वार्षिक परीक्षा आइरहेको भन्दै मंगलबार गर्ने भनेको विद्यालय बन्द नगर्न सरकारको चेतावनी

काठमाडौ ।  सरकारले शैक्षिक सत्रको अन्तिम अवस्था तथा वार्षिक परीक्षा नजिक आएकाले पठनपाठन प्रभावित गर्ने आन्दोलन नगर्न आग्रह गरेको छ ।

राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोधमा मंगलबार देशभरका सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने घोषणा गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै स्थानीय सरकारलाई निर्वाध रुपमा पठनपाठनको वातावरण मिलाउन पनि आग्रह गरेको छ ।

दुई दिनदेखि राहत तथा बाल विकासमा कार्यरत शिक्षकहरु आफूहरुलाई स्वतः स्थायी हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्दै काठमाण्डौमा प्रर्दशनमा उत्रिएका छन् ।

आफूहरुलाई स्वतः स्थायी हुने व्यवस्थासहित संघीय शिक्षक ऐन ल्याउन दबाब दिँदै सोमबार काठमाण्डौको नयाँ बानेश्वरमा गरेको राहत तथा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरुको प्रर्दशनमा प्रहरीले निषेधित क्षेत्र तोड्न लागेपछि हस्तक्षेप गरेको थियो ।

शिक्षा मन्त्रालयले भने व्यापक सहभागिता, छलफल र सबैको सुझावलाई समेटी शिक्षा विधेयक तर्जुमाको चरणमा रहेको जनाएको छ । ऐन निर्माण प्रारम्भिक चरणमै रहेकाले पनि मन्त्रलायले सम्बन्धित पक्षलाई आन्दोलनका कार्यक्रम नगर्न अनुरोध गरेको छ ।

विप्लव समूहका ३७५ नेता कार्यकर्ता पक्राउ

काठमाडौ ।  नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ३७५ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै गत वैशाखदेखि फागुनसम्म उक्त सङ्ख्यामा पक्राउ गरेको हो ।

फागुनमा पक्राउ पर्नेमा ३३ पुरुष र चार महिला छन् । फागुनमा पक्राउ परेकामध्ये धनकुटाबाट दुई, प्युठानबाट एक, झापाबाट दुई, सर्लाहीबाट तीन, पर्साबाट तीन, अछाम, मोरङ, ललितपुर, सुनसरी र तेह्रथुमबाट एक एक, इलामबाट पाँच र सिन्धुपाल्चोकबाट १७ रहेका छन् ।

पक्राउ परेकासँग प्रहरीले चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धका पर्चा पम्पेट, सैन्य तालिम गराउने दस्तावेजलगायतका सामाग्री बरामद गरेको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले राज्य विरुद्धका गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “पक्राउ परेकामध्ये केहीलार्य अनुसन्धान गरेर छाडेका छौँ र केहीलाई विभिन्न कसुरअन्तर्गत मुद्दा चलाएका छौँ”, उहाँले भन्नुभयो ।

नाम र केन्द्र परिवर्तन गर्ने स्थानीयतह बढे

काठमाडौ । स्थानीय तहको नाम र केन्द्र परिवर्तन गराउने सबैभन्दा बढी गाउँपालिका रहेका छन् । अहिलेसम्म ९८ स्थानीय तहका नाम र केन्द्र परिवर्तन गर्नेमा ९० गाउँपालिका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार गाउँसभा र नगरसभाबाट सिफारिस तथा प्रदेश सभाबाट अनुमोदित ४२ जिल्लाका ९८ गाउँपालिका र नगरपालिकाका नाम तथा केन्द्र परिवर्तन भएका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत दुर्गा दाहालले जानकारी गराउनुभयो ।

कूल ७५३ स्थानीय तहमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । उहाँका अनुसार नाममात्र परिवर्तन भएकामध्ये १७, नाम र केन्द्र परिवर्तन भएका ६० र केन्द्र मात्र परिवर्तन भएका २१ स्थानीय तह छन् ।
ऐनअनुसार स्थानीय तहले प्रदेश तहलाई केन्द्र परिवर्तनका लागि निवेदन दिने सक्ने र उक्त सिफारिससहित पत्र प्रदेश सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा नाम, केन्द परिवर्तन गर्नका लागि अनुरोध गर्न सकिने छ । मन्त्रालयले पठाएको नाम र केन्द्र परिवर्तन गर्ने सिफारिसलाई मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने व्यवस्था छ ।

नाम र केन्द्र परिवर्तन गर्ने जिल्ला

नाम र केन्द्र परिवर्तन गर्ने जिल्लामा ताप्लेजुङ दुई, पाँचथर एक, इलाम दुई, झापा एक, सुनसरी तीन, पर्सा तीन, सिन्धुली एक, रामेछाप एक, सिन्धुपाञ्चोक एक, काभ्रे दुई, रसुवा एक, नुवाकोट दुई, रुकुमपश्चिम एक, रुकुम पूर्व एक, दाङ एक, बाँके दुई, सल्यान तीन, दैलेख एक रहेका छन् ।

यस्तै धनकुटा तीन, भोजपुर एक, सोलुखम्बु दुई, खोटाङ पाँच, उदयपुर एक, सप्तरी एक, धनुषा एक, धादिङ दुई, मकनापुर चार, चितवन एक, गोरखा तीन, लमजुङ एक, तनहँु एक, स्याङजा एक, कास्की दुई, मनाङ तीन, मुस्ताङ दुई, म्याग्दीका दुई स्थानीय तहले नाम र केन्द्र परिवर्तन गरेका छन् ।

यसैगरी पर्वत दुई, पूर्वनवलपरासी एक, गुल्मी दुई, कपिलवस्तु एक, अर्घाखाची एक, रोल्पा तीन, जाजरकोट तीन, डोल्पा दुई, कालिकोट एक, हुम्ला एक, बाजुरा पाँच, बझाङ एक, डोटी दुई, डडेल्धुरा एक, बैतडी एक र दार्चुलाका दुई स्थानीय तहले नाम र केन्द्र परिवर्तन गरेका छन् ।

प्रहरीले ज्यादती गरेको भन्दै शिक्षकको धर्ना नाकातर्फ केन्द्रित

काठमाडौ । सामूदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत राहत तथा बालविकास शिक्षकहरुले शान्तिपूर्ण आन्दोलन गरिरहँदा आफूहरुलाई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् ।
राहत शिक्षक केन्द्रिय समिति र बालविकास शिक्षक केन्द्रिय समितिले संयुक्त रुपमा सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् । यसको विरोधमा समितिले भोलि फागुन २१ गते देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गर्दै आम शैक्षिक हड्तालमा उत्रिने घोषणा गरेको छ ।
आज साँझ नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले आफूहरुमाथि ज्यादती गरेको र महिला शिक्षकहरुमाथि दुव्र्यवहार गरेको राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । उनले भने,‘देशव्यापी रुपमा सामूदायिक विद्यालय बन्द गरेर शैक्षिक हड्ताल गर्दापनि हाम्रो माग पूरा भएन भने हामी आउँदै गरेका विद्यालयका वार्षिक परीक्षा र एसईई परीक्षासम्म अवरोध गर्न बाध्य हुन्छौं ।’
उनले भने,‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि प्रहरीले हस्तक्षेप, ज्यादती गर्यो । अब हामीलाई संघीय राजधानी काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्न दिँदैन भने हामी बाध्य भएर काठमाडौं प्रवेश गर्ने नाकाहरुमा धर्ना बस्छौं ।’
उनकाअनुसार प्रहरीले आज साँझ गरेको दुव्र्यवहार तथा धरपकडमा परी दर्जनौं शिक्षकहरु सख्त घाईते भएका छन् । अधिकारीले भने,‘हिजो र आज गरेर हाम्रा सयौं साथीहरु प्रहरीको ज्यादती र दुव्र्यवहारबाट सख्त घाईते हुनुभएको छ । कतिपयको अस्पतालमा अहिलेपनि उपचार भैरहेको छ । केही साथीहरुलाई अहिले पनि प्रहरी हिरासतमा राखिएको छ ।’
बलजफ्ती गरेर पक्राउ गरिएका आफ्ना सहकर्मी साथीहरुलाई तत्काल रिहाई गर्नसमेत उनले माग गरे । पक्राउ पर्नेहरुमा गोकुल रोकाय, कृष्णराज विष्ट, जनक भण्डारी, दुर्गा शाक्य र गोविन्द ढाँट रहेका छन् । उनीहरुलाई अहिले काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पुलिस क्लबमा राखिएको छ ।
पत्रकार सम्मेलनमा बालविकास शिक्षक केन्द्रिय समितिकी केन्द्रीय अध्यक्ष कृष्णकुमारी थापामगरले आफू स्वयमसमेत घाईते भएको बताईन् । उनले शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफूहरुमाथि प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश पोखिन् ।
उनले थपिन्,‘हामी शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिन्छौं । आन्दोलनको लागि अहिलेपनि विभिन्न जिल्लाबाट हजारौंको संख्यामा बालविकास शिक्षकहरु काठमाडौं आउने क्रम जारी छ ।’ थापा प्रहरीले प्रहार गरेको अश्रुग्याँसबाट घाईते भएकी छिन् ।
कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रिय समितिका उपाध्यक्ष शारदा तिमिल्सिना र समितिका बरिष्ठ सह–अध्यक्ष वीरेन्द्र कुमार मल्ल, सल्लाहकार संयोजक गणेश ओझाले पनि प्रहरीको ज्यादती र दमनको विरोध गरेका थिए । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उद्धघोषसमेत गरेका छन् ।
त्यस्तै कार्यक्रममा संयुक्त समितिको तर्फबाट प्रेस विज्ञप्ती भने नेपाल राहत शिक्षक केन्द्रिय समितिका महासचिव कर्ण बहादुर मगरले वाचन गरेका थिए ।
८० हजार राहत र बालविकास शिक्षकहरु पेशागत गुणस्तर र सुरक्षाको खातिर विगत लामो समयदेखि विभिन्न मागहरु राख्दै संघर्षरत रहेको पनि उनीहरुले जनाएका छन् । उनीहरुले जारीगरेको विज्ञप्तीमा भनिएको छ,‘२०६२÷६३ पछाडि देशमा विकास भएको राजनैतिक घट्नाक्रमबाट भएका उपलब्धिलाई संस्थागत गर्नेक्रममा हाल हामी संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्थामा छौं । यसरी मुलुक संघीयतामा प्रवेश गरेसँगै शासकीय स्वरुप पनि परिवर्तन हुने क्रममा नेपालको शिक्षा क्षेत्रमा शिक्षा ऐन २०२८ खारेज भई नयाँ संघीय शिक्षा ऐन २०७५ आउने संघारमा हामी उभिएका छौं ।’
समितिले जारी गरेको संयुक्त विज्ञप्तीको पूर्णपाठ
प्रेस विज्ञप्ती
मितिः २०७५-११-२०
नेपालको सामुदायिक विद्यालयमा विगत लामो समय देखी कार्यरत झण्डै ८० हजार राहत र बालविकास शिक्षकहरु पेसागत गुणस्तर र सुरक्षाका खातिर विगत लामो समयदेखि विभिन्न मागहरु राख्दै संघर्षरत रहेको व्यहोरा सर्बविदितै छ ।
२०६२÷२०६३ पछाडी देशमा विकास भएको राजनैतिक घटनाक्रमबाट भएका उपलव्धीलाई संस्थागत गर्नेक्रममा हाल हामी संघीय लोकतान्त्रीक गणतन्त्र राज्य व्यवस्थामा छौ । यसरी मुलुक संघीयतामा प्रवेश गरे संगै शासकिय स्वरुप पनि परिवर्तित हुने क्रममा नेपालको शिक्षा क्षेत्रमा शिक्षा ऐन २०२८ खारेज भई नयाँ संघीय शिक्षा ऐन २०७५ आउने संघारमा हामी उभिएका छौं ।

यस सन्दर्भमा सामुदायिक विद्यालयमा कामगर्ने हामी शिक्षाकर्मि पेशागत न्याय, सुरक्षा र स्थायित्वको लागि संघीय शिक्षा ऐनमा नितिगत सुनिश्चितता हुनुपर्छ भनि हामिले छुट्टा छुट्टै र संयुक्तरुपमा लविङ, छलफल, अन्तरक्रिया, ध्यानाकर्षण गर्ने गराउने काम सम्पन्न गरिसकेका छौं । यसो हुदा हुदै पनि हामीले उठाएका मागहरु बारे संघीय शिक्षा ऐनको मस्यौदामा हाम्रो मागहरुलाई उपेक्षा गरिएको देखिएकोले यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यी सबै पक्षहरुलाई संष्लेषण विश्लेषण गर्दै मिति २०७५ फागुन १६ गते नेपाल राहत शिक्षक समिति र बाल विकास शिक्षक समितिको संयुक्त बैठकले तपशील अनुसारका  संघर्ष कार्यक्रमहरु गर्ने निर्णय गरि कार्यक्रमहरु सार्बजनिक गरिएको छ ।

सबै प्रकारका आन्दोलनमा हाम्रो अभिभावकीय संस्था नेपाल शिक्षक महासंघलाई नेतृत्वदायी भूमिका निर्वाह गरी हाम्रा मागहरुलाई निचोडमा पु-याउन भुमिका निर्वाह गरिदिनका लागि हार्दिक अनुरोध गर्दछौ । सम्बन्धित पक्षले हाम्रा मागहरु समयमै सम्बोधन नगरे आन्दोलनबाट उत्पन्न हुने सबै खाले परिस्थितिका लागि नेपाल सरकार स्वयमं नै जिम्मेवार हुने व्यहोरा सम्बन्धित सबैमा यो प्रेस विज्ञप्ती मार्फत जानकारी गराईन्छ । साथै देश भरका  राहत र वालविकास शिक्षकहरु आन्दोलनका कार्यक्रममा अनिवार्य उपस्थितका लागि हार्दिक आह्वान गरिन्छ ।
संघर्षका कार्यक्रमहरुः
१.मिति २०७५ फागुन १६,१७ र १८ गते नेपाल शिक्षक महासंघ संग सहकार्य गर्दै महासंघलाई साथमा लिएर सरकार तथा सरोकारवालाहरु संग राहत÷बालबिकास शिक्षकहरुको स्थायी व्यवस्थापनको लागी समन्वयन गर्ने । साथै प्रदेश, जिल्ला र स्थानिय समितिले आ–आफ्नो निकायमा सरोकारवालाहरु संग अन्तरक्रिया तथा व्यापक प्रचार प्रसार गर्ने । १८ गते सम्ममा हाम्रो पक्षमा कुनै निकास आउन नसके १९ गते देखि अनिश्चितकालिन काठमाडौं घेराउ आन्दोलनमा ४० हजार राहत शिक्षकहरु र ३६ हजार बालविकास शिक्षकहरु अनिवार्य सहभागी हुने ।
२ मिति २०७५ फागुन १९ गते देखिको आन्दोलनको क्रममा आवश्यकता अनुसार देशभरको विद्यालय ठप्प पार्दै नजिकिदै गरेको बेसिक लेवलको परीक्षा र एसईई परीक्षालाई असहयोग गरि शैक्षिक हडताल कार्यक्रम सम्म गर्ने ।
३ मिति २०७५ फागुन १९ देखि संचालित आन्दोलनमा आउदा सकेसम्म अनिवार्य विद्यालयको पोशाकमा उपस्थित हुने ।
४. आन्दोलनमा आउनु अगाडि प्रत्येक जिल्ला तथा स्थानिय तहले जिल्ला समन्वय ईकाइ तथा स्थानिय शिक्षा शाखा र विद्यालयमा कार्यक्रमको बारेमा जानकारी गराउनुपर्ने ।
५. मिति २०७५ फागुन २१ गतेदेखि देशभरिका सम्पूर्ण विद्यालय बन्द गर्दै आम शैक्षिक हड्ताल गर्ने ।

सुष्मा के.सी.             कर्ण बहादुर मगर              कृष्ण कुमारी थापा मगर               खेमराज अधिकारी
महासचिव                महासचिव                           अध्यक्ष                         अध्यक्ष
बालविकास शिक्षक केन्द्रीय समिति    राहत शिक्षक केन्द्रीय समिति         बालविकास शिक्षक केन्द्रीय समिति    राहत शिक्षक केन्द्रीय समिति

देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड

काठमाडौ ।  महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर, कपिलेश्वर महादेवको मन्दिर तथा काठमाडौ स्थित पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

पर्वका अवसरमा आज दुप्चेश्वर गाँउपालिका वडा नं. ६ स्थित नेपालको प्रसिद्ध शिव भगवान दुप्चेश्वर महादेवको मन्दिरमा बिहानैदेखि पूजाआरधना तथा दर्शन गर्न भक्तजनको उल्लेख्य सहभागिता रहेको गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ । आजको दिन दुप्चेश्वरमा भक्तजनको दर्शन गर्न उल्लेख्य दर्शनार्थी पुग्ने भएकाले सहज वातावरण बनाउन आफुहरु सक्रिय रहेको वडाध्यक्ष किशोर आचार्यले जानकारी दिनुभएको छ ।

यसैगरी आज काठमडौमा बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बिहानैदेखि लाखौँ भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाममा बसेका छन् । आज पशुपति मूल मन्दिर प्रवेशका लागि बाहिरबाट तीन मूल मन्दिर परिसरमा प्रवेश गरेपछि पाँच लाइनको व्यवस्था गरिएको छ ।

मित्रपार्क तथा गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट एक÷एक गरी दुई, जयबागेश्वरी–इट्टापाखा–भुवनेश्वरी अघिको सानो फलामे ढोका हुँदै पश्चिम प्रवेशद्वारबाट एक, बत्तिसपुतली, गौशाला तथा विमानस्थल गौशाला भएर पिंगलास्थान–सुमार्गी भवन–चारशिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट एक÷एक गरी दुई लाइनको व्यवस्था गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुुभयो ।

ज्येष्ठ नागरिक र अशक्तले भने पशुपतिनाथ मन्दिरमा दर्शन गर्न लाइनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । दर्शनका लागि कुनै पनि किसिमका पासको व्यवस्था नगरिएकाले अन्य सबैले लाइन बसेरै दर्शन गर्नुपर्ने छ ।

दिउँसो भक्तजनको भीड बढी भएमा तिलगङ्गा–राम मन्दिरतिरबाट पूर्वढोका हुँदै मन्दिर प्रवेश गर्ने एक लाइनको व्यवस्था गर्ने गरी तयारी गरिएको सदस्य सचिव ढकालले बताउनुभयो । पशुपतिनाथका नियमित दर्शनार्थीले बिहान ७ बजे अघि नै भुवनेश्वरी अघिको सानो फलामे ढोकाबाट प्रवेश गरी दर्शन गरिसक्नुपर्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तिलगङ्गा, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त गौशाला, सिफलचौर, गुह्येश्वरी पारीको खाली भाग गरी पाँच स्थानमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । विमानस्थल–गौशाला–चाबहिल चक्रपथमा दर्शनार्थीको चापअनुसार सवारी एकतर्फी गरिने जनाइएको छ ।

हंसमण्डपमा भरत नाट्य र अन्य कलाकारले बिहानैदेखि भक्तिसङ्गीत कार्यक्रम प्रदर्शन शुरु गरेका छन् । आइतबारदेखि नै पश्चिम मूल ढोका अघि शिव र शक्तिसँग सम्बन्धित विद्युतीय झाँकी प्रदर्शन शुरु गएिको छ । पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।

मेलामा प्लाष्टिक झोला एवं सामग्री नल्याउन पनि कोषले भक्तजनमा आह्वान गरेको छ । फागुनकृष्ण चतुर्दशीमा पशुपतिनाथको शिवलिङ्ग उत्पत्ति भएकाले यस दिन शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथसँगै आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर, वसन्तपुरस्थित शिव मन्दिरलगायत उपत्यका बाहिरका खोटाङको हलेसी धाम, अछामको वैजनाथ धाम, सिन्धुलीको कुशेश्वरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

महाशिवरात्रिको अवसरमा आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले दर्शन एवं पूजाआजा गर्नुहुने कार्यक्रम रहेको कोषले जनाएको छ ।

अनुदानको सेवा लिन ककनी गाँउपालिकाको आह्वान

रानीपौवा । जनताको चाहना अनुसार सेवा पु-याउदै आएको नुवाकोटको ककनी गाँउपालिकाले किसानलाई प्रोत्साहन तथा व्यवसायिक कृषि खेतीलाई आधुनिकीकरण गरी आम्दानी बृद्धिको लागी अनुदानका थप कार्यक्रम सञ्चालनमा ल्याउन लागेको छ ।

त्यसको लागी बार्षिक स्वीकृत कार्यक्रम अनुसार सूचना मार्फत किसानलाई सेवाको लाभलिनको लागी गाँउपालिका अन्तरगत रहेको कृषि विकास शाखाले सूचना जारी रहेको उपाध्यक्ष सिता खतिवडा लामाले जानकारी दिनुभयो । उहाँको अनुसार चालक आर्थिक वर्षको लागी बार्षिक स्वीकृत कार्यक्रम अन्तरगरत विभिन्न चार बिधाको सुविधा लिनको लागी यही फागुन १६ गते कृषि शाखाले १५ दिनभित्र निवेदन दिनको लागी आग्रह गरेको हो ।

कृषि शाखाले जारी गरेको सूचना अनुसार कृषि सहकारी, कृषि समूह र कृषि र्फमहरुलाई ७० प्रतिशत अनुदान स्थायी टनेल, ५० प्रतिशत अनुदानमा मौरी सहित घार, आवश्यक कृषि चुना र साना सिचाई निर्माण एंव मर्मतसम्भार तथा सिचाई पोखरी निर्माणमा अनुदान उपलब्ध गराउन लागिएको छ ।

गाँउपालिकाले उपलब्ध गराएको सेवाको लाभ लिन तथा सो लाभ लिएर कृषि क्षेत्रको विकास, प्रबद्धन, प्रचारप्रसार तथा व्यवसायिकरण र आधुनिकीरण मार्फत कृषि पेशालाई सम्मानित पेशाको रुपमा उजागर बनाउनको लागी गाँउपालिका अध्यक्ष मानबहादुर लामाले आग्रह गर्नुभएको छ । गाँउपालिकामा निर्वाचित जनप्रतिनिधिको पहलमा कृषि क्षेत्रको लागी ककनी गाँउपालिकाले किसानको चाहना अनुसारका अनुदान तथा सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता दिने पनि उहाँले जानकारी दिनुभएको छ ।

ककनी गाँउपालिका कृषि विकास शाखाले जारी गरेको सूचना यस प्रकार छ ।

मैलुङबाट सिधै रसुवागढी भएर केरूङ जाने अन्तर्राष्ट्रिय सडक सञ्चालनमा आएन

रसुवा । राजमार्ग निर्माण भएको ११ महीना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबँेसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिए पनि अहिलेसम्म सञ्चालनमा नल्याई राज्यको लगानीमा सडक प्राविधिकले बेवस्ता गरी बसेकाले यस्ता प्राविधिकलाई सरकारको कडा निर्देशन दिन आवश्यक देखिएको स्थानीय बासिन्दाले बताएका छन् ।

उक्त राजमार्गको सडक नेपाली सेनाद्वारा सरकारले तोकेको २० महीनाको समयावधिभित्रै २०७५ साल वैशाख ६ गते एक विशेष कार्यक्रमका बीच सडक विभागलाई हस्तान्तरण गरिएको थियो ।

तत्कालीन समयमा सुरक्षा जाँच चौकीको अभावमा यातायात चलाउन रोक लागि वर्षायामको पहिरोले अधिकांश भाग क्षति पु¥याएको र गल्छीदेखि नै त्रिशूली नदी किनारको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं कालोपत्रे टेवा पर्खाल लगाई दिगो व्यवस्थापन गर्ने कार्य नीतिअनुरूप नयाँ ट्र्याक खोलिएको मैलुङ सडकको डिपिआरसहित बोलपत्र प्रक्रिया अगाडि बढी रहेकाले नीतिगत रूपमा काम गर्न केही ढिलाइ भएको गल्छी, त्रिशूली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुवोद देवकोटाले जानकारी दिनुभयो ।

पहिरोले सडकमा ल्याएको ढुङ्गा फुटाउन एउटा ढुङ्गामा ३० वटाभन्दा बढी प्वाल पारेर राखिएको छ । मङ्गलबारदेखि नेपाली सेनाबाट हुने विष्फोटनपछि मैलुङ–स्याफ्रुबेँसी खण्डको सडक फागुन महीना भर सिङ्गल लेनको ट्रक खुलाउने लक्ष्य लिइएको समेत प्रमुख देवकोटाले जानकारी दिनुभयो ।

गल्छीदेखि त्रिशूली, बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँयीतर्फको सञ्चालित १०५ किमी राजमार्गभन्दा गल्छी, त्रिशूली, बेत्रावती मैलुङ–स्याफ्रुबेसीबाट रसुवागढीसम्म ८३ किलोमिटरको छोटो दूरी भएको र धुम्तीमोड कमी भएका कारण सवारीसाधन गुडाउन सहज भएकाले छिटोभन्दा छिटो मैलुङतर्फको राजमार्ग सञ्चालन गरी दिन नेपाल–केरूङ ओहरदोहोर गर्ने मालवाहक सवारी साधनका चालकले आग्रह गरेका छन् ।

विप्लव समर्थित १७ कार्यकर्ता प्रहरी नियन्त्रणमा, सबैलाई मुद्धा लगाएर हिरसतमा राखिने

चौतारा । रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका–१० कार्कीटारबाट गए राति एक व्यक्तिको घरमा सुतिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई राज्य विरुद्धको अपराधअनुसार मुद्दा चलाइने र थप अनुसन्धानका लागि आज जिल्ला अदालतबाट १० दिनको म्याद थप भएको प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा १३ पुरुष र चार महिला छन् । उनीहरुको साथबाट सैन्य तालीम गराउने दस्तावेज, चन्दा सङ्कलनको लेटरप्याड, सरकार विरुद्धको पर्चा पम्पलेटलगायत कागजात बरामद गरिएको छ । जिल्लाका व्यवसायी, क्रसर उद्योग, कर्मचारी, शिक्षकलगायतबाट चन्दा असुली गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महाशिवरात्रि पर्वमा गाडी व्यवस्थापन गर्न ५८२ प्रहरी परिचालन

काठमाडौ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ ।

महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी बरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्धारिका होटलबाट गौशाला, सिफलबाट जयबागेश्वरी, लामापोखरी कुटुबहाल हुँदै मित्रपार्क, गौरीघाटबाट मित्रपार्क, तिलगङ्गाबाट गौशालाका सवारीसाधनलाई प्रवेश निषेध गरेको छ ।

यस्तै दर्शनार्थी र विदेशी पर्यटकलाई वाइसिएल मार्ग, कोषका सवारीसाधन र संस्थानका सवारीसाधनलाई देवउद्यानस्थित कोषको कार्यालय, स्थानीय दर्शनार्थीलाई सिफलचौर र बाग्मती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारीसाधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइको महाशाखाले जनाएको छ ।

पुरानो बसपार्क–सिंहदरबार–नयाँ बानेश्वर–तीनकुने हुँदै गौशाला चल्ने सवारीसाधनलाई सोही रुट फिर्ता, पुरानो बसपार्क, जमल, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल हुँदैँ साँखुसम्म जाने व्यवस्था मिलाइएको छ । कालोपुल हुँदै कपन चल्ने सवारीसाधनलाई लाजिम्पाटबाट महाराजगञ्ज जाने व्यवस्था मिलाइएको छ ।

यसैगरी सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर हुँदै बौद्धसम्म चल्ने माइक्रोबस तथा टेम्पोलाई कृष्णपाउरोटी–नक्साल–चावहिल हुँदै बौद्धसम्म, जोरपाटीबाट सुन्धारा आउने माइक्रोबसलाई नारायणगोपालचोक हुँदै सुन्धारा जाने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । पास भएका सवारीसाधनलाई भने नक्साल, भगवतीबहाल, सानो गौचरण, कालोपुल हुँदै सिफल आउने र फर्कदा सिफल, चाबहिल गणेशस्थान हुँदै चाबहिल निस्कने गरी मार्ग कायम गरिएको छ । प्रहरी बरिष्ठ उपरीक्षक पन्तले शिवरात्रिमा ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ५८२ ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

फेसबुक र ट्वीइटर बन्द गर्ने विषयमा सरकारले यसो भन्यो

काठमाडौ ।  सामाजिक सञ्जाल फेसबुक र ट्वीइटर बन्द गर्नेसम्बन्धी कुनै सूचना प्रकाशित नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सह–सचिव एवं प्रवक्ता ऋषिराम तिवारीले आज एक विज्ञप्ति जारी गरी मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक र ट्वीइटरजस्ता सामाजिक सञ्जाल पूर्णरुपमा बन्द गरिनेजस्ता भ्रामक सूचना फेसबुकलगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पोष्ट गरी टिप्पणीसमेत गरिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

“मन्त्रालय र अन्तर्गतबाट कुनै पनि सामाजिक सञ्जाल वन्द गर्नेसम्बन्धी सूचना प्रकाशित नभएको र त्यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्ति उपर कानूनी कारवाही गर्न प्रक्रिया शुरु भइसकेको तथा सामाजिक सञ्जाल सञ्चालकलाई त्यस्ता भ्रामक सूचना सामाजिक सञ्जालबाट हटाउन अनुरोध गरिसकिएको छ” विज्ञप्तिमा भनिएको छ ।

त्यस प्रकारको गलत र भ्रामक सूचना आ–आफ्नो सामाजिक सञ्जाल खाताबाट पोष्ट, रिपोष्ट, लाइक गरेको भए हटाउन र नगर्नसमेत मन्त्रालयले सम्बन्धित सबैलाई विज्ञप्तिमा अपिल गरेको छ ।

भरतमोहनको त्यो प्रस्ताव, जसका कारण दोहोर्‍याएर खेल्न पाएन दरवार

काठमाडौं ।  तत्कालिन राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा मन्त्रीपरिषद् तथा संसद्लाई विघटन गरी सम्पूर्ण राज्यसत्ता कब्जामा लिएको घोषणा गरेपछि देशभर संकटकाल लागू भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा त्यसको व्यापक विरोध भइरहेको थियो ।  तर, ज्ञानेन्द्र आफ्नो निर्णयबाट पछि हट्ने कुनै छाँटकाँट देखाइरहेका थिएनन् । त्यहीवेलामा युद्धरत नेकपा(माओवादी) र आन्दोलनरत ७ राजनीतिक दलहरुका बीचमा दिल्लीमा १२ बुँदे सम्झौता भयो । त्यही सम्झौताको जगमा माओवादीले युद्धको बाटोलाई छोडेर शान्तिपूर्ण आन्दोलनको बाटो रोज्यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रत्यक्ष रुपमा ७ राजनीतिक दल र अप्रत्यक्षरुपमा संघर्षरत माओवादीको बलशाली उपस्थितीमा २२ चैत २०६२ देखि ११ वैशाख २०६३ सम्म १९ दिने जनआन्दोल चल्यो । त्यसैको जगमा लोकतान्त्रीक गणतन्त्रको स्थापना भयो र देशमा संविधान सभाको निर्वाचन दुईपटक लगाएर सम्पन्न गर्दै नयाँ संविधान समेत निर्माण भयो । त्यही संविधानको जगमा अहिले देशमा नयाँ सरकार गठन भएको छ ।

उक्त आन्दोलनको उपलब्धिमूलक अवतरणमा तत्कालीन राजनीतिक दलहरुको भूमिका नै सबैभन्दा महत्वपूण थियो । तर, त्यसभित्रका प्राविधिक विषयमा राजनीतिक दलका नेताहरुको व्यक्तिगत भूमिका पनि कम महत्वपूर्ण भने थिएन ।

दोस्रो जनआन्दोलन निकै उत्कर्षमा पुगेको समय थियो । देशैभर सल्किएको आन्दोलनको मसाल त्यत्तिकै निभ्ने कुनै छाँटकाँट थिएन । १९ दिन लामो आन्दोलनको रापतापले राजा ज्ञानेन्द्रको अवस्था धर्मराई सकेको थियो । उनले वैशाख ८ गते वक्तव्य निकानेर ‘आन्दोलनकारी पार्टीले प्रधानमन्त्रीको नाम दिएमा उसैलाई प्रधानमन्त्री बनाएर जनताको नासो जनतालाई नै दिने’ आशय प्रकट गरेका थिए । तर, ९ गते आन्दोलनले झन चर्को रुप लियो । थकित मनस्थितीमा पुगेका राजा सहमतिको बाटो खोज्दै थिए । सडकको शक्तिको अगाडि उनको केही लाग्नेवाला थिएन । चालबाजी भने अनेक चालिरहेका थिए ।

वैशाख ११ गतेको साँझ तत्कालीन नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी कलंकीको डेरामा बसिरहेका थिए । रातको ९ बजे दरबारका मुख्यसचिव पशुपतिभक्त महर्जनले फोन गरेर ‘तत्काल भेट्न’ आग्रह गरेपछि नेपाल र अधिकारीले आन्दोलनका कमान्डर गिरिजाबाबु बिना नभेट्ने बताए । ‘उनीसँग पनि कुरा भएकोले आउन आग्रह’ गरिसकेको भनेपछि दुवै जना गिरिजा निवास महाराजगञ्ज पुगे ।

बैठकमा गिरिजाबाबुसहित कांग्रेसका नोना कोइराला, दिलेन्द्र बडु, महेश आचार्यलगायत नेताहरु थिए भने एमालेबाट माधवकुमार नेपाल, भरतमोहन अधिकारी र अमृत बोहोरा उपस्थित थिए । दरबारका तर्फबाट भने मुख्यसचिव पशुपतिभक्त महर्जन मात्रै थिए । मुख्यसचिव महर्जनले बैठकमा प्रस्ताव पेश गरे । प्रस्ताव एक कपी मात्रै भएकोले सबैले पालैपालो पढे ।

प्रस्तावमा ‘प्रतिनिधिसभा पुनःस्थापना गरेको’ र ‘प्रतिनिधिसभाको बैठक कहिले, कुन समयमा, कहाँ बस्ने भन्ने विषयमा सभामुखले राजनीतिक पार्टीसँग परामर्श गरेर जाहेर गर्ने’ भन्ने लेखिएको थियो । बैठकमा उपस्थितमध्ये महेश आचार्य बाहेक कसैले कुनै प्रतिक्रिया जनाएका थिएनन् । भरतमोहनले मुख खोले ।

यो अर्मूत वाक्य लेख्नुको पछाडि दरबारको राजनीतिक दललाई अल्झाएर आन्दोलन रोक्ने तिगडम हो भन्ने बुझेपछि भरतमोहनले भने ‘प्रतिनिधिसभाको बैठक कहाँ गर्ने समय र स्थान पनि तोकिनुपर्छ ।’

‘पशुपतिजीले ल्याएको ड्राफ्टमा शंका गर्ने ठाउँ थियो । राजाको नियत प्रतिनिधिसभा पुनःस्थापना गरिदिने । बैठक बोलाउनेसम्बन्धि परामर्श गर्न सभामुख तारानाथ रानाभाटलाई जिम्मा दिने । उनले दलहरुसँग परामर्श गरेर दिन बिताउँदै जाने र फेरि नयाँ खेल सुरु हुने हो कि’ भन्ने मेरो आशंका थियो’ उक्त प्रस्ताव राख्नुको रहस्यबारे अधिकारीले आफ्नो पुस्तक ‘संसददेखि संविधानसम्म’मा लेखेका छन्, ‘यस्तो चलखेल नहोस् भनेर मैले त्यो प्रस्ताव राखेको थिएँ ।’

भरतमोहनको प्रस्तावमा गिरिजाबाबु र माधवकुमार नेपालले पनि सही थपे । तर पशुपतिभक्तले भने आनाकानी गरे । गिरिजाले ‘यही प्रस्तावलाई राजालाई सुनाएर आउ त्यसपछि टुंग्याउँला’ भनेपनि पशुपतिभक्त मान्न तयार भएनन् । आफूलाई राजाले सम्पूर्ण अधिकार दिएको भन्दै उनले ‘तपाईले भनेकै मिति, समय र स्थानमा बैठक आह्वान हुन्छ, आजै संघर्ष स्थगितको घोषणा गर्नुपर्‍यो’ भनेर आग्रह गरे । ‘पहिले ड्राफ्ट तयार गर्नुहोस्, त्यसपछि हामी गरौँला’ भन्दै रातको ११ बजे बैठकबाट सबै निस्किए ।

को हन् अधिकारी ? जसले राजनीतिक यात्रा, पिएचडीको छात्रवृत्ति त्यागेर आन्दोलनमा होमिए

काठमाडौं । महोत्तरी जिल्लाको भ्रमरपुरा गाउँमा २२ वैशाख, १९९३ मा जन्मिएका अधिकारी नेपालको वामपन्थी आन्दोलनको पहिलो पुस्ताका नेता हुन् ।

राणा शाहीले पिता रामचन्द्रको सुब्बा जागिर खोसेपछि अधिकारी परिवार वीरगञ्ज हुँदै बिराटनगर पुग्यो, जहाँ भरतमोहनसहित उनका दाजुभाइले मावली विपी परिवारको सामिप्यतामा प्रारम्भिक स्कूले शिक्षा आर्जन गरे । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

२००७ सालको क्रान्तिताका अध्ययनको सिलसिलामा बनारसमा पुगेका अधिकारी कम्युनिस्ट विचारधारा नजिकका नेपाली विद्यार्थीहरूले खोलेको ‘स्टडी सर्कल’मा संलग्न भए । भारतीय कम्युनिष्ट पार्टीलाई निर्वाचनमा सघाउने क्रममा १६ वर्षीय अधिकारीले २००९ सालमै भारतीय कम्युनिष्ट पार्टीको सदस्यता लिए ।

२०१४ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको दोस्रो महाधिवेशन ९फोहरा दरबार०मा प्रतिनिधिका रुपमा सहभागी अधिकारी २०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए । भारतबाट अर्थशास्त्रमा एमए गरेपछि तत्कालीन सोभियत सरकारले अधिकारीलाई मस्कोमा पिएचडीको छात्रवृत्ति दिएको थियो । तर, छात्रवृत्ति त्याग गर्दै अधिकारी तत्कालीन राजा महेन्द्रको निरंकुश तानाशाहीविरुद्धको आन्दोलनमा होमिएका थिए ।

तेस्रो महाधिवेशनपछि कम्युनिष्ट पार्टीमा विभाजनको शृंखला सुरु भएपछि पूर्व कोशी प्रान्तीय कमिटीमा संगठित भएका अधिकारीले २०२८ सालमा मनमोहन अधिकारी र निर्मल लामा समूहसँग मिलेर केन्द्रीय न्यूक्लियस गठन गरेका थिए । २०३५ सालमा नेकपा मनमोहन समूहका पोलिटब्यूरो सदस्यमा निर्वाचित अधिकारी ०४३ मा साहना प्रधानले नेतृत्व गरेको नेकपा पुष्पलाल समूहको एकतापछि बनेको नेकपा मार्क्सवादीको पोलिट ब्यूरोमा निर्वाचित भएका थिए ।

पञ्चायत ढाल्नका लागि संयुक्त जनआन्दोलनमा जोड दिँदै अधिकारी ०४४ मा गठित संयुक्त वामर्मोचाको सदस्य बने । ०४६ को जनआन्दोलन तत्कालीन मार्क्सवादीका तर्फबाट वामर्मोचाको एउटा कमाण्डरका रुपमा सहभागी भए । जनआन्दोलनको सफलतापछि विश्वनाथ उपाध्याय नेतृत्वको संविधान मस्यौदा आयोगमा एक मस्यौदा कारका रुपमा उनले लोकतान्त्रिक अधिकार सुनिश्चित गरिएको प्रगतिशील संविधान निर्माणमा भूमिका खेले ।

०४७ मा तत्कालीन माले–मार्क्सवादी एकीकरणबाट नेकपा एमाले निर्माणमा वार्ता टोलीमा अगुवाई गर्दै उनी एकीकृत पार्टी निर्माणका लागि केन्द्रीय भूमिकाका साथै मदन भण्डारीलाई जनताको बहुदलीय जनवादको कार्यक्रम बनाउने सहयोगी भूमिकामा थिए ।

पार्टी एकीकरणपछि तत्कालीन एमालेमा उनी करिब २५ वर्ष लगातार स्थायी समिति सदस्य बने । ०७२ मा काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट पार्टी कामबाट स्वेच्छिक अवकास लिएका अधिकारी अस्वस्थताका बाबजुद वृद्धहरुको हक–हितका लागि सामाजिक अभियान र रचनात्मक कामका साथै बिभिन्न पत्रपत्रिकाहरुमा लेखनको काममासमेत सकृय थिए । उनी ०६१ माघ १९ पछि ८१ दिन नजरबन्दमा पनि परेका थिए ।

विसं २०५९ सालमा बनेको सरकारको पालामा अर्थमन्त्री भएक नेता अधिकारीले वृद्ध भत्ता कार्यक्रम ल्याएका थिए । उनले ल्याएको वृद्ध भत्ता कार्यक्रम पछिल्लो समयमा सबै सरकारमा प्रदान गर्दै आएको थियो । राजनीतिक अवधिभर उनी २ पटक उपप्रधानमन्त्री, ४ पटक अर्थमन्त्री र १ पटक निर्माण यातायत मन्त्री बनेका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web