शेराबगर । प्रदेश ३ का उपसभामुख राधिका तामाङले ग्रामिण कृषि विकासका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड दिनु पर्ने बताउनुभएको छ । गाउँमा युवा जनशक्ति नहुने, बारीहरु बाँझो बस्ने तर हामी अरबौं मूल्यको कोदो, गहत विदेशबाट किनेर खानु पर्ने अवस्थाको अन्त्य गर्न नयाँ प्रविधिसहित खेती गर्न आवश्यक रहेको यहाँबाट निर्वाचित हुुनुभएका प्रदेससभा सदस्य एवम् प्रदेस नं ३ का उपसभामुख तामाङले बताउनुभयो ।

शनिबार शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले खोलेखर्क आधारभूत विद्यालयमा आयोजना गरेको कृषि उपकरण हस्तान्तरण कार्यक्रममा उपसभामुख तामाङले उक्त पक्षलाई जोड दिनुभएको हो । प्रतिष्ठानका संरक्षक समेत रहेका उपसभामुख राधिका तामाङले नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंम्बर १ र ३ का कृषकहरुका लागि २ थान मल्टी क्रप थे्रसर धान, गहूँ र कोदो झार्ने मेसिन र १ थान मिनी ट्रिलर हस्तान्तर गर्नुभयो ।

स्वर्गीय शेरबहादुर तामाङको आठौं वार्षिकीको सन्दर्भमा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ती सामाग्रीहरु सहयोग उपलब्ध गराए हुन । ‘स्वर्गीय बुवाको स्मृतिमा परम्परा अनुसार गुम्बामा बत्ति बालेर, लामाले पुजा गरेर पनि गर्न गर्न सकिन्थ्यो तर त्यो केवल आत्मिक सन्तुष्टि मात्र हुने’ प्रतिष्ठनका कोषध्यक्ष डिबी तामाङले बताउनुभयो ।

‘त्यही पुजापाठ गर्ने खर्चले उत्पादनशील क्षेत्रमा केही लगानी गर्दा गाउँको जीवनशैलीमा सुधार हुनुको साथै स्वर्गीय बुवा प्रति सम्मान पनि हुने र यसैमा अझ ठूलो सन्तुष्टी मिल्ने’ उहाँले भन्नुभयो । ग्रामिण क्षेत्रका लागि उपयुक्त हुने आधुनिक कृषि उपकरणहरुको प्रयोगले जमिन बाँझो नराख्ने सरकारी नीतिलाई सहयोग पुग्ने र खाध्यान्नमा आत्मनिर्भर हुने तामाङको भनाई थियो । उहाँले नीति मात्र घोषणा गर्ने तर त्यसका लागि आवश्यक पूर्वाधार बनाई नदिने सरकारको नियत प्रति आक्रिोश समेत व्यक्त गर्नुभयो । ‘सिंचाई नदिने, बाटो नदिने, गाउँमा युवा छैनन, बुढाबुढीले जोत्न, खन्न सक्दैनन, गोरु पाल्न छाडिसके अनि जमिन बाँझो राख्यो भनेर कारबाही गर्ने ?’ उहाको प्रश्न रहेको थियो ।

कार्यक्रममा माङचेभूमे कृषक समुहका अध्यक्ष कृष्णबहादुर तामाङले आफुले केही नजाने पनि उपसभामुख राधिका तामाङको सुझाव र सहयोगले कृषक समूह गठन गरेको र शेरा प्रतिष्ठानको सहयोगले गाउँका किसानहरुलाई धेरै राहत र ज्ञान मिलेको बताउनुभयो ।

प्रतिष्ठानले केही समय पहिला सोही ठाउँमा तीनवटा विद्यालयका छात्रछात्राहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री वितरण गरेका थिए ।

16.42¡ÆC