विप्लवनिकट पत्रकार संगठनले भन्यो :‘बम बिस्फोट किन भयो भनेर कारण खोज्नु जरुरी छ’

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम फेरिएको छ । नयाँ नाम जनपत्रकार संगठन नेपाल राखिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले आफूहरुको संगठनले नाम परिवर्तनको जानकारी दिएको छ ।  गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णयानुसार संगठनको नाम परिवर्तन गरिएको संगठनका अध्यक्ष डुम्रेले जानकारी दिए ।
उनले भने,‘कानुनी र प्राविधिक कारणले गर्दा हामीले संगठनको नाम फेर्नुपरेको हो ।’ पछिल्लो समय सरकारपक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका श्रृङखला बढ्दै गएका बेला संगठनले देशका ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस चलाएको अध्यक्ष डुम्रेले जनाए ।
उनले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तिब्र पार्ने जनाए । उनले पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतिपूर्ण बनेको भन्दै आम मिडिया र मिडियाकर्मीलाई आफूहरुको अभियानमा साथ दिनसमेत आग्रह गरे ।
उनले भने,‘सबै पत्रकारहरुले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमलाई जिम्मेवार र संयममित भएर कलम नचलाए देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ । यो कुरा सबैले बुझ्न जरुरी छ ।’

उनले पछिल्लो समय नेपाली जनपक्षीय पत्रकारिता जटिल र चूनौतिपूर्ण मोडमा आईपुगेको पनि चिन्ता व्यक्त गरे । उनले भने,‘नेपाली राजनीतिक आन्दोलनसँगै जनपक्षीय पत्रकारिताको विकास र यसको अगुवाई गर्ने तहमा एकमत नरहँदा यसको विकास र प्रभावकारिमा जटिलता निरन्तर रहिरहे । तर, जनपक्षीय पत्रकारिताको धारणा र दायित्वलाई हाम्रो संगठनले निरन्तर अगाडि बढाईरहेको छ।’

यसअघि क्रान्तिकारी पत्रकार संगठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार संगठनको नामबाट हुने महासचिव हिम विष्टले जानकारी दिए । सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब जनपत्रकार संगठन, नेपालको नामबाट कार्यक्रम गर्न निर्देशन दिएको पनि महासचिव विष्टले जानकारी दिए ।

कार्यक्रममा हालै एनसेल मुख्यालय अगाडि र देशका विभिन्न ठाउँमा भएका बम विस्फोटबारे पत्रकारले सोधेको एक प्रश्नमा संगठनका अध्यक्ष डुम्रले भने,‘‘बम बिस्फोट किन भयो भनेर कारण खोज्नु जरुरी छ, तर पनि ज्यान गुमाउनेप्रति समवेदना।’ एनसेलले राज्यलाई कर तिरेको भए आज यो अवस्था नै आउने थिएन भन्ने उनको भनाई थियो ।

दुप्चेश्वरमा गाउँपालिकास्तरीय बालक्लब सञ्जाल गठन

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका स्तरीय बालक्लब सञ्जाल गठन भएको छ । गाउँपालिकामा अवस्थित १३ वटा आधारभूत र माध्यामिक विद्यालयमा गठन भएका बालक्लबका पदाधिकारीहरुको भेलाले १३ सदस्यीय गाउँपालिका स्तरीय बालक्लब सञ्जाल गठन गरेको हो ।

गाउँपालिकाको कार्यालय, रुडेक नेपाल, एसिएआई अष्ट्रेलियाको सहयोगमा गठन भएका १३ वटा बालक्लबका ६५ जना पदाधिकारीहरुको भेलाले बालक्लब सञ्जाल गठन गरेको रुडेक नेपालका कार्यक्रम व्यवस्थापक जीवन पुडासैनीले जानकारी दिए ।

भेलाले  अध्यक्षमा किरण तामाङ , उपाध्यक्ष सुरेश विक, सचिव ग्याल्जेन तामाङ, कोषाध्यक्ष सरिना सिटौला, कार्यकारी सदस्यहरुमा जामिला नेपाली, कृष्ण तामाङ, गौतम तामाङ, प्रमोद तामाङ, साइँला तामाङ, सानुमाया तामाङ, मानबहादुर तामाङ, फूलमाया तामाङ, कविता तामाङ निर्वाचित गरेको कार्यक्रम व्यवस्थापक पुडासैनी जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले दुप्चेश्वर गाउँपालिकामा गठन भएको बालक्लब सञ्जालले परिवार, समुदायको व्यवहार परिवर्तन गर्न र समाजमा व्याप्त रहेका कुरिती, कुसंस्कृति हटाउनका लागि अहम भूमिका निभाउन सक्ने बताए । गाउँपालिकाले बालअधिकारमा आधारित योजना तर्जुमा गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी उपाध्यक्ष अन्जु आचार्यले बालबालिका समाज परिवर्तनका अगुवा बन्न सक्ने हुनाले बालसञ्जालले आयोजना गर्ने हरेक क्रियाकलापमा गाउँपालिकाको साथ रहने बताइन् । बालक्लब सञ्जालको दीगोपनाका लागि गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उपाध्यक्ष आचार्यले प्रतिबद्धता जनाइन् । प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेलले बालक्लब सञ्जालको संस्थागत विकासका लागि हरदम सहयोग गर्ने बताए ।

नवनिर्वाचित सञ्जालका अध्यक्ष किरण तामाङले बालअधिकार र बालसंरक्षणका लागि गाउँपालिकाभित्र क्रियाशिल रहने बताए । बालक्लब सञ्जालको संस्थागत विकास र दीगो विकासका लागि रुडेक नेपाल, एसिएआई अष्ट्रेलियाले ७० हजार बास्केट फन्ड सहयोग गर्ने कार्यक्रम व्यवस्थापक जीवन पुडासैनी जानकारी दिए ।

‘नयाँ शक्ति पार्टीसंग ‘एकता सभा’मा काँग्रेसका शीर्ष नेताहरुले रसुवामा यसो भने’

कालिकास्थान । नेपाली काँग्रेस पार्टी कमजोर अबस्थामा पुगेकाले आन्तरिक तथा बाह्य राजनीतिक दल शक्तिसंग सहकार्य गरेर अघि बढ्नुपर्नेमा काँग्रेसका शीर्ष नेताहरुले जोड दिएका छन् ।

काँग्रेस रसुवा र नयाँ शक्ति पार्टी रसुवा बीच आइतबार रसुवाको कालिकास्थानमा आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्दै काँग्रेसका शीर्ष नेताहरुले आफूहरुबीच मनमुटाव र गुट–उपगुट रहदाँ इतिहासमै पार्टीको अवस्था अहिले कमजोर भएकाले एकताको लागी सहकार्य अत्यावश्यक भइसकेको बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद स–साना पक्षमा रहेको स्वीकार्दै रसुवामा दुई पार्टीबीच भएको एकताको सभाले अब आफ्नो पार्टी एक भएर अन्य लोकतन्त्रवादी शक्तिहरुसंग समेत एकता गर्नुपर्ने बताउनुभयो । आन्तरिक तथा अन्यपार्टीसंग रहेको अन्तर संघर्ष समाधानको लागी ढिलाई भइसकेकाले त्यसको लागी अब आफू लचक समेत हुन तयार रहने सभापति देउवाले बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक प्रणालीमा असफल भइसकेको कम्युनिष्ट पार्टीले जनताको हित नगर्ने आरोप लगाउदै लोकतन्त्रको पक्षमा साथ दिन जनतालाई आह्वान गर्नुभयो । सशस्त्र संघर्षमा रहेको शक्तिलाई विधिको शासन कार्यान्वयन गराउन संसदीय प्रक्रियामा ल्याएपनि पहिलेको बानी अगाल्न नबिर्सेकाले त्यस्ता भ्रमको खेती गर्ने दलहरु अब आफै पराजित हुने उहाँले टिप्पणी गर्नुभयो ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा.शशांक कोइराला, सह–महामन्त्री डा.प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेता गगन थापा, रसुवाका नेता मोहन आचार्य लगायतले वर्तमान सरकारले जनतालाई विकास, न्याय र सेवा दिन चुकेको भन्दै काँग्रेसले पार्टीको भूमिका प्रभावकारी बनाई लोकप्रिय बन्नको लागी चुनौतीसगै अवसर रहेकोमा जोड दिएका थिए ।

रसुवामा रहेका दुई पार्टीबीच एकता भएको सन्देश दिदै काँग्रेस रसुवा सभापति पेम्बा छिरिङ तामाङ र नयाँ शक्ति रसुवा संयोजक फुर्पु वाङ्दी तामाङले एकआपसमा पार्टीको झण्डा हस्तान्तरण गरी ‘दुई पार्टी, अब एउटै पार्टी नेपाली काँग्रेस’ भएको घोषणा गरेका थिए । नयाँ शक्ति पार्टीबाट प्रदेससभा सदस्यमा रसुवाबाट निर्वाचन प्रेम तामाङ लगायतका नेता पार्टी प्रवेश हुने भनेपनि कानूनी अड्चनको कारण कार्यक्रममा उपस्थित नै भएनन् ।

कार्यक्रममा रसुवाको विभिन्न स्थानबाट काँग्रेस र नयाँ शक्ति पार्टी समर्थकहरु तीन हजार भन्दा बढीको सङ्ख्यामा सहभागि भएका थिए ।

मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत वितरण

रामतीबजार । गत मंसिर २८ गते भएको मिनी ट्रक दुर्घटनामा परि ज्यान गुमाएका २२ जनाका परिवारलाई जनही र एक लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं. १ स्थित रामतीमा आइतबार आयोजित एक कार्यक्रममा ३ नम्बर प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले मृतकका परिवारलाई चेक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जमकट्टेलले व्यवस्था फेरिए पनि हाम्रा सोंचाई र कार्यशैली नफेरिए अवको सय वर्षसम्म पनि देशको विकास संभव नहुने बताउनुभयो । अहिलेका काम गर्ने तरिका उही पन्चायत कालकै पाराको छ, व्यवस्था बदलेर गणतन्त्र आउँदा पनि पुरानै पाराको विकासे तरिकाले मुलुकको समृद्धि संभव नहुने उहाँको भनाई रहेको थियो ।

‘घरै पिच्छे सडक खन्ने तर जेठबाट मोटर नचल्ने, टोलै पिच्छे विद्यालय बनाउने तर पूर्वाधार र गुणस्तरिय शिक्षा नहुने स्थितिको अन्त्य हुनुपर्ने’ बताउँदै मन्त्री जमकट्टेलले अवको दिनमा एउटा वडामा एउटा बाटो होस तर सधैंभरी आरामले मोटर गुडन सकोस, विद्यालय थोरै होस तर मोटर चढेर पढ्न जाने स्थिति होस र गुणस्तरीय शिक्षा दिन सक्नु पर्ने बताउनुभयो  । ‘स्थानीय सरकारले पनि योजना निर्माण गर्दा यसरी सोचियोस’ उहाँको आग्रह थियो ।
कार्यक्रममा मृतकका आफन्तहरुको तर्फबाट बोल्दै पीडित राजु तामाङले राहात प्रदान गरेकोमा प्रदेश सरकारलाई आभार व्यक्त गर्नुभएको थियो । उहाँले दुर्घटना गराउने चालकलाई जतिसक्दो चाडै नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले पीडितहरुलाई प्रदेश सरकारबाट राहात उपलब्ध गराउने आफ्नो बचन पुरा गर्न सकेको बताउनुभयो । प्रशासनिक प्रक्रिया झन्झटिलो भएका कारण उद्धार र राहत कार्यमा केही ढिलो भए पनि केन्द्र, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासमा घाईतेको निशुल्क उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन सफल भएको उहाँले बताउनुभयो । यसअघि नै संघीय सरकारले उक्त घटनाका घाईतेकाहरुका सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ ।

दुप्चेश्वर गाउँपालिकाको संयोजनमा भएको उक्त कार्यक्रममा प्रदेस सांसद बद्री मैनाली, गाँउपालिका अध्यक्ष योविन्द्रिसिंह तामाङ सहित विभिन्न पार्टी एवम् स्थानीय सरोकारवलाहरुको सहभागिता रहेको थियो ।

कर्मचारी अभाव समायोजनबाट पनि समाधान हुने देखिएन : मुख्यमन्त्री पौडेल

विदुर ।  प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश र स्थानीय तहको कार्यालयमा जारी रहेको कर्मचारी अभाव कर्मचारी समायोजनपछि पनि कायमै रहने देखिएको भन्दै चिन्ता जनाउनुभएको छ ।

नुवाकोट भ्रमणको क्रममा आज विदुरमा जिल्लाका सरकारी कार्यालय प्रमुखहरुसँगको अन्तक्र्रियामा सहभागीले कर्मचारी अभावमा कार्य सञ्चालन गर्न अप्ठ्यारो भएको गुनासो गरेपछि मुख्यमन्त्री पौडेलले समाधानको लागि समायोजन प्रक्रिया सोचेपनि समस्या झनै बल्झिने सङ्केत देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्षेत्र रोज्ने कर्मचारी पनि सङ्घअन्तर्गतका कार्यालयमा जान पहिलो प्राथमिकता दिने र परिचालन पनि सोहीअनुसार हुने देखिएकाले समायोजनपश्चात पनि प्रदेश र स्थानीय तहमा कायम रहेको कर्मचारी अभाव उस्तै हुने देखिएको छ ।”

समायोजनपछि अभाव हुने कर्मचारी स्वतन्त्र (करार सेवा)बाट भर्ना गर्ने सोच बनाएकाले त्यसको लागि प्रदेश सरकार कानूनी परामर्शको क्रममा रहेको उहाँले भन्नुभयो । “शान्ति सुरक्षा कायम गराउन र जनतालाई अमनचयन दिन अभाव भएको स्थानमा प्रहरी एकाइका भवन, सडक निर्माणलगायतका जिम्मेवारी प्रदेश सरकारले लिएको छ तर काम गर्न कर्मचारी र कानून अभावले केहीलाई सङ्घलाई फिर्ता गर्न बाध्य भएकाले सङ्घीयता कार्यान्वयन कमजोर अवस्थामा जानसक्ने देखिएको भन्दै मुख्यमन्त्री पौडेलले चिन्ता जनाउनुभयो ।

नुवाकोटमा रहेको त्रिशूली अस्पताल, स्वास्थ्य कार्यालय, भेटनरी अस्पताल, जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय तथा सबैजसो स्थानीय तहबाट मुख्य मन्त्रीसँगको अन्तक्र्रियामा सहभागी प्रतिनिधिले कर्मचारी र कानूनको अभावमा कार्यसम्पादन निराशाजनक रहेको र सेवा खस्कदै गएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

सोही क्रममा प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जिल्लाको शान्ति सुरक्षा, जनतालाई प्रवाह हुँदै आएको सेवा, तीन तहको सरकारबीच भइरहेको समन्वय एवं त्यसक्रममा उत्पन्न समस्याको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

भूमिअधिकार मञ्चको अध्यक्षमा विन्दा नेपाल चयन

विदुर । जिल्लामा विर्ता, गुठी पीडितको अधिकारका लागि कार्यरत जिल्ला भूमिअधिकार मञ्चका अध्यक्षमा विन्दा नेपाल चयन हुनुभएको छ । विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिका उपाध्यक्षमा बलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल, सहसचिवमा नवराज भुजेल र कोषाध्यक्षमा पविना भट्ट चयन हुनु भएको छ । सदस्यमा कान्छी नेपाली, मदन सूचीकार, सानुकान्छा श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, रणबहादुर तामाङ, रञ्जु लामिछाने र कल्पना न्यौपाने चयन हुनु भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आफ्नो कार्यकालमा विर्ता र गुठी समस्या समाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरिने र भूमिहीन सुकुम्वासीलाई जग्गाको लालपुर्जा दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय भूमिअधिकार मञ्चका संस्थापक अध्यक्ष सोमप्रसाद भण्डारीले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि प्राथमिकतामा नै नपारेको आरोप लगाउनुभयो । जिल्लामा पाँच हजार रोपनी बिर्ता जग्गा(तलबस्वरुप वा खुशी भएर दिइएको) छ ।
जिल्लाका विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या विद्यमान रहेको मञ्चका अध्यक्ष नेपालले बताउनुभयो । जिल्लामा एक हजार ५५८ परिवारले जोतभोग गरिरहेका चार हजार ९५७ रोपनी बिर्ता छ ।

नेपाल जेसिस क्षेत्र ‘ग’ को सम्मेलन नुवाकोटमा हुने

विदुर । सामाजिक सँस्था नेपाल जेसिस क्षेत्र ग को सम्मेलन नुवाकोटमा हुने भएको छ । त्यसको लागी आयोजक नुवाकोट जेसिसले आवश्यक तयारी अघि बढाएको आइतबार विदुरमा आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

जेसिसको गतिविधि सञ्चालन तथा सम्मेलनको लागी महत्वपूर्ण अवशरको रुपमा लिइएको सम्मेलनको लागी आगामी बैशाख २७ र २८ गते मिति निर्धारण गरिएको छ ।

उक्त सम्मेलनबाट युवाहरुको नेतृत्व एव व्यक्तित्व विकास, युवाहरुको माध्यमबाट नुवाकोटमा लगानीको वातावरण सिर्जना, सम्पदाहरुको प्रचारप्रसार र संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष पाठकले जानकारी दिनुभयो । उहाँको अनुसार सम्मेलनले यहाँको पर्यटन प्रबद्धन, आर्थिक विकास, ब्यापारमा बृद्धि, पुराना पर्यटन विकास तथा नयाँ मार्गको पहिचानको लागी महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । सम्मेलनमा एक हजार भन्दा बढी युवा व्यवसायीको सहभागिता हुने र जसमा बैदेसिक रोजगारमा पलायन भएका युवा वर्गलाई स्वरोजगार र नेतृत्वदायी भूमिकामा ल्याउने लक्ष्य राखिएको छ ।

नुवाकोटमा हुने दुई दिने सम्मेलनमा युवाहरुको नेतृत्व विकास लागी तालीम, पर्यटन प्रबद्धनको निमित्त बृत्तचित्र प्रदर्शनी, पुरातात्विक एव ऐतिहासिक सग्रालयको विषयमा जानकारी, ३ नं. प्रदेसस्तरीय युवा सम्मेलन, जिल्लामा लगानकिो सम्भावनाको विषयमा बहश लगायतका क्रियाकलाप सञ्चालनहुने सम्मेलन निर्देशक सुजित भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालनको लागी करीब २७ लाख १५ हजार रुपैयाँ लाग्ने भएकाले त्यसको लागी सहभागीहरुबाट दर्ता शुल्क, नेपाल जेसिसबाट आर्थिक सहायेग, स्मारिका मार्फत रकम संकलन, स्थानीयतहबाट सहयोग सहित आर्थिक श्रोत संकलन गरी कार्यक्रम सफल बनाउन लाग्ने बताएको छ ।

प्रेस माथी हस्तक्षेप भएको भन्दै यसो भने देउवाले

पोखरा ।  नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीको नवौँ अधिवेशन तथा पुरस्कार वितरण समारोहको आज पोखरामा उद्घाटन गर्दै उहाँले वर्तमान सरकार प्रेस स्वतन्त्रता माथि आक्रमण गर्न उद्यत रहेको आरोप लगाउनुभयो ।

सभापति देउवाले प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक अर्कामा अन्योन्याश्रित भएको बताउनुभयो । वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताउँदै उहाँले हिजो जथाभावी सपना बाँडेको सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको आरोप लगाउनुभयो ।

विसं २००७ देखि प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका पक्षमा निरन्तर सङ्घर्ष गरेको काङ्ग्रेस लोकतन्त्रको रक्षा एवं प्रेस स्वतन्त्रताका पक्षमा सधैँ क्रियाशील बन्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा सभापति देउवाले नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिरजंग शाहलाई सम्मान गर्नुभयो ।

रु ३५ हजार ५५५ नगदसहितको उक्त पुरस्कार दुई जनालाई संयुक्तरुपमा प्रदान गरिएको हो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका विरुद्धमा ह्ुने जुनसुकै क्रियाकलापमा सशक्त कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपालमा प्रजातन्त्र एवं प्रेस स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियनले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले संविधानले दिएका अधिकारलाई पनि वर्तमान सरकारले नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै संविधानको रक्षा र लोकतन्त्रको विकासका पक्षमा कलम चल्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार व्यक्तित्व छनोट समितिका संयोजक एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली, पुरस्कृत व्यक्तित्वद्वय कविर राणा र समीरजंग शाह, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हरिहर विरही, युनियन कास्कीका उपाध्यक्ष माधव रेग्मी, सचिव प्रकाशचन्द्र सापकोटालगायतले प्रेस स्वतन्त्रताको पक्षमा आ–आफ्ना भनाइ राख्नुभयो ।

एनसेलको टावरमा बम पड्काएको अभियोगमा १६ पक्राउ

काठमाडौ । मुलुकका विभिन्न क्षेत्रमा रहेको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

काठमाडौँ उपत्यकाबाट पक्राउ परेका छ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । “कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न”, प्रवक्ता सुवेदीले भन्नुभयो ।

अज्ञात समूहले ललितपुरको नख्खुलगायत देशका विभिन्न क्षेत्रमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पु¥याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।

उहाँले ललितपुरको नख्खुबाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी दिनुभयो । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लाको एनसेल टावरमा आगजनी गरिएको छ । काठमाडौँ कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो ।

गृहमन्त्री रामबहादुर थापाले आज उपचाररत घाइतेसँग भेट गरी उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिनुभएको छ ।

उक्त घटनापछि सुरक्षा व्यवस्थामा समेत थप कडाइ गरिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

यस्तै शङ्कास्पद गतिविधिलाई समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेको संवेदनशील क्षेत्रमा समेत सुरक्षा सतर्कता बढाएको प्रहरीले जानकारी दिएको छ ।

नेपालको पर्यटकीय शहर पोखरा कस्तो छ अनि के भन्छन र पत्रकार (विस्तृतमा)

लेकसाइड, कास्की । पर्यटकीय शहर पोखरामा भएको नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा तथा विधान अधिवेशनमा सहभागी पत्रकारले पोखराका विभिन्न दृश्यावलोकन गरेर मनोरञ्जन लिएका छन् । सधैँ कामको तनाव र हतारको जिन्दगीबाट बेफुर्सदिला रहने पत्रकारले आफ्ना लागि केही समय निकाले, पोखराको दुईदिने बसाइँलाई भरपूर सदुपयोग गरे ।

तनहुँका पत्रकार सोनी शर्माले भन्नुभयो, “जिन्दगी सधँै हतार र बेफुसर्दिलो, सधैँ पोखरा आए पनि मेसो नमिलेको प्याराग्लाइडिङ यसपालि मेसो मिलाएर उडियो बेग्लै आनन्द मिल्यो, यो अवसर महासङ्घको कार्यक्रमले जुरायो ।” “आहा त्यो आनन्द, चिल सँगसँगै आकाशमा, तल फेवाताल, वरिपरिका रमणीय डाँडा र हिमशृङ्खला, पहँेलपुर तोरी फुलेका फाँट, मिलेका बस्ती कुन शब्दमा उतारुँ”, शर्मा भन्नुभयो ।

भोजपुरका पत्रकार राजेश राई भन्नुहुन्छ, “पोखराको बसाइँ संस्थागत उपलब्धि र व्यक्तिगत मनोरञ्जन दुवैका हिसाबले उत्कृष्ट रह्यो । विधान अधिवेशन ऐतिहासिक रूपमा सम्पन्न भयो । त्यसलगत्तै श्रीमतीका साथ सुन्दर पोखराको घुमाइ जारी छ”, राई भन्नुहुन्छ, “फेवातालमा डुङ्गा सयर गर्दै तालमा हिमालको दृश्य देख्न पाउनुको आनन्द, शान्ति स्तुपाबाट पोखरा नियाल्नुको मजाले मनलाई आनन्दित बनाइरहेको छ ।” पोखरा अझ केही दिनको बसाइँमा प्याराग्लाइडिङ गर्दै पोखराको अनुपम दृश्यलाई आँखामा कैद गर्न बाँकी छ ।

चितवनका पत्रकार शिशिर सिम्खडा पनि पोखराको आतिथ्यताले निकै लोभ्याएको बताउनुहुन्छ । “सुन्दर शहर र सुन्दर मनको धनी पोखराको आतिथ्यता तीन वर्षअघिभन्दा धेरै फरक पाएँ”, “प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष घोषणा गरेको छ । यो सफल हुनेमा मलाई विश्वास छ ।” पोखराको बसाइ संस्थागत हिसाबले त ऐतिहासिक रह्यो नै घुमघाम पनि अविस्मरणीय रहेको सिम्खडा बताउनुहुन्छ । छोटो बसाइँमा पनि सराङ्कोट, शान्तिस्तुपा, फेवाताल, महेन्द्रगुफा, डेभिजफललगायतका स्थानको अवलोकनले बेग्लै अनुभूति सङ्गालेर फर्किएको उहाँको भनाइ छ ।

अधिवेशनमा सहभागी हुन पोखरा आउनुभएका पत्रकार चाँदनी हमाल पनि वर्षौदेखि प्याराग्लाडिङ गर्ने रहर महासङ्घको कार्यक्रमसँगै पूरा गर्न पाएको बताउनुहुन्छ । “पोखरा जोकोहीको रोजाइको शहर, प्याराग्लाडिङ गर्नेहरुको तस्वीर हेरेर चित्त बुझाउँथे यसपालि आफँै उडेर रहर पूरा गरेँ”, हमालले पोखराका सुन्दर प्राकृतिक दृश्य र पोखरेलीको न्यानो आतिथ्यतालाई बोकेर फर्किएको बताउनुभयो ।

फागुन ९ र १० गते पोखरामा सम्पन्न पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवं विधान अधिवेशन सङ्घीय संरचनाको नयाँ मोडललाई अङ्गिकार गर्ने अधिवेशन सफल भएको केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको अधिवेशन असाध्यै ऐतिहासिक साथै नमूनायोग्य रह्यो । अब महासङ्घ संस्थागत विकासका लागि आफ्ना मुद्दामा केन्द्रित भएर अगाडि बढ्छ ।”

“योसँगै यतिबेला नेपालभरका पत्रकार पोखरा आउनुभयो । सामाजिक सञ्जालभरि पोखराका तस्वीर छाइरहेका छन् । यसले पोखराको पर्यटन प्रवद्र्धनमा पनि उत्तिकै भूमिका खेल्नेछ ।”

स्थानीय व्यवस्थापन समितिका संयोजक एवं महासङ्घ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले महासङ्घको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै ऐतिहासिक रुपमा शुक्रबार साँझ सम्पन्न भएको बताउनुभयो । श्रेष्ठले पोखरामा देशभरका एक हजार ४०० पत्रकारलाई आतिथ्यता प्रदान गर्न पाउँदा खुशी लागेको र महासङ्घको विधान संशोधन गर्न अधिवेशन सफल भएको बताउनुभयो । साथसाथै पत्रकारले पोखराको दृश्यावलोकन गरेर जुन तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । यसले प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्षलाई पनि सघाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभयो ।

त्रिशूली बजार र त्रिशूली नदीको सरसफाई

नुवाकोट । ६९औँ प्रजातन्त्र दिवसको अवशरमा जिल्ला मूल समारोह समितिको आयोजनामा बुधबार जिल्ला समन्वय समिति र विदुर नगरपालिकाको समन्वयमा नुवाकोटको त्रिशूली बजार तथा त्रिशूली नदीको सरसफाई गरिएको छ ।

जिल्ला समन्वय समितिको समन्वय तथा विदुर नगरपालिकाको संयोजनमा आयोजित सरसफाई कार्यक्रममा जिसस प्रमुख सन्तमान तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापा, विदुर नपाको प्रमुख सञ्चु पण्डित, उपप्रमुख गिता दाहाल, जिसस समन्वय अधिकारी सच्युतराज उप्रेती, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगर लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बिहान त्रिशूली पुलदेखि सुरु भएको सरसफाई, त्रिशूली बजार, त्याहाँ स्थित पुरानो बसपार्क, पूरानो त्रिशूली बजार, नयाँ वर्षपाक, राममन्दिर परिसर, त्रिशूली नदी लगायतको स्थानमा सरसफाई गरिएको हो । सरसफाईको क्रममा दुई गाडी अर्थात चार टन फोहर संकलन भएको विदुर नपा–१ का वडाध्यक्ष एंव त्रिशूलीका स्थानीयबासी लेनिन रञ्जितले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रमको लागी नं .१ सैन्य तालीम केन्द्रका सैन्य र सिपाही, श्रीनाथ गणका सिपाही, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी गुल्मका प्रहरी लगायत विभिन्न संघसस्था तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सरसफाई कार्यक्रम सम्पन्न पश्चात त्रिशूली बजारमा आयोजित कार्यक्रममा जिसस प्रमुख सन्तमान तामाङले त्रिशूली नदीलाई स्वतन्त्र र पवित्र बगाउन सके धार्मिक नदीको पहिचान र पर्यटन प्रवद्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, विदुर नपाको मेयर सञ्जु पण्डितले नगरपालिकाको संयोजनमा कम्तिमा १५–१५ दिनमा अन्यथा महिनामा एक पटक त्रिशूली नदी लगायत सार्वजनिक स्थलको सरसफाई कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । उक्त अवशरमा विदुरका मेयर गिता दाहाल, नेकपाको प्रतितिधि शरण उत्सुक सापकोटा, नेपाली काँग्रेसका सचिव सुरेन्द्रराज अधिकारी लगायतका वक्ताहरुले सांकेतिक रुपमा गरिएको सरसफाईले सरोकारवालाहरुबाट स्थानीयबासीलाई जिम्मेवार र कर्तव्यमा केन्द्रित हुन पाठ सिकाएकाले बजार तथा नदी सरसफाईको लागी अबको जिम्मेवारी स्थानीयबासीको काँधमा रहेको बताउनुभयो ।

नुवाकोटको ऐतिहासिक तथा पूरानो बजार र पवित्र त्रिशूली नदीमा त्रिशूली बजारमा उत्पन्न फोहर तथा ढलको निकास मिसाउदै दुर्गन्धित तथा प्रदूषित हुदै गएपछि प्रजातन्त्र दिवसको अवशर बनाएर सरसफाई कार्यक्रम गरिएको हो ।

नयाँ नेतृत्व चयन गर्दै गाउँपालिका राष्ट्रिय महासंघको भेला सम्पन्न

दोलखा । गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को सम्मेलन सम्पन्न भएको छ । मंगलबार दोलखाको किर्नेटारमा सम्पन्न प्रदेशभरिका गाउँपालिका जनप्रतिनिधिको सम्मेलनले अध्यक्षमा ईश्वरचन्द्र पोखरेल चुनिएका छन् ।

क्रमशः समितिको उपाध्यक्ष धावा लामा, सचिव विनोदराज तिमल्सिना चुनिएका हुन् । लामा रामेछाप सुनापति गाउँपालिकाका अध्यक्ष हुन् भने तिमिल्सिना धादिङ ज्वालामुखी गाउँपालिकाका अध्यक्ष हुन् । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी पौडेल सहसचिव र धादिङका ज्वालामुखी गाउँपालिकाकी उपाध्यक्ष जानुका सिम्खडा कोषाध्यक्ष बनेकी छन् ।

यसैगरी सदस्यहरुमा नुवाकोट दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, नुवाकोट ककनी गाउँपालिकाका उपाध्यक्ष सिता खतिवडा लामा, नुवाकोट तारकेश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमाल, सिन्धुली तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्णवहादुर थापा, रामेछाप गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवार, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, ललितपुर महाँकाल गाउँपालिकाका उपाध्यक्ष कमला तामाङ, सिन्धुली फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवार, रसुवा कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, मकवानपुर मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, रामेछाप उमाकुण्ड गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की, सिन्धुली हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष अनिताकुमारी राई, धादिङको बेनिघाट गाउँपालिकाका अध्यक्ष हरि दर्लाकोटी र दोलखा तामाकोशी गाउँपालिका १ भिरकोटका अध्यक्ष महेश्वर काफ्ले रहेका छन् ।

दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ

निर्वाचित पदाधिकारीहरु ।

निर्वाचित कार्य समितिको कार्यावधि बर्तमान स्थानीय सरकारको अवधिभर हुनेछ । अधिवेशनको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गरेका थिए । कार्यक्रममा प्रदेश ३ का ७४ वटा गाउँपालिकाका अध्यक्ष ,उपाध्यक्ष र गाउँसभा सदस्यहरु गरी २ सय २२ जना प्रतिनिधिहरु सहभागी थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web