त्रिशूली । तामाङ कथानक चलचित्र ‘श्होङ’को प्रदर्शनी नुवाकोटको ढुङ्गेमा गर्न लागिएको छ । यही फागुन २० गते काठमाडौको अष्ठनारायण हल बालाजुमा भब्य प्रदर्शन सम्पन्न भएको श्होङको प्रदर्शनी त्यसपछि अब यही चैत्र २ गते नुवाकोटको व्यस्त बजार त्रिशूली स्थित ढुङ्गेमा प्रदर्शन गर्न लागिएको कथाकार तथा प्रस्तुत्कर्ता सिङ्गबहादुर तामाङले जानकारी दिनुभयो ।

काठमाडौमा गरिएको प्रदर्शनीमा चलचित्र हेर्न चलचित्रकर्मी, पत्रकार तथा दर्शकको घुइचो लागेपछि उत्साहित भएको उत्पादक टोली नुवाकोट आउन लागेको हो । चलचित्र हेरी सकेपछी सबैले चलचित्र समग्रमा राम्रो बनेको टिप्पणी पाएर उत्साहित भएको टोलीले तामाङ समुदायको व्यस्त बसोबास र यहाँ नै छायाङ्कन भएकाले दोश्रो प्रदर्शनी नुवाकोटमा गर्न लागेको हो । दर्शकहरुकै मागलाई सम्बोधन गर्दै दोस्रो प्रदर्शन ढुङ्गको यङ्रा होटेलमा यही चैत्र २ गते आयोजा गरिएको छ ।

तामाङ समुदायको ल्हाप्साङकार्पो क्षेत्रको तामाङ भाषा, सँस्कृति र लोक जीवनशैलीमा आधारित चलचित्रलाई चैत्र २ गते बिहान ११ बजे प्रदर्शन गर्न लागिएको हो ।
चलचित्रको कथाकार तथा प्रस्तुत्कर्ता सिङ्गबहादुर तामाङको रहेको छ भने एन्जिला वाईबा, मर्नेन तामाङ, कान्छा लामा, रुपा एस घले, आरम्भ तामाङ, गोम्बो घले, बिकल लामा, ए.आर तामाङ, वाङ्जु वाईबा, कुशल थिङ, संगम ज्याक्सन, फुर्बा तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।

रोशन फ्युबा तामाङको निर्देशन तथा सिंगबहादुर तामाङको कथा र संवाद रहेको चलचित्रलाई प्रेम तामाङ र अनमोल तामाङले निर्माण गर्नुभएको हो । प्रकाश तामाङको छायाँकन हेर्न सकिने चलचित्रमा पेमा टाशीले ड्रोनबाट खिचेको भिडियो निकै आकर्षण रहेको छ । चलचित्रलाई नुवाकोटको किस्पाङ गाउँपालिकाको साल्मे र भाल्चे लगायतको तामाङ समुदायको बसोबास भएको स्थानमा छायाङ्कन गरिएको छ ।

सिंगबहादुर तामाङकै कोरियोग्राफी रहेको चलचित्रलाई रोशन फ्युबाले सम्पादन गर्नुभएको छ । चलचित्रको पोष्ट प्रोडक्सनको जिम्मा ल्हाप्साङकार्पो म्यूजिकले लिएको छ । चलचित्रका गीतहरुमा निर्मला घिसिङ, जितु लोप्चन, मनोज लोप्चन, मनमाया वाईबा र सुरेश लामाको अवाज सुन्न सकिन्छ । सिंगबहादुर तामाङ र जमुना तामाङको शब्द रहेको गीतहरुलाई रोशन फ्युबाले संगीत दिएका छन् । चलचित्रका गीतलाई रिकेश गुरुङ, पवन वाङ र जोगलाल लामाले एरेञ्ज गरेका हुन् ।

विदुर । अन्तराष्ट्रिय नारी दिवस नुवाकोटको पञ्चकन्यामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
१०९औँ दिवसको अवसरमा पञ्चकन्या गाँउपालिका वडा नं. ३ लप्टनडाँडामा आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले महिला शसक्तिकरणको लागी क्षमता अभिबृद्धिसगै शिक्षा र रोजगारमा समेत सक्षम हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्षमा तामाङले महिला र पुरुषलाई समानताको लागी कानून बलियो भएपनि कार्यान्वयन प्रभावकारी नभएकाले त्यसको लागी गाँउपालिकाले विभेद रहित नीति अवलम्बवन गर्न योजना सहित अघि बढ्न लागेको भन्नुभयो ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष सिता पराजुली खड्काले गाँउगाँउमा परम्परागतदेखि रहेको विभेदलाई हटाउन समान कामको समान ज्याला कार्यान्वयन, रोजगारमा महिलालाई प्रथामिकता, शिक्षामा बालिकाहरुको पहुँच सुनिश्चित गर्न विशेष सहयोग र अनुदानका कार्यक्रम ल्याएको बताउनुभयो ।

यसैगरी शक्ति समूहका सँस्थापक सदस्य एंव बालसंरक्षक संयोजक चरिमायाँ तामाङले महिला हिंसा न्युनिकरणको लागी महिलाहरु आफै संगठित र एकजुट हुनुपर्ने सुझाब दिनुभयो । उहाँले जोखिममा पर्न सक्ने महिला कमजोर बर्गमा हुने भएकाले उनीहरुको लागी आर्थिक रुपमा सम्मुनत बनाउन स्वरोजगार, जिविकोपार्जन लगायतका कार्यक्रमबाट सम्बोधन गर्न विभिन्न तहमा रहेका सरकार र सँस्थाहरुले पहल गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समयम शिक्षित एंव सम्मुन्नत परिवारका महिला सदस्यहरु पनि देखासिकी र धेरै कमाउने बाहनामा बैदेसिक रोजगारमा जादाँ दुःख पाएकाले मानवबेचविखनमा स्वरुपमा परिवर्तन भएर विद्यमान अबस्था चुनौतीपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा ‘विकास निर्माणमा नारीको सहभागिता’ शीर्षकमा आयोजित वक्तृत्वकला प्रतियोगितामा नलिना नेपाली पहिलो हुनुभएको आयोजक नारी जागरण समाजका अध्यक्ष रमा तामाङले जानकारी दिनुभयो । उहाँको अनुसार प्रतियोगितामा सुष्मा तामाङ, तेश्रो पूजा नेपाली, सान्वनास्थान सदीक्षा कंडेलले हात पार्नुभयो ।

कार्यक्रममा पञ्चकन्या गाँउपालिकाको विभिन्न वडाका वडाध्यक्षहरु,
स्थानीय सामाजिक सँस्थाका पदाधिकारीहरु, शिक्षक, विद्यार्थी लगायत दुई हजार
स्थानीयबासीको सहभागिता रहेको थियो ।
कार्यक्रममको आयोजना नारी जागरण
समाज, परिवर्तनको निमित्त महिला सँस्था, शक्ति समूह, केसिडिसी, अनुशासित
सामाजिक उद्यमी महिला सहकारी, आधारशीला सामाजिक उद्यमी महिला सहकारी,
सप्तरङ्गी महिला कृषि सहकारी र साना किसान महिला सहकारी रहेको थियो भने
गाँउपालिकाले सहयोग पु-याएको थियो ।

पछिल्लो समय महिला
सशक्तिकरण तथा महिला समानताको लागी गाँउगाँउमा चेतना बृद्धि गराउन
केन्द्रित गरिएको कार्यक्रम प्रभावकारी र उपलब्धीमूलक भएको नारी जागरण
समाजका अध्यक्ष रमा तामाङले बताउनुभयो । आगामी वर्षदेखि दिवसलाई विशेष
रुपमा मनाएर पुरुष र महिलादुवैको सहभागितामा महिला हिंसा, बलत्कार, लैङ्गिक
विभेद अन्त्य गराउन प्रयास गर्ने योजना रहेको उहाँको भनाई छ ।

रामहरि न्यौपाने,
त्रिशूली । नुवाकोट र रसुवामा निर्माणाधीन २९ सडक योजना कुन निकायबाट सञ्चालन गर्ने भन्ने अन्योलमा अलपत्र बनेको छ ।
सडक विभाग मार्फत बहुबर्षीय ठेक्का लागेका तर, बजेट बिनियोजन प्रदेस अन्तरगत हुने भनी निर्णय भएका योजना सञ्चालन गर्ने जिम्मेवार निकाय नहुदाँ निर्माण रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागले अघिल्ला वर्षमा ठेक्का लगाएर बहुवर्षीय योजना मार्फत बजेट निकासा हुदैँ आएका सडक प्रदेस सरकार मार्फत सञ्चालन हुने भएपछि ती सडकको हाल निर्माण कार्य पूर्ण रुपमा बन्द भएको नुवाकोटका सडक डिभिजन प्रमुख निरज शाक्यले बताउनुभयो ।

उहाँको अनुसार गत असोज १२ मा सचिवस्तरीय निर्णय भएअनुसार असोज १४ मा प्रदेस सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको र पुस ३ को अन्तर–परिषद्को बैठक निर्णय गरी त्यसलाई पुस ६ मा बसेको मन्त्रिपरिषद्को बैठकले कार्यान्वयन गर्ने निर्णय पछि धमाधम निर्माण भइरहेका ती योजनामा हाल काम बन्द भएको छ ।

“बहुबर्षीय ठेक्का मार्फत नुवाकोट र रसुवामा सञ्चालनमा रहेका योजनामा सडक विभागबाट जिल्ला स्थित कार्यालयमा बजेट तथा अनुगमन र सुपरीवेक्षणको कार्यदेश आउने गरेको थियो ।” शाक्यले भन्नुभयो “ती योजना अन्तरगत २९ सडक हाल प्रदेस सरकार मार्फत सञ्चालन हुने परिपत्र आएपनि कार्यान्वयनमा आएको छैन ।”

हालसम्म जिल्ला स्थित सडक डिभिजन कार्यालय मार्फत कार्यसञ्चालन, अनुगमन तथा सुपरीवेक्षण हुदै आएका ती सडकहरु असोज १२ को सचिवस्तरीय निर्णयले प्रदेस सरकार मार्फत सञ्चालन गर्ने निर्णयलाई असोज १४ मा सडक विभागले जिल्ला स्थित सडक डिभिजन कार्यालयलाई हस्तान्तरणको लागी निर्देशन सहित परिपत्र गरे पश्चात जारी रहेका निर्माण कार्य बन्द भएका छन् ।

सो निर्णयका कारण अघिल्लो वर्षदेखिको बक्यौता नपाएको र अनुगमन तथा सुपरीवेक्षण गर्ने निकाय नहुदाँ काम बन्द गर्नु परेको नुवाकोटलाई धादिङहुदै काठमाडौ जोड्ने दु्रत सडक अन्तरगत लोकसञ्चार मार्गका निर्माण व्यवसायी सुशील फुयाँलले बताउनुभयो ।

निर्माण बन्द भएपछि केही सडकको निर्माण सम्पन्न गर्नुपर्ने समयअवधि पूरा हुदाँ कार्यप्रगति भने आधा भन्दाकम मात्र छ । समयमा निर्माण सम्पन्न नगर्ने ती निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न म्याद थपको लागी सहज र उनीहरुलाई कारबाहीबाट उन्मुक्ती पाउन अहिलेको अन्योल व्यवस्थाले सहज बन्ने देखिएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा चन्द्रकान्त राउत (सिके) लाई नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता भएका नेताको संज्ञा दिनुभएको छ ।
राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमतिपछि आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले राउतलाई असाधारण निर्णय क्षमता भएको ब्यक्तिको संज्ञा दिनुभएको हो । ‘सिके राउतमा पनि असाधारण निर्णय क्षमता देखेँ, त्यस्तो असाधारण निर्णय क्षमता पुष्पकमल दाहाल प्रचण्डमा देखेको थिएँ, । प्रचण्डको निर्णय क्षमता असाधारण नै रहेको छ, ।

प्रधानमन्त्री केपी शर्मा ओली नेत्रविक्रम चन्द विप्लवमाथि खन्निएका छन् । सिके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनलाई मुलधारको राजनीतिमा ल्याउने घोषणा सभामा बोल्दै प्रधानमन्त्रीले लुट्नका लागि कम्युनिष्टको बदनाम नगर्न चेतावनी दिए ।

‘हाम्रो पार्टीको नाम पनि नेकपा नै छ, उता लुटीखानेहरुले पनि आफूलाई भन्दा रहेछन्, अब त नेकपा भन्न पनि लाज हुन्छ’, ओलीले भने, ‘विप्लव समूहले लुट्नका लागि कम्युनिष्ट भनिरहेको छ । यसरी त बेइज्जत भइसक्यो नेकपा भन्न ।’

प्रधानमन्त्रीले विप्लव समूहका गतिविधि आफूहरुले नियालिरहेको बताए । ‘उहाँहरुका प्रचा पनि हेरिरहेको छौ । एसएमजी, एलएमजीसहितका मान्छे पक्राउ परिरहेका छन् । अनि मान्छे समात्न पाइन्छ भनेर उफ्रिन्छन्’, ओलीले भने, ‘बन्दुक घर भित्र राखेर बस्ने ? घरमा छापा नमारी के गर्नु ? विष्फोट गराएर हिँड्ने ? अनि कम्युनिष्ट पार्टी पनि भन्ने, नेकपाको नाम लिन बन्द गर, बरु लुटेर समूह (विप्लव), लुटेरा समूह (प्रकाण्ड) नाम राख ।’

प्रधानमन्त्री ओलीले अझै पनि त्यो बाटो छाड्न विप्लवलाई आग्रह गरे । ‘अझै पनि भन्न चहान्छु त्यो बाटो छाड्नुस, नत्र यो देशमा शान्ति सुरक्षा गर्ने जिम्मा सरकारको हो त्यो गर्छ ।’ प्रधानमन्त्रीको दुखेसो :’नेकपाको बेइज्जत भो,लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डा चन्द्रकान्त राउत (सिके) लाई नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा जस्तै असाधारण निर्णय क्षमता भएका नेताको संज्ञा दिनुभएको छ ।

राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनसँग राष्ट्रिय सभागृहमा भएको ११ बुँदे सहमतिपछि आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले राउतलाई असाधारण निर्णय क्षमता भएको ब्यक्तिको संज्ञा दिनुभएको हो । ‘सिके राउतमा पनि असाधारण निर्णय क्षमता देखेँ, त्यस्तो असाधारण निर्णय क्षमता पुष्पकमल दाहाल प्रचण्डमा देखेको थिएँ, । प्रचण्डको निर्णय क्षमता असाधारण नै रहेको छ, ।

प्रधानमन्त्री केपी शर्मा ओली नेत्रविक्रम चन्द विप्लवमाथि खन्निएका छन् । सिके राउत नेतृत्वको स्वतन्त्र तराई मधेस गठबन्धनलाई मुलधारको राजनीतिमा ल्याउने घोषणा सभामा बोल्दै प्रधानमन्त्रीले लुट्नका लागि कम्युनिष्टको बदनाम नगर्न चेतावनी दिए ।

‘हाम्रो पार्टीको नाम पनि नेकपा नै छ, उता लुटीखानेहरुले पनि आफूलाई भन्दा रहेछन्, अब त नेकपा भन्न पनि लाज हुन्छ’, ओलीले भने, ‘विप्लव समूहले लुट्नका लागि कम्युनिष्ट भनिरहेको छ । यसरी त बेइज्जत भइसक्यो नेकपा भन्न ।’

प्रधानमन्त्रीले विप्लव समूहका गतिविधि आफूहरुले नियालिरहेको बताए । ‘उहाँहरुका प्रचा पनि हेरिरहेको छौ । एसएमजी, एलएमजीसहितका मान्छे पक्राउ परिरहेका छन् । अनि मान्छे समात्न पाइन्छ भनेर उफ्रिन्छन्’, ओलीले भने, ‘बन्दुक घर भित्र राखेर बस्ने ? घरमा छापा नमारी के गर्नु ? विष्फोट गराएर हिँड्ने ? अनि कम्युनिष्ट पार्टी पनि भन्ने, नेकपाको नाम लिन बन्द गर, बरु लुटेर समूह (विप्लव), लुटेरा समूह (प्रकाण्ड) नाम राख ।’

प्रधानमन्त्री ओलीले अझै पनि त्यो बाटो छाड्न विप्लवलाई आग्रह गरे । ‘अझै पनि भन्न चहान्छु त्यो बाटो छाड्नुस, नत्र यो देशमा शान्ति सुरक्षा गर्ने जिम्मा सरकारको हो त्यो गर्छ ।’

काठमाडौं । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

यी हुन् सहमतिका ११ बुँदा

१) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न अभिवाज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो ।

२) राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्येश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नु पर्छ भन्नेमा हामी दृढ छौं । नेपालको संविधानमा प्रयुक्त जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेश लगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।

३) लोकतन्त्रमा मतभेदहरु हुन सक्छन् । तर, तिनीहरुप्रति राज्य, राजनीतिक दल र आम नागरिक सहिष्णु हुनुपर्छ। त्यस्ता मतभेदहरुको समाधान पनि लोकतान्त्रिक विधिबाटै गरिनुपर्छ भन्ने मान्यतामा दृढ छौं ।

४) सामाजिक न्याय, समानता र सदभाव हाम्रो साझा उद्धेश्य हो । हामी तराइमधेश लगायत समग्र राष्ट्रका जनतालाई राजनीतिक आर्थिक तथा सामाजिक दृष्टिले अधिकार सम्पन्न तुल्याएर तराइमधेश लगायत समग्र देशको विकासलाई दु्रत गतिमा अघि बढाउन प्रतिबद्ध छौं । त्यसैगरी, संविधान प्रदत्त नेपाली जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वसानको अधिकारलाई आत्मसात गर्न र तराई मधेश लगायत समग्र देशमा शुसासन कायम गर्दै समनता र समाजवाद कायम गर्न प्रतिबद्ध छौं ।

५) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरु लगायतमाथि लगाइएका राज्य विरुद्धका अपराध लगायत सबै राजनीतिक मुद्धाहरु फिर्ता लिइनेछ । कारागारमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निशर्त रिहा गरिने छ ।

६) स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता कार्यकर्ताहरुद्वारा यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारबाहीको विषय बनाइने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामग्रीहरु उत्पादन र वितरण गरिने छैन ।

७) स्वतन्त्र मधेश गठबन्धनका नेता, कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोबास गर्न, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीति गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन । र, त्यस्ता अधिकार प्रयोग गरेबापत राज्यद्वारा कुनै किसिमको कारबाही गरिनेछैन ।

८) २०७५ भदौ १५ गते नेपाल प्रहरीको हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेश गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई राज्यद्वारा उचित क्षतिपूर्तिका साथै परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरिने छ ।

९) स्वतन्त्र मधेश गठबन्धनको आयोजनमा सञ्चालित आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने छ ।

१०) स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्तामा रहेको ज्ञान, सीप र सामथ्र्यलाई तराइमधेश लगायत समग्र देशका जनता र राष्ट्रको शान्तिपूर्ण एवम लोकतान्त्रिक विकास र खुशहालीको लागि नयाँ उचाइका साथ सदुपयोग गर्न र सरकारका तर्फबाट स्वतन्त्र मधेश गठबन्धनलाई एक लोकतान्त्रिक राजनीतिक शक्तिका रुपमा व्यवहार गर्न सहमत भएका छौं ।
सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच संघीय लोकतान्त्रिक स्वतन्त्र, स्वाधीन सार्वभौमसत्ता अभिभाज्य राष्ट्र हो भन्ने स्वीकार गर्ने सहमति भएको छ । तराई मधेसमा देखिएका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने सहमति पनि भएको छ ।

त्यस्तै, स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्ताले यसअघि प्रचार प्रसारका क्रममा बाँडेका किताब, प्रचार र झण्डालाई भविष्यमा कारबाहीको विषय नबनाउने र आगामी दिनमा यस्ता प्रचार सामग्री वितरण नगर्ने पनि सहमति भएको छ ।

स्वतन्त्र मधेस आन्दोलनका नेता कार्यकर्ता र समर्थकलाई नेपालभित्र बसोबास गर्न जीविकोपार्जन गर्न, संघ संघठन र मूलधारको पार्टी खोल्न राज्यबाट कुनै कारबाही नगर्ने सहमति भएको छ ।

हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति र एक जनालालाई रोजगारी दिने सहमति पनि भएको छ । स्वतन्त्र मधेस गठबन्धनको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने पनि सहमति भएको छ ।

११) यो सहमति आजैका मितिबाट लागु हुनेछ ।

नेपाल सरकारका प्रतिनिधि
रामबहादुर थापा, गृहमन्त्री

स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट
चन्द्रकान्त (सिके) राउत, संयोजक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।

पार्टी महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम्युनिष्ट आन्दोलन विस्तारका लागि पण्डितले निर्वाह गर्नुभएको भूमिका स्मरणीय रहेको बताउँदै पार्टीले कम्युनिस्ट आन्दोलनले एक समर्पित नेता गुमाएको उल्लेख गर्नुभएको छ ।

नेकपाले दिवङ्गत पण्डितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँकी जीवनसँगिनी सावित्री पण्डित, छोरा राजकुमार, किशोर र दिनेश तथा छोरी कल्पना, सफला र सुलोचनासहित शोककुल परिवारजन र आफन्तहरुप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

विसं २०४८ को आमनिर्वाचनमा नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित उहाँ असल शिक्षक र सङ्गठकका रूपमा परिचित हुनुहुन्थ्यो । बहत्तर वर्षको उमेरमा यही फागुन २१ गते उहाँको निधन भएको हो ।

काठमाडौ । कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको फैसलाबारे आज जानकारी दिँदै उक्त मुद्दाका प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गङ्गाराम डगौरा र रेशमलाल चौधरीसहित ११ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम जनही जन्मकैदको सजाय हुने ठहर भएको जानकारी दिनुभयो । प्रतिवादीमध्ये श्रवण नाबालक देखिएकाले निजलाई बालबालिकासम्बन्धी ऐनानुसार आधा सजाय अर्थात् १० वर्ष कैद हुने ठहर अदालतले गरेको छ ।

जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले गरेको मुद्दाको फैसलानुसार उक्त घटनाका प्रतिवादी लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, किशनलाल चौधरी, दिबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३)नं अनुसार जनही तीन वर्ष कैद हुने भएको छ ।
प्रतिवादीमध्ये चुन्नीराम यही फागुन ३० गतेदेखि थुनामुक्त हुने र अन्यको कैद अवधि तीन वर्ष भुक्तान भइसकेकाले आजै थुनामुक्त हुने स्रेस्तेदार कठायतले बताउनुभयो ।

यी नै हुन ज्यानमारा अपराधी सांसद् रेशमलाल चौधरी ।

यस्तै प्रतिवादी करन चौधरीलाई बालबालिका ऐनबमोजिम छ महीना कैद हुने ठहर भएकामा निजको पनि कैद भुक्तान भइसकेकाले आजै थुनामुक्त हुने जनाइएको छ । अन्य प्रतिवादी नुरुल अलि जागा भनिने तहाँबर अलि जागा, विश्राम चौधरी (कुश्मी) र रामनरेश चौधरीले अदालतबाट सफाइ पाएका छन् ।

जन्मकैदको सजाय पाएका रेशमलाल प्रतिनिधिसभा सदस्यका लागि पछिल्लो पटक भएको निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा वारेसमार्फत उम्मेदवारी दिएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । केही महीनाअघि मात्रै जिल्ला अदालतमा उपस्थित उनलाई कैलाली कारागारबाट केन्द्रीय कारागारमा स्थानन्तरण गरिएको थियो । हालै उनलाई शपथग्रहणसमेत गराइएको थियो ।

उक्त मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी गरी तीन वटा वारदातको अभियोग लगाइएकामा डाकाचोरीतर्पm सबै जनाले सफाइ पाएका छन् । कर्तव्य ज्यानतर्फ जन्मकैद सजाय हुने ठहरिएका १० प्रतिवादीले ज्यानसम्बन्धी महलको १५ नंको कसूर अपराधमा तजबिजी पाँच वर्षसमेत थप सजाय र नाबालक श्रवणलाई दुई वर्ष छ महीना कैद हुने ठहर भएकामा मुलुकी ऐनको दण्डसजायको महलबमोजिम ठूलो कलमको कैद ठेकिएकाले कैद ठेकी रहनु नपर्ने फैसला अदालतले सुनाएको छ ।

उक्त मुद्दामा यही फागुन १५ गतेदेखि नियमित सुनुवाइ भएकामा आज फैसला सुनाइएको हो । उक्त मुद्दाका ५८ प्रतिवादीमध्ये ३१ जना फरार छन् । सत्ताइस जना प्रतिवादी पुर्पक्षका लागि थुनामा थिए ।

फरार रहेकाको हकमा मुद्दा मुल्तबी रहने ठहर अदालतले गरेको छ ।
मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद पौडेल तथा सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मीकिशोर शर्माले बहस गर्नुभएको थियो । यस्तै प्रतिवादीका तर्फबाट पूर्वन्यायाधिवक्ता हरि फुयाँल, अधिवक्ता दीनमणि पोखरेल, गङ्गाराम पाध्याय, वीरबहादुर जेठारा, गम्भीरसिंह ऐर, गजेन्द्र केसी, नाथुराम महतो, जुहारीलाल चौधरीलगायतले बहस गर्नुभएको थियो । थरुहट÷थारुवान राज्यको माग गर्दै टीकापुरमा भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको हिंसामा परी एक नाबालक र आठ प्रहरीको ज्यान गएको थियो ।

काठमाडौ । पूर्वसांसद मञ्च, नेपालले पूर्वसांसद गणेश पण्डितको हृदयाघातका कारण असामयिक निधन भएको प्रति गहिरो समवेदना प्रकट गरेको छ । मञ्चका कार्यवाहक अध्यक्ष झलनाथ वाग्लेले बुधबार जारी गरेको विज्ञप्तिमा २०४८ सालमा नुवाकोटबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका नेता एवं मञ्चका आजीवन सदस्य पण्डितको निधनप्रति समवेदना प्रकट गरिएको छ ।
यही फागुन २१ गते हृदयाघातका कारण निधन भएका पूर्वसांसद पण्डितप्रति मञ्चले श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामनासहित शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

काठमाडौ । नेपाली काँग्रेसका ५६ जिल्ला सभापतिहरुले संयुक्त विज्ञप्तिमार्फत पार्टी केन्द्रीय कार्यसमितिको हालैको निर्णय पुनः विचार गर्न माग गर्नुभएको छ ।

जिल्ला सभापतिहरुले आज एक विज्ञप्तिमार्फत केन्द्रीय पदाधिकारी र सदस्यले विधानबाट स्वतः पार्टीको प्रतिनिधिसम्बन्धी प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहो¥याएर अवसर नदिन पुनः माग गर्नुभएको हो ।

काँग्रेसको गत पुस २८ देखि माघ ८ गतेसम्म सम्पन्न महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यको प्रस्ताव अनुसार विधानमा सो व्यवस्था थप गर्ने सम्बन्धमा ऐक्यबद्धता जनाउनुभएको उहाँहरुको भनाइ थियो ।

नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले महासमिति बैठकबाट पारित भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको खबरले हामीहरुलाई आश्चर्य चकित तुल्याएको बताउनुभयो । महासमितिभन्दा ठूलो केन्द्रीय कार्यसमिति हुनसक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गर्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ थियो ।

उक्त दुई विषयका सम्बन्धमा महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निरास बनाएको जिल्ला सभापतिहरुद्वारा जारी विज्ञप्तिमा उल्ेलख छ ।

पार्टी सङ्गठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पु¥याउने उक्त निर्णयमाथि शीघ्र पुनः विचार गर्न जिल्ला सभापतिहरुले माग गर्नुभएको छ । अन्यथा विशेष महाधिवेशनका लागिसमेत पहल गर्न बाध्य हुने उहाँहरुको चेतावनी छ ।

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटमा कार्यरत ट्राफिक प्रहरीलाई सेवा प्रवाहमा सहज पु-याउन नुवाकोटको बट्टारबजारमा रहेको बट्टार चस्मा पसलले १९ थान चस्मा उपलब्ध गराएको छ । बट्टार चस्मा पसलको तर्फबाट ट्राफिक प्रहरीलाई उपलब्ध गराएको चस्मा उक्त पसलका प्रो. सुजन सापकोटाले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई प्रदान गर्नुभएको हो ।

सहयोग स्वरुप प्राप्त भएको चस्मालाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमको बीच जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जिल्ला ट्राफिक प्रहरीका इञ्चार्ज प्रहरी नायव निरीक्षक विकल भट्टराईलाई प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पल्लिमगरले सडकमा यात्रु सुरक्षार्थ परिचालन हुने ट्राफिक प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यात्रुहरुलाई सडकमा आवतजावत गर्दा धुलो तथा धुवाबाट बच्नको लागी चस्मा र मास्क लगाएर हिड्न आग्रह गर्ने गरेको र चालकहरुको आँखाको दृष्टि परीक्षण गरेर सेवा पु-याउदै आएको सममया ट्राफिक प्रहरीलाई अभाव रहेको आँखाको सुरक्षार्थ चस्मा प्राप्त हुन सराहनीय कार्य भएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको लागी चस्मा प्राप्त हुन सानो सहयोग भएपनि नागरिक र प्रहरीबीचको सहकार्यको पक्ष र चस्माको प्रयोगबाट ट्राफिक प्रहरी स्वस्थ्य हुन पुग्ने सहयोग भने महत्वपूर्ण हुने बताउनुभयो ।

उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बट्टारका अध्यक्ष उत्सव अर्यालले समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत गाँउ तथा टोलटोलमा प्रहरी पुगेर जनता र प्रहरीबीचको सहकार्य तथा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम एंव सामाजिक क्षेत्रको विभिन्न गतिविधिमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।

ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामाग्रिको रुपमा चस्मा उपलब्ध गराउनुभएका बट्टार चस्मा पसलका लका प्रो. सुजन सापकोटाले व्यवसायको क्रममा सामाजिक उत्तरदायित्व अन्तरगत यसअघि विभिन्न विद्यालय तथा समुदायमा आँखा जाँच तथा परीक्षण एव स्वास्थ्य शिविर सञ्चालन गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन लागिरहेको बताउनुभयो ।

समुन्द्रटार । पूर्वसांसद गणेश पण्डितको आज अपरान्ह निधन भएको छ । हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा आज दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिनुभयो ।

विसं २०४८ को निर्वाचनमा उहाँ नुवाकोटको निर्वाचन क्षेत्र नं. २ बाट तत्कालीन नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । विसं २०५६ को निर्वाचनमा उहाँ नुवाकोटबाट तत्कालीन नेकपा मालेबाट उम्मेदवार बन्नुभएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहनु भएका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा पर्नुभएको थियो । त्यो समयमा झण्डै आठ महीना प्रहरी हिरासतमा उहाँ रहनुभएको थियो । तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उहाँ नुवाकोटबाट उम्मेवार बन्नुभएको थियो । काठमाडौँको वसुन्धरामा बस्दै आउनुभएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती रहनुहुन्छ । पछिल्लो समय उहाँ पार्टीमा निष्क्रिय रहनुभएको थियो । उहाँ नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य एंव पूर्वमन्त्री अजुर्ननरसिंह केसी लगायतको मामा हुनुहुन्थ्यो ।

ज्ञानेन्द्र न्यौपाने,

धुञ्चे । भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत रसुवा जिल्लामा ७६ प्रतिशत निजी आवास निर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाका अनुसार रसुवा जिल्लाको पाँच वटा गाउँपालिकाअन्तर्गत २७ वडामध्ये १० हजार ३३६ लाभग्राहीले निजी आवास पुनःनिर्माण एवं २१९ जनाले प्रवलीकरण गरिसकेको छन् ।

प्रबलीकरणसमेत नौ हजार ६६६ सरकारी अनुदानबाट र ८७९ घर गैससको अनुदान निर्माण सम्पन्न भएको बताइएको छ । विसं २०७२ को भूकम्पले विस्थापित भई बस्ती स्थान्तरण गर्नुपर्ने ९९९ जना सूचीकृत भएका लाभग्राहीमध्ये ४२८ जनालाई जग्गा खरीद गर्ने काम सम्पन्न भइसकेको, ७३ घर परिवार सुरक्षित बसोबास लागि नुवाकोट जिल्लालगायतका स्थानमा सरी गएको र अन्यको बसोबासका लागि जमीन खोज्ने काम भइरहेको छ ।

विस्थापित केहीलाई उत्तरगया गाउँपालिका–१ को तिरु क्षेत्रमा एकीकृत बस्ती निर्माणको प्रक्रिया अगाडि बढिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ रसुवाका कायममुकायम प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण धुञ्चे एकाइले भूकम्प प्रभावित १४ जिल्लामध्ये पुनः निर्माणमा रसुवा जिल्ला प्रथम स्थान हासिल गर्न सफल भएको दाबी गरेको छ । उत्तरगया गाउँपालिकाले भने रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद मोहन आचार्यले जनतालाई यातायातको सहज बनाउन आफ्नो निजीस्तरबाट स्काभेटर खरीद गरी सामूहिक विकासमा परिचालन गर्दा गाउँगाउँको सडक सामान्य बाटो खुल्न गई निर्माणका सामग्री ढुवानीमा सहज भएबाट पुनःनिर्माणको काम तीव्ररुपमा अगाडि बढाउन सफल भएको जनाएको छ ।

नौकुण्ड गाउँपालिकाले निर्माण गरेको गाउँले सडकमा परेका पहराका ढुङ्गा फुटाउन सांसद आचार्यले ब्रेकर उपलब्ध गराई सडक निर्माणमा सहयोग गरेका कारण अहिले आफ्नो क्षेत्रका सबै वडाका बस्तीमा सवारी साधन गुड्न थालिसकेको नौकुण्ड गापाका अध्यक्ष नुर्पु साङ्वो घलेले जानकारी दिनुभयो ।

निजीस्तरबाट जिल्लाको समग्र विकासमा सांसद मोहन आचार्यको सहयोग उल्लेखनीय भएको नागरिक समाजले जनाएको छ । भूकम्पपछि विस्थापित भई साविक हाकु गोगने मैलुङ हाल उत्तरगया गापा १ बाट बेत्रावती आसपासको त्रिशूली नदीस्थित खाल्टेबगरमा बसोबास गर्दै आएका २५० भन्दाबढी घर परिवारले आफ्नो थातथलो क्षेत्रमा बढी पहिरो भएका कारण खाल्टेबगर आसपासका क्षेत्रमा पुनः स्थान गराइदिन प्रदेश नं ३ का मुख्यमन्त्रीलगायत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष अनुरोध गरिएको भूकम्प विस्थापित आशावीर तामाङले बताउनुभयो ।

भूकम्प विस्थापितलाई जग्गा खरीद गर्न हालसम्म आठ कारोड ५६ लाख, जोखिम वर्गलाई थप ५० हजारका दरले ८८ लाख ५० हजार र आवास पुुनः निर्माणका लागि ९४ करोड ५७ लाख भुक्तानी भइसकेको र सम्झौता हुन बाँकी र जग्गा व्यवस्थापनको प्रक्रिया अगाडि बढिरहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका कामु प्रमुख थापाले जानकारी दिनुभयो ।