बयालीस स्थानीय तहमा अझै पुगेनन् बैंकका शाखा, यस्तो छ कारण

काठमाडौ । मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेका छन् ।

सरकारले वित्तीय पहुँच पु-याउने लक्ष्यका साथ सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु-याउने लक्ष्य राखेको भए पनि अझै शाखा पुग्न नसकेका हुन् । सरकारले स्थानीय तहमा नै बैंकका शाखा पु¥याई वित्तीय पहुँच पु¥याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकका शाखा पु¥याएर वित्तीय पहुँच पु-याउने लक्ष्य राखिएको छ । बैंकको विवरणअनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १२९ बैंकका शाखा खुलेका छन् ।

यस्तै प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये १३३ वटामा शाखा खुलेका छन् । सो प्रदेशमा तीन वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छन् । प्रदेश नं ३ का ११९ स्थानीय तहमध्ये ११४ वटा शाखा खुलेका छन् । सो प्रदेशमा अझै चार वटा स्थानीय तह वित्तीय पहुँचबाट टाढा रहेका छन् ।

गण्डकी प्रदेशका कूल ८५ स्थानीय तहमध्ये हालसम्म ८२ वटा, प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये १०७ वटा बैंकका शाखा खुलेका छन् । कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ६४ वटामा बैंकका शाखा पुगेका छन् ।

सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये ८२ वटामा बैंकका शाखा खुलेका छन् । अझै छ वटा स्थानीय तहमा बैंकका शाखा नखुल्दा वित्तीय पहुँच पुग्न सकेको छैन । देशभर नै बैंक तथा वित्तीय संस्थाका शाखा माघ मसान्तमा सात हजार ७३१ वटा पुगेका छन् ।

त्यस्ता शाखा सङ्ख्या गत असार मसान्तमा छ हजार ६५१ रहेका थिए । केन्द्रीय बैंकको इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको सङ्ख्या गत असार मसान्तमा १५१ रहेकामा माघ मसान्तमा बढेर १५७ पुगेका छन् ।

यस्तै माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढ्दा १६४ वटा बैंक तथा वित्तीय संस्था सो प्रक्रियामा समावेश भएका छन् । त्यसमध्ये १२२ वटा संस्थाको इजाजत खारेज भई ४२ संस्था कायम भएका छन् ।

जन्ती बोकेको बस दुर्घटना हुदाँ नुवाकोटको एक जना सहित दुईको मृत्यु, १८ घाइते

त्रिशूली । मकवानपुरको गढी गाउँपालिका वडा नम्बर –२, धरमपानीमा मंगलबार जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा काभ्रे पाँचखाल लामिडाँडा घर भएका ३५ वर्षीय नवराज परियार र नुवाकोट घर भएका २५ वर्षीय विकास धमला रहेकोे सशस्त्र प्रहरी गण हेटौंडाका डीएसपी अमर खत्रीले बताउनुभयो ।

घाइते सबैको अहिले हेटौँडामा उपचार भैरहेको छ । घाइतेहरुमध्ये १२ जनाको हेटौँडाको चुरेहिल अस्पतालमा र ६ जनाको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोक मार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२, धरमपानीमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको हो ।

भक्तपुरबाट सूर्यप्रसाद न्यौपानेको बिहेको जन्ती बोकेर हेटौंडा-५, पिप्लेमा दुलही अनुसा भट्टलाई लिनका लागि जन्ती आउने क्रममा बस दुर्घटनामा परेको थियो ।

जन्ती बोकेर आएको तीन वटा बसमध्ये सबैभन्दा पछाडिको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

बस सडकबाट २० मिटर तल खसेर रुखमा अड्किएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै हिँडेको जिल्ला प्रहरी कार्यालयबाट डीएसपी यज्ञप्रसाद भट्टराईसहितको टोली घटनास्थल पुगेको छ ।

आपराधिक संगठन भएको ठहर गर्दै विप्लव समूहमाथि प्रतिबन्ध

काठमाडौ । नेपाल सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

विप्लव समर्थित नेताको टाउकाको मूल्य समेत तोक्ने छलफल भएपनि अहिले नै त्यसो भने नभएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

आपराधिक संगठन भएको ठहर गर्दै विप्लव समूहमाथि प्रतिबन्ध

काठमाडौ । नेपाल सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।

विप्लव समर्थित नेताहरुको टाउकाको मूल्य समेत तोक्ने छलफल भएपनि अहिले नै त्यसो भने नभएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

मध्येरातमा माझीटारमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु-एक घाइते

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति साढे १० बजेको समयमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

देवीघाटबाट घरतर्फ जादै गरेको समयमा मोटरसाइकल दुर्घटना हुदाँ चालक विदुर नपा–९ लामाटारका १७ वर्षका बिनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

उहाँको अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बिनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पुर्याएको केही समयमा नै मृत्यु भएको हो ।

बा ६३ प ५६३ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुदाँ त्यसमा चढेका १५ वर्षका विशेष थापामगर घाइते भएका छन् । उहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल करीब ३० मिटर पुगेर ढुङ्गामा ठोक्किएको प्रहरीले जनाएको छ ।

नुवाकोटको चारघरेबाट दुई गाडी अबैध काठ बरामद

नुवाकोट । जिल्ला वन कार्यालय नुवाकोटले सामुदायिक वनबाट कटान गरी अबैध रुपमा लैजादै गरेको ७२ गोलिया सल्लाको काठ बरामद गरेको छ ।

विदुर नगरपालिका–१२ स्थित पारीपाखा सामुदायिक वनबाट कटान गरी विक्रीको लागी लैजादै गरेको उक्त परिणामको काठ र काठ बोक्न प्रयोग भएका दुईवटा मिनीट्रक सोमबार प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार यादवले जानकारी दिनुभयो । उहाँको अनुसार काठ सहित केही व्यक्तिलाई समेत पक्राउ गरिएकाले संलग्नको पहिचान पश्चात जिल्ला अदालतमा मुद्धा चलाइने तयारी छ ।

“सामुदायिक वनमा कटान भएको काठ बोकेर विक्री गर्न लैजादै गरेको बा ३ क २०८६ नं. को मिनीट्रक र त्यसका चालक सुमन राई तथा बा ४ ख ९९१ नंं को मिनीट्रक र त्यसका चालक सन्तोष राई सहित पाँचजना माथी अनुसन्धान थालिएको छ ।” यादवले भन्नुभयो “कटान गरेको काठको रुख सङ्ख्या लगायतका कैफियत स्थलगत अवलोकन पश्चात तयार हुने प्रतिवेदन अनुसार कारबाही अघि बढाइने छ ।”

जिल्ला वन कार्यालयले विसं २०७२ देखि जिल्लाको निजी लगायत सबै वन क्षेत्रमा उत्पादन भएका सल्लाको काठको व्यावसायिक कारोबारीमा प्रतिबन्ध लगाएको छ ।

प्रदेस नं. ३ को पुरुष फुटबलको उपाधि नुवाकोटलाई (फोटो फिचर)

बट्टार । नुवाकोटमा आयोजित प्रदेस नं. ३ स्तरीय पुरुष फुटबल प्रतियोगिताको नुवाकोटले जितेको छ । मंगलबार बट्टार स्थित खेल मेदानमा भएको फाइनलमा मकवानपुर विरुद्ध ३–२गोल गर्दै नुवाकोट प्रदेस च्याम्पियन भएको हो ।

नुवाकोटको लागी खेलको पहिलो हाफको १८ र दोश्रो हाफको ३९ मिनेटमा गरेर रामकाजी कुमालले दुई गोल गरेका थिए भने खेलको पहिलो हाफको ३१ मिनेटमा राजकुमार कुमालले एक गरेका थिए ।

मकवानपुरको लागी खेल सुरु भएको २ मिनेटमा कृष्णबीर रुम्वा र दोश्रो हाफको ४१ मिनेटमा सुनिल घलानले एक–एक गोल गरेको एन्फा नुवाकोटका उपाध्यक्ष उवद्ध पनेरुले जानकारी दिनुभयो ।
उपाधि जिते सगै नुवाकोटे टोली प्रदेस च्याम्पिन हुदै राष्ट्रियस्तरीय प्रतियोगिताको लागी छानिएको छ ।

फाइनल खेलको अवलोकनको लागी राखेपका सदस्य एंव ३ नं. प्रदेसका खेलकुद विकास समितिका संयोजक सुदिल शाही, जिल्ला खेलकुद विकास समिति नुवाकोटका संयोजक बृद्धि प्रधान, जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लिमगर, एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकार, एन्फा नुवाकोट अध्यक्ष दिपक चित्रकार, जिल्ला क्रिकेट संघ नुवाकोटका अध्यक्ष दुर्गाराज पाठक, विदुर नपा वडा नं. ३ का वडाध्यक्ष बद्री रिमाल, ६ का वडाध्यक्ष राजु सडौला, ९ का वडाध्यक्ष सनी चित्रकार, करोत संघ नुवाकोटका अध्यक्ष राजु थापा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोषी वैद्य, तेक्वान्दो संघ नुवाकोटका मुख्य प्रशिक्षक हरिहर पाण्डे, एन्फा नुवाकोटको प्रशिक्षक देवनारायण चित्रकार लगायतको सहभागिता रहेको थियो ।

लागुऔषध मुद्दामा फरार नुवाकोटका उद्धव पौडेल जेल चलान

काठमाडौ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले लागुऔषध मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ जिल्ला अदालत २०७३ भदौ २१ को फैसलाले दुई वर्ष कैद र रु एक लाख जरिवाना सुनाएपछि फरार रहेका नुवाकोटका उद्धव पौडेललाई आइतबार बालाजुबाट पक्राउ गरी आज सुन्धारा जेल चलान गरेको हो ।

पौडेलले २०७२ साल फागुनमा काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोकमा १५० पिस डाइजेपाम, नुर्फिन र फेनार्गन लिएर हिँड्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो । अदालतमा धरौटी तारेखमा छुटेलगत्तै फरार पौडेललाई पुनः फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

आदिवासी महोत्सवमा डेढ करोड रुपैयाँको कारोवार

नुवाकोट । प्रथम नुवाकोट आदिवासी महोत्सव रु डेढ करोडभन्दा बढीको कारोवार भई सम्पन्न भएको छ । बट्टारमा ‘भाषा, कला, संस्कृतिको संरक्षण आदिवासी अभियान–स्थानीय उत्पादन, कृषि पर्यटन र व्यापार प्रवद्र्दन’ नारासहित सञ्चालन भएको महोत्सवले सांस्कृतिक पक्षका साथसाथै आदिवासी जनजाति महासङ्घको निर्माणाधीन भवनलाई पूरा गराउन आर्थिक स्रोत समेत जुटाउने उद्देश्य राखेको आयोजक समितिका संयोजक भगवान राना मगरले बताउनुभयो ।

महोत्सवको समापनमा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले महोत्सवले आदिवासी जनजातिको पहिचान स्थापित गराउन भूमिका खेलेको बताउनुभयो । नुवाकोटमा ७० प्रतिशत जनजातिको बाहुल्य छ । यहाँ तामाङ, मगर, भुजेल, माझी, राई, गुरुङ, नेवार, शेर्पा, ह्योल्मो, बराम, कुमाल, दनुवार, घले र बलामी समुदाय गरी १४ आदिवासी जनजाति छन् ।

रोजगारी नपाएर हैरान हुनुहुन्छ ? यसरी दिनुहोस् रोजगारी वा भत्ता पाउनका लागि निवेदन

काठमाडौं । के तपाईं कुनै पनि रोजगारीको अवसर नपाएर हैरान हुनुहुन्छ ? अब चिन्ता नगर्नुस्, सरकारले तपाईंको योग्यता, सीपअनुसारको रोजगार उपलब्ध गराउने छ । यदि रोजगार उपलब्ध नभए ‘निर्वाह भत्ता’ दिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १०० दिनको रोजगारी वा भत्ता पाउनका लागि निवेदन दिने बाटो खुलेको छ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्युनतम सय दिनको रोजगारीका लागि आउँदो चैत महिना भित्र निवेदन दिन आह्वान गरेको हो । देशभित्रका बेरोजगार नागरिकलाई लक्षित गरी न्यूनतम रोजगारी दिने या नभए बेरोजगार भत्ता कार्यक्रम आगामी आर्थिक वर्षबाट कार्यान्वयनमा आउने भएको छ । यसका लागि सरकारले आवेदन माग गरेको हो । ।

बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचिमा सुचिकृत हुन सकिन्छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलो चरणमा सार्वजनिक सूचना जारी गरी बेरोजगार भए चैत महिनाभित्र आवेदन दिन आह्वान गरेको हो । बेरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १०० दिन रोजगारी दिने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने उद्देश्यसहित सरकारले गएको फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको थियो ।

रोजगारीको हकसम्बन्धी ऐन र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम सरकारले हरेक आर्थिक वर्षमा न्युनतम बेरोजगारहरूलाई रोजगारी दिनेगरी सरकारले स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्दैछ । यो कार्यक्रमका लागि यो वर्ष ३ अर्ब ५ करोड बजेट छुट्टिएको छ ।

उनीहरु आफूसँग भएको सीप, योग्यता, क्षमता तथा आफू बेरोजगार भएको व्यहोरा खुलाई निवेदन दिन सक्नेछन् । यसरी निवेदन दिँदा निवेदकले काम गर्न चाहेको समय, क्षेत्र र ठाउँसमेत खुलाउनु पर्ने जनाइएको छ । निवेदनमा हालको रोजगारीको अवस्था र अनुभव भएमा सो समेत बुझाउनु पर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । न्यूनतम रोजगारी प्रदान गर्न नसके नेपाल सरकारले हरेक वेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिनु पर्ने व्यवस्था गरेको छ ।

रोजगारीका लागि निवेदन कहाँ दिने ?
सरकारले सात ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी आउँदो चैत१ गतेदेखि बेरोजगारको तथ्याङक संकलन गर्दैछ । बेरोजगार व्यक्तिले रोजगारीका लागि आफ्नो स्थायी बसोबास रहेका वडा कार्यलयमा गएर बेरोजगार व्यक्तिको सूचिमा सूचिकृत हुन निवेदन दिन सकिन्छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ । आउँदो चैत महिनाभरीमा सुचिकृत हुन सरकारले आह्वान गरेको छ ।

रोजगारीको हकसम्बन्धी ऐनमै कम्तिमा सय दिन काम दिने व्यवस्था छ । त्यसैअनुसार एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारी दिन यो कार्यक्रम ल्याइएको हो । स्वरोजगार नरहेका १८ देखि ५९ वर्षसम्मका नागरिक यस कार्यक्रममा समावेश हुन पाउनेछन् ।

रोजगारी प्राप्त गर्न बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको गाउँपालिका वा नगरपालिकाको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फाराम भरी नाम दर्ता गर्नुपर्नेछ ।वडा कार्यालयले प्राप्त फाराम सङ्कलन गरी प्रत्येक स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा बुझाउनेछ । निर्णय भएका बेरोजगार व्यक्तिको विवरण रोजगार सेवा केन्द्रले रोजगार व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट गरी सूचीकरण गर्नेछन् । रोजगार आयोजनाले आवश्यक श्रमिक रोजगार सेवा केन्द्रबाट माग गर्नुपर्ने व्यवस्था गएिको छ । सेवा केन्द्रले माग भई आएका श्रमिकलाई लाभग्राही परिचयपत्रसहित काम गर्न खटाउनेछ । त्यसरी खटिगएका श्रमिकले केन्द्रले खटाएको स्थानमा गई काम गर्नुपर्ने भने सम्बन्धित आयोजनाले काम गरेको दिनको पारिश्रमिक श्रमिकको बैंक खातामा भुक्तानी गर्नुपर्ने छ ।

केन्द्रमा खटिएको रोजगार संयोजकले उक्त स्थानीय तहभित्र सञ्चालनमा रहेका सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सरकारका विभिन्न तहअन्तर्गतका विषयगत मन्त्रालय तथा निकायबाट सञ्चालन हुने विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालनमा रोजगारीको अवसर प्रदान गर्नेछ ।

एक आर्थिक वर्षमा न्यूनतम १०० दिन रोजगारमा संलग्न नभएको वा सरकारले तोकेको न्यूनतम आयआर्जन हुने स्वरोजगारमा संलग्न नरहेका १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई बेरोजगार व्यक्तिका रुपमा हेरिएको छ । कार्यक्रमअन्तर्गत बेरोजगार व्यक्तिले एक अर्थिक वर्षमा न्यूनतम १०० दिन बराबरको रोजगारी प्राप्त गर्नेछन् । त्यस्तै रोजगार सूचना, परामर्श र सहजीकण, व्यावसायिक तथा सीप विकास तालीमसमेत प्राप्त गर्नेछन् ।

न्यूनतम १०० दिनको रोजगारी प्राप्त नगरेको अवस्थामा रोजगारी नपाएको दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत दरले हुन आउने रकम निर्वाह भत्ताका रुपमा उपलब्ध गराइनेछ । त्यसरी उपलब्ध गराइने निर्वाह भत्ता गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको निर्णयमा कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत परिवारका बेरोजगार सदस्यको मञ्जुरीनामासहित सिफारिश भई आएको सदस्यको बैंक खातामा सोझै भुक्तानी दिइनेछ ।

परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी नपाएमा, नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारले मात्र निर्वाह भत्ता पाउने छन् । परिवारका कुनै सदस्य स्वरोजगार एवं वैदेशिक रोजगारीमा नभए र सरकारी कोष (सङ्घ, प्रदेश र स्थानीय तहको कोष), अन्य मुलुक वा अन्तर्राष्ट्रिय एवं अन्तरसरकारी सङ्घ, सङ्गठन तथा अन्य कुनै संस्थाबाट नियमित निवृत्तिभरण र अवकाश सुविधा लिने व्यक्तिले पनि निर्वाह भत्ता प्राप्त गर्ने छैनन् ।

यस्तै सामाजिक सुरक्षा कोष वा नेपाल सरकारको सहायतासम्बन्धी अन्य कोष र रोजगारदाताबाट नियमितरुपमा कुनै किसिमको सहायता प्राप्त गरेको अवस्थामा समेत निर्वाह भत्ता पाइने छैन । निर्वाह भत्ता प्राप्त गर्न योग्य परिवारले प्रत्येक आर्थिक वर्षको अन्त्यमा बैंक खातामा मात्र भत्ता प्राप्त गर्नेछन् । एक परिवार एक जनाले मात्र भत्ता प्राप्त गर्ने छन् । सूचीकृत बेरोजगारमध्ये शारीरिकरुपमा अशक्त, काम गर्न नसक्ने गरी अपाङ्गता भएका व्यक्ति र छ महीनाभन्दा बढीको गर्भवती तथा सुत्केरी महिलालाई परिवारमा अरु कोही पनि व्यक्ति रोजगार नभएको तथा रोजगार गर्न योग्य नभएको अवस्थामा त्यस्तो हरेक परिवारको एक जनाले स्वतः निर्वाह भत्ता प्रदान गरिनेछ ।

कार्यक्रमको राष्ट्रियस्तरमा समग्र संयोजन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय गर्नेछ । नेपाल सरकारका विषयगत मन्त्रालय, प्रदेश सरकारका सम्बन्धित विषय हेर्ने मन्त्रालय तथा विषयगत मन्त्रालय र स्थानीय तह यस कार्यक्रम कार्यान्वयनको जिम्मेवार निकायका रुपमा तोकिएको छ । कार्यक्रमलाई निर्देशन र कार्यान्वयन गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा निर्देशक समिति रहनेछन् ।

सरकारले न्यूनतम सय दिन काम दिन नसकेमा बेरोजगार नागरिकलाई निर्वाह भत्ता दिनेछ । रोजगार सेवा केन्द्रले असार १५ भित्र निर्वाह भत्ता पाउने योग्य परिवारको पहिचान गर्नेछ ।रोजगारी उपलब्ध गराउन नसके निवार्ह भत्ता बापत सरकारले एकमुष्ट २५ हजार ८५० रुपैयाँ भत्ता उपलब्ध गराउनेछ । तर, निर्वाह भत्ता पाउन सजिलो छैन । सरकारले तोकेको मापदण्ड पूरा भएका बेरोजगार नागरिकले मात्र निर्वाह भत्ता पाउनेछन् ।

ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता,कुन पदको भत्ता कति बढ्ने?

काठमाडौं । ट्रफिक प्रहरीले अब ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन्। आज बसेको गृह मन्त्रीस्तरीय निर्णयले प्रोत्साहन भत्ताका लागि प्रस्ताव पठाएको हो। ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि निर्देशका २०७५ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षक भन्दा तलको पदका ट्राफिक प्रहरीले २० प्रतिशत देखि ३५ प्रतिशतसम्म भत्ता पाउने उल्लेख छ।
जसमा प्रहरी हवल्दार, जवान र कार्यालय सहयोगीले सबैभन्दा बढी ३५ प्रतिशत भत्ता पाउने भएका छनु। जसअन्तर्गत प्रहरी हवल्दारले १८ हजार ३४० तलब बुझ्दै आएकोमा अव प्रोत्साहन भत्ता ६ हजार ४१९ थप पाउने भएका छन् भने प्रहरी जवानले १७ हजार २३० मा ६ हजार ३० प्रोत्साहन भत्ता पाउनेछन्। त्यस्तै कार्यालय सहयोगीले १६ हजार २३० पाउँदै आएकोमा ५ हजार ६८० थप पाउने भएका छन्।

त्यस्तै प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षकले २५ प्रतिशत पोत्साहन भत्ता पाउने भएका छन्। सहमयक निरीक्षकले अहिले पाउृँदै आएको तलब २२ हजार १४० मा ५ हजार ५३५ थप पाउने भएका छन् भने नायव निरीक्षकले २३ हजार ५ सय पाउँदै आएकोमा ५ हजार ८७५ थप पाउनेछन्। त्यस्तै प्रहरी निरीक्षकले २० र प्रहरी नायव उपरीक्षकले १० प्रतिशत प्रोत्साहन भत्ता पाउनेछन्। जसमा निरीक्षकले ३० हजार ५ सय पाउँदै आएकोमा अब ६ हजार १ सय थप पाउनेछन भने उपरीक्षकले ३४ हजार २२० पाउँदै आएकोमा ३ हजार ४२२ थप पाउने भएका छन्।

विमान दुर्घटना हुदाँ १५७ जनाको मृत्यु

एजेन्सी । इथियोपियाको अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एअरको जहाज दुर्घटना हुँदा जहाजमा रहेका १५७ जनाको मृत्यु भएको छ ।

इथोपियन एअरलाइन्सले जहाजमा रहेका १४९ यात्रु र चालक दलका ८ सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । जहाज विमानस्थलबाट उडेको ६ मिनेटमा नै दुर्घटना भएको हो ।

इथियोपियाका प्रधानमन्त्री एबि अहमेदले ट्वीटमार्फत दुर्घटनामा मृत्यु हुनेका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web