विदुर । सामाजिक सँस्था नेपाल जेसिस क्षेत्र ग को सम्मेलन नुवाकोटमा हुने भएको छ । त्यसको लागी आयोजक नुवाकोट जेसिसले आवश्यक तयारी अघि बढाएको आइतबार विदुरमा आयोजित पत्रकारसम्मेलनमा अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

जेसिसको गतिविधि सञ्चालन तथा सम्मेलनको लागी महत्वपूर्ण अवशरको रुपमा लिइएको सम्मेलनको लागी आगामी बैशाख २७ र २८ गते मिति निर्धारण गरिएको छ ।

उक्त सम्मेलनबाट युवाहरुको नेतृत्व एव व्यक्तित्व विकास, युवाहरुको माध्यमबाट नुवाकोटमा लगानीको वातावरण सिर्जना, सम्पदाहरुको प्रचारप्रसार र संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष पाठकले जानकारी दिनुभयो । उहाँको अनुसार सम्मेलनले यहाँको पर्यटन प्रबद्धन, आर्थिक विकास, ब्यापारमा बृद्धि, पुराना पर्यटन विकास तथा नयाँ मार्गको पहिचानको लागी महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ । सम्मेलनमा एक हजार भन्दा बढी युवा व्यवसायीको सहभागिता हुने र जसमा बैदेसिक रोजगारमा पलायन भएका युवा वर्गलाई स्वरोजगार र नेतृत्वदायी भूमिकामा ल्याउने लक्ष्य राखिएको छ ।

नुवाकोटमा हुने दुई दिने सम्मेलनमा युवाहरुको नेतृत्व विकास लागी तालीम, पर्यटन प्रबद्धनको निमित्त बृत्तचित्र प्रदर्शनी, पुरातात्विक एव ऐतिहासिक सग्रालयको विषयमा जानकारी, ३ नं. प्रदेसस्तरीय युवा सम्मेलन, जिल्लामा लगानकिो सम्भावनाको विषयमा बहश लगायतका क्रियाकलाप सञ्चालनहुने सम्मेलन निर्देशक सुजित भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रम सञ्चालनको लागी करीब २७ लाख १५ हजार रुपैयाँ लाग्ने भएकाले त्यसको लागी सहभागीहरुबाट दर्ता शुल्क, नेपाल जेसिसबाट आर्थिक सहायेग, स्मारिका मार्फत रकम संकलन, स्थानीयतहबाट सहयोग सहित आर्थिक श्रोत संकलन गरी कार्यक्रम सफल बनाउन लाग्ने बताएको छ ।

15.97¡ÆC