काठमाण्डौ ।

नेपाली सांगीतिक क्षेत्रका तिन नक्षत्र ज्ञानेन्द्र गदाल , दिपक जंगम र कुबेर राइको समुहले एक गीत ‘तिमी उदायाै जून बनेर’ रेकर्ड गराएको छ । अमेरीकामा बसेर पनि नेपाली गीत संगीत एवं साहित्यलाइ निरन्तरता दिइरहेका ज्ञानेन्द्र गदालका शब्द तथा नेपाली सुगम संगीतका एक धरोहर दिपक जंगमको संगीतमा पुराना एवं लोकप्रिय गायक कुबेर राइको आवाजमा उक्त गीत रेकर्ड भएको हो ।

गीतकार गदाल २०५४ मा रेडियो नेपाल बाट गीत रचनामा प्रथम भएका थिए भने २०७४ मा छिन्नलता पुरस्कार बाट सम्मानित भइसकेका छन् । गदालका दिन ढल्यो अंधेरी रातमा , कुन शहरमा घुम्दै होला जस्ता सयौ सफल गीत रेकर्ड भएका छन् ।
सस्तो लोकप्रियता भन्दा पनि गहकिला गीत गायनमा रुचाउने गायक राइका मायाले मुलबाटो भुलेछ जस्ता गीत सर्वाधिक रुचाइएका गीत हुन् । यो टिमले बनाएको गीत केहि दिनमै सार्वजनिक गरिने छ ।

15.65¡ÆC