बट्टार चस्मा पसलबाट ट्राफिक प्रहरीलाई चस्मा प्रदान

फाल्गुन २१, २०७५ मा प्रकाशित | 1803 views

विदुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटमा कार्यरत ट्राफिक प्रहरीलाई सेवा प्रवाहमा सहज पु-याउन नुवाकोटको बट्टारबजारमा रहेको बट्टार चस्मा पसलले १९ थान चस्मा उपलब्ध गराएको  छ । बट्टार चस्मा पसलको तर्फबाट ट्राफिक प्रहरीलाई उपलब्ध गराएको चस्मा उक्त पसलका प्रो. सुजन सापकोटाले जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई प्रदान गर्नुभएको हो ।

सहयोग स्वरुप प्राप्त भएको चस्मालाई आज जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमको बीच जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जिल्ला ट्राफिक प्रहरीका इञ्चार्ज प्रहरी नायव निरीक्षक विकल भट्टराईलाई प्रदान गर्नुभयो ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक पल्लिमगरले सडकमा यात्रु सुरक्षार्थ परिचालन हुने ट्राफिक प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यात्रुहरुलाई सडकमा आवतजावत गर्दा धुलो तथा धुवाबाट बच्नको लागी चस्मा र मास्क लगाएर हिड्न आग्रह गर्ने गरेको र चालकहरुको आँखाको दृष्टि परीक्षण गरेर सेवा पु-याउदै आएको सममया ट्राफिक प्रहरीलाई अभाव रहेको आँखाको सुरक्षार्थ चस्मा प्राप्त हुन सराहनीय कार्य भएको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको लागी चस्मा प्राप्त हुन सानो सहयोग भएपनि नागरिक र प्रहरीबीचको सहकार्यको पक्ष र चस्माको प्रयोगबाट ट्राफिक प्रहरी स्वस्थ्य हुन पुग्ने सहयोग भने महत्वपूर्ण हुने बताउनुभयो ।

उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र बट्टारका अध्यक्ष उत्सव अर्यालले समुदाय–प्रहरी साझेदारी कार्यक्रम मार्फत गाँउ तथा टोलटोलमा प्रहरी पुगेर जनता र प्रहरीबीचको सहकार्य तथा अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम एंव सामाजिक क्षेत्रको विभिन्न गतिविधिमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।

ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामाग्रिको रुपमा चस्मा उपलब्ध गराउनुभएका बट्टार चस्मा पसलका लका प्रो. सुजन सापकोटाले व्यवसायको क्रममा सामाजिक उत्तरदायित्व अन्तरगत यसअघि विभिन्न विद्यालय तथा समुदायमा आँखा जाँच तथा परीक्षण एव स्वास्थ्य शिविर सञ्चालन गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन लागिरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web