजनामा करीब रु २३ अर्ब ८० करोड खर्च हुने जानकारी दिँदै मेनेजर लिले आयोजनाले जल, जमीन र जङ्गल प्रयोग गर्दा स्थानीय बासिन्दालाई पर्ने प्रभावको असर न्यूनीकरण गर्न लागतको शून्य दशमलव ७५ प्रतिशत रकम सामूहिक विकासमा खर्च गरिने बताउनुभयो ।

यस्तै विगत पाँच वर्ष अगाडिदेखि निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको समग्र निर्माणको प्रगति भने ६७ प्रतिशत पूरा भएको छ । आयोजना प्रमुख छवि गैह्रेका अनुसार चार हजार १८५ मिटर लामो ‘रेडरेस’ सुरूङ निर्माण सम्पन्न भई मुहानको बाँध बाँध्ने, बालुवा जम्मा गर्ने पोखरी एवं विद्युत्गृह बनाउने काम धमाधम अगाडि बढिरहेको जानकारी दिनुभयो । प्रमुख गैह्रेका अनुसार सन् २०२० को फेब्रुअरीसम्ममा रसुवागढी आयोजनाबाट १११ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

विद्युत् आयोजनाको सम्पूर्ण संरचना भूमिगत भएका कारण भोटेकोशीमा आउने बाढी, भू–क्षय, भूकम्प तथा चट्याङले कुनै असर नपर्ने विद्युत् उत्पादनमा क्रियाशील प्राविधिकले दाबी गरेका छन् । साञ्जेन जलविद्युत् आयोजनाअन्तर्गत दुई चरणमा निर्माण भइरहेको विद्युत् संरचनामध्ये १४ दशमलव ८ मेगावाटको माथिल्लो जलविद्युत् आयोजनाको निर्माण कार्य ७५ प्रतिशत र ४२ दशमलव ५ मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य भने ६८ प्रतिशत पूरा भएको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

माथिल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्ष तथा तल्लो साञ्जेन आयोजनाबाट डेढ वर्षभित्र विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ काम अगाडि बढी रहेको यी दुवै आयोजना अर्धभूमिगतरूपको संरचना हुने बताइएको छ ।

निर्माणको किसिम भने पानी ल्याउने हेडरेस भूमिगत सुरूङ एवं विद्युत्गृह बाहिरी सतहमा हुने प्राविधिकले बताएका छन् । रसुवागढी तथा साञ्जेन जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि प्रदान गर्ने विद्युत् शेयर यही फागुन महीनामा जारी गर्ने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

उता गोसाइँकुण्ड गाउँपालिकाको वडा नं ५ मा निर्माण हुने २० मेगावाट क्षमताको लाङ्टाङ खोला जलविद्युत् आयोजना निर्माणका लागि स्याफ्रु्बँेसीको भोटेकोशी र लाङ्टाङ खोलाको सङ्गमस्थलमा आफ्नो आधार इलाका जाने बेलीब्रिज एवं सडकमार्ग निर्माण सम्पन्न गरी विद्युत्को निर्माण काम अगाडि बढाउँदै लगेको लाङटङ खोला हाइड्रोपावरले जनाएको छ ।

आमाछोदिङ्मो र उत्तरगया गाउँपालिकाअन्तर्गतको भू–भागमा निर्माण हुने अपर त्रिशूली वान नामक २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना अबको एक÷दुई महीनामै स्थलगतरूपमा निर्माण शुरू हुने प्राविधिकले बताएका छन् । नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ६० मेगावाट माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यसैगरी विसं २०६० भदौ ८ गतेदेखि राष्ट्रिय प्रसारणमा गएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्र र २०७१ सालमा निर्माण भई राष्ट्रिय प्रसारणमा गएको पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्र भने निर्वाधरूपमा सञ्चालन भई विद्युत् ऊर्जा वितरणमा टेवा पुगिरहेको छ ।

गदालको शब्द , जंगमको संगीत र राइको श्वरमा आउदैछ ‘तिमी उदायौ जून बनेर’

काठमाण्डौ ।

नेपाली सांगीतिक क्षेत्रका तिन नक्षत्र ज्ञानेन्द्र गदाल , दिपक जंगम र कुबेर राइको समुहले एक गीत ‘तिमी उदायाै जून बनेर’ रेकर्ड गराएको छ । अमेरीकामा बसेर पनि नेपाली गीत संगीत एवं साहित्यलाइ निरन्तरता दिइरहेका ज्ञानेन्द्र गदालका शब्द तथा नेपाली सुगम संगीतका एक धरोहर दिपक जंगमको संगीतमा पुराना एवं लोकप्रिय गायक कुबेर राइको आवाजमा उक्त गीत रेकर्ड भएको हो ।

गीतकार गदाल २०५४ मा रेडियो नेपाल बाट गीत रचनामा प्रथम भएका थिए भने २०७४ मा छिन्नलता पुरस्कार बाट सम्मानित भइसकेका छन् । गदालका दिन ढल्यो अंधेरी रातमा , कुन शहरमा घुम्दै होला जस्ता सयौ सफल गीत रेकर्ड भएका छन् ।
सस्तो लोकप्रियता भन्दा पनि गहकिला गीत गायनमा रुचाउने गायक राइका मायाले मुलबाटो भुलेछ जस्ता गीत सर्वाधिक रुचाइएका गीत हुन् । यो टिमले बनाएको गीत केहि दिनमै सार्वजनिक गरिने छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web