त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति साढे १० बजेको समयमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

देवीघाटबाट घरतर्फ जादै गरेको समयमा मोटरसाइकल दुर्घटना हुदाँ चालक विदुर नपा–९ लामाटारका १७ वर्षका बिनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिनुभयो ।

उहाँको अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बिनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पुर्याएको केही समयमा नै मृत्यु भएको हो ।

बा ६३ प ५६३ नं. को मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुदाँ त्यसमा चढेका १५ वर्षका विशेष थापामगर घाइते भएका छन् । उहाँको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । तिव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट तल करीब ३० मिटर पुगेर ढुङ्गामा ठोक्किएको प्रहरीले जनाएको छ ।

22.74¡ÆC